२०८२ आश्विन १ बुधबार
LATEST NEWS
२०८२ आश्विन १ बुधबार

पोखरा। राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ-आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन्। आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ।

थेबे प्यानलबाट  उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन् भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन्।


सामाग्री श्रोत :

एमाले निकट युवा संघको भावी नेतृत्वका लागि मतदान जारी

काठमाडौं । आजकाल अनलाइन बजारमा निकै सस्ता र उच्च क्षमताका स्टोरेज डिभाइस बिक्रीका लागि राखेको देखिन्छ । खासगरी मोबाइल र कम्प्युटरमा सपोर्ट हुने पेनड्राइभ, हार्ड डिस्कहरू सस्तोमा बिक्रीका लागि राखिएको पाइन्छ । 

केहीले मूल्य नै कम राखेका हुन्छन् भने केहीले अत्यधिक छुट अफरमा उपलब्ध गराइरहेका हुन्छन् । यस्ता अफर हेर्दा आकर्षक लागे पनि यी प्रायः वास्तविकता भन्दा धेरै टाढा हुन्छन् ।

धेरै उपभोक्ता यस्ता आकर्षक अफर देखेर लोभिन्छन् । उनीहरूले यी डिभाइस खरिद गरिसकेपछि आफ्नो कम्प्युटरमा जोड्दा विज्ञापन गरे अनुसारकै क्षमता पनि देखिन्छ । सुरुमा केही साना फाइल सजिलै राख्न सकिन्छ । यसले गर्दा उनीहरूलाई यो डिभाइस सक्कली नै हो भन्ने भ्रम पर्छ र तुरुन्तै फाइभ स्टार रिभ्यु दिन्छन् ।

तर, जब उनीहरूले उक्त डिभाइसको उल्लेख भएको सबै स्टोरेज खपत गर्न खोज्छन् त्यतिबेला वास्तविक समस्या देखिन्छ । वास्तवमा त्यस्तो डिभाइस एकदमै कम क्षमताको हुन्छ । त्यसभन्दा बढी स्टोरेजको डेटा राख्न खोज्दा फाइल बिग्रिन (corrupt) थाल्छन् । उदाहरणका लागि ‘२ टीबी’ स्टोरेज भनिएको हार्ड डिस्कको क्षमता जम्मा १५ जीबी मात्र हुन सक्छ । साथै यूएसबी ३.० भनेर विज्ञापन गरिए पनि त्यसको भित्री भागमा सक्कली यूएसबी ३.० पोर्टमा हुनुपर्ने आवश्यक पिन नै नहुन सक्छन् । यस्ता किसिमका ठगी बाहिरी देशमा अत्यधिक बढेका छन् । 

नेपालमा पनि स्टोरेज डिभाइस खरिद गर्दा प्रयोगकर्ता ठगीको जोखिममा पर्ने सम्भावना छ । त्यस्तै उच्च स्टोरेज क्षमताको डिभाइस सस्तोमा उपलब्ध गराउन थालेको छ भने शङ्का गर्नुपर्छ । ती डिभाइस परीक्षण गर्नका लागि ‘एचडी ट्युन’ र भ्याली ड्राइभ जस्ता सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ । यी सफ्टवेयरले तपाईंले परीक्षण गर्न लागेको स्टोरेज डिभाइसको वास्तविक स्टोरेज कति हो, त्यसमा कति प्रयोग गर्न मिल्छ, कति मिल्दैन भन्ने देखाइदिन्छन् । 

यस्ता ठगीबाट बच्न सधैं आधिकारिक वितरक वा विश्वसनीय बिक्रेताबाट मात्र सामान खरिद गर्नुहोस् । त्यस्तै कुनै पनि सामान किन्नुअघि त्यसको समीक्षा हेर्नुहोस् । खासगरी नकारात्मक रिभ्यु (जसमा फाइल बिग्रिएको कुरा उल्लेख गरिएको हुन्छ) लाई ध्यान दिएर पढ्नुहोस् । केहीगरी कम क्षमता र गुणस्तरको स्टोरेज डिभाइस खरिद गर्नुभयो र त्यसलाई प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो महत्त्वपूर्ण डेटा राख्नुअघि त्यसको आधिकारिकता र स्वास्थ्य जाँच गर्न भेरिफिकेसन सफ्टवेयरको प्रयोग गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ११:२५





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौँ –नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य सामान्यले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । यस अघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँ थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँ रहेको छ । सोमबार चाँदी दुई हजार ५ रुपैयाँमा कारोवार भएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – आयुर्वेद चिकित्सा परिषद् नेपालको नयाँ कार्यसमिति गठनमा  ढिलासुस्ती भएको भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले ज्ञापनपत्र बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको हो। 

कार्यसमिति विहीन परिषद्का कारण नयाँ चिकित्सकहरूले परिषद्मा दर्ता हुन नपाएको, जसले उनीहरूलाई रोजगारी, लोकसेवा दरखास्त तथा अन्य पेशागत अवसरहरूबाट बञ्चित गराएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नेपाल आयुर्वेद चिकित्सक संघको समन्वयमा बुझाइएको उक्त पत्रमा परिषद्को कार्यसमितिमको कार्यकाल मिति २०८१ चैत १२ मा समाप्त भएको र दुई महिना बितिसक्दा पनि नयाँ समिति गठन नभएकोप्रति चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्र अनुसार, परिषद्ले मिति २०८१ चैत ९ मा सञ्चालन गरेको बीएएमएसको लाइसेन्स परीक्षा उत्तीर्ण गरेका ६८ जना चिकित्सक र भारतबाट स्नातकोत्तर अध्ययन सकेर आएका ११ जना चिकित्सक परिषद्मा दर्ता हुन नसकेका छन्। यसको प्रत्यक्ष असर स्वरूप उनीहरू संघीय तथा प्रादेशिक लोकसेवा आयोगद्वारा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिन अयोग्य ठहरिएका छन्।

‘चिकित्सा परिषद् जस्तो संवेदनशील निकायमा दुई महिना भन्दा बढी कार्यसमिति रिक्त रहनु गम्भीर लापरबाही हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले सम्पूर्ण आयुर्वेद चिकित्सक समुदायमा नकारात्मक नैराश्यता सिर्जना गरेको छ।’

नेपाल आयुर्वेद चिकित्सक संघले सरकारसँग यथाशिघ्र परिषद्को नयाँ कार्यसमिति गठन गर्न माग गरेको छ, जसबाट चिकित्सकहरूले आफ्नो दर्ता प्रक्रिया सम्पन्न गर्न पाउने र पेसागत अवसरहरूमा सहभागी हुन पाउने वातावरण बन्न सकोस्।

सामाग्री श्रोत :
swasthyakhabar

मुम्बई। बलिउड अभिनेता तथा निर्माता अरबाज खान चाँडै बुवा बन्ने भएका छन्।

यतिबेला उनकी पत्नी शुराको गर्भावस्थाको खबरले हेडलाइन बनिरहेको छ। यी समाचारहरू आए जब यो जोडी केही समय अघि क्लिनिक बाहिर देखा परेको थियो, जबकि हालै सार्वजनिक भएको एक भिडियोले त्यसको पुष्टी गरेको छ।

वास्तवमा, पापाराजी मानव मंगलानीले हालै आफ्नो सोशल मिडिया खातामा जोडीको एक भिडियो पोस्ट गरेका छन्। जुन भिडियोमा अरबाज खान सिँढीबाट ओर्लिएर आफ्नी पत्नी शुरालाई कारमा लगेको देखिन्छ। सो भिडियोको क्याप्सनमा पापाराजी मानव मंगलानीले लेखेका छन्, ‘अरबाज खान मुम्बईमा खाजा पछि आफ्नी गर्भवती पत्नीलाई कारमा लिएर जाँदैछन्।’ सामान्यतया फिट लुगा लगाउने शुरा खान पनि ओभरसाइज को ऑर्डर सेटमा देखिएकी छिन्, जसलाई देखेर मानिसहरूले उनको बेबी बम्प लुकाउन खोजेको अनुमान गरेका छन्।

गत आइतवार मुम्बईमा लंचको आयोजना गरिएको थियो, जसमा अरबाज खान पत्नी शुरासँग, बबी देओल पत्नी तान्या र आमिर खान आफ्ना छोरा आजाद र प्रेमिका गौरी स्प्रेटसँग पुगेका थिए। र, केही समयअघि अरबाज खान आफ्नी श्रीमती शूरासँग क्लिनिक बाहिर देखिएका थिए । जब दम्पतीको नजर पापाराजीमा परेको थियो, तिनीहरू हिचकिचाएको देखिएको थियो।

अरबाज खान र मलाइका अरोराले १२ डिसेम्बर १९९८ मा प्रेम विवाह गरेका थिए तर १९ वर्षको विवाह भने सन २०१७ मा सम्बन्धविच्छेदमा पुगेर टुंगिएको  थियो। यसपछि ५७ वर्षीय अरबाज खानले २४ डिसेम्बर २०२३ मा ३२ वर्षीय शुरा खानसँग विवाह गरेका थिए। शूरा बलिउडकी प्रसिद्ध मेकअप आर्टिस्ट हुन् र उनले अरबाज खानलाई फिल्म ‘पटना शुक्ला’ को सेटमा पहिलो पटक भेटेका थिए।

करिब एक वर्ष एक अर्कालाई डेट गरेपछि अरबाज र शुराले परिवार र केही नजिकका साथीहरूको उपस्थितिमा एक निजी समारोहमा विवाह गरेका थिए, जो अहिले गर्भवती भएकी छिन्।


सामाग्री श्रोत :

मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै

काठमाडौँ । एलन मस्कको कम्पनी स्पेस एक्स स्टारशिप सुपर हेभी रकेटको नवौं परीक्षण उडानको तयारीमा जुटेको छ । यो परीक्षण नेपाली समय अनुसार भोलि बुधबार बिहान ५:१५ बजे अमेरिका टेक्सासस्थित बोका चिका बिच नजिकैको स्टारबेस प्रक्षेपण केन्द्रबाट गरिने छ ।

यस उडानलाई स्टारशिप फ्लाइट-९ नाम दिइएको छ । यो मिसन विशेष यसकारण पनि हो कि पहिलोपटक सुपर हेभी बुस्टरलाई पुन: प्रयोग गरिँदैछ । यसले स्पेस एक्सको पूर्ण रूपमा पुन: प्रयोग गर्न मिल्ने हेभी लिफ्ट लन्च सिस्टम निर्माणको लक्ष्यमा महत्त्वपूर्ण प्रगति ल्याउने अपेक्षा गरिएको छ ।

यसपटक प्रयोग गरिने बुस्टर यसअघि फ्लाइट ७ मा उडिसकेको हो । अघिल्ला प्रयासहरूमा बुस्टरलाई लन्च टावरका रोबोटिक आर्मद्वारा समात्ने कोशिश गरिँदै आएको थियो । तर यो उडानमा बुस्टरलाई गल्फ अफ मेक्सिको मा ‘स्प्ल्यासडाउन’ गरिनेछ ।

परीक्षण उडानमा ३३ ओटा र्‍याप्टर इन्जिनको एकसाथ प्रज्वलन, हट स्टेजिङ विधिबाट स्टेज सेपरेशन र विभिन्न इन-फ्लाइट परीक्षणहरू गर्ने कार्यक्रम छ । उडान क्रममा स्टारशिपको माथिल्लो भागले आफ्ना लक्ष्य कक्षसम्म पुग्ने प्रयास गर्नेछ भने स्टारलिंक स्याटेलाइटको सिमुलेटरहरू प्रयोग गरेर परीक्षण गरिनेछ । त्यसपछि यसलाई भारतीय महासागरमा स्प्ल्यासडाउन गराइनेछ ।

स्टारशिप सुपर हेभीको छैठौँ परीक्षण उडान । (फोटो: स्पेसएक्स)

प्रक्षेपणको क्रममा जनसुरक्षा सुनिश्चित गर्न सकियोस् भनेर स्थानीय प्रशासनले मे २९ सम्मका लागि सडक बन्द गर्ने निर्णय लिएको । यसअघि यस वर्ष दुईपटक परीक्षण असफल भइसकेको अवस्थामा स्पेस एक्सलाई यो नवौं उडानले सफलताको नयाँ ढोका खोल्ने आशा गरिएको छ । यस परीक्षणपछि भविष्यमा मानवसहितको अन्तरिक्ष यात्रा तथा ग्रहमैत्री मिसनहरूतर्फ अगाडि बढ्न सहज हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ९:३९





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक अहिले साढे १० बजे राप्रपा संसदीय दलको कार्यालयमा बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले जानकारी दिएका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरण माथि छलफल हुने उनले बताए । आजै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । यस बैठकमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने तयारी गरिरहेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- चिकित्सा शिक्षा आयोगले  आगामी शैक्षिक सत्रका लागि स्नातकोत्तर तह (पीजी)को खुला समूहमा भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रमको अनलाइन प्राथमिकताक्रम निर्धारण तथा म्याचिङ प्रक्रिया  सुरु गरेको छ।

पूर्वनिर्धारित कार्यतालिका स्थगित भएपछि आयोगले मिति २०८२ जेठ १२ गते बेलुकी ७:०० बजेदेखि जेठ १८ गते अपराह्न ५:०० बजेसम्मका लागि पुनः अनलाइन प्राथमिकता निर्धारण गर्न समय दिएको छ। योग्य उम्मेदवारहरूले आयोगको वेबसाइट https://entrance.mec.gov.np मा लगइन गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रमको प्राथमिकता निर्धारण वा सम्पादन गर्न सक्नेछन्।

उम्मेदवारको योग्यताक्रम, प्राथमिकता र उपलब्ध सिटको आधारमा कम्प्युटर प्रणालीमार्फत म्याचिङ प्रक्रिया हुने बताइएको छ। पहिलो म्याचिङको नतिजा मिति २०८२ जेठ २१ गते प्रकाशित गरिनेछ। 

आयोगले उम्मेदवारहरूलाई सावधानीपूर्वक शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गरी, तोकिएको समयभित्र अनिवार्य रूपमा प्राथमिकताक्रम सुरक्षित गर्न अनुरोध गरेको छ।

 

सामाग्री श्रोत :
swasthyakhabar

चितवन। यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।

अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए। विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन तथ्याङ्क कुनै निकयसँग छैन ।

रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा पाण्डेले भने, “रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।”

एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनीहरु तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए । यही परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलार्ई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ ।


सामाग्री श्रोत :

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

 

काठमाडौँ । एप्पलले पछिल्ला वर्षहरूमा परम्परागत बजारबाहेक नयाँ क्षेत्रहरूमा समेत पाइला अघि बढाउँदै आएको छ । अटोमोटिभ उद्योगमा प्रवेश प्रयासपछि अब एप्पल स्मार्ट होम बजारमा पनि छिर्ने तयारीमा रहेको छ ।

ब्लुमबर्गका चर्चित पत्रकार मार्क गर्म्यानको पछिल्लो रिपोर्टअनुसार एप्पलले सन् २०२५ को अन्त्य वा २०२६ को सुरुमा विभिन्न स्मार्ट होम उपकरण सार्वजनिक गर्ने योजना बनाएको छ । अघिल्लो प्रयासमा ल्याइएको होमपड र होमपड मिनीले अपेक्षित सफलता नपाएपछि एप्पलले यसपटक थप तयारीसहित स्मार्ट होम उपकरण भित्र्याउन लागेको हो ।

रिपोर्टअनुसार एप्पलले ल्याउन लागेको नयाँ उपकरणमध्ये एउटा ट्याबलेट (आईप्याड) जस्तै देखिने डिभाइस हो । यसमा रोबोटिक आर्म (robotic arm) रहनेछ । यद्यपि, उक्त डिभाइसको उद्देश्यबारे विस्तृत जानकारी दिइएको छैन ।

यसबाहेक कम्पनीले सोही क्याटेगरीमा पर्ने, तर रोबोटिक आर्म नभएको कम मूल्यको मोडेल पनि विकास गरिरहेको छ । ‘J490’ कोडनेम दिइएको यो डिभाइस यसै वर्षको अन्त्यमा सार्वजनिक हुनसक्ने छ । तर, सिरीसँग सम्बन्धित समस्या समाधान भएपछि मात्र यो सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ८:४९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट