२०८२ आश्विन १ बुधबार
२०८२ आश्विन १ बुधबार

काठमाडौं- आइपिओ निष्काशनको पाइपलाइनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ।

मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो। यस सम्बन्धी सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे।

कान्तिपुर फर्मास्यूटिकल्सले आइपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

६३ करोड चुक्तापुँजी भएको सो कम्पनीले अंकित मूल्य रू १०० मा १७ लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ।

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेको छ। 

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ। जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ। अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।

भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्ने मागसहित आज प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका थिए।

बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए।

संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २:३० बजे बस्ने भनिएको थियो।

सो समय सिमाभित्र पनि बैठक बस्न नसकेपछि सुचना टाँस गरेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो।


सामाग्री श्रोत :

सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

काठमाडौँ । नेपाल टेलिकमको गाडी दुर्घटनामा पर्दा कम्पनीको बाजुरा कार्यालय प्रमुखसहित ३ जनाको मृत्यु भएको छ । कम्पनीको कामको सिलसिलामा गइरहेको बेला मङ्गलबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका-२, काँडाकोटमा बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा धनगढी-५ तारानगर घर भएका बाजुरा कार्यालय प्रमुख तथा प्राविधिक अधिकृत लोकबहादुर खड्का, कैलालीको अत्तरिया घर भएका सवारी चालक करनसिँह महता र टावर क्षेत्रकै सेक्युरिटी गार्ड रविन्द्र धामी रहेका छन् ।

बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी इकवाल हवारीका अनुसार उक्त पिकअप गाडीमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा गम्भीर घाइते भएका छन् । उनीहरू दुवै जना छिमेकी गाउँपालिका बुढिनन्दा-२ का स्थानीय हुन् ।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको डीएसपी हवारीले जानकारी दिए । उनका अनुसार उक्त जिप सडकबाट ८० मिटर तल खसेको थियो ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १६:३२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ।

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका छन्।

Ncell 2
Ncell 2

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन्। बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए।

त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए।

लगत्तै स्थगित संसद् खुलाउन सत्ता र प्रतिपक्षीबीच सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको थियो।

बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी थिए।

तर, विपक्षी दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगसम्मको माग गरेका छन्। उनीहरूले अब प्रधानमन्त्रीले यो प्रकरणमा जवाफ र गृहमन्त्रीको राजीनामा नआएसम्म ब्याक नहुने अडान राखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्मालाई ल्याएको छ। 

सोमबारको मन्त्रिपरिषदको बैठकले मन्त्रालयमा कार्यरत सचिव हरिप्रसाद मैनालीलाई सरुवा गरेको थियो। मैनालीलाई सरुवा गरेपछि उनको स्थानमा महादेव पन्थलाई जिम्मेवारी दिने कुरा भएको थियो। तर पछि पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिँदै शर्मालाई स्वास्थ्यमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले जानकारी दिए।

स्वास्थ्य सचिवबाट सरुवा भएका मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरूवा गरिएको छ।

मन्त्रिपरिषदको सोमबारको बैठकले स्वास्थ्यसहित विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । पेशाले डाक्टर एक युवतीले चिकित्सा अध्ययन पूरा गरेपछि राम्रो अस्पतालमा काम गरिरहेकी छिन्। तैपनि डाक्टरी पेशाबाट उनको कमाई त्यति छैन जति उनले कवाडी बेचेर आंशिक समयमा कमाउँछिन्। यी महिला डाक्टर चीनकी हुन् । उनी अस्पतालमा डाक्टरको रूपमा काम गर्छिन्। त्यहाँबाट आएपछि उनी कवाडी जम्मा गर्न थाल्छिन्।

उनका आमाबाबुले रिसाइक्लिंग स्टेशन चलाउँछन्। अस्पतालबाट फर्केपछि उनी यस रिसाइक्लिंग स्टेशनमा काम गर्छिन् । उनी कवाडी सङ्कलन गर्छिन् स्टेशनमा लग्छिन् र त्यसपछि त्यसलाई क्रमबद्ध गर्छिन्। उनको सहयोगको बदलामा उनका आमाबाबुले उनलाई पकेट मनीको रूपमा केही पैसा दिन्छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार महिला डाक्टरले भनिन् ‘मेरा आमाबाबुले मलाई कवाडीको कामको बदलामा दिने रकम मेरो अस्पतालको डाक्टरको मासिक तलबभन्दा धेरै बढी छ। अस्पतालबाट मेरो मासिक तलब केवल ४ हजार युआन (७५ हजार रुपैयाँ) छ। जबकि मेरा आमाबाबुले मलाई योभन्दा बढी दिनुहुन्छ ।

२६ वर्षीय डाक्टरको नाम जिओङ हो। उनी दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको चेङ्दुमा रहेको एउटा सानो निजी अस्पतालमा फुल टाइम काम गर्छिन्। उनले चिनियाँ सामाजिक सञ्जालमा रिसाइक्लिंग स्टेशनमा काम गर्दाको आफ्नो दैनिक दिनचर्याको भिडियो साझा गरेको सियाओसियाङ मर्निङ हेराल्डले रिपोर्ट गरेको छ। यसमा उनले अस्पतालबाट पाउने तलब र कवाडीको कामबाट प्राप्त हुने आम्दानीको तुलना पनि गरेकी छन् । अहिले यसको बारेमा धेरै चर्चा भइरहेको छ।

अस्पतालमा सियोङको काम बिहान ८ बजे सुरु हुन्छ र साँझ ५:३० बजे समाप्त हुन्छ। कामबाट बिदा भएपछि उनी सिधै नजिकैको कवाडी रिसाइक्लिङ्ग स्टेशनमा जान्छिन्। यो स्टेशन वास्तवमा उनका आमाबाबुले चलाउँछन्। सियोङले यहाँ सामानहरू क्रमबद्ध गर्न, बोक्न, ढुवानी गर्न र बेच्न मद्दत गर्छिन् । उनी सामान्यतया राति ९ बजे आफ्नो काम सिध्याउँछिन् र घर फर्कन्छिन्।

सियोङको सहयोगको अतिरिक्त उनका आमाबाबुले मेसिनहरूमा काम गर्न र ट्रक चलाउन दुई जना कामदारहरूलाई पनि काममा राखेका छन्। सियोङले अस्पतालमा महिनाको ४ हजार युआन कमाउँछिन् जबकि उनका आमाबाबुले उनलाई औपचारिक तलब दिँदैनन् तर पकेट मनी दिन्छन्, जुन उनको अस्पतालको तलबभन्दा धेरै बढी हुन्छ । सियोङका अनुसार उनी बाल्यकालदेखि नै आफ्ना आमाबाबुलाई सहयोग गर्दै आएकीले रिसाइक्लिङ स्टेशनमा कडा परिश्रम गर्न अभ्यस्त भइसकेकी छिन्।


सामाग्री श्रोत :

डाक्टर पेशाबाट भन्दा कवाडीबाट धेरै कमाइ !

काठमाडौँ । विगत तीन वर्षदेखि २५ हजारभन्दा बढी नेपाली कृषकलाई विभिन्न डिजिटल सेवा प्रदान गर्दै आइरहेको ‘सुपर कृषक’ एपले १२ जेठ देखि एपमा थप अतिरिक्त सेवा ‘सुपर कृषक प्रो’ अन्तर्गत प्रिमियम डिजिटल कृषि सेवाहरू ल्याएको छ ।

प्रिमियम सेवा अन्तर्गत सुपर कृषक एपमा उच्च गुणस्तर तथा ज्ञानमूलक कृषि तालिम, एआईमा आधारित बालीनालीको रोग-किरा तथा अन्य समस्या पहिचान गरी तत्काल नै परामर्श दिने कृषि डाक्टर र किसानका समस्या तत्काल सुल्झाउने कृषक सञ्जाल जस्ता सुविधा समावेश छन्  ।

सुपर कृषक एपका प्रिमियम सेवा प्रयोगकर्ताले इसेवामार्फत शुल्क तिर्न सक्नेछन् । साथै इसेवा एपमा गएर सुपर कृषक एप खोजेर पनि आफ्नो सुपर कृषक आईडी (सम्पर्क नम्बर) राखी दैनिक पाँच रुपैयाँ शुल्कमा एपका यस्ता सेवा उपयोग गर्न सकिन्छ । एक पटकको सब्सक्रिप्सनको कूल शुल्क १५ रुपियाँ तोकिएको छ र किसानले एक पटक सेवा प्रयोग बापतको पैसा तिरेपछि तीन दिनसम्म सुपर कृषक प्रो प्रयोग गर्न पाउँछन् ।

प्रिमियम सेवा अन्तर्गत रहेको ‘सिकौँ’ सुविधा मार्फत किसानले घरमै बसी उच्च गुणस्तरको तालिममा सहभागी हुन पाउनेछन् । अहिले एपमा ऋण तथा अनुदान प्राप्त गर्न कृषि प्रस्तावना कसरी लेख्ने, आधुनिक कृषि प्रविधि कसरी प्रयोग गर्ने, प्राङ्गारिक कृषि कसरी गर्ने र सो को प्रमाणीकरण कसरी प्राप्त गर्ने लगायतका विविध विषयमा तालिम उपलब्ध छन् । तालिम सँगसँगै तालिम लिइसकेपछि सो विषयको दक्षता प्रमाणीकरण गर्ने प्रमाणपत्र पनि प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी कृषि डाक्टर सेवा प्रयोग गरी किसानले आफ्नो बालीनालीमा देखिएको रोग, किरा, तथा खाद तत्त्वको कमी तथा अन्य कारणले भएको विकारलाई फोटो खिचेर केही सेकेन्डमा नै पहिचान गर्न सक्नेछन् । साथै उचित  समाधान अर्गानिक तथा रासायनिक उपाय पनि प्राप्त गर्न सकिनेछ । यसले किसानको समय, श्रम, लगानी र हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने दाबी कम्पनीले गरेको छ । यसले किसान स्वयंलाई बालीका समस्या पहिचान गर्न सक्ने डाक्टर बनाउने उल्लेख छ । कम्पनीका अनुसार कृषि डाक्टरले अहिले ५६ भन्दा बढी बालीका ८०० भन्दा बढी समस्या पहिचान गरी स्थानीय परामर्श समेत प्रदान गर्दछ ।

त्यस्तै सुपर कृषक प्रो एपको अर्को प्रिमियम सुविधा अन्तर्गत रहेको व्यक्तिगत परामर्श प्रयोग गरी किसानले आफूलाई परेका समस्या कृषक सञ्जालमा फोटो सहित सोधेर तत्कालै समाधान प्राप्त गर्न सक्ने  छन् । यस सेवा अन्तर्गत कृषि प्राविधिकबाट टाढा रहेका किसानलाई तत्काल सेवा प्रदान गरी उनीहरूको समस्या समाधान गर्ने र सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्य रहेको छ ।

यी सेवा बाहेक सुपर कृषक एपमा किसानले अन्य बहुउपयोगी  सुविधा निःशुल्क रूपमा प्रयोग गर्न पाउनेछन् । एपमा ८० भन्दा बढी आधुनिक खेती, मौरीपालन, तरकारी खेती, कौसी खेती, माछापालन, च्याउ खेती, उन्नत कृषि बाली, फलफूल, बजारमुखी कृषि बाली, रैथाने बाली, कृषि बीमा लगायत दर्जनौँ विषयमा विज्ञ मार्फत दिइएका तालिमहरू निःशुल्क रूपमा हेर्न, सिक्न र परीक्षामा सामेल भई प्रमाणपत्र पनि लिन सकिन्छ ।

यति मात्रै नभई एपमा पढ्नको लागि १,००० भन्दा बढी लेख, हेर्नको लागि भिडिओ सामग्री र सुन्नको लागि पडकास्ट रहेका छन् । जस अन्तर्गत किसानले कृषि सम्बन्धी थुप्रै व्यवहारिक कुरा निःशुल्क सिक्न पाउने छन् ।

यसका साथै किसानलाई कृषि सूचनाको पहुँच विस्तार गर्न उपलब्ध विभिन्न सरकारी जानकारी पनि निःशुल्क प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । जसमा कृषि बजार मूल्य, स्थान अनुसारको माटोको जाँच (डिजिटल माटो नक्सा) र मौसम अवस्थाको जानकारी आदि रहेका छन् ।  

एपमा किसानलाई अर्को अत्याधुनिक सेवा ‘कृषि चीना’ निःशुल्क रूपमा परीक्षणको लागि उपलब्ध गराइएको छ । जसको प्रयोग गरी किसानले आफ्नो जग्गा कहाँ छ, कुन बाली कहिले लगाइएको छ भन्ने जानकारी दिएकै भरमा भू-उपग्रहबाट उक्त जग्गाको निगरानी राखी खेत-बारीमा मल र सिँचाई पुगे/नपुगेको साथै मौसम अवस्था कस्तो छ र कस्तो हुनेछ सम्मको जानकारी पाउन सक्छन् । जसको प्रयोग गरी बाली कहिले काट्नको लागि तयार हुन्छ, मल-जल कहिले हाल्ने, कति फल्छ सम्मको जानकारी प्राप्त गर्न सकिन्छ ।

सुपर कृषकले प्रविधि र प्राविधिकको सीमित पहुँचमा रहेका कृषकलाई लक्षित गरी डिजिटल माध्यमबाट गुणस्तरीय सेवा पुर्‍याउने लक्ष्य राखेको छ । हाललाई यी सुविधा प्रयोग गर्न कृषकहरूले गुगल प्ले स्टोरमा गई एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । आईफोन प्रयोगकर्ता किसानका लागि भने केही समयपछि यो एप उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १५:२५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले वृद्धि हुँदै रोकिएको छ। 

मंगलबार सेयर बजारमा २.५३ अंकले वृद्धि हुँदै २६७७.३० विन्दुमा पुगेर बन्द भएको छ।

सेयर बजार झिनो अंकले वृद्धि हुँदा कारोबार रकममा भारी गिरावट आएको छ। सोमबार साढे ७ अर्बको सेयर कारोबार हुँदा आज एक अर्ब कम हुँदै साढे ६ अर्बको कारोबार भएको हो।

Ncell 2
Ncell 2

आज कारोबार भएकामध्ये ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा कारोबारका आधारमा कर्पोरेट विकास बैंक लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड, ग्रीन विकास बैंक लिमिटेड, भूगोल इनर्जी विकास कम्पनी लिमिटेड, पुरे इनर्जी लिमिटेड र अप्पर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन्।

यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुनेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ।

आज ८५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

थाइराइड ग्रन्थीमा सानो असन्तुलन भए पनि शरीरमा विभिन्न प्रकारका समस्या देखिन्छन् – सुस्ती, थकान, वजन बढ्नु वा घटना, छाला र कपालमा समस्या, मनोस्थिति अस्थिर हुनु जस्ता लक्षणहरू थाइराइडको संकेत हुन सक्छ। यस्तो अवस्थामा मात्र औषधि सेवन पर्याप्त हुँदैन, त्यसका साथै सही जीवनशैली र बिहानको दिनचर्याले थाइराइडको समस्याबाट राहत दिलाउन धेरै सहयोग पुर्‍याउँछ। विशेषगरी थाइराइडको औषधिको प्रभावकारीता सही बिहानको रुटीनबाट धेरै हदसम्म निर्भर गर्छ।

१. थाइराइडको औषधि सेवन गर्ने सही तरिका

थाइराइडको औषधि (जस्तै थाइरोक्सिन) बिहान खाली पेटमा लिनु अनिवार्य हुन्छ। बिहान उठेपछि सबैभन्दा पहिले यो औषधि खानुपर्छ र त्यसपछि झण्डै आधा या एक घण्टा केही नखानु उत्तम हुन्छ। चिया, कफी, दूध वा कैफिनयुक्त पेयपदार्थ तुरुन्तै सेवन गर्दा औषधिको प्रभाव कम हुन सक्छ।


२. स्क्रिन टाइम कम गर्नुहोस्

आजको डिजिटल युगमा धेरैजसो मानिसहरू बिहानै उठ्नेबित्तिकै मोबाइल हेर्न थाल्छन् – म्यासेज, इमेल वा सामाजिक सञ्जाल चेक गर्छन्। तर, बिहानै यस्तो कामले मानसिक तनाव बढाउँछ र दिनको सुरुआत नै अशान्त बनाउन सक्छ। बिहान उठेपछि २०–४० मिनेट स्क्रिनबाट टाढा बस्नु फाइदाजनक हुन्छ। यसले शरीर र मस्तिष्कलाई रिल्याक्स गर्न मद्दत गर्छ, जुन थाइराइड सन्तुलनमा उपयोगी हुन्छ।


३. थाइराइड औषधि र अन्य सप्लिमेन्ट्स बीच दूरी राख्नुहोस्

कहिलेकाहीँ मानिसहरू थाइराइडको औषधिसँगै भिटामिन, आयरन, क्याल्सियम जस्ता सप्लिमेन्ट्स पनि एकैपटक सेवन गर्छन्, जुन गलत अभ्यास हो। थाइराइड औषधि खाएपछि कम्तिमा ३ – ४ घण्टासम्म अरु कुनै सप्लिमेन्ट नखानु उचित हुन्छ। यसले औषधिलाई शरीरले राम्ररी प्रोसेस गर्न समय दिन्छ।


४. डिनर र ब्रेकफास्टबीच कम्तिमा ११–१२ घण्टाको अन्तर

थाइराइड ग्रन्थिको काम मेटाबोलिज्मसँग सीधै सम्बन्धित हुन्छ। यदि तपाईँको मेटाबोलिज्म स्लो छ भने तौल बढ्ने, सुस्ती लाग्ने जस्ता लक्षण देखिन सक्छन्। यस्तो अवस्थामा रातको खाना र बिहानको नास्ताबीच ११–१२ घण्टाको फास्टिङ अन्तराल आवश्यक हुन्छ। यसले मेटाबोलिज्म सक्रिय रहन सहयोग गर्छ।

५. उचित आहार – हेल्दी फ्याट्स र प्रोटिनयुक्त खाना

थाइराइड नियन्त्रणका लागि केवल क्यालोरी कट गर्नु हुँदैन, प्रोटिनयुक्त खाना र हेल्दी फ्याट्स (जस्तै एवोकाडो, ओलिभ आयल, नट्स आदि) सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ। यी पोषक तत्त्वहरूले हार्मोन सन्तुलन कायम गर्न मद्दत गर्छन्।

६. भिटामिन डीको महत्त्व

थाइराइड ग्ल्यान्डको सक्रियताका लागि भिटामिन डी आवश्यक हुन्छ। भिटामिन डीको कमी हुँदा थाइराइडको प्रभावकारीता घट्न सक्छ। भिटामिन डीको मुख्य स्रोत भनेको सूर्यको किरण हो। प्रत्येक बिहान १५–३० मिनेट घाममा बस्नु, विशेषगरी बिहानको घाम, शरीरको भिटामिन डी निर्माणमा सहयोग पुर्‍याउँछ।

थाइराइड रोग नियन्त्रण गर्न केवल औषधि खाँदा पुग्दैन, त्यसका लागि नियमित र संयमित जीवनशैली र उचित बिहानको दिनचर्या आवश्यक हुन्छ। सही समयमा औषधि सेवन, स्क्रिन टाइम कम गर्नु, सप्लिमेन्ट्ससँग दूरी राख्नु, फास्टिङ अन्तर कायम गर्नु, सन्तुलित आहार र भिटामिन डी प्राप्त गर्नु – यी सबै उपायहरूलाई आफ्नो दैनिकीमा समावेश गर्दा थाइराइड समस्याबाट धेरै हदसम्म राहत मिल्न सक्छ।

यदि तपाईं नियमित औषधि सेवन गर्दै हुनुहुन्छ तर अझै पनि थकान, कमजोरी, सुस्ती जस्ता लक्षण अनुभव गर्दै हुनुहुन्छ भने अब समय आएको छ आफ्नो बिहानको दिनचर्या र जीवनशैली पुनः मूल्याङ्कन गर्ने। थाइराइडलाई नियन्त्रणमा राख्नका लागि स-साना र सरल अभ्यासहरू निकै प्रभावशाली हुन सक्छन्। थाइराइडसम्बन्धी कुनै समस्या भएमा चिकित्सकको परामर्श अनिवार्य लिनुहोस्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । द ओबेसिटी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार बिहेको पाँच वर्ष भित्र करिब ८२ प्रतिशत जोडिको तौल पाँचदेखि दश किलोसम्म बढ्छ। पुरुष भन्दा महिलाको तौल झन चाडो बढ्छ।

पुरुषको तुलनामा महिलाको तौड चाडो बढ्ने अध्ययनले देखाएको छ। विहे गरेको सुरुमै तौल बढ्दै जाँदा मान्छे अचम्म पर्ने गर्छन्। यसरी तौल बढ्नुले मान्छेको मनमा विभिन्न प्रश्न पनि उठ्ने गर्छन्।
तर, बिहेपछि तौल बढ्नुका मुख्य पाँच कारण यस्ता छन्।

प्राय बाहिर खाने बानी

बिहेपछि साथिसँग र आफन्तकोमा खाना खाने क्रम शुरु हुन्छ। जुन लामो समयसम्म नै चल्छ। यस्तै हनिमुनका क्रममा प्रत्यक कपलले मिठो–मिठो खाने कुरा आएर आनन्द लिने गर्छ। यस्तो अवस्थामा हाम्रो शरीले बढी भन्दा बढी क्यालोरी पाउँछ र तौल बढ्न पुग्छ।

खानपानमा बदलाव

बिहेपछि केटीहरूको घर नै फेरीन्छ। घर फेरीएसँगै थुप्रै कुरामा फेरबदल हुनपुग्छ। माइति घर र नयाँ घरको खाना बनाउने प्रक्रिया र स्वादमा नै फरक पर्छ। जसले गर्दा पाचन प्रणालीमा समेत असर पुग्छ। यसका अलावा माइति घरमा खानापछि यता उति घुम्ने र टहलिने बानी हुन्छ। जुन बिहेपछि फेरीन पुग्छ। जसले गर्दा खानपानले महिलारूको स्वाथ्यमा बदलाव ल्याइदिन्छ।

जिम्मेवारीले ल्याउँछ परिवर्तन

बिवाह पछि केटीहरू आफ्नो आफ्नो रुची भन्दा पनि पति र ससुरालको रुचीमा खाना बनाउँछन्। परिवारलाई खुशी राख्ने बहानामा खानामा घ्यु, तेल, मसालाको प्रयोग गर्छन्। उनी चाहन्छन् यति मिहिनेतले पकाएको खाना नमिठो नहोस्। समयसँगै फेरीएको यस्तो खाले जीवनले तौल बढाउन भूमिका खेल्छ।

तनाव

बिहेपछि नयाँ माहोलमा ढल्किनु केही गाह्रो पक्कै हुन्छ। यस्तोमा दुलही कामकाजी छिन् भने उनको जिम्मेवारी थप बढ्न पुग्छ। अफिसका अलावा घरमा बेस्ट दिने कोशिश गर्दा सधै तनावमा रहने गर्छन्। स्ट्रेसबाट खानेकुरा बढ्न पुग्छ र मोटोपन बढ्न सक्छ।

लापरबाही

बिहेभन्दा पहिले धेरै मान्छे आफूलाई सुन्दर र फिटनेस राख्न चाहन्छन्। विस्तारै त्यो शोख कम हुँदै जान्छ। बिहेपछि त्यो कुरा निकै बदलिन पुग्छ। नचाहदा चाहदै पनि मान्छे तनावले ग्रसित हुन पुग्छन्। थुप्रै कामका कारण एक्सरसाइजका लागि समय नै पाउँदैनन्। खाना खाने समय नै बदलिन्छ। त्यस्तो अवस्थामा थुप्रै नयाँ नयाँ कुराले मनमा डेरा जमाउँछन्। अब त बिहे नै भइसक्यो जस्तो भए नी के फरक पर्छ भन्दै मान्छे लापरबाही जीवन जिउन थाल्छन्। जसले गर्दा मान्छेको तौल बढ्न पुग्छ।


सामाग्री श्रोत :

बिहेपछि किन बढ्छ तौल?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट