
काठमाडौँ । भारतको चर्चित एडटेक कम्पनी बाइजुको मुख्य लर्निङ एप गुगल प्लेस्टोरबाट हटाइएको छ । क्लाउड सेवा प्रदायक अमेजन वेब सर्भिसेसलाई तिर्नुपर्ने रकम भुक्तानी नगरेका कारण एप हटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बाइजु लर्निङ एपको ब्याकइन्ड पूर्वाधारलाई सपोर्ट गर्ने अमेजन वेब सर्भिसेसले बाइजुको मातृ कम्पनी थिङ्क एन्ड लर्न प्रालिसँग अप्रिल २०२३ देखि नै भुक्तानी विवाद समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।
“अमेजन वेब सर्भिसेसलाई भुक्तानी नगरेका कारण बाइजुको लर्निङ एप प्लेस्टोरबाट हटाइएको हो । यो मामिला अब इन्सल्भेन्सी रिजोलुसन प्रोफेसनलको हातमा छ,” भारतीय समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)लाई स्रोतले भन्यो ।
एप प्लेस्टोरबाट हटेसँगै पहिले नै डाउनलोड गरेका प्रयोगकर्ताले प्रिमियम एक्सेस पाइरहेका छैनन् । यो एप आईओएस डिभाइसमा भने यथावत् छ ।
बढ्दो ऋण र सञ्चालन सङ्कटका बिच कम्पनीको वित्तीय दायित्व सम्हाल्ने जिम्मेवारी हाल इन्सल्भेन्सी रिजोलुसन प्रोफेसनलले लिएको छ । यस्तो अवस्थामा बाइजुको एप प्लेस्टोरबाट हट्नु कम्पनीका लागि अर्को सङ्कट हो ।
कुनै समय तीव्र गतिमा विस्तार भइरहेको यो एडटेक कम्पनीले एकपछि अर्को गर्दै सङ्कटको सामना गरिरहेको छ । यसअघि सेप्टेम्बर २०२३ मा कम्पनीका सह-संस्थापक बाइजु रविन्द्रनले कर्मचारीलाई तलबका विषयमा ईमेल पठाएका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले ईमेलमा कर्मचारीलाई रोकिएको तलब आंशिक रूपमा तिर्न व्यक्तिगत रूपमा ऋण लिएको जानकारी दिँदै माफी मागेका थिए ।
बाइजुले आफ्नो व्यवसाय पहिलेकै अवस्थामा ल्याउन सङ्घर्ष गरिरहँदा नियामक निकायको छानबिन, लगानीकर्तासँगको कानुनी लडाइँ र सञ्चालनमा अवरोधको सामना गरिरहेको छ ।
यस विषयमा टेकपानाले यसअघि नै विस्तृत लेख र भिडिओ तयार पारेको थियो । हेर्नुहोस् भिडिओ:
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १५:८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।
न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।
आदेशमा भनिएको छ, “शैक्षिकसत्र प्रारम्भ भइसकेको अवस्थालाई विचारै नगरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने कार्य स्थगित गरिएको भन्ने विपक्षी मन्त्रालयको मिति २०८२/१/२८ मा भएको निर्णय तथा सो निर्णयका आधारमा प्रकाशित मिति २०८२/१/३० को सूचना कार्यान्वयन नगर्नू।”
आदेशमा सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म उक्त सूचना कार्यान्वयन नगर्न भनिएको छ।
सरकारको उक्त निर्णयविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइ पीडित विद्यार्र्थी एलिजा पाण्डेसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश गरिएको हो।
आदेशमा १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
कीर्तिपुर (काठमाडौं)। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ। यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताए।
रंगशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ। पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये आज पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए।
‘प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कङ्क्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ। रंगशालाको कङ्क्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो’, उनले भने, ‘रंगशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पिसिसी गरि ढलान गरिएको छ। पूर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ। सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ।’
प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन्। यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिएका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । स्मार्ट ग्याजेट निर्माता ग्रीन लाइफ एक्सपिरियन्सले नेपाली बजारमा ‘अर्बिट २.०’ नामक नयाँ पुस्ताको स्मार्टवाच ल्याउने तयारी गरेको छ । आगामी २३ जेठदेखि बिक्रीका लागि उपलब्ध हुने यो डिभाइसमा कम्पनीले विशेष स्किमसमेत घोषणा गरेको छ ।
अल्वेज-अन डिस्प्ले सुविधासहित यसमा १.४३ इन्चको एमोलेड डिस्प्ले छ । जसको रेजोलुसन ४६६×४६६ पिक्सेल रहेको छ भने स्क्र्याच-प्रतिरोधी कडा ग्लासका कारण डिस्प्ले सुरक्षित र टिकाउन रहेको कम्पनीको दाबी छ । यसमा ८०० निट्सको अल्ट्रा-ब्राइट डिस्प्ले र ६० हर्जको रिफ्रेस रेट दिइएको छ ।
कम्पनीले यसलाई एआई स्मार्टवाचको रूपमा अघि सारेको छ । यसमा बिल्ट-इन डीए जीपीटी एआई अर्थात् बाइडुको ‘Ernie Bot’ छ । जसले प्रयोगकर्तालाई प्रश्नहरूको जवाफ दिन र रिमाइन्डर सेट गर्ने लगायतका काम सहयोग गर्नेछ । यसमा एआई-सञ्चालित वाच फेसहरू पनि छन् । प्रयोगकर्ताले आफ्नै चाहना र मुड अनुसार यी वाच फेसहरू कस्टमाइज गर्न सक्नेछन् ।
‘अर्बिट २.०’ मा १२० भन्दा बढी गेम मोड दिइएको छ । जसअन्तर्गत हिँड्ने, साइकल चलाउने, योगा लगायतका गतिविधि ट्र्याक गर्न सक्छ । महिलाहरूका लागि मासिक धर्म (रजस्वला) चक्र ट्र्याकिङ मोड पनि यसमा उपलब्ध छ ।
यो स्मार्टवाच नेपाली बजारमा ६ फरक भेरियन्टमा उपलब्ध हुनेछ । जसअन्तर्गत ब्ल्याक चेन, सिल्भर चेन, ब्ल्याक लेदर स्ट्र्याप, सिल्भर लेदर स्ट्र्याप र सिल्भर सिलिकन स्ट्र्यापका विकल्प छन् ।
ब्लुटुथ भर्सन ५.३ कनेक्टिभिटीका साथ सिमलेस ब्लुटुथ कलिङको सुविधा पनि यसमा छ । आईपी६८ वाटर रेसिस्टेन्स क्षमता र २५० एमएएच ब्याट्रीले लामो समयसम्म स्मार्टवाच टिकाउन सकिने कम्पनीको भनाइ छ । यसको स्ट्यान्डबाइ समय ३० दिनसम्म रहनेछ ।
एक वर्षको वारेन्टी रहेको स्मार्टवाचको मूल्य तीन हजार ९९९ रुपैयाँ तोकिए पनि लन्च अफरअन्तर्गत तीन हजार २९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । चेन र लेदर स्ट्र्याप भेरियन्टको मूल्य भने चार हजार २९९ रुपैयाँ र सिलिकन स्ट्र्यापको मूल्य तीन हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
जुन ६, २०२५ मा दराजमा हुने ६.६ क्याम्पेनमा पहिलो ३० ग्राहकले ६६% छुटका साथ यो स्मार्टवाच दुई हजार ३८० रुपैयाँमै खरिद गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ २०:१७
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी–सुडानमा हैजाका घटनामा वृद्धि भएको र एक हप्तामा दुई हजार ७०० सङ्क्रमित र १७२ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयल मङ्गलबार जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खार्तुम राज्यमा ९० प्रतिशत सङ्क्रमण भेटिएका छन्, उनि सन् २०२३ को अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) लाई दोषी ठह¥याइएको ड्रोन आक्रमणका कारण हालैका हप्ताहरूमा पानी र बिजुली आपूर्तिमा गम्भीर अवरोध आएको छ।देशको दक्षिण, मध्य र उत्तरमा पनि सङ्क्रमण देखिएको छ।
गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरेको भएपनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ। पहिले नै कमजोर रहेको पानी, सरसफाइ र स्वास्थ्य पूर्वाधारहरूलाई युद्धले ध्वस्त बनाएको छ।
गत मङ्गलबार मन्त्रालयले पछिल्लो तीन हप्तामा दुई हजार ३०० भन्दा बढी हैजाका बिरामीमध्ये ५१ जनाको मृत्यु भएको जनाएको थियो।
आरएसएफले यसै महिना खार्तूममा ड्रोन आक्रमण गरेको थियो। आक्रमणबाट तीन वटा विद्युत गृह पनि प्रभावित भएका थिए तर गत हप्ता आरएसएफलाई राजधानीबाट पूर्ण रूपमा बाहिर निकालिएको थियो।
डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का अनुसार द्वन्द्वका कारण बिजुली र स्थानीय पानीको सञ्जाल सेवाबाट बञ्चित भएपछि त्यहाँका बासिन्दा असुरक्षित पानीका स्रोततर्फ जान बाध्य भएका छन्।
खार्तूमस्थित एमएसएफका मेडिकल कोअर्डिनेटर स्लेमेन अम्मरले भने, “पानी प्रशोधन केन्द्रहरूमा अब बिजुली छैन र नाइल नदीबाट स्वच्छ पानी उपलब्ध हुन सक्दैन।”
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ तर्फ धकेलिएको छ।
चिकित्सक सङ्घका अनुसार देशकास्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण ९० प्रतिशतभन्दा बढी अस्पतालहरु कुनै न कुनै बेला युद्धका कारण बन्द भएका छन् र स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ।
अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौं हजारको ज्यान लिइसकेको छ। युद्धले एक करोड ३० लाख विस्थापित गरेको र विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको सङ्कट सिर्जना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताएका छन्।
गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए।
नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ। ‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ’, उनले भने, ‘यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ।’
अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए।
शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गरे। ‘राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन’, अध्यक्ष दाहालको भनाइ थियो।
सामाग्री श्रोत :
नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन: अध्यक्ष दाहाल
काठमाडौँ । कान्तिपुर टेलिभिजनले नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजी तथा जुवा खेलाउने प्लेटफर्म ‘मेलबेट’ को सरोगेट विज्ञापन प्रसारण गरेको पाइएको छ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्रि-म्याच एनालिसिस कार्यक्रममार्फत कान्तिपुरले अवैध प्लेटफर्मको खुलेआम प्रचार गरेको हो ।
टेलिभिजनमा विज्ञापन गरिएको प्लेटफर्मको नाम ‘मेलब्याट लाइभ’ (MELBAT LIVE) उल्लेख भए तापनि यो प्रत्यक्ष रूपमा ‘मेलबेट’ नामक अनलाइन सट्टेबाजी तथा जुवाको सञ्जालसँग सम्बन्धित छ ।
‘मेलबेट’ सन् २०२३ देखि नै विशेषगरी नेपाली प्रयोगकर्तालाई लक्षित गरी सञ्चालनमा रहेको सट्टेबाजी प्लेटफर्म हो । ‘सिमिलर वेब’को तथ्याङ्कअनुसार यस साइटमा मासिक आठ लाख ८५ हजारभन्दा बढी पटक भिजिटर आउँछन् । र यो नेपालमा ६२औं सर्वाधिक प्रयोग हुने वेबसाइटको सूचीमा पर्छ । यसका कुल प्रयोगकर्तामध्ये ९९.२ प्रतिशत नेपालबाटै रहेको देखिन्छ भने बाँकी ०.४८ प्रतिशत भारतबाट, ०.२६ प्रतिशत युक्रेन र ०.०५ प्रतिशत क्यानडाबाट रहेका छन् ।
नेपालमा कुनै पनि प्रकारको जुवा प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐन अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ ।
जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, “कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।”
ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ ।
त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ ।
कान्तिपुरले प्रचार गरेको मेल-ब्याट लाइभ र मेलबेटको सम्बन्ध
कान्तिपुर टेलिभिजनमा ‘MELBAT LIVE’ नामक प्लेटफर्मको प्रचार गरिएको छ । यही नाम गुगलमा सर्च गर्दा शीर्ष स्थानमा मेलबेट एनपी डटकम देखिन्छ । त्यसपछि मात्र मेलब्याट डटलाइभ देखिन्छ ।
यसले खेलकुदसँग सम्बन्धित अनलाइन न्युज पोर्टलका रूपमा चिनाएको छ । लोगो भने दुरुस्त मेलबेटसँग मिल्छ । अक्षर मात्र ‘E’ को ठाउँमा ‘A’ राखिएको छ ।
फाट्टफुट्ट समाचार अपलोड हुने यस प्लेटफर्मको अन्तिममा सामाजिक सञ्जालका लिङ्क राखिएको छ । त्यसमा रहेको फेसबुक ग्रुपमा हेर्ने हो भने मेलबेट इन्डिया नामक अकाउन्ट एड्मिन छ । त्यही अकाउन्टबाट फेसबुक ग्रुपमा मेलबेटकै प्रचार भइरहेको देखिन्छ ।
यसबाट मेलब्याट लाइभ र मेलबेट एक आपसमा भएको र मेलबेटले नै मेलब्याटको सरोगेट प्रचारको काम गरेको देखिन्छ । यी दुबै प्लेटफर्म लगभग एकै समयमा दर्ता भएका हुन् । त्यसभन्दा पहिले सरोगेट विज्ञापन भनेको केहो भन्ने बुझौं:
के हो सरोगेट विज्ञापन ?
सरोगेट विज्ञापन भनेको कुनै त्यस्तो सामानको विज्ञापन गर्नु हो, जसको सिधै प्रचार गर्न कानुनले रोक लगाएको हुन्छ (जस्तै: रक्सी, चुरोट, जुवा वा बेटिङ)।
यस्तोमा कम्पनीले चलाखीपूर्वक त्यही ब्रान्ड नाम र लोगो प्रयोग गरेर अर्को कुनै सामान्य उत्पादन (जस्तै पानी, सोडा, म्युजिक सीडी वा कुनै कार्यक्रम) को विज्ञापन गर्छन् । जब तपाईंले त्यो ‘पानी’ वा ‘सोडा’को विज्ञापन देख्नुहुन्छ तपाईंको दिमागमा वास्तवमा त्यही ब्रान्डको ‘रक्सी’ वा ‘चुरोट’को झल्को आउँछ । यसरी घुमाउरो तरिकाले कानुनी छिद्रको प्रयोग गर्दै प्रतिबन्धित वस्तुको प्रचार भइरहेको हुन्छ ।
यसअघि नेपालमा वनएक्स बेट नामक बेटिङ प्लेटफर्मले ‘वनएक्स ब्याट’, स्काई एक्सचेन्जले ‘स्काई न्युज’, दाफा बेटले ‘दाफा न्युज’ नामक प्लेटफर्म ल्याएर सञ्चालन गरेका थिए । क्रिकेटसम्बन्धी कुनै घरेलु वा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा त्यस्ता प्लेटफर्म ठ्याक्कै आइपुग्छन् । अहिले मेलबेटले त्यही रणनीति अपनाएको छ । यस्तो किसिमको विज्ञापनलाई छद्म विज्ञापन पनि भन्न सकिन्छ ।
मेलबेटले कसरी जुवाको तलमा पार्दैछ नेपाली ?
नेपाली प्रयोगकर्तालाई आकर्षित गर्न यस प्लेटफर्मले आफ्नो लोगोमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरेको छ भने गुगलमा आफूलाई ‘मेलबेट नेपाल अफिसियल’ भनेर चिनाएको छ ।
यसबाहेक नेपाली प्रयोगकर्तालाई थप प्रलोभनमा पार्न र कारोबार सहज देखाउन वेबसाइटको फुटरमा खल्ती, इसेवा, सेलपे, आइएमई पे, कनेक्ट आईपीएस, प्रभु पे, माई पे र मोरु पेजस्ता नेपाली डिजिटल वालेटहरूको लोगो समेत राखिएको छ ।
कस्टुमर सपोर्टदेखि अनलाइन सेवा पनि उपलब्ध छन् । प्रतिबन्धित हुँदाहुँदै पनि खुलेआम सबै स्थानीय माध्यम प्रयोग गर्दा यो सहज रूपमा नेपालमा सञ्चालन भइरहेको देखिन्छ ।
यसो त नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ देखि यस्ता बेटिङ साइटमाथि प्रतिबन्ध लगाउँदै आएको छ । केही बेटिङ साइट खोल्दा उक्त पेजमा लेखिएको हुन्छ, “तपाईँले ब्राउज तथा एक्सेस गर्न खोज्नु भएको वेबसाइटमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्रीहरू रहेकोले, साथै नियमअनुसार नेपालमा दर्ता एवम् सूचीकरण निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्ता सामग्रीमाथिको पहुँचमा रोक लगाइएको छ ।”
अर्थात् बेटिङ साइटहरू नेपालबाट नखुल्नु पर्ने हो । प्राधिकरणले यस्ता साइटको अनुगमन नगर्दा नेपालमा बेटिङ साइट निर्वाध रूपमा चलिरहेको देखिन्छ । यसको अर्को उदाहरण हो, वनएक्स बेट । प्राधिकरणले नेपालमा वनएक्स बेटको आधिकारिक साइट ब्लक गरेको छ । तर, उक्त प्लेटफर्मले लाखौंको सङ्ख्यामा रहेका नेपाली प्रयोगकर्तालाई उक्त प्लेटफर्ममा राखिरहन नयाँ डोमेनमार्फत सञ्चालन गरिरहेको छ ।
नेपालका लागि वनएक्सबेटले तयार पारेको डोमेन नेम हो ‘वनएक्सबेट एनपी डटकम’ । नेपालमा वनएक्स बेट ब्राउज गर्दा यो साइट रिडाइरेक्ट भएर नेपालीका लागि तयार पारिएको डोमेनमा जान्छ । यसैको सिको गर्दै अन्य बेटिङ प्लेटफर्मले पनि आफ्नो नाममा एनपी शब्द जोडेका छन् । यसैबाट नयाँ डोमेन बनाएर नेपालीलाई लक्षित गर्दै खुलेआम नेपालमा अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालन गर्दै आइरहेका छन् ।
सरोगेट विज्ञापनको उल्झन !
यस विषयमा विज्ञापन बोर्डका एक अधिकारीले नेपालमा सरोगेट विज्ञापन सम्बन्धी कुनै स्पष्ट कानुन नहुँदा समस्या भएको बताए । “विज्ञापन नियमन गर्ने ऐन वा अन्य कुनै पनि ऐनले यो विषयलाई समेटेको छैन र चिनेको पनि छैन,” उनले भने, “यसै कारण सरोगेट विज्ञापनलाई क्राइम मान्ने कि नमान्ने भन्ने विषयमा द्विविधा छ ।”
हालको अवस्थामा यस्ता सरोगेट विज्ञापनलाई अवैध नै मानिएको उनको तर्क छ । तर स्पष्ट कानुनको अभावमा कारबाही गर्न गाह्रो र यो एक जटिल विषय बनेको उनले खुलाए ।
उनका अनुसार राष्ट्रिय नीतिको रूपमा सरोगेट विज्ञापनलाई खुला गर्ने प्रस्ताव रहेको छ । तर, यो प्रस्ताव अहिलेसम्म कानुनको रूपमा पारित भइसकेको छैन ।
“सरोगेट एडभर्टाइजिङ अहिले अवैध हो । अब पछि कानुन आइसक्यो भने छुट्टै कुरा हो,” उनले भने, “अहिले नैतिक प्रश्न मात्र उठ्छ । समाजलाई हानी हुने विषयमा अप्रत्यक्ष रूपमा मिडियाले प्रचार गर्दा उनीहरूलाई आत्मग्लानी हुनुपर्ने हो । सरोगेट विज्ञापन गर्यो भनेर कारबाही गर्न सकिने अवस्था छैन ।”
सरोगेट विज्ञापनको कानुनी अवस्थाबारे अधिवक्ता प्रविण सुवेदीले नेपालमा स्पष्ट कानुनी व्यवस्था नभएको बताए । उनले भने, “कानुनी व्यवस्था छैन । सुर्तीजन्य र मदिराजन्य पदार्थको विज्ञापनै गर्न पाइँदैन भन्ने छ । त्यो भएपछि सरोगेट प्रयोग गर्दा पनि कानुनी रूपमा समस्या पर्ने नै अवस्था देखिन्छ ।”
अनलाइन जुवा वा बेटिङको विज्ञापनको सन्दर्भमा पनि कानुनी अस्पष्टता रहेको उनको धारणा छ ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले कान्तिपुर टेलिभिजनमा प्रसारित भइरहेको बेटिङ प्लेटफर्मको सरोगेट विज्ञापन राखेको विषयमा आपत्ति जनाए ।
यस सन्दर्भमा उनले ११ फागुन २०७९ मा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सरोगेट विज्ञापनविरुद्ध मञ्चले नै सर्वोच्च अदालतमा रिट दायर गरेको स्मरण गराए ।
“त्यो (बेटिङको सरोगेट विज्ञापन) त अपराध नै हो,” उनले भने । तिमिल्सिनाले २०७९ सालमा उपभोक्ता संरक्षण मञ्चले दायर गरेको रिटमा सर्वोच्च अदालतले कुनै पनि सार्वजनिक सञ्चार माध्यममा त्यस्ता (सरोगेट) विज्ञापन प्रकाशन तथा प्रसारण नगर्नु नगराउनु र त्यसको अनुगमन गर्नु भनी अन्तरिम आदेश जारी गरेको बताए ।
उनले थपे, “जनस्वास्थ्य सेवा ऐनको दफा ४५ ले गरेको व्यवस्था, अदालतको आदेश र विज्ञापन बोर्डले पनि पटक-पटक नगर्नु भनेर सूचना प्रकाशित गरेको अवस्थामा यसरी अवज्ञा गरेर कान्तिपुरले विज्ञापन बजाउनु भनेको कानुनलाई नै व्यवस्था गरेको देखियो ।”
तिमिल्सिनाले यस्ता विज्ञापनले मानसिक स्वास्थ्यमा समेत असर पार्ने बताउँदै भने, “जुवा भनेपछि त्यो मानसिक स्वास्थ्यसँग जोडियो । यस्तोमा फेरि रक्सीको विज्ञापन गर्ने कुरा त सह्य नै हुन सक्दैन । जुवा यसै पनि अवैध हो, त्यसमाथि प्रतिबन्धित सामग्रीको सरोगेट विज्ञापन गर्नु झनै ठुलो अपराध हो ।”
उनले विज्ञापन बोर्डले यसको अनुगमन गरेर कारबाही गर्नुपर्ने धारणा राखे । “आफ्नो व्यावसायिक लाभका लागि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन,” उनले भने ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ २०:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशका पूर्व भूभागसम्म मनसुन आइसकेकाले यही साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको हो।
‘नेपालको पूर्वी भूभागबाट मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर फेबरेबल कन्डिसन देखिएकाले यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो हुने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश हुने सम्भावना छ।’
कहिलेकाहिँ मनसुनी वायु बग्दै नेपालतिर आउनेक्रममा बीच बाटोमा केही दिन रोकिने गरे पनि यस वर्ष त्यस्तो नदेखिएकाले फेबरेबल कन्डिसन’ भनिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नर्सिङ पेशालाई आफ्नो जीवनको अभिन्न अंग बनाएकी गंगादेवी बास्कोटा दाहाल विगत तीन दशकदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत छिन्। सन् १९९५ देखि उक्त अस्पतालमा कार्यरत उनी विभिन्न विभागमा अनुभव बटुलेर हाल डेढ वर्षदेखि क्यान्सर विभागको इन्चार्जका रूपमा कार्यरत छिन्। यो विभाग अस्पतालमा क्यान्सर उपचार सुरु भएसँगै स्थापना भएको हो। तीन दशक लामो उनको करियरको यात्रा समर्पण, साहस र संवेदनशीलताले भरिएको छ।
क्यान्सर विभागमा फरक अनुभव
अस्पतालका विभिन्न विभागमा काम गर्दा गंगादेवीले बिरामीको हेरचाहमा व्यापक अनुभव बटुलिन्, तर क्यान्सर विभागको अनुभव उनको लागि बिल्कुलै फरक छ। अन्य विभागमा बिरामीहरू चाँडै निको भएर घर फर्किन्छन्, तर क्यान्सरका बिरामीहरू लामो समयसम्म अस्पताल आइरहनुपर्छ।
‘क्यान्सरका बिरामीको दुखाइ र पीडा अन्य रोगको भन्दा फरक र मन छुने हुन्छ,’ उनी भन्छिन्। किमोथेरापी र औषधिका कारण हुने शारीरिक र मानसिक असरले कहिलेकाहीँ उनको मन भारी हुन्छ। ‘कतिपय बिरामीलाई उपचारले पनि निको हुँदैन, त्यस्तो अवस्थाले मनदेखि नै रुवाउँछ,’ उनले भावुक हुँदै सुनाइन्।
तैपनि, गंगादेवीले बिरामीलाई हौसला दिन छोड्दिनन्। प्यालिएटिभ केयरमा रहेका अन्तिम अवस्थाका बिरामीलाई समेत ‘तपाईंलाई निको हुन्छ’ भन्दै ढाडस दिन्छिन्। उनको यो संवेदनशीलता र समर्पणले बिरामी र परिवारलाई ठूलो सहारा प्रदान गर्छ।
गंगादेवीलाई चिन्नेहरु भन्छन् ‘उनको जीवन र पेशागत यात्रा नर्सिङ क्षेत्रमा समर्पण र संवेदनशीलताको उदाहरण हो। पछिल्लो समय उनले क्यान्सर जस्तो जटिल र भावनात्मक रूपमा चुनौतीपूर्ण क्षेत्रमा देखाएको धैर्य, हौसला र मानवीयताले बिरामी र परिवारको मनमा आशाको दीप बालिरहेको छ।’
साहसिक सुरुवात: भारतदेखि नेपालसम्मको शैक्षिक यात्रा
ओखलढुंगामा जन्मिएर बनेपामा हुर्केकी गंगादेवीले विद्यालय तहको पढाइ बनेपामै पूरा गरिन्। उच्च शिक्षाका लागि भारत जाने उनको निर्णय त्यतिबेला साहसिक थियो।
‘छोरी मान्छे भारत पढ्न जाने भन्ने कुराले घरमा सबैले सहमति नजनाए पनि आमाले समर्थन गर्नुभएको थिएन,’ उनले सम्झिन्। तैपनि, आमालाई मनाएर उनी भारत पुगिन् र त्यहाँ प्लस टु र पिसिएल नर्सिङ पूरा गरिन्। नेपाल फर्किएपछि उनले काठमाडौंको ओम नर्सिङ कलेजबाट स्नातक तहको अध्ययन पूरा गरिन्।
उनको वैवाहिक जीवनले पनि उनको पेशागत यात्रालाई बलियो बनायो। शिक्षित परिवारमा विवाह भएकी उनले ससुरा इन्जिनियर र सासुआमाको सहयोग पाइन्, जसले उनलाई नर्सिङ पेशालाई निरन्तरता दिन कुनै अवरोध खेप्नु परेन।
बेला–बेला घोचिरहने त्यो घटना
उनले संवेदनशील क्षेत्रमा काम गरेर पनि चोट दिने खालका घटनाहरुको सामना विरलै गरिन् । तर एउटा घटनालाई भने उनले जति मनबाट हटाउन खोजे पनि याद दिलाइरहन्छ । एक जना अत्याधिक मद्यपान गरेका बिरामी उपचाररत थिए । उपचार गराइरहेका उनले घर जान खोजे। उनलाई त्यतिबेला उनी लगायत अस्पताल अन्यले घर जान रोके। घर जान रोकेको २ घन्टा पश्चात् ती बिरामीको मृत्यु भयो,त्यो घटनाले उनलाई समय समयमा घोचिरहन्छ।
क्यान्सर विभागमा काम सुरु गरेपछि भने धेरै बिरामीले आफू उपचार पश्चात् पुरानै अवस्थामा फर्किन सक्छु कि सक्दिन भन्दै उनलाई सोध्ने गर्छन्। यस्ता प्रश्नहरूले उनलाई भावनात्मक रूपमा प्रभावित गर्छ, तर उनी हरेक बिरामीलाई आशा र हौसलाले साथ दिन्छिन्।
नर्सिङ शिक्षाका विषय
गंगादेवी सरकारको १२ कक्षा उत्तीर्ण गरेपछि जनरल नर्सिङ पढ्न पाउने नीति ल्याउनुलाई सकारात्मक मान्छिन्।
‘विश्वका धेरै देशमा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने नियम छ’, उनले भनिन्, ‘नेपालको नर्सिङ शिक्षालाई अन्र्तराष्ट्रिय स्तरको बनाउन पनि यो नीति राम्रो हो।’
नर्सिङ क्षेत्रको सुधारका लागि सरकारले नीति ल्याउनुपर्छ
पहिले स्वास्थ्य संस्था कम मात्रै थिए थोरै जनशक्तिले पनि पुग्ने स्थिति थियो। कतिपय पोलिक्ल्निीकहरु सीएमए/एएनएमले चलाउने गरेका छन्। जसले गुणस्तरीय स्वास्थ्य सेवा पाउने स्थिति नभएको उनी बताउँछिन्। उनले थपिन् – ‘एकातिर विशेष ज्ञान र क्षमता भएका नर्सिङ जनशक्ति विदेशिने गरेका छन् भने अर्काेतर्फ अदक्ष जनशक्तिले स्वास्थ्य संस्था चलाइरहेका छन्।’
नर्सहरु विदेशिने ट्रेन बढ्दो छ, सरकारले नर्सहरुलाई स्वदेशमा नै राख्न सक्ने नीति बनाउन आवश्यक छ भन्ने उनलाई लाग्छ।
नर्सहरुले काम अनुसारको उचित पारिश्रमिक नपाउँदा विदेशिन बाध्य रहेकोमा सरकारले त्यसलाई सही निती ल्याएर सम्बोधन गर्नुपर्नेमा उनको जोड छ।
सरकारले सिटीभिटी मार्फत् चलेका कतिपय नर्सिङ कलेजहरु बन्द गरेकोले अबको केही समयमा नै नेपालमा नर्सिङ जनशक्तिको अभाव हुने हो कि भन्ने उनलाई चिन्ता छ।
(लेखक डा पुण्यराम खर्बुजा सर्जिकल अन्कोलोजिस्ट हुन्। उनी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन्।)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाल सम्मानित भएका छन्। राजधानीमा मंगलबार आयोजित एक समारोहका बीच खनाललाई सम्मान गरिएको हो।
पर्वत्य साहित्य समाज नेपालले ‘प्रतिक ढकाल कृतिमणि यात्राबर सम्मान-२०८२’बाट खनाललाई समान गरेको हो। उक्त सम्मानको पहिलो संस्करण ‘आध्यात्मिक यात्रा, अन्तधार्मिक सहकार्य तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समर्पित’ खनाललाई दिइएको हो।
पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ। खनाललाई यो सम्मान हिन्दु, बौद्ध, सिखलगायत धर्महरूको पवित्र तीर्थहरूको दर्शन, साधन र सनातन मूल्यको प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ।
उक्त अवसरमा दार्जिलिङका प्रख्यात यात्रा साहित्यकार सालोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ पुरस्कार’ को सातौं संस्करण प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी ५५ हजार रुपैयाँ रहेको थियो।
समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार घनश्याम राज कर्णिकार थिए भने कार्यक्रमको अध्यक्षता प्रतीक ढकालले गरेका थिए।
साथै, त्रिभुवन विश्वविद्यालयका पूर्वनेपाली विभाग प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल विशेष अतिथि थिए। कार्यक्रममा नेपाल र भारतका वरिष्ठ साहित्यिक, सांस्कृतिक एवम् सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
‘यो सम्मान प्रदीप खनालको लागि मात्र नभई समग्र समाजको अध्यात्मिक चेतना, सहअस्तित्व र सांस्कृतिक पुनर्जागरणप्रतिको साझा अभियानको प्रेरणास्वरूप स्थापित हो,’ संस्थाका अध्यक्ष ढकालले भने।
खनालले वि.सं. २०८० असारदेखि २०८१ असारसम्म गरी भारत, महाराष्ट्र, सिरडीकी विनिता लेप्चा र मध्यप्रदेश, इन्दौरका मङ्गेश भागवतका साथ नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र तिब्बत, चीनका चार धाम, चार आदिशक्तिपीठ, १८ महाशक्तिपीठ, ५२ शक्तिपीठ १०८ सिद्धपीठ, सप्तपुरी, शिखधर्मका ११ गुरुद्वारा र बौद्धधर्मका १३ तीर्थस्थल भ्रमण, दर्शन, पूजापाठ गरेका थिए।
साथै उनले तिब्बतको कैलाश मानसरोवरदेखि भारतका तामिलनाडुका तीन सागरको सङ्गमस्थल कन्याकुमारी), अरुणाचलको परशुराम कुण्ड तथा पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज माता मन्दिरको अनिल कुण्डलगायत २३ कुण्ड, तलाउ, नदी र नदीका मुहानमा डुबुल्की पनि लगाएका थिए।
सामाग्री श्रोत :
प्रदीप खनाललाई ‘प्रतीक ढकाल कृतिमणि यात्राबर सम्मान २०८२’ प्रदान