
काठमाडौं– सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए ।
संसद् बैठकमा माओवादीसहितले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।
‘हामीले जो विषयवस्तु राखेका छौं । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रीत गरेर अघि राख्नुपर्छ भनेका छौं । जुनकुरा हामीले सदनमा राखेका छौं । त्यही विषयवस्तु हो,’ पाण्डले बैठकपछि भने, ‘भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्नका लागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं ।’
बैठकमा प्रधानमन्त्री ओलीले संसद् खोलेर अघि बढ्न आग्रह गरेको उनले बताए । ‘अब राजीनामा होइन संसद् खोलेर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट सुशासनको विषयवस्तु महत्त्वपूर्ण हो भन्यौं,’ पाण्डेले बैठकपछि भनेका छन् ।
कर्मचारीको कुरा भएकाले राजीनामा दिनु नपर्ने प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरूले कुरा राखेको पाण्डेको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मुगु। जुम्लाको तिला गाउँपालिका-५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ।
सोही गाउँपालिका-४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो।
चक्कु प्रहारबाट घाइते भएका ४२ वर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए। उनले भने, ‘पीडितले तीन जनाको नाम दिनु भएको छ।’
तीनजना मध्ये एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरिएको हो। अन्य व्यक्तिलाई खोजी कार्य भइरहेको छ। घटनाका आरोपित २० देखि २५ वर्ष उमेर समुहका छन्। प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन।
त्यस्तैगरी सोही गाउँपालिका-३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष शाहीले भने, ‘म माथि ढुङगा मुक्का प्रहार भएको हो। तर मेरो टाउकोमा हेल्मेट भएकाले त्यति चोटपटक लागेन। ५ नम्बर वडाध्यक्षलाई हतियार (चक्कु) नै प्रहार भएकोले बढी चोट लागेको छ। अहिले हामी अस्पतालमै उपचारमा छौँ।’
सामाग्री श्रोत :
काठमाडौँ । शैक्षिक र औद्योगिक क्षेत्रबिचको खाडल पुर्ने उद्देश्य सहित यार्सा टेक प्रा.लि.ले गण्डकी विश्वविद्यालयका सूचना प्रविधिमा स्नातक (BIT) अध्ययन गरिरहेका विद्यार्थीहरूलाई ६-दिने इन्टेन्सिभ आईओटि प्रडक्ट एन्ड एप डेभलपमेन्ट (IoT Product and App Development) तालिम प्रदान गरेको छ ।
उक्त तालिम २०८१ जेठ १२ गतेदेखि १९ गते (May 26 – June 2, 2025) सम्म सञ्चालन गरिएको थियो। कुल ३५ जना विद्यार्थीहरू तालिममा सहभागिता भएको कम्पनीले जनाएको छ । तालिममा विद्यार्थीहरूलाई सर्किट डिजाइनदेखि मोबाइल एप्लिकेसन डिप्लोइमेन्टसम्मका व्यावहारिक सीपहरू सिकाइएको कम्पनीको भनाइ छ । तालिमले इन्टरनेट अफ थिङ्स (IoT) प्रविधिबाट सुरु भई कम्प्यानियन मोबाइल एप विकाससम्मको सम्पूर्ण प्रक्रिया समेटेको थियो ।
विद्यार्थीहरूलाई यार्सा टेकमा उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन प्रक्रिया, IoT डिभाइस आर्किटेक्चर, सर्किट डिजाइनको आधारभूत ज्ञान, कम्प्यानियन एप (मोबाइल तथा वेब) को विकास, ब्याकइन्ड सेवा र MQTT प्रोटोकल लगायतका विषयमा प्रशिक्षण दिइएको कम्पनीको भनाइ छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १७:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं— संसद्मा विपक्षी दलको अवरोधलगायतका विषयमा सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, माओवादी महासचिव देव गुरुङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला र नेसपा अध्यक्ष महिन्द्र रायद यादव सहभागी छन् ।
यसअघि प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले अवरोध गरे पनि प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्ने बताएका थिए । विपक्षी दलहरूले संसद्मा अवरोध गरेर ज्यादती गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।
एमाले संसदीय दलको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अब विपक्षी दलहरूले विरोध गरेमा पनि संसद्का कामकारबाही अगाडि बढाउनुपर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल माओवादीले भने गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्मा अवरोध कायमै राख्ने जनाएको छ । सिंहदरबारमै सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नयाँ दिल्ली– भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ।
बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन्।
यसरी, कोरोना भाइरसको ताजा प्रकोप देखिन थालेयता भारतभरमा ३२ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।
यसैबिच दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको समाचारमा उल्लेख छ। स्वास्थ्य विभागका अनुसार, ती युवतीलाई पहिले नै क्षयरोग, फोक्सोको रोग र श्वासप्रश्वास नलीको सङ्क्रमण जस्ता गम्भीर रोग थिए। अस्पतालमा उपचारको क्रममा मृत्यु उनको मृत्यु भएको बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने उनले बताए। उपमहासचिव पुनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभइ आम सञ्चारमाध्यम र जनसमूदायले नै भनिरहेको अवस्थामा गृहमन्त्रीले छानबिनमा सहयोग गर्नुपर्ने उल्लेख गरे।
मंगलबार संसद बैठक भन्दा अगाडि विपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने उनले बताए।
सामाग्री श्रोत :
काठमाडौँ । राइड शेयरिङलाई वैधानिकता दिएको विरोधमा व्यवसायीहरूले सार्वजनिक यातायात सेवा ठप्प गर्दा उल्टै राइड शेयरिङ व्यवसायलाई फाइदा पुगेको छ । सार्वजनिक यातायात ठप्प हुँदा यात्राका लागि राइड शेयरिङलाई विकल्प बनाउने यात्रुहरूको सङ्ख्या ह्वात्तै बढेको हो ।
पठाओको राइड अन्य दिनको तुलनामा आज १५० प्रतिशतले बढेको कम्पनीको भनाइ छ । राइडरहरूले थेग्नै नसक्नेगरी राइड रिक्वेस्ट आइरहेको र राइडरहरू एकपछि अर्को राइड लिनमा नै व्यस्त भएको कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले बताए । उनका अनुसार अन्य दिनको तुलनामा पठाओमा राइड रिक्वेस्ट १५० प्रतिशतले बढेको छ भने राइड संख्या ५० प्रतिशतले बढेको छ । यस्तै यात्रुको संख्या ३५ प्रतिशतले बढेको बस्न्यातले बताए ।
यस्तै टुटलको पनि राइड रिक्वेस्ट निकै बढेको कम्पनीका प्रबन्ध निर्देशक रुबिक जोशीले बताए । “आज समय नै यस्तो कठिन भएका कारण आफ्नो गन्तव्यसम्म पुग्न यात्रुहरूले राइड शेयरिङ नै खोजिरहेका छन्,” उनले भने, “टुटलमा राइड रिक्वेस्टको फ्लो निकै बढेको छ ।”
यस्तो बेलामा अफलाइन राइडबाट यात्रुहरू नठगिउन् भनेर राइडरलाई सहुलियत दिएर राइड गर्न लगाइएको जोशीले बताए । यता इन्ड्राइभले पनि अन्य दिनको भन्दा आफ्नो राइड बढेको जानकारी दिएको छ । राइडको माग त बढेको छ नै, बजारमा राइड शेयरिङ एप डाउनलोड गर्ने प्रयोगकर्ताको सङ्ख्या पनि निकै धेरै रहको कम्पनीहरूको भनाइ छ ।
अहिलेसम्म आउँदा के कति सङ्ख्याले प्रयोगकर्ता बढेको छ भन्ने विषयमा यकिन तथ्याङ्क निकाल्न बाँकी भएपनि नयाँ प्रयोगकर्ता दर्ता हुने क्रम पनि बढेको पठाओको भनाई छ ।
अर्कोतिर केही राइडरले भने विषम परिस्थितिको फाइदा उठाउँदै अफलाइन राइडमा यात्रुसँग धेरै रकम असुल गरिरहेको गुनासो पनि आइरहेको छ । प्रहरीले यो समाचार तयार गर्दासम्म १०० भन्दा बढी अफलाइन राइडरलाई नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १७:४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरु भन्दा माथि जनता हुने बताएका छन्।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत हुने बताएका हुन्।
‘दलभन्दा माथि जनता हुन्छन्। सम्पूण शक्तिका स्रोत जनता हुन्’ ओलीले भने, ‘अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ।’
प्रधानमन्त्री ओलीले राजतन्त्रको वकालत गर्नु मूर्खता भएको बताए।
‘आजको समाजमा जन्मिदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो’ प्रधानमन्त्रीले भने, ‘भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन्। केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
दीपक चन्द/रासस
झापा- देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ,’ देउकुमार लिम्बुले विगत सम्झँदै मुस्कुराएर भने, ‘अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ।’
देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको मायाले विदेशिनुपर्छ भन्ने छैन। भद्रपुर नगरपालिका–१ का उनले ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहेका छन्। तर, यहाँसम्म पुग्न उनको सङ्घर्ष लामो छ। २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया गएका उनले त्यहाँ १३ वर्ष बिताए।
विगत सम्झँदै उनले भने, ‘मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने। काम राम्रो पाइयो, तलब बढ्दै गयो। मासिक रु एक लाख २५ हजारसम्म कमाउँथेँ, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाए। तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ।’
मलेसियाबाट फर्किएपछि देउकुमारले तत्काल खेती सुरु गरेनन्। सुरुका दुई वर्ष देशमै के गर्न सकिन्छ ? सफल भएन भने पुनः विदेश जानुपर्ला कि ? भन्ने दोधारमै बिते। अन्ततः उनलाई लाग्यो, विदेशमा अरूको खेतमा काम गर्दा कमाइ भए पनि मन सन्तुष्ट हुँदैन। आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भन्ने सोचले उनले कृषि फार्म सुरु गर्ने अठोट लिए। ‘म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ,’ उनले भने, ‘त्यही सीप र अनुभवले यहाँ फार्म खोल्न सजिलो भयो।’
मलेसियाबाट ल्याएको थोरै पुँजीले देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गरे। सुरुमा सानो क्षेत्रमा तरकारी लगाएका उनको मेहनतले हाल चार बिघाभन्दा बढी क्षेत्रमा फार्म विस्तार भएको छ। फार्ममा करिब एक करोड रुपैयाँ लगानी छ। साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडी, केरा, सुपारी, बङ्गुर र माछापालन भइरहेको छ।
उनले बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिएका छन्। ‘बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ,’ उनले भने, ‘त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न व्यापारीको भीड लाग्छ।’
देउकुमारले रासायनिकभन्दा जैविक मल बढी प्रयोग गर्छन्। ‘जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन्,’ उनले भने। उनको सफलताको अर्को पाटो स्थानीय युवालाई रोजगारी दिनु हो। फार्ममा सात जना स्थानीयले नियमित रोजगारी पाएका छन्। सिजनमा २०–२२ जनाले काम पाउँछन्। ‘सिजनमा मजदुर पाउन गाह्रो हुन्छ,’ उनले भने, ‘मानिस विदेश जान चाहन्छन् तर देशमै सम्भावना देख्दैनन्।’
फार्म सञ्चालन खर्च कटाएर उनले वार्षिक १८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। ‘मेहनत गरे आम्दानी राम्रो हुन्छ,’ उनले भने, ‘मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ।’ मलेसियामा उनले अरूको लागि मेहनत गरे। अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उनको बुझाइ छ।
देउकुमारको विचारमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन्। ‘मुख्य चुनौती खुला सीमानाले भारतबाट सस्तो तरकारी भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो,’ उनले भने। सरकारले नेपाली तरकारीलाई प्राथमिकता दिने वातावरण बनाइदिए सहजै प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ।
कृषकलाई दिइने सरकारी अनुदानबारे उनले भने, ‘कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही प्रयोग गर्दैनन्, नियमनको अभाव छ,’ उनले भने, ‘वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ।’
देउकुमारले युवालाई आग्रह गरे, ‘देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस्, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ सम्मानजनक आम्दानी सम्भव छ।’
सामाग्री श्रोत :
deshparadesh
काठमाडौं- नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको नयाँ कार्यसमिति चयनमा विवाद भएको छ।
मातृ पार्टी एमालेका नेताहरुले महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु आफूखुसी घोषणा गरेपछि विवाद उत्पन्न भएको हो।
महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा जाने तयारीमा अधिकांश प्रतिनिधि तयार रहेको समयमा एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकाल र स्वास्थ्य तथा जनसंख्या विभागका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले अध्यक्ष लगायतका पदाधिकारी र कार्यसमिति सदस्यहरुको नाम भनेपछि हलमा सहभागी प्रतिनिधिहरुले विरोध गर्दै नेताहरुले घोषणा गरेको नाम अस्वीकृत गरेका हुन्।
नेताहरुले महासंघको अध्यक्षमा डा सन्तोष पौडेल, महासचिव भिमराज सिंह, अमृता बराल र रामहरी ढकाल उपाध्यक्ष लगायतका नामहरु घोषणा गरेपछि एमाले पार्टी कार्यालय च्यासलमा सहभागी महासंघका प्रतिनिधिहरुले अस्वीकृत गरेका हुन्।
महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले मातृ पार्टीबाट हस्तक्षेप भएको भन्दै महासंघको नयाँ कार्यसमिति चयन निर्वाचनबाट नै हुनुपर्ने निर्णय गरेका छन्। बहुमत प्रतिनिधिले निर्वाचनमा जाने निर्णय गरेपछि यतिबेला महासंघमा नयाँ कार्यसमिति चयनका लागि मतदान लगायतका आवश्यक प्रक्रिया अगाडि बढेको छ।
नेताहरुले नाम पढ्नुअघि डा सन्तोष आफैंले भने उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।
महासंघ नेपालको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको थियो। डा झलक गौतम, रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र त्रिलोक चन्द्र गुरुङले उम्मेदवारी दिएका छन्।
एक महिलासहित दुई उपाध्यक्ष पदमा निवर्तमान महासचिव डा सन्तोष पौडेल, पुष्पराज खनाल, रुपा केसी, शारदा खनाल, अन्जु बस्नेतले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा निवर्तमान उपमहासचिव अमृता बराल र निवर्तमान निर्वाचन आयोगका अध्यक्ष रहेका मदन ओलीले उम्मेदवारी दिएका छन्। उपमहासचिव पदमा अनुप केसी र खगराज पोखरेलले उम्मेदवारी दिएका छन भने सचिव पदमा डा प्रशान्त आचार्य, चन्द्र सुनार, प्रकाश सेवा, डा धर्मेन्द्र यादव, सिद्ध ढुंगाना, सुशील शाही, कुरान अलि ठकुराइ, हरिलाल आचार्य, राजकुमार पौडेल गरी ९ जनाको उम्मेद्वारी परेको छ ।
सामाग्री श्रोत :
swasthyakhabar