
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५६ रुपैयाँ ५२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
कास्की। गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार यातायात व्यवसायीहरूलाई वार्ताका लागि पुनः आह्वान गर्ने र सो अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने प्रक्रिया स्थगन हुनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज नै सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता लिई जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि प्रदेश सरकारलाई पत्र प्राप्त भएको पनि सचिव अधिकारीले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले यही जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो। त्यसको विरोधमा व्यवसायीले जेठ ८ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। आफ्ना माग पूरा नभएका भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेश र जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गर्दै आएका छन्।
सोमबार राति संघ सरकार र व्यवसायीबीच सहमति भए पनि प्रदेश सरकारले निर्णय नगरेसम्म बन्द जारी रहने भन्दै आज पनि व्यवसायीले देशभर यातायात बन्द गरेका छन्।
सामाग्री श्रोत :
राइड सेयरिङ नियमावली एक महिनाको लागि स्थगित गर्ने गण्डकी सरकारकाे निर्णय
काठमाडौं। गृहमन्त्री रमेश लेखकले सूचना संकलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीबारे विस्तृत जानकारी लिँदै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई दिर्नेशन दिएका हुन्।
विपद् व्यवस्थापनमा स्थानीय तह एवं अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकारलगायत निकायसँग समन्वय गरी जनताले महसुस गर्नसक्ने गरी कार्य गर्न निर्देशन दिए।
सो अवसरमा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन एवं विपद् उद्धार सामग्रीको अवलोकन समेत गरे।
कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धानगर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आएको बताए। सबै किसिमका आपत्कालीन घटनामा अग्रपङ्क्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले विपद् व्यवस्थापन पूर्वतयारीसम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए।
सामाग्री श्रोत :
विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं। यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन्। गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन्।
आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन मंगलबारदेखि सञ्चालनमा आएका छन्। सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो। सहमति भए पनि आज (मंगलबार) सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए। आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै मंगलबारदेखि सार्वजनिक यातायात सहज रूपमा चल्ने छ।
सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो। सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो। सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो।
संघीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले आज दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा बाँसले बनाइएको टावरमा टेलिकमको उपकरण राखिएको एउटा तस्बिर भाइरल भइरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रयोगकर्ताहरूले उक्त तस्बिर बैतडीको पुर्चौडी नगरपालिका स्थित नेपाल टेलिकमको टावरको भएको दाबी गरेका छन् । तर टेकपानाले तथ्यजाँच गर्दा उक्त टावर पुर्चौडी नगरपालिकाको नरहेको पाइएको छ ।
दाबी
आइतबार बिहान ९:१५ मा फेसबुकमा “बिरही” नामक फेसबुक पेजले उक्त बाँसको टावरको फोटो सार्वजनिक गर्यो । फोटोको क्याप्सनमा लेखिएको छ, “बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको नेपाल टेलिकमको ५ जी टावर ।” पोस्ट र आर्काइभ लिङ्क ।
यस्तै आइतबार राति ११:०६ मा “समृद्धि मिडिया” नामक फेसबुक पेजमा उक्त फोटो राख्दै लेखियो, “यस्ता पनि टावर बन्छन् नेपालमा: पुर्चौडी नगरपालिका भित्र बनेको 4G , 5G को टावर यस्तो छ । थाहा छैन कति घण्टा सम्म नेटवर्क दिन्छ यस्ले कति दीर्घकालीन छ यो । सरकारलाई गिज्ज्याइरहेको छ जनतालाई कतिको सेवा दिइरहेको छ ।” पोस्ट र आर्काइभ लिङ्क ।
सोमबार बिहान ६:०५ मा “खगराज कँडेल” नामक फेकबुक पेजबाट पनि सोही फोटो सार्वजनिक भयो । फेसबुकमा सार्वजनिक उक्त पोस्टमा क्याप्सन लेखिएको छ, “बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा बाँसबाट बनाइएको नेपाल टेलिकमको टावर।” पोस्ट र आर्काइभ लिङ्क ।
यस्तै पुर्चौडीमा बाँसको टावर बनाएको दाबी गरिएका अनेकौँ पोस्टहरू सामाजिक सञ्जालमा भेटिएका छन् ।
तथ्यजाँच
सामाजिक सञ्जालमा दाबी गरिए जस्तो ‘पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमले बाँस प्रयोग गरेर टावर बनाएको हो त ?’ भनेर बुझ्न हामीले नेपाल टेलिकमको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख नारायणदत्त भट्टलाई सम्पर्क गर्यौँ । उनले नेपाल टेलिकमले हालसम्म कतैपनि बाँस प्रयोग गरेर टावर नबनाएको बताए ।
उनलाई हामीले सामाजिक सञ्जालमा पुर्चौडीको भनेर दाबी गरेर तस्बिर पनि पठायौँ । उनले उक्त तस्बिर भाइबर ग्रुपहरूमा पनि आइरहेको बताए । तर, सो तस्बिर बैतडीको भनेर अफबाह मात्र फैलाइएको उनले बताए ।
भट्टका अनुसार पुर्चौडीमा नेटवर्कको समस्या भने पहिलेदेखि नै रहेको छ । यसको समाधानका लागि अन्य सरकारी निकायबाट नयाँ परियोजना नआएसम्म टेलिकमले केही गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार पुर्चौडीका अधिकांश क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग गरेर बत्ती बालिन्छ । तर, खराब मौसम भएर लामो समय घाम नलाग्दा नेटवर्कमा पनि समस्या आउने गरेको छ ।
त्यसैले टावर सञ्चालन गर्ने ठाउँमा विद्युत्को व्यवस्था भएमा मात्र नेटवर्कको समस्या कम हुने उनले बताए । उनले भने, “अस्ति सीडीओसँगको छलफलमा टावर भएका ठाउँसम्म नगरपालिका र विद्युत् प्राधिकरण मिलेर बत्ती पुर्याएमा नेटवर्कको समस्या कम गर्न सक्छौँ भनेका थियौँ । बैठकमा उहाँहरूले यसका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।”
यस्तै पुर्चौडी नगरपालिकाका प्रवक्ता धिरेन्द्रबहादुर बमले पनि नगरपालिकामा बाँसको प्रयोगबाट टेलिकमको टावर बनाइएको कुरामा सत्यता नरहेको स्पष्ट पारे । पालिकाभित्र नेटवर्कको समस्या रहेको स्विकार्दै पछिल्लो समयमा यसलाई कम गर्ने गरी काम भइरहेको उनले बताए ।
उनका अनुसार पुर्चौडी नगरपालिकाभित्र नेपाल टेलिकमको एउटा फोरजी टावरसहित तीन ओटा टावर सञ्चालनमा छन् । यस्तै दुई ओटा टावर निर्माण सम्पन्न हुने क्रममा रहेको उनले बताए । बमले टेकपानासँग भने, “एक हप्ता पहिले यही समस्या समाधानका लागि मेयर साबसहित हाम्रो टोली काठमाडौँ दूरसञ्चार कार्यालयमा पुगेका थियो। प्रदेश कार्यालयमा पनि गएर २५ मिटरको टावरहरू प्रदेशस्तरबाट बनाउन माग गरेका छौँ ।”
पानी परेर लामो समयसम्म घाम नलाग्दा सोलार नचल्ने भएकाले हाल मौसम खराब हुँदा नेटवर्कको समस्याहरू हुने गरेको उनले बताए । तर, बाँसको टावर बनाइएको भन्ने दाबी सत्य नरहेको उनले बताए ।
दूरसञ्चार प्रदायक संस्थाहरू नेपाल टेलिकम र एनसेलले नेपालका कुनैपनि स्थानमा बाँसबाट टावर बनाउने काम नभएको जानकारी दिएका छन् । बाँसबाट टावर बनाउने सम्भाव्यताको विषयमा पनि हालसम्म अध्ययन नभएको उनीहरूको भनाई छ ।
यस्तै हामीले गुगल रिभर्स इमेजमा उक्त फोटो सर्च गर्दा भारत, म्यानमार लगायतका देशमा पनि सोही फोटो सार्वजनिक भएको पायौँ । दार्जिलिङका “रित्ज वान्तावा राई”ले शुक्रबार दिउँसो १:१७ मा फेसबुकमा सोही तस्बिर सार्वजनिक गरेका छन् । हेर्नुहोस् उनको पोस्ट। उनले लेखेका छन्, “अस्तिदेखि जीओलाई टावर देउन भनेको आज पठाइदिएछ ।”
आसामी भाषामा आफ्नै टावर भन्दै शनिबार “बिपुल बास्तोट देका” नामक फेसबुक प्रयोगकर्ताले उक्त तस्बिर सार्वजनिक गरेका छन् । आसामी भाषालाई नेपालीमा भावानुवाद गर्दा यस्तो लेखेको पाइयो, “चाहिएको बेलामा नेटवर्क पाइँदैन । त्यही भएर आँगनमा नै नेटवर्क बनाएको छु ।”
यस्तै शुक्रबार दिउँसो ३:११ मा बर्मेली भाषामा “ओएसएच म्यानमार” नामक फेसबुक पेजले फेसबुकमा बर्मेली भाषामा स्टाटस लेख्दै उक्त तस्बिर राखेको छ । उक्त स्टाटसलाई नेपालीमा भावानुवाद गर्दा टामु भन्ने सहरमा उक्त टावर बनाएको दाबी गरिएको पाइयो । उक्त पोस्टमा लेखिएको छ, “टामू सहरमा फोन र इन्टरनेट वाईफाई सेवा बन्द भएको लगभग ५ महिना हुन लागिसकेको छ । त्यसैले जनतालाई सहज होस् भनेर स्थानीय शैलीमा नयाँ टावर निर्माण गरिएको छ। टामूका बासिन्दाहरू चाँडै फोन सञ्जालमा जोडिन सकुन् भन्ने शुभकामना। स्रोत: उ क्यौ थिन”
यस्तै, फेसबुक, गुगलमा बाँसको टावर, बाँसकी मिनार, Bamboo Tower, Tower, Jio Tower, Airtel Tower जस्ता किवोर्डहरू राखेर खोज्दा उक्त तस्बिरलाई विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताले आआफ्नो क्षेत्रको भनेर दाबी गरेका कयौँ पोस्ट भेटिए । केहीले उक्त फोटो जिओ टेलिकमको टावर भएको दाबी गरेका छन् भने केहीले एयरटेलको टावर भएको बताएका छन् । केही प्रयोगकर्ताले नेटवर्कको समस्या भएपछि स्थानीय सीपको प्रयोग गरेर उक्त टावर बनाएको बताएका छन् ।
गुगल रिभर्स सर्च गर्दा बिहीबार (२९ मे) बेलुका ७:५४ मा “अचिक मुसिकल” नामक फेसबुक आईडीबाट सार्वजनिक गरेको फोटोभन्दा पहिले सार्वजनिक भएका पोस्टहरू फेला पर्न भने सकिएन ।
\
यस्तै उक्त तस्बिरसँग सम्बन्धित कुनै समाचारहरू पनि सार्वजनिक भएको भेटिएन । उक्त फोटो वास्तवमा कहाँको हो भन्ने पुष्ट जानकारी प्राप्त भएमा हामीले यही सामग्रीमा अपडेट गर्नेछौँ ।
तर, बङ्गलादेश र भारतमा प्रयोगमा छन् बाँसका टावर
फोटोमा देखाइएको टावर कहाँको भन्ने यकिन नभए पनि बाँस प्रयोग गरेर टेलिफोन टावर बनाइएका दृष्टान्त भने भेट्न सकिन्छ । बङ्गलादेशको ढाकामा सबैभन्दा पहिला बाँसबाट बनेको टावर प्रयोग गरिएको थियो ।
बङ्गलादेशको अङ्ग्रेजी भाषाको न्युज पोर्टल ‘द डेली स्टार’ ले २९ मे २०१७ मा बाँसबाट बनेको पहिलो टेलिकम टावरको बारेमा समाचार लेखेको छ । उक्त समाचार अनुसार टावर व्यवस्थापन कम्पनी इडटकाले ढाकाको उत्तरी क्षेत्रस्थित एक घरको छतमाथि बाँसबाट बनेको पहिलो दूरसञ्चार टावर स्थापना गरेका हो ।
उक्त टावर बङ्गलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयसँगको सहकार्यमा तयार पारिएको थियो । सो टावरसँग २१० किलोमिटर प्रतिघण्टाको दरले चल्ने हावाको बहाव झेल्न सक्ने क्षमता र १० वर्षसम्म भन्दा बढी आयु रहेको छ ।
यस्तै भारतको छत्तिसगढस्थित बेमेतरा जिल्लामा गत सेप्टेम्बरमा संसारकै सबैभन्दा अग्लो बाँसको टावर निर्माण गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसको उचाइ १४२ फिट र तौल ७ हजार ४०० किलोग्राम रहेको छ । टेलिफोन लगायतका प्रयोजनमा आउने गरी करिब ११ लाख भारुमा तयार पारिएको उक्त बाँसको टावरको आयु २५ वर्षसम्म रहने दाबीसहितको समाचार बिजनेस स्ट्यान्डर्डले लेखेको छ ।
दाबी
बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमको बाँसको टावर राखियो ।
दाबीकर्ता
“बिरही”, “समृद्धि मिडिया”, “खगराज कँडेल”, “जनक बोहोरा” लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
विगत केही दिनदेखि एउटा बाँसको टावरको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त फोटोलाई बैतडीको पुर्चौडी नगरपालिकामा रहेको नेपाल टेलिकम टावर भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरिरहेका छन् । तर, टेकपाना तथ्यजाँचले यो तस्बिर पुर्चौडीको नभएको, भारत र म्यानमारमा पनि उक्त तस्बिर भाइरल भइरहेको फेला पारेको छ । तर यो तस्बिर कहाँको हो भनेर हालसम्म स्पष्ट भइसकेको छैन ।
निष्कर्ष
फेसबुक लगायतका सामाजिक सञ्जालमा बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमको बाँसको टावर बनाइएको दाबी गर्दै एउटा तस्बिर भाइरल भइरहेको छ । तर उक्त तस्बिर पुर्चौडीको भने होइन । पुर्चौडीमा नेटवर्कको समस्या भए पनि बाँसको टावर बनाउने काम भने नभएको नेपाल टेलिकमको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख नारायणदत्त भट्ट र पुर्चौडी नगरपालिकाका प्रवक्ता धिरेन्द्रबहादुर बमले बताए । त्यसैले यो दाबी भ्रामक हो ।
भारत र म्यानमारका विभिन्न ठाउँको दाबी गर्दै बाँसको उक्त टावरको तस्विर त्यहाँका सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत शेयर गरिरहेका छन् । टेकपानाको खोजले यो फोटो विगत केही दिन यता मात्र सामाजिक सञ्जालमा भाइरल भएको देखियो ।
तर, भाइरल उक्त तस्बिर वास्तवमा कुन ठाउँको हो र कहिले खिचिएको हो भनेर एकिन गर्न सकिने कुनैपनि प्रमाण भने फेला पार्न सकिएन । यद्यपि बाँसको प्रयोग गरेर टावर बनाउने काम भने भएका छन् । सन् २०१७ मा पहिलो पटक बङ्गलादेशको ढाकामा बाँसको टावर बनाइएको थियो ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १८:५७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको आज अवलोकन गरेका छन्।
काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोरेको चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गरेका हुन्।
अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाएका प्रशंसा गरे। नेपाल सम्पदा संघको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालित छ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाललाई आधार बनाएर अन्तर्राष्ट्रिय स्तरमा अवैध अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गर्दै आएको आरोपमा एक गिरोह पक्राउ परेको छ । बेटिङ खेलाएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति ललितपुरका विभिन्न स्थानबाट १२ नेपाली र पाँच भारतीय गरी १७ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाबाट पछिल्लो पाँच महिनामा मात्रै ८१ करोड नेपाली रुपैयाँ बराबरको कारोबार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेल क्षेत्रमा ठुलो मात्रामा अनलाइन बेटिङ भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।
उनका अनुसार यो गिरोहका मुख्य सञ्चालक भारतीय नागरिक हुन् भने नेपालीहरू नेपालमा रहेर स्थानीय व्यवस्थापन र ‘कमान्डर’को भूमिकामा थिए । “खास सञ्चालक भारतीय हुन् । यहाँ पक्राउ परेका नेपालीहरू नेपालतिरबाट कारोबार हेर्ने मध्येका यहाँको कमान्डर जस्तै हुन्,” आचार्यले टेकपानासँग भने ।
उनका अनुसार गिरोहले मुख्यतया भारतीय नागरिकलाई लक्षित गरी बेटिङ खेलाउने गरेको र त्यसका लागि सम्पूर्ण बैंक खाता पनि भारतीय नागरिककै नाममा प्रयोग भएको पाइएको छ । “सबै बैंक अकाउन्ट भारतीय अकाउन्ट नै प्रयोग भएका छन्, नेपालको एउटा पनि छैन,” एसपी आचार्यले थपे ।
यो गिरोह करिब पाँच महिनाअघि नेपाल आएको र यसअघि दुबईबाट यस्तै अवैध गतिविधि सञ्चालन गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार उनीहरूले हरेक चार-पाँच महिनामा आफ्नो काम गर्ने स्थान परिवर्तन गर्ने ‘रोटेसन सिस्टम’ अपनाएका थिए ।
“यो टिम पाँच महिना पहिले नेपाल आएको रहेछ, योभन्दा पहिला यिनीहरूले दुबईमा यही काम चलाउने रहेछन्,” एसपी आचार्यले भने, “अब यिनीहरूको पनि अरू चार-पाँच महिनापछि अन्यत्र सर्ने योजना रहेछ, रोटेसनमा हुँदो रहेछन् । यिनीहरूको खेलाउने ठाउँ श्रीलंका पनि छ ।”
पक्राउ परेका नेपालीहरू सुरुमा भिजिट भिसामा दुबई पुगेको खुलेको छ । त्यहाँ उनीहरू भारतीय सञ्चालकको सम्पर्कमा आएर बेटिङसम्बन्धी तालिम लिई काममा संलग्न भएका थिए । पछि त्यही समूह नै दुबईबाट नेपालमा ‘सरुवा’ भएर आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
“नेपालीहरू जागिरको रूपमा सुरुमा भिजिट भिसामा दुबई गए,” एसपी आचार्यले घटनाको ब्रिफिङ गर्दै भने, “त्यहाँ यो काम गराउने सञ्चालकसँग यिनीहरूको सम्बन्ध भयो, त्यसमा जोडिए, प्रशिक्षण लिएर काम गरे, त्यसपछि दुबईबाट यिनीहरूको टिम नै सरुवा भएर नेपालमा आयो ।”
हाल चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गरेर बेटिङको कारोबार बढेको देखिए पनि यो गिरोहले पहिलेदेखि नै यस्तो धन्दा चलाउँदै आएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । “आईपीएललाई टार्गेट गरेको भन्दा पनि यिनीहरू पहिलेदेखि नै खेलाइरहेका हुन्, अहिले संयोगले आईपीएल भएको बेलामा ट्रान्जेक्सन र बेटिङको रकम बढ्ने मात्र हो,” प्रहरी उपरीक्षक आचार्यले थपे ।
पक्राउ पर्ने नेपालीमा डाइमन्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का र पूर्णबहादुर दर्लामी मगर रहेका छन् ।
त्यस्तै भारतीय नागरिकहरु ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरूमाथि म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १७:४७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।
महासंघको पाचौँ राष्ट्रिय अधिवेशनले डा पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
डा पौडेल यसअघि महासचिव छन्। यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित भएका छन्।
यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित भएका छन्। गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए।
सामाग्री श्रोत :
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा सन्तोष पौडेल निर्वाचित
*भूलवश त्रुटिपूर्ण सामग्री प्रकाशित भएकाले हटाइएको छ । -स
पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना
सिरहा। सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै रू एक लाख ७० हजार ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनका अनुसार, सिरहा नगरपालिका–१६ माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा मुद्दा मिलाइदिने भन्दै महतोले रकम लिएका थिए। विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मा रू एक लाख ७० हजार लिएको जाहेरीमा उल्लेख गरेको प्रहरूले जनाएको छ।
पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको भन्दै कसैले काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाणसहित प्रहरीमा उजुरी गर्न प्रहरी नायब उपरीक्षक पासवानले आग्रह गरे।
सामाग्री श्रोत :