२०८२ भाद्र २९ आईतवार
२०८२ भाद्र २९ आईतवार

काठमाडौँ । के तपाईँ आईफोनको ब्याट्री छिटो सकिने समस्याबाट हैरान हुनुहुन्छ ? यस्तो भोगाई तपाईँको मात्र होइन । समय बित्दै जाँदा हरेक फोनको ब्याट्रीले चार्ज होल्ड गर्ने क्षमता गुमाउँने गर्छ ।

तर, यसको मतलब तपाईँले जहिले पनि चार्जरमा जोडिएर बस्नुपर्छ भन्ने पनि होइन । केही वर्ष पुरानो आईफोनमा सेटिङमा केही साधारण परिवर्तन गरेर पनि तपाईँ ब्याट्रीको आयु उल्लेखनीय रूपमा बढाउन सक्नु हुन्छ । धेरैजसो अवस्थामा फोनको ब्याट्री छिटो सकिनुमा केही आईओएस फिचरहरू जिम्मेवार हुन्छन् । जसले अदृश्य रूपमा ब्याट्री खपत गरिरहेका हुन्छन् ।

आज हामी तपाईँलाई यस्ता ३ महत्त्वपूर्ण सेटिङको बारेमा बताउँदैछौँ, जसले तपाईँको फोनको आईफोनको ब्याट्रीलाई तपाईँले सोचेभन्दा लामो समयसम्म टिकाउन मद्दत गर्नेछन् ।

१. लक स्क्रिनमा रहेका विजेट बन्द गर्ने

तपाईँको आईफोनको लक स्क्रिनमा रहेका सबै विजेटहरूले एपहरूलाई ब्याकग्राउन्डमा स्वचालित रूपमा चलाउन बाध्य पारिरहेका हुन्छन् । यी विजेटहरूले खेलकुदको स्कोर वा मौसमसम्बन्धी जानकारी जस्ता डेटा निरन्तर अपडेट गर्नका लागि डेटा फेच गरिरहेका हुन्छन् । विजेटका कारण एपहरू ब्याकग्राउन्डमा लगातार चलिरहने भएकाले तिनीहरूले ब्याट्री निरन्तर खपत गरिरहेका हुन्छन् ।

आईओएस १८ मा ब्याट्री जोगाउनका लागि लक स्क्रिन तथा होम स्क्रिनमा केही विजेटहरू प्रयोग नगर्नु नै सबैभन्दा राम्रो उपाय हो । यसको सबैभन्दा सजिलो तरिका भनेको अर्को लक स्क्रिन प्रोफाइलमा स्विच गर्नु हो ।

त्यसका लागि आफ्नो आईफोनको लक स्क्रिनमा औँलाले दबाएर होल्ड गर्नुहोस् र त्यसपछि विजेट नभएको अर्को लक स्क्रिन छान्नुहोस् । यदि तपाईँले विद्यमान लक स्क्रिनबाट मात्र विजेटहरू हटाउन चाहनुहुन्छ भने लक स्क्रिनमा औँला दबाएर होल्ड गर्नुहोस् ।

त्यसपछि ‘Customize’ मा ट्याप गरेर ‘Lock Screen’ विकल्प छान्नुहोस् । यति गरिसकेपछि विजेट बक्समा ट्याप गर्नुहोस् र एकएक गरी विजेट हटाउनका लागि “—” बटन थिच्नुहोस् । यदि तपाईँको ब्याट्री कम छ भने लक स्क्रिन विजेट नभएको वालपेपरमा स्विच गर्नु उत्तम हुन्छ ।

२. यूआईको मोसन कम गर्ने

आईफोनको युजर इन्टरफेस (यूआई) मा केही रमाइला र आकर्षक एनिमेसनहरू हुन्छन् । एप खोल्ने र बन्द गर्ने फ्लुइड मोसन र एप्पल इन्टेलिजेन्सको साथमा सिरी एक्टिभ गर्दा देखा पर्ने रङ्गको चमक त्यसका केही उदाहरणहरू हुन् । यी भिजुअल ट्रिकहरूले तपाईँको हातमा रहेको डिभाइसलाई जीवन्त बनाउन मद्दत गर्छन् । तर, यिनीहरूले तपाईँको फोनको ब्याट्रीको आयु पनि घटाउन सक्छन् ।

यदि तपाईँ आईओएसमा न्यूनतम एनिमेसन मात्रै चाहनुहुन्छ भने तपाईँ ‘Reduce Motion’ सेटिङ इनेबल गर्न सक्नुहुन्छ । यसका लागि Settings > Accessibility > Motion मा जानुहोस् र ‘Reduce Motion’ लाई अन गर्नुहोस् । 

पाराल्याक्स इफेक्टजस्ता भिजुअल ट्रिकहरू रमाइला किसिमका हुने भए पनि यिनीहरूले ब्याट्रीको खपत बढाउने काम गरिरहेका हुन सक्छन् ।

३. किबोर्ड भाइब्रेसन बन्द गर्ने

आईफोनको किबोर्डमा टाइप गर्दा भाइब्रेट हुने क्षमता पहिले थिएन । यो ‘ह्याप्टिक फिडब्याक’ भनिने सुविधा आईओएस १६ सँगै थपिएको हो । क्लिक-क्लाक आवाज मात्र सुन्नुको साटो ह्याप्टिक फिडब्याकले प्रत्येक किलाई भाइब्रेसन दिन्छ, जसले टाइप गर्दा अझ इमर्सिभ अनुभव प्रदान गर्छ । एप्पलका अनुसार यो फिचरले ब्याट्रीको आयुलाई पनि असर गर्न सक्छ ।

एप्पलको किबोर्डसम्बन्धी सपोर्ट पेजका अनुसार ह्याप्टिक फिडब्याकले तपाईँको आईफोनको ब्याट्रीको आयुमा असर पार्न सक्छ । किबोर्ड फिचरले कति ब्याट्री खपत गर्छ भन्नेबारे कुनै स्पष्ट विवरण दिइएको त छैन, तर यदि तपाईँ ब्याट्री जोगाउन चाहनुहुन्छ भने यो फिचरलाई निष्क्रिय राख्न सक्नु हुन्छ ।

यो डिफल्ट रूपमा इनेबल गरिएको भने हुँदैन । यदि तपाईँले यो फिचर इनेबल गर्नुभएको छ भने Settings > Sounds & Haptics > Keyboard Feedback मा जानुहोस् र किबोर्डका लागि ह्याप्टिक फिडब्याक बन्द गर्न ‘Haptic’ को टोगल अफ गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १२:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफुले संसदमा नै जवाफ दिन पाउनुपर्ने बताएका छन्। 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणका बिषयमा प्रश्न उठाएपछि मन्त्री लेखकले उक्त बिषयमा सदनमा नै बोल्ने र उठेका सवै प्रश्नको जवाफ दिने बताएका हुन्।

अहिले बिमानस्थल अध्यागमनका कर्मचारीहरुमाथि अख्तियारले छानविन गरिरहेको उनले जानकारी दिए।

त्यस्तै मन्त्री लखेकले राजावादीको आन्दोलन रोकिएपछि राजतन्त्र समर्थक नेताहरुलाई यसअघि दिइएको सुरक्षाकर्मी पुन खटाइने बताए। सुरक्षाकर्मीहरु आन्दोलनमा खटिनुपर्ने भएकाले उनीहरुलाई फिर्ता बोलाइएको उनको भनाइ छ।  

मन्त्री लेखकले संविधान बिरोधी काममा नलाग्न आग्रह गर्दै अराजक गतिविधि भए राज्यले आवश्यक कारवाही गर्ने स्पष्ट पारे। गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीताबाट पछि फर्कने कुराले मुलक अन्धकारतर्फ लैजाने उनले बताए।

Ncell 2
Ncell 2

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाका बिषयमा बिपक्षीको विरोध भइरहदा अख्तियारमा प्रहरीहरुको अदलबदलले थप आशंका पैदा भएको बताए। उनले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन समिति बनाउनुपर्ने स्पष्ट पारेका छन्।

त्यस्तै रास्वपा संसद चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिन सुझाव दिए।

त्यस्तै राप्रपा सांसद बुद्धिमान तामाङले आफुहरुको आन्दोलनलाई दमन गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।

उनले आफ्ना नेताहरुलाई दिएको सुरक्षा सुविधा नियम विपरित फिर्ता गरिएको गुनासो गरे। तामाङले आफुहरुको आन्दोलनका क्रममा राज्यले दमन गर्दा घाइते भएकाहरुको सरकारले उपचार गर्नुपर्ने माग राखे।

बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको थियो। समिति सभापति रामहरि खतिवडाले विधेयकमाथि आगामी बैठकमा दफावार छलफल हुने जानकारी दिएका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं– नेपालको स्वास्थ्य सेवालाई प्रविधियुक्त, पहुँचयोग्य र प्रभावकारी बनाउने लक्ष्यसहित हेल्थ कन्सर्न नेपाल र मेड आई क्यु प्रालिले ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरेका छन्। यो सफ्टवेयर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १३ फागुनमा जारी गरेको ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८१’ सँग मेल खाने गरी डिजाइन गरिएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा हेल्थ कन्सर्न नेपालका संस्थापक सीईओ डा सुवास प्याकुरेलले यो सफ्टवेयरले नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल क्रान्ति ल्याउने दाबी गरे। ‘एचओएसले स्वास्थ्य सेवालाई डिजिटलाइज्ड र पेपरलेस बनाउँदै छिटो, छरितो र व्यवस्थित सेवा प्रदान गर्नेछ,’ उनले भने। उनले यो सफ्टवेयरमा एआई र ब्लकचेन जस्ता आधुनिक प्रविधिको प्रयोग गरिएको र निकट भविष्यमा यसलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना रहेको खुलाए।

एचओएस सफ्टवेयरले बिरामीको स्वास्थ्य अभिलेखलाई डिजिटल रूपमा सुरक्षित राख्ने, अपोइन्टमेन्ट रजिस्ट्रेसन, अनलाइन टिकटिङ, ओपीडी व्यवस्थापन, ल्याब र रेडियोलोजी सेवा, बिलिङ, इन्भेन्टरी म्यानेजमेन्ट र फार्मेसी सञ्चालन जस्ता सुविधा प्रदान गर्छ। हेल्थ कन्सर्नकी चिफ प्रोग्राम अफिसर श्रृष्टि पन्तले यो सफ्टवेयरले स्वास्थ्य बीमा प्रणालीसँग जोडिएर बिरामी व्यवस्थापनका समस्यालाई कम गर्ने र स्वास्थ्य संस्थाहरूलाई थप प्रभावकारी बनाउने बताइन्। ‘यो वेब–आधारित प्रणाली भएकाले जहाँबाट पनि पहुँच गर्न सकिन्छ, र बिरामीको स्वास्थ्य डाटा आवश्यक परेका बेला सजिलै प्रयोग गर्न सकिन्छ,’ उनले थपिन्।

हेल्थ कन्सर्नका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले यो परियोजनाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि रचनात्मक सहकार्यको थालनी गरेको बताए। ‘हामीले पहिलो चरणमा क्लिनिक, पोलिक्लिनिक, पालिका अस्पताल र सामुदायिक अस्पताललाई लक्षित गरेका छौं, र आगामी दिनमा थप सुविधा र मोड्युलहरू थप्दै जानेछौं,’ उनले भने।

यो सफ्टवेयरले नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिको एकीकरणलाई गति दिँदै सेवाग्राहीलाई गुणस्तरीय र पारदर्शी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ। मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो।

शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन।

माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन्। केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्य्त् आपूर्ति बन्द भएको छ। बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियो।


सामाग्री श्रोत :

पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

काठमाडौँ । घरजग्गा कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग अनिवार्य हुने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गत जेठ १३ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ जारी गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।

निर्देशनअनुसार अबदेखि घरजग्गा कारोबार गर्दा सूचक संस्थाले क्रेता र बिक्रेता दुवैको केवाईसी फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ । उक्त फाराम भू-सेवा केन्द्र रहेको स्थानमा केन्द्रले र नभएको स्थानमा सम्बन्धित कार्यालयको सर्भिस डेस्कले भर्न लगाई प्रणालीमा अपलोड गर्नुपर्नेछ ।

त्यस्तै, दश लाख रूपैयाँदेखि पचास लाख रूपैयाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्नेछ । पचास लाख रूपैयाँभन्दा माथिको कारोबार भने विद्युतीय भुक्तानी प्रणाली वा ‘गुड फर पेमेन्ट’ चेकमार्फत मात्र गर्न पाइनेछ । गुड फर पेमेन्ट चेक अनिवार्य रूपमा बिक्रेताको नाममा तयार गरिएको हुनुपर्नेछ ।

साथै, घरजग्गा कारोबारको क्रममा खरिदकर्ताको बैँक खाताबाट बिक्रेताको खातामा सो रकम जम्मा भएको प्रमाणका रूपमा बैँक स्टेटमेन्ट पनि अनिवार्य रूपमा संलग्न गर्न निर्देशन दिइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ ११:५१





सामाग्री श्रोत :
टेक पाना

सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ। 

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिएका छन्।

Ncell 2
Ncell 2

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एकसाता अघि उपचारका लागि अमेरिका गएकोले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले बताए । बैठक आज दिउसो ३ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकमा आन्तरिक र खुलाा भर्ना प्रक्रिया अघि बढाइएको छ। 

विभिन्न पदहरुमा ५०० बढीको बढुवा तथा भर्ना प्रक्रिया अघि बढाएकोमा  १०० भन्दा बढी चिकित्सा र नर्सिङ तर्फको पद रहेको छ। 

बुधबार विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । इस्लामाबाद प्रहरीले १७ वर्षीया टिकटककर सना युसुफको हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ। सोमबार पाकिस्तानको राजधानी इस्लामाबादस्थित उनकै घरमा साना युसुफको हत्या भएको थियो।

इस्लामाबादका आईजी (प्रहरी महानिरीक्षक) सैयद अली नासिर रिजवीले सञ्चारमाध्यमलाई बताएअनुसार आरोपीलाई फैसलाबादबाट पक्राउ गरिएको थियो र उनीबाट सनाको मोबाइल पनि बरामद गरिएको थियो।

पत्रकार सम्मेलनमा सैयद अली नासिर रिजवीले भने, “प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार आरोपीले सानालाई मन पराउँथे र उनीसँग साथी बन्न चाहन्थे तर सनालाई यो मन परेन। सनाले आरोपीको मित्रताको प्रस्ताव धेरै पटक अस्वीकार गरेकी थिइन्। उनी धेरै दिनदेखि फोन र सामाजिक सञ्जाल मार्फत उनलाई सम्पर्क गर्ने प्रयास गरिरहेका थिए।”

प्रहरीले बताएअनुसार सोमबार, जुन २ मा उनी सानाको घर नजिकै आएर उनलाई भेट्न खोजिरहेका थिए। जब ​​सानाले उनलाई भेट्न अस्वीकार गरिन्, उनले अपराध गरे।

सैयद नासिर रिजवीले भने ‘यो मुद्दा प्रहरीको लागि चुनौती थियो किनभने सानाको हत्यालाई लिएर सम्पूर्ण देशभरि धेरै आक्रोश थियो।’ उनले सीसीटीभी र कल रेकर्डको अनुसन्धान गरेर प्रहरीले आरोपीलाई पक्राउ गर्न सफल भएको बताए।

रिजवीले भने, “प्रहरीले विशेष अनुसन्धान टोली गठन गर्‍यो र अभियुक्तलाई पक्रन धेरै ठाउँमा छापा मार्यो। यस क्रममा ११३ वटा सीसीटीभी क्यामेराको फुटेज खोजियो र लगभग ३०० फोन कलहरूको अनुसन्धान गरियो। साथै, सामाजिक सञ्जालमा मानिसहरूको गतिविधिहरूको अनुसन्धान गरियो, त्यसपछि हामीले ३७ संदिग्धहरूलाई सर्टलिस्ट गर्यौं।”

प्रहरीका अनुसार आरोपीले सानाको फोन आफूसँगै लगेका थिए ताकि उनले कल विवरणहरू मेटाउन सकुन् । अभियुक्त म्याट्रिक पास हुन् र उनका बुबा अवकाशप्राप्त सरकारी कर्मचारी हुन्।

मुद्दाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले बीबीसी उर्दूलाई बताएअनुसार सना युसुफको फोन रेकर्डको अनुसन्धानबाट उनी र अभियुक्तबीच फोनमा कुराकानी भएको पत्ता लागेको छ।

उनले भने, “सनाको परिवारले घरमा प्रवेश गरेको एक जना पुरुषको उपस्थितिको विवरण दिएको थियो। जब सनाको कल रेकर्ड जाँच गरियो, तब नम्बरको प्रोफाइलमा भएको तस्वीर त्यो व्यक्तिको विवरणसँग मेल खायो।”

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले इन्स्टाग्राममा एक पोस्टमा संदिग्धलाई पक्राउ गरेकोमा प्रहरीको प्रशंसा गरे।

उनले दाबी गरे “प्रहरीले अभियुक्तबाट पेस्तोल र पीडित किशोरीको मोबाइल फोन बरामद गरेको छ र अभियुक्तले आफ्नो अपराध स्वीकार गरेका छन् ।”

सना युसुफकी आमाको उजुरीपछि इस्लामाबादको सम्बल प्रहरी स्टेशनमा उनको हत्याको मुद्दा दर्ता गरिएको थियो।

उजुरीमा भनिएको थियो “सोमबार अचानक हाम्रो घरमा एक जना मानिस पसे र मेरी छोरी सना युसुफमाथि सिधै गोली चलाए, दुई गोली उनको छातीमा लाग्यो।”

एफआईआर अनुसार, “गोली हानेपछि अज्ञात व्यक्ति सिँढीबाट तल दौडियो। हामीले अलार्म बजाएपछि मानिसहरू वरिपरि जम्मा भए। मैले मेरी छोरीलाई छिमेकीको गाडीमा राखेर अस्पताल लगेँ तर त्यतिन्जेलसम्म उनको मृत्यु भइसकेको थियो।”

सनाकी आमाले प्रहरीलाई घटनाको समयमा उनका पति अर्थात् सनाका बुबा घरमा नभएको बताइन्। घरमा उनी, उनका देवर र सना मात्र थिए।

सना युसुफ केवल १७ वर्षकी थिइन्। उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी थिइन् तर उनको परिवार केही समयदेखि इस्लामाबादमा बस्दै आएको थियो। उनको टिकटक अकाउन्टमा लगभग ८१ हजार फलोअर्स छन्।

सानाले सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो जन्मदिनको भिडियो पनि सेयर गरेकी छिन्, जसमा उनी आफ्ना साथीहरूसँग जन्मदिन मनाउँदै गरेको देखिन्छिन्।

आफ्ना भिडियोहरूमा उनी इस्लामाबादका विभिन्न ठाउँहरू र त्यहाँको खानाको बारेमा बताउँछिन्।

मुद्दाका अनुसन्धान अधिकारीका अनुसार सानाका परिवारका सदस्यहरूले उनी सामाजिक सञ्जालमा प्रभावशाली व्यक्ति भएको तर उनका कुनै पनि आफन्त वा परिचित व्यक्तिबाट कहिल्यै धम्की नआएको बताएका छन्।

सना युसुफको परिवारका आफन्त बुरहानुद्दीनले भने ‘सना भविष्यमा मेडिकल कलेजमा भर्ना हुने तयारी गरिरहेकी थिइन्। उनी चिकित्साशास्त्र अध्ययन गरेर चित्रालका जनताको सेवा गर्न चाहन्थिन्।’

बुरहानुद्दीनका अनुसार सना युसुफका बुबा मानव अधिकारकर्मी थिए।

हिजो रातिदेखि पाकिस्तानको सामाजिक सञ्जालमा सना युसुफको नाम ट्रेन्डिङमा छ र मानिसहरूले उनलाई तत्काल न्यायको माग गरिरहेका छन्।

मोना फारुक अहमद नामकी एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेकी छिन्, “पाकिस्तानमा महिला, बालबालिका र अल्पसंख्यकहरू सुरक्षित छैनन्। हरेक दिन एक निर्दोष व्यक्तिको हत्या भइरहेको छ। सना एक प्यारी बालिका थिइन् जसमा जीवन भरिपूर्ण थियो।”

माहिन घानी नामक अर्की प्रयोगकर्ताले लेखिन्, “पाकिस्तानमा महिला भएको कारणले सजाय दिइनु हुँदैन।”

कार्यकर्ता निदा किरमानीले लेखेकी छिन्, “महिला र किशोरीहरूलाई साहसी, आत्मविश्वासी र खुसी भएको कारण मारिन्छ।”

पत्रकार एहतिशामुल हकले लेखे, “१७ वर्षीया सना युसुफ यो कुराको हकदार थिइनन्। उनले चाँडै न्याय पाउनुपर्छ र यस घटनाको दोषीलाई कडा सजाय दिनुपर्छ ताकि मानिसहरूका लागि उदाहरण स्थापित होस्।”


सामाग्री श्रोत :

प्रसिद्ध टिकटक स्टारको हत्या किन गरियो ?

काठमाडौँ । रेडिटले प्रयोगकर्ताको प्रोफाइलमा देखिने सामग्रीमाथि नियन्त्रण गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नयाँ फिचरको विषयमा जानकारी दिएको हो, जसले प्रयोगकर्ताको गोपनीयता प्रत्याभूत गर्ने कम्पनीको अपेक्षा छ । 

नयाँ अपडेटसँगै नयाँ अपडेटपछि रेडिट प्रयोगकर्ताले कुन-कुन सबरेडिटमा गरेको पोष्ट र कमेन्ट प्रोफाइलमा देखाउने भन्ने विषयमा आफूले रोज्न सक्नेछन् । 

कम्पनीका अनुसार प्लेटफर्ममा ‘Content and Activity’ नामको नयाँ सेटिङ अप्सन थप भएको छ । यस सेटिङभित्र प्रयोगकर्ताले तीनवटा विकल्प पाउनेछन्: सबै पोष्ट र कमेन्ट देखिने बनाउने (हालको डिफल्ट), सबै सार्वजनिक पोष्ट र कमेन्ट लुकाउने, वा चुनिएका सबरेडिटका पोष्ट मात्र देखाउने । यो सुविधा व्यक्तिगत पोष्ट वा कमेन्टमा भने लागू नहुने जनाइएको छ ।

यसैबिच कम्पनीले फलोअर संख्या देखाउने वा लुकाउने टोगल पनि थप गरेको छ ।

नयाँ अपडेटसँगै प्रयोगकर्ताको गतिविधि सारांश पनि परिमार्जन गरिएको छ। अब त्यसमा कर्मा काउन्ट, कुल योगदान, खाता उमेर, र सक्रिय कम्युनिटिहरूको सूची देखिनेछ। रेडिटले यो सुविधा प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याएको जनाएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १०:१६





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । बुधवार (आज) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् । 

उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन् । छानबिनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट