
काठमाडौँ । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले, कम्प्याक्ट लग्जरी एसयूभि ‘जिकर एक्स’ को मूल्य घटाएको छ । यसअघि ८४ लाख ९९ हजार रुपैयाँ मूल्यमा बिक्री भइरहेको जिकर एक्सको मूल्य घटाएर कम्पनीले नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
कम्पनीले ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नारा सहित गाडीको मूल्यमा आएको परिवर्तनको विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन् ।
जिकर एक्स २०० किलोवाट मोटर प्रयोग गरिएको छ, जसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ । जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै ‘एसइए’ प्लेटफर्ममा आधारित छ । जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ । साथै ग्रिन एनक्यापबाट फाइभ स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १०:२९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो ।
गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन् ।
नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् । त्यस्तै गरी अर्को जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा कलाकार भीमा मैनाली नियुक्त भएकी छन् । दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेटफ्लिक्स एक ओटीटी प्लेटफर्म हो, जसले हरेक हप्ता आफ्नो पुस्तकालयमा विभिन्न प्रकारका सामग्री थप्छ।
तर, के तपाईलाई थाहा छ नेटफ्लिक्सको विश्वभर सबैभन्दा धेरै हेरिएको वेब सिरिज कुन हो ? यदि तपाईलाई थाहा छैन भने हामी तपाईलाई बताउने छौं कि यो वेब सिरिज स्क्विड गेम हो।
दक्षिण कोरियाली ड्रामा स्क्विड गेम नेटफ्लिक्सको अहिलेसम्मको सबैभन्दा धेरै हेरिएको वेब सिरिज हो। सिजन १ ले २६५.२ मिलियन भ्युका साथ रेकर्ड कायम गरेको छ भने २०२४ मा रिलिज भएको सिजनः२ पनि १९२.१ मिलियन भ्युका साथ तेस्रो स्थानमा रह्यो।
खासमा यो श्रृंखला एक घातक गेम शो वरिपरि घुम्छ, जसमा ४५६ प्रतियोगीले आफ्नो ज्यान जोखिममा राखेर ४५.६ बिलियन वन (लगभग ३८ मिलियन डलर) को पुरस्कार राशि जित्ने प्रयास गरेका छन् । कथाले आर्थिक संकट र सामाजिक असमानता जस्ता गम्भीर विषयहरूलाई रोमाञ्चक र भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
स्क्विड गेम सिजन १ को कथा सिओङ गि–हुनमा केन्द्रित छ, सियोलका ऋणमा डुबेका मानिस जो यस खतरनाक खेलमा संलग्न हुन्छन्। बाल खेलहरूमा आधारित यो खेल क्रूरता र मनोवैज्ञानिक गहिराइको लागि परिचित छ। सिजन २ ले कथालाई गहिरो बनाउँछ, नयाँ प्रतियोगीहरू र पहिलेको भन्दा धेरै जटिल खेल समावेश गर्दछ। स्क्विड गेम सिजन ३ को ट्रेलर पनि रिलिज भइसकेको छ र जुन २७ मा नेटफ्लिक्समा रिलिज हुँदैछ।
स्क्विड गेमले भारतमा दर्शकहरू माझ निकै लोकप्रियता पायो। यसको सार्वभौमिक विषयवस्तु र रोमाञ्चक कथाले पनि भारतीय दर्शकहरूलाई व्यस्त राख्यो। स्क्विड गेम सिजन २ को सफलताले प्रमाणित गर्यो कि यो शृङ्खला एक पटकको आश्चर्य मात्र होइन, तर यसको सामग्री विजेता भएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । चीनले आफ्नो दुर्लभ खनिज र चुम्बकीय कच्चा पदार्थको निर्यातमा लगाएको प्रतिबन्धका कारण विश्वभरको विद्युतीय सवारी उत्पादन प्रभावित हुने संकेत देखिएको छ । हालै जर्मनका सवारी निर्माता कम्पनीहरूले चीनले आफ्नो खनिज निर्यातमा प्रतिबन्ध लगाउदा उनीहरूको कार उत्पादन नै बन्द हुने जोखिममा पुगेको खुलासा गरेका छन् ।
गत अप्रिलमा चीनले दुर्लभ खनिज मिश्रण, अलोय (alloy) र म्याग्नेटहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि अटोमोबाइल, एरोस्पेस, सेमिकन्डक्टर कम्पनी तथा सैन्य क्षेत्रमा असर परेको छ । अमेरिकासहित भारत, जापान र युरोपेली देशहरूका कम्पनीहरूले चीनको निर्णयले आपूर्ति श्रृंखला बिग्रिएको भन्दै तत्काल समाधानको माग गरिरहेको रोयटर्समा प्रकाशित एक समाचारमा उल्लेख छ ।
चीनको यो कदमलाई अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धमा चीनले प्रयोग गरिरहेको कूटनीतिक हतियारको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने आयातमा उच्च दरको कर लगाएका छन् भने चीनले पनि जवाफमा विभिन्न उपायहरू अपनाइरहेको छ ।
रोयटर्सका अनुसार जापान, भारत र युरोपका कूटनीतिज्ञ तथा उद्योगीहरूले चीनको वाणिज्य मन्त्रालयसँग आपूर्ति सहज गराउन आपतकालीन बैठकको आग्रह गरेका छन् । जापानको प्रतिनिधिमण्डल यसै साता बेइजिङ भ्रमण गर्ने तय भएको छ भने भारतका अटो कम्पनीहरू पनि छिट्टै चीन जाने तयारीमा छन् ।
भारतीय अटो निर्माता बजाज अटोले यदि चाँडै आपूर्ति सहज नभए आफ्नो इलेक्ट्रिक सवारीसाधन उत्पादन गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिएको छ ।
उता, अमेरिकाको जेनरल मोटर्स, टोयोटा, फक्सवागन, हुन्डाईलगायतका अटो कम्पनीहरूलाई प्रतिनिधित्व गर्ने संगठन अलायन्स फर अटोभोटिभ इनोभेन ‘Alliance for Automotive Innovation’ ले ट्रम्प प्रशासनलाई पत्रचार गर्दै दुर्लभ खनिज र म्याग्नेटहरूको सुनिश्चित आपूर्ति बिना सवारीसाधनका महत्वपूर्ण उपकरणहरूको उत्पादन सम्भव नहुने भन्दै आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ ९:४८
सामाग्री श्रोत :
टेक पाना
पर्वत – पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ ।
राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ । पुल निर्माण हुने स्थानमा रहेका विद्युत्का उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए । बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति रु सात करोड ५० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
पर्वत। पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ।
राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो। मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ । पुल निर्माण हुने स्थानमा रहेका विद्युत्का उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए।
बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति रु सात करोड ५० लाखमा ठेक्का सम्झौता भइसकेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बिच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौतापत्रमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड को इस्युइङ र अक्वायरिङ सेवा सुरु गर्न आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो । त्यसै अनुरूप विभिन्न बैंक तथा वित्तीय संस्था क्रमशः एनपीएस-एनसीएस र नेपालपे कार्ड मा आबद्ध भइरहेका छन् ।
नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट सम्पन्न भएपछि प्रोग्रेसिभ फाइनान्सले आफ्ना ग्राहकलाई सो कार्ड इस्यु तथा कारोबार गर्न सक्नेछ ।
एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरूसँग अन्तरआवद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक केन्द्रीय कार्ड स्विचको रूपमा विकास गरिएको हो ।
यस प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबार लागत घटाउने, डेटा लोकलाइजेशन सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीनतम प्रविधिहरूको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी सेवा सञ्चालक, भुक्तानी सेवा प्रदायकका साथै १०० भन्दा बढी गैरबैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा दिँदै आएको छ ।
एनपीएस-एनसीएस अन्तर्गत नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप सुदृढ र आधुनिक बनाउने अपेक्षा गरिएको छ ।
के हो डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) ?
एटीएममा पैसा झिक्न जाँदा सम्पूर्ण विवरण प्रविष्ट गरिसकेपछि पैसा निस्किन केही समय लाग्छ । त्यो समय के को लागेको होला ? हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय कार्ड उपलब्ध गराइरहेका छन् । यसले गर्दा तपाईं एटीएममा गएर पैसा झिक्दा केही समय लाग्छ अन्तर्राष्ट्रिय डेटा राउटिङका कारण । अर्थात् तपाईंले पैसा प्राप्त गर्नुभन्दा अगाडिको जुन ५-६ सेकेन्ड समय छ, त्यो समयमा तपाईंले प्रविष्ट गरेको डेटा तपाईंको बैंक हुँदै तपाईंले बोकेको कार्डको डेटा सर्भर भएको देशसम्म पुगेर फर्कन्छ । जसले गर्दा पैसा निस्किन समय लाग्छ । यो प्रक्रिया अन्तर्राष्ट्रिय कार्ड स्किमभित्र पर्दछ ।
अब यही प्रक्रियालाई डोमेस्टिक कार्ड स्किमको रूपमा बुझ्दा, हामीले एटीएममा गएर आफ्नो विवरण प्रविष्ट गरिसकेपछि जुन डेटा विदेश घुमेर आउँथ्यो, अब त्यो नेपालभित्रै एनसीएचएलको सर्भरमा घुम्नेछ । अर्थात्, नेपालको डेटा नेपालमै रहनेछ । अर्को कुरा, यो स्किम अन्तर्गत तपाईंले कुनै एउटा बैंकको एटीएम अन्य बैंकको एटीएमहरूमा पनि प्रयोग गर्न सक्नुहुनेछ । जसरी अहिले आफ्नो बैंकको कार्ड अन्य बैंकको एटीएममा पनि प्रयोग गरिरहनु भएको छ । सोही अनुरूप यो कार्ड पनि सम्पूर्ण नेपाली बैंकहरूको नेटवर्कमा काम गर्नेछ । त्यसैले पनि यसलाई डोमेस्टिक कार्ड स्किम भनिन्छ ।
यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको, यसअन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनु हो । यही अवधारणा अनुरूप नेपाल पे कार्ड तयार गरिएको हो । राउटिङ, क्लियरिङ र सेटलमेन्ट नेपालभित्र नै हुनेछ । यसलाई विश्वस्तरमा हेर्ने हो भने हाल छिमेकी देश भारतसँगै विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय कारोबारको सुविधासहित डोमेस्टिक कार्ड स्किम सञ्चालन गरिरहेका छन् ।
नेपाल पे कार्डले केके काम गर्छ ?
अहिले हामीले जसरी हाम्रो बैंकहरूबाट डेबिट वा क्रेडिट कार्ड पाउँछौं, त्यसैगरी नेपाल पे कार्ड पनि डेबिट, क्रेडिट, प्रिपेड र भर्चुअल कार्डका रूपमा उपलब्ध हुनेछ । यसमा अनलाइन भुक्तानीदेखि लिएर अन्तरआबद्ध भएका बैंकको एटीएमबाट पैसा झिक्न पनि मिल्नेछ । हाल यो सुरुवाती चरणमा नै भएकाले, देशभित्र मात्र यो कार्ड प्रयोग गर्न सकिनेछ । तर, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउनका लागि काम भइरहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधान बताउँछन् । यस्तै, छिट्टै नै नेपाल पे डलर कार्डका लागि पनि काम भइरहेको उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ ८:५
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पुर्याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पुर्याउनसक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई खतरनाक विदेशीहरूबाट बचाउन १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको बताएकी छन् ।
यो घोषणाले ट्रम्पको २०१७ मा पहिलो कार्यकालमा गरेको आदेशको पुनरावृत्ति गरेको छ । त्यतिबेला उनले सात मुस्लिम बहुल देशहरूबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिएका हुन्।
“प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको, विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्।
‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा आजको दिन हामी सबैले आ-आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवजन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई देशको संविधानले दिएको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिन भएको उनले सन्देशमा उल्लेख गरेका छन्।
वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने तर्फ हामी सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा प्लाष्टिकको प्रयोगबाट हुने प्रदूषणलाई न्यूनीकरण गर्दै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न राष्ट्रपतिले अनुरोध गरेका छन्।
वातावरण संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न सरकारी तथा गैरसरकारी निकाय एवं विकास साझेदारलगायत सम्बद्ध सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको वातावरणीय असरलाई कम गर्न नेपालले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयनका लागि आजको दिनले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । नेपालको नबिल बैंकलाई एसिया-प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
विश्वप्रसिद्ध फाइनान्सियल ग्रुप अन्तर्गतको ‘The Banker’ पत्रिकाले प्रविधिमैत्री सोच, दृष्टिकोण तथा ग्राहक अनुभवमा ल्याइएको डिजिटल क्रान्तिलाई मूल्यांकन गर्दै उक्त पुरस्कार नबिल बैंकलाई प्रदान गरेको हो ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने, “यो अवार्डले बैंकको सेवा प्रवाहलाई अझ प्रविधिमैत्री र ग्राहकमैत्री बनाउने प्रेरणा दिएको छ ।”
उनका अनुसार नबिल बैंकले स्थापना कालदेखि नै प्रविधिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवामा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । “हामीले प्रविधिको प्रयोगमार्फत नयाँ आयाम थप्दै ग्राहकलाई सहज र सुलभ सेवा दिँदै आएका छौँ,” ज्ञवालीले भने ।
हालैका वर्षहरूमा नबिल बैंकले डिजिटल सेवालाई विशेष प्राथमिकता दिँदै दिगोपनामा पनि जोड दिएको छ । कागजी प्रक्रिया घटाउँदै डिजिटल माध्यमबाट छरितो, पारदर्शी र पहुँचयोग्य सेवा प्रवाहमा बैंकको प्रयासलाई नै उच्च मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको हो ।
ज्ञवालीका भने, “हामीले प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर रूपान्तरणमुखी रणनीति अपनाएका छौँ । आर्टिफिसियल इन्टेलिजेन्स, डेटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा उल्लेख्य सुधार गरिरहेका छौँ ।”
सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालमा पहिलोपटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गर्दै डिजिटल बैंकिङको बीउ रोपेको थियो । त्यसयता नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर निरन्तर रूपमा प्रविधिमैत्री नवप्रवर्तन गर्दै आएको बैंकले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ ७:३६
सामाग्री श्रोत :
टेक पाना