२०८२ भाद्र २८ शनिबार
२०८२ भाद्र २८ शनिबार

भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन्।

नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले एमालेले गलत काम काम गरेको कारण आक्रमण भएको वा राम्रो काम गरेको कारण आक्रमण भइरहेको छ भन्ने बारेमा पहिला एमालेका नेता कार्यकर्ता स्पष्ट हुनुपर्ने बताए।

एमाले माथिको आक्रमण गलत काम गरेको कारण नभई राम्रो काम गरेका कारण भएको उनको दाबी छ।

पोखरेलले एमालेमाथि चार खालका शक्तिले आक्रमण गरिरहेका बताए। एमालेमाथि राजवादी, पूर्वपञ्च र मण्डलेहरू, माओवादी र एकीकृत समाजवादी लगायत आफूलाई कम्युनिष्ट भन्ने कम्युनिष्ट विरोधी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन जस्ता लोकप्रियतावादमा विश्वास गर्ने र अन्तर्राष्ट्रिय भूमण्डलीकरणको अवस्थाको कारण नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने शक्तिले सामूहिक रूपमा एमाले माथि आक्रमण गरिरहेको पोखरेलले बताए।

‘एमालेमाथि उनीहरूले सामूहिक रूपमा आक्रमण गरिरहेका छन् किनभने उनीहरूले एमालेलाई आफ्नो शत्रु ठानेका छन्,’ उनले भने।

पोखरेलले नेपालका राजनीतिक दलले देशमा विकासको काम गर्ने पर्याप्त समय नै नपाएका बताए। काम गर्न पाएको छोटा समयमा नै नेपालका राजनीतिक दलले देशका विकासको लागि ठुलो काम गरेको उनको भनाइ छ।

त्यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टीको कामको महत्त्व नबुझ्ने समस्या पार्टीभित्र बढ्दै गएको बताए।

भट्टराईले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बेलामा पनि पार्टीको कामलाई महत्त्व नदिने व्यवहारले पार्टीको काम नचल्ने बताए।

‘जिम्मेवारी लिने, काम नगर्ने प्रवृत्ति अब चल्दैन, विगतमा के थियो त्यता गइँदैन, जिम्मेवारी पुरा गर्नेले जिम्मेवारी छाड्नुपर्छ,’ उनले भने।

पार्टीको प्रचारमा एमालेका कार्यकर्ता कमजोर भएको भन्दै उनले पार्टीको सिङ्गो नेतृत्व यस बारेमा गम्भीर भए पनि कार्यकर्ता पङ्क्ति जिम्मेवार नदेखिएको बताए।

उनले भने,‘समस्या कहाँ हो, समाधान त्यहीबाटै खोजिनु पर्छ, सबैभन्दा पहिलो समस्या पार्टीभित्रै छ, समाधान पनि पार्टीभित्रै खोजिनु पर्छ, बाहिरबाट भएको आक्रमणका विरुद्ध कसरी जाने भन्ने कुरामा हाम्रो पार्टीपङ्क्ति जिम्मेवार भएर लाग्नुपर्छ।’


सामाग्री श्रोत :

एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल

काठमाडौँ । एडोबीले एन्ड्रोइड प्रयोगकर्ताका लागि फोटोशप एप सार्वजनिक गरेको छ । फेब्रुअरीमा पहिलो पटक सार्वजनिक गरिएको यो एप आईओएसपछि एन्ड्रोइडमा पनि उपलब्ध भएको हो । कम्पनीले एन्ड्रोइड एपको बेटा संस्करण गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध गराएको छ ।

मोबाइलमै विभिन्न फोटो एडिटिङदेखि डिजिटल आर्ट, थम्बनेल डिजाइन, कोलाज र अन्य सिर्जनात्मक कार्य गर्न सकिने गरी यो एप विकास गरिएको एडोबीले जनाएको छ ।

फोटोशप एपमा कम्प्युटरमा पाइने लेयर, मास्क, जेनेरेटिभ फिल, स्पट हिलिङ ब्रस, ट्याप सिलेक्ट, अब्जेक्ट सिलेक्ट, क्लोन स्टाम्प, एडजस्टमेन्ट लेयरजस्ता थुप्रै चर्चित टुलहरू प्रयोग गर्न सकिनेछ । साथै, एडोबी स्टकको निःशुल्क सामग्री पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एपमा रहेका जेनेरेटिभ एआई सुविधाहरूको सहयोगमा सजिलै फोटोमा नयाँ तत्वहरू थप्न वा परिवर्तन गर्न सकिनेछ । एप प्रयोग गर्न प्रयोगकर्ताको मोबाइलमा एन्ड्रोइड ११ वा सोभन्दा नयाँ संस्करण र कम्तीमा ६ जीबी र्‍याम आवश्यक पर्नेछ । कम्पनीले उत्कृष्ट कार्यसम्पादनका लागि ८ जीबी वा सोभन्दा बढी र्‍याम सिफारिस गरेको छ ।

एपको प्रारम्भिक बेटा संस्करण सबै प्रयोगकर्ताका लागि निःशुल्क रहेको र यसमा थप सुविधा क्रमशः थपिँदै जाने कम्पनीले जानकारी दिएको छ ।

एडोबीले फोटोशप मोबाइल एपबाट सिर्जनशील प्रयोगकर्तालाई जहाँसुकै र जतिखेर पनि कार्य गर्न सक्ने स्वतन्त्रता दिने लक्ष्य लिएको छ । यो एपले विशेषगरी मोबाइलमै काम गर्न रुचाउने नयाँ पुस्ताका रचनात्मक प्रयोगकर्तालाई लक्षित गरेको बताइएको छ ।

यसअघि नै आईफोन प्रयोगकर्ताका लागि फोटोशप एप एपस्टोरमा विश्वभर उपलब्ध भइसकेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १५:५३





सामाग्री श्रोत :
टेक पाना

किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको तथा कुनै समस्या नरहेको बताएका हुन्।

उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे। त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए। उनले राजावादीहरुको आन्दोलन तुहिसकेको समेत जिकिर गरे।

कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको उनको भनाइ छ।


सामाग्री श्रोत :

गृहमन्त्रीले राजीनामा दिनुपर्दैन, सत्तागठबन्धनमा समस्या छैन : देउवा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा इन्टरनेट प्रोटोकल भर्सन ६ (IPv6) को अनिवार्य कार्यान्वयन र व्यवस्थापनका लागि ‘आईपीभी सिक्स माइग्रेसन विनियमावली २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ । बढ्दो इन्टरनेट प्रयोगकको हिसाबले आईपीभी फोर एड्रेसको सीमितता र आगामी फाइभजी तथा इन्टरनेट अफ थिङ्ग्स (IoT) बजारको विकासलाई मध्यनजर गर्दै नियामकले यस्तो कदम चालेको हो ।

प्राधिकरणले सरोकारवाला, विज्ञ, अनुसन्धानकर्ता र इच्छुक व्यक्तिहरूबाट मस्यौदा उपर टिप्पणी तथा सल्लाह सुझाव पठाउन आह्वान गरेको छ । यसका लागि ३० दिनको समय दिइएको छ । प्राप्त सुझाव समावेश गरी नयाँ आईपीभी सिक्स माइग्रेसन विनियमावलीलाई अन्तिम रूप दिने प्राधिकरणको तयारी छ । 

किन आवश्यक छ आईपीभी सिक्स माइग्रेसन ? 

इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न तथा अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेसको जरुरत पर्दछ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो ।

विश्वभर भी-फोरमा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी-सिक्सको विकास गरिएको थियो । आईपीभी-फोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपी भी सिक्समा आईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब ‘ट्रिलियन ट्रिलियन’ रहेका छन् ।

आईपीभी फोर समाप्त भएता पनि अधिकांश इन्टरनेट सेवाप्रदायकहरू अहिले प्राइभेट एड्रेसिङलाई आधार मानेर नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएएटी) प्रविधिबाट काम चलाइरहेका छन् । विश्वप्रसिद्ध जर्नल एमडीपीआईमा प्रकाशित अनुसन्धान प्रतिवेदनले पनि नेपालको ब्रोडब्यान्ड विस्तारका लागि चालु सरकारी परियोजना तथा सेवाप्रदायकले पुराना उपकरण तथा प्रविधि प्रयोग गरिरहेको तथ्य बाहिर ल्याएको थियो ।

अनुसन्धानले परियोजना कार्यान्वयनका सन्दर्भमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नु मुलुक, जनता र सेवाप्रदायक सबैको हितमा हुने उल्लेख गरेको छ । आईपीभी सिक्सले संसारभर जोडिएका हरेक उपकरणको सञ्चारका लागि युनिक राउटेबल पब्लिक एड्रेस असाइन गर्न अनुमति दिने भएकाले पनि यसको प्रयोग आवश्यक भएको हो ।

त्यतिमात्रै नभएर एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ । त्यसैले अबका दिनमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नुको विकल्प नभएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले यसको माइग्रेसनको अनिवार्यता महसुस  गरेको हो । 

विशेषगरी, नेपालमा फाइभजी र आईओटी बजारका लागि आईपीभी सिक्समा आधारित इन्टरनेट नेटवर्क अनिवार्य मानिएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा ६२ अन्तर्गत प्राधिकरणले यो विनियमावली बनाउन लागेको हो । नेपालका टेलिकम तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आईपीभी फोरबाट आईपीभी सिक्स प्रोटोकलमा स्थानान्तरणका लागि प्रोत्साहन गर्नु  यसको मुख्य लक्ष्य हो  । यो विनियमावली नेपाल दूरसञ्चार प्राधिकरणबाट लाइसेन्सप्राप्त सेवा प्रदायकहरूमा लागु हुनेछ ।

मस्यौदामा सेवाप्रदायकहरूलाई आफ्नो नेटवर्कमा आईपीभी सिक्स अनिवार्य रूपमा कार्यान्वयन र सपोर्ट गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता कम्पनीहरूले आईपीभी सिक्स अपनाउनको लागि समयसीमा पनि निर्धारण गर्नुपर्नेछ ।

सेवा प्रदायकले आईपीभी सिक्स एड्रेसलाई कुशलतापूर्वक प्रयोग गर्नुपर्ने र त्यसको रेकर्ड राख्नुपर्ने, सो अनुरूप फायरवाल, इन्ट्रुसन डिटेक्सन/प्रिभेन्सन सिस्टम (IDS/IPS) जस्ता सुरक्षा उपायहरू लागु गर्नुपर्ने, संवेदनशील डेटाको इन्क्रिप्सन जस्ता नियमहरू पनि पालना गर्नुपर्नेछ । 

यसका साथै नियमित सुरक्षा अडिट र मूल्यांकन गर्नुपर्ने, नेटवर्क डिभाइसहरूले आईपीभी फोर र आईपीभी सिक्स  दुवै प्रोटोकललाई एक साथ सपोर्ट गर्नुपर्ने, राउटर र स्विचहरू दुवै किसिमको ट्राफिक ह्यान्डल गर्न कन्फिगर गरिएको सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई समेत यसले जोड दिएको छ । सेवा प्रदायकहरूले नियम पालना गरे/नगरेको सुनिश्चित गर्न नियमित अडिट र समीक्षा समेत गर्नेछ ।

विनियमावली पालना नगर्ने सेवाप्रदायकहरूलाई चेतावनीदेखि जरिबाना र दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार लाइसेन्स निलम्बन सम्मको कारबाही हुन सक्नेछ । यद्यपि, यस किसमको कुनै पनि कदम चाल्नुअघि स्पष्टीकरणको मौका भने दिइनेछ ।

विनियमावली मार्फत प्राधिकरणले आईपीभी सिक्समा परिवर्तनलाई बाध्यकारी मात्रै बनाएको छैन, सँगसँगै सेवाप्रदायकहरूलाई आईपीभी सिक्स अपनाउने प्रयासमा सहयोग गर्न आवश्यक स्रोत, तालिम, क्षमता विकास र प्राविधिक सहायता समेत प्रदान गर्नेछ । साथै, छिटो र प्रभावकारी माइग्रेसनलाई प्रोत्साहन गर्न आर्थिक प्रोत्साहन तथा अनुदान पनि प्रदान गरिने कुरा विनियमावलीमा उल्लेख छ । प्राधिकरणले प्रयोगकर्ता, व्यवसाय र संस्थाहरूलाई आईपीभी सिक्सको फाइदाबारे जनचेतना अभियान पनि चलाउनेछ । 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १४:२६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ। 

चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो।

Ncell 2
Ncell 2

चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिएका छन्।

बिहिबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर ३ बर्षको रहेको उनले बताए। 

सदर चिडियाखानाले दुईवटा गैंडा माग गरेकोमा अर्को गैंडा छिटै आउने प्रमुख साहले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ।

अख्तियारले विशेषमा दर्ता गरेको मुद्दा अनुसार पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ।

‘पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर,’  अख्तियारले हालेको मुद्दामा उल्लेख छ।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो। 

हेरौं आरोपपत्रको पूर्णपाठ पिडिएफमा


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ।

चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो।

चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैंडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए। बिहिबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर तीन वर्षको रहेको उनले बताए।

सदर चिडियाखानाले दुईवटा गैंडा माग गरेकोमा अर्को गैंडा छिटै आउने प्रमुख साहले जानकारी दिए।


सामाग्री श्रोत :

सदर चिडियाखानामा एउटा गैंडा थपियो

काठमाडौँ । प्रयोगकर्ताको सहजतालाई मध्यनजर गर्दै माइक्रोसफ्टले विन्डोज रिकभरीका लागि छुट्‍टै डेडिकेटेड पेज प्रयोगमा ल्याउने भएको छ । कम्पनीले ‘क्विक मसिन रिकभरी’ (QMR) नामक फिचरका लागि विन्डोज सेटिङ सम्बन्धी छुट्‍टै पेजको परीक्षण थालेको हो । 

यसले  रिबुट गर्न नमिल्ने वा नहुने डिभाइसहरू सेटिङमार्फत सोझै रिसार्ट गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । सोमबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले यो नयाँ सेटिङको विषयमा जानकारी दिएको हो । 

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले विन्डोजको System अन्तर्गत Recovery अप्सनमा उपलब्ध Quick Machine Recovery सेटिङमा जानुपर्ने हुन्छ । यहाँबाट प्रयोगकर्ताले यो फिचर अन/अफ गर्न सक्नेछन् । साथै यो फिचर कति पटक वा कति समयको अन्तरालमा सक्रिय भएर समस्या खोज्ने र आवश्यक परेमा कम्प्युटरलाई रिस्टार्ट गर्ने भन्ने कुरा पनि सेट गर्न सकिनेछ ।

हाल यो फिचरको बेटा भर्सन विन्डोजन इन्साइडरहरूका लागि उपलब्ध छ । कम्पनीले चाँडै नै डेभलपरहरूलाई पनि परीक्षणका लागि उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीले यो फिचर पहिलो पटक गत वर्ष नोभेम्बरमा सार्वजनिक गरेको थियो । गत वर्षको जुलाई महिनामा क्राउडस्ट्राइक फाल्कन अपडेटमा आएको सुरक्षा कमजोरीका कारण सयौँ विन्डोज डिभाइसहरू रिबुट गर्न नमिल्ने समस्या आएको थियो । 

सोही समस्यालाई सम्बोधन गर्न कम्पनीले यो फिचरको व्यवस्था गरेको थियो । अहिले यसलाई नै परिष्कृत गर्दै नयाँ सेटिङ सहित नै उपलब्ध गराउन लागिएको हो ।  

यो फिचरको प्रयोगले आईटी एड्मिनहरूलाई प्रभावित प्रणालीहरूमा भौतिक रूपमा नपुगिकनै विन्डोज अपडेट मार्फत समस्या पहिचान गरी बुट समस्या समाधान गर्न सघाउनेछ । यो फिचर इनेबल हुँदा पनि विन्डोज ११ कुनै नयाँ ड्राइभर वा सेटिङ परिवर्तनका कारण सुरु हुन नसकेमा Windows Recovery Environment (WinRE) मा बुट हुनेछ र Quick Machine Recovery Tool सुरु हुनेछ ।

त्यसपछि क्यूएमआर इन्टरनेटसँग जडान हुन्छ । अनि त्यसले क्र्याश डेटा माइक्रोसफ्टमा पठाउँछ र माइक्रोसफ्टले उक्त डेटाको आधारमा टाढैबाट समस्याग्रस्त ड्राइभर वा अपडेट हटाउने र आवश्यक सेटिङहरू परिवर्तन गरेर समस्या समाधान गर्न सक्छ ।

माइक्रोसफ्टका अनुसार यो फिचर विन्डोज ११ मा डिफल्ट रूपमा इनेबल भएको हुनेछ । यस बाहेक इन्टरप्राइज ग्राहकहरूले भने आईटी एड्मिन मार्फत कस्टमाइज गरेर प्रयोग गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १३:२४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अन्यको हकमा भने विगो रकम फरक फरक छ।

Ncell 2
Ncell 2

करिब ३१५ रोपनी जग्गा गैरकानुनी रुपमा बिक्री गरिएको खुलासा भएपछि अख्तियारले यस भ्रष्टाचारको विषयमा मुद्दा दायर गरेको हो।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

नेपालको इतिहासमा प्रधानमन्त्री पदमा रहँदा भ्रष्टाचार गरेको आरोपसहित पूर्व वा बहालवाला कुनै पनि प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दायर भएको यो पहिलो पटक हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट