
काठमाडौं- ‘मेरी ९२ वर्षीया हजुरआमाप्रति गर्व छ : हजुरआमाले स्कुलको पहिलो दिन प्रिन्सिपललाई बिन्ती गर्दै भन्नुभएको थियो , ‘यो नानीको आमा पनि छैन, बुवा पनि छैन ! जतिसम्म पढाइदिन सक्नुहुन्छ पढाइदिनु। आज त्यही नानी चिकित्सा नामदर्ता परीक्षा (लाइसेन्स) पास गरी रजिस्टर्ड डक्टर भएकी छिन्! जहिलेपनि पढ्नुपर्छ भन्ने मेरी हजुरआमा हजुरको आशिर्वाद तथा हरेक कदम कदममा सहयोग गर्नुहुने सम्पुर्ण मेरो अभिभावकहरुले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ सबैजनालाइ धेरै धेरै धन्यवाद। मेरो सुख दुखलाई आफ्नै ठान्ने मेरा मित्र, मेरा गुरूवर्ग अभिभावक, जसले मलाई म बन्न सिकाउनु भयो। मलाई म बनाईदिनु भएकोमा हार्दिक नमन,’ डा लक्ष्मी रानाभाटले केही दिनअघि फेसबुकमा लेखिन्। जहाँ उनले लाइसेन्स परीक्षा पास भएको स्क्रिनसट समेत राखेकी थिइन्।
डा रानाटभाटको लगन र मेहनत, हजुरआमाको आँट र ‘आमा स्मृति प्रतिष्ठान’को सहयोगले उनले यो सफलता हासिल गरेकी छिन्। जसको सर्वत्र चर्चा भयो।
चर्चापछि उनले आफूलाई यहाँसम्म पुर्याउने सहयोगीहरु, आफ्नो प्रेरणा र जीवनबारे थप उल्लेख गरेकी छिन्। उनी लेख्छिन्, ‘कोही पनि मान्छे आमा हुनलाई जन्म नै दिनुपर्छ भन्ने छैन, एउटा बुवा पनि आमा हुन सक्छ। यस्तै करुणाले भरिएको मन भएको व्यक्ति हुनुहुन्छ, आदरणीय बुवा ‘बसन्त राज दवाडी’। उनले यहाँ उल्लेख गरेका दवाडी उनका आफ्नै पिता होइनन्, जसले आमाबुवाको भूमिका निर्वाह गरेर लक्ष्मीलाई डा लक्ष्मी बनाए।
आफूलाई जन्माउने बुवाआमाका विषयमा उनले उल्लेख गरेकी छिन्, ‘हुन त,न मलाई मेरो बुवाको अनुहार याद छ, न त आमाको नै तर मलाई कहिले पनि उहाँहरुको कमीको महसुस भएन। हरेक समय परिस्थितिमा जब-जब मलाइ मेरो बुवाआमाको आवश्यकता महशुस हुन्थ्यो, तब-तब सोही समयमा कोही न कोहीले त्यो जिम्मेवारी पूरा गरिदिनु भएको छ।’
डा लक्ष्मीका अनुसार दवाडीले आफ्नो आमाको सपना पछ्याउदै उनकी आमा यस संसारमा नरहेपछि सम्झनामा खोलेका रहेछन्, ‘आमा स्मृति प्रतिष्ठान’ । जसले धेरै बालबालिकाको अभिभावकत्व पूरा गर्दै आएको छ। ‘म गर्व गर्दछु छु कि म पनि यसै आमा स्मृति प्रतिष्ठानको छोरी भएर चिनिन पाएकी छु , आफ्नो सपनालाई पूरा गर्दै आज हजुरहरुको सामु डाक्टर लक्ष्मी बनेर आएकी छु,’ लक्ष्मी भन्छिन्।
उनले यस यात्रामा सघाउने संस्थाका दाताहरु माथियास मारिया डोल्ड्, एनेट कोबर, डा. भेलेस्का फिसर, डा. क्रिस्टा लगायत सम्पूर्ण अभिभावकलाई धन्यवाद दिएकी छिन्। साथै सम्पूर्ण गुरु र आमाबुवाहरुप्रति कृतज्ञता प्रकट गरेकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत् विशेष अनुरोध गरेकी छिन्, ‘मलाई यहाहरु सबै जनाहरुसँग अनुरोध छ कि यदि तपाइको आफ्नो वरिपरि कोही बुवा आमा नभएको बच्चा देख्नुभयो भने केही समयको लागि भए तापनि बुवाआमा भएको महसुस गराई उनको जीवनमा आशाको दियो बाल्ने प्रयास गरिदिनु होला।’
उनले बुवाआमाको भूमिका निर्वाह गर्ने प्रतिष्ठानका संस्थापक बसन्तप्रति आभार प्रकट गर्दै अध्यनको यात्रा नटुंगिएको उल्लेख गरेकी छिन्। ‘यो त केवल सुरुवात हो। यो यात्रामा मलाई साथ दिनुहुने, माया र आशीर्वाद दिनुहुने सबैलाई कोटी-कोटी धन्यवाद। मेरो जीवन तपाईंहरूको दिएको प्रेमको ऋणले भरिएको छ,’ उनले भनेकी छिन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो।
स्वस्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन्।
यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन्। यसैग्री, सबै स्थानीय तहहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन्।
मन्त्रालयले सरकारी वेतनधारीका अलावा संगठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने योजना बनाएको छ । यसो भएमा स्वास्थ्य बीमा कोषमा प्रिमियम पर्याप्त हुने र कार्यक्रम दिगो बन्ने मन्त्रालयले गठन गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा छ।
यस व्यवस्थालाई सरकारको कार्यक्रम बनाउने घोषणा गरेका मन्त्री पौडेलले मन्त्रालयको प्रस्तावमा नीति तथा कार्यक्रम र बजेटमा यो विषय समावेश गराएका थिए। अब यसको कार्यान्वयनको प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढााथोकीले बताए। मन्त्रालयले पत्राचारका साथै आवश्यक थप व्यवस्था गर्ने गर तयारी अघि बढाएको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा ऐनमा भए पनि लागू नभएको व्यवस्था कार्यान्वयनमा गएमा यसले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिने बताए। हामीकहाँ अहिले जोखिम वर्गले बढी बीमा गरेको अवस्था छ, उनले भने, त्यसले गर्दा सरकारले दिएको श्रोतमाथि दबाब परिरहेको छ। यदि सबै राष्ट्र सेवक स्वास्थ्य बीमामा आवद्ध हुने हो भने कार्यक्रम निकै व्यवस्थित बनाउन सकिन्छ।
बोर्डको आन्तरिक अध्ययनअनुसार ऐनमा भएको व्यवस्थासँगै सरकारले दिने स्वास्थ्य सहायता कार्यक्रम स्वास्थ्य बीमामार्फत नै लागु गराउन सकिने हो भने आर्थिक श्रोतको अभावसँग जुधिरहेको बोर्डले वार्षिक ४० अर्बसम्म श्रोत थपिने सम्भावना छ।
विगतमा वार्षिक साढे ७ अर्ब रकम प्राप्त भएकामा यसपालीको नयाँ बजेटमा मन्त्री पौडेलले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर सम्वादपछि रकम वृद्धि भएर १० अर्ब पुगेको छ । यसबाहेक विगतको बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गर्ने घोषणा सरकारले गरेको छ।
सामाग्री श्रोत :
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक विवादका कारण अर्बपति उद्यमी एलन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ । ट्रम्पसँगको ‘वाकयुद्ध’का कारण मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमा एकै रात भारी गिरावट आउँदा उनको सम्पत्ति ३३.९ अर्ब अमेरिकी डलर (४६ खर्ब ५७ अर्ब रुपैयाँ बढी) ले घटेको हो ।
ब्लुमबर्गका अनुसार बिहीबारअघि मस्कको सम्पत्ति ३६८.९ अर्ब डलर थियो । एकै रात उनको सम्पत्ति ३३.९ अर्ब डलरले घटेपछि अहिले ३३५ अर्ब डलर पुगेको छ ।
यस वर्षको सुरुदेखि हालसम्म उनको सम्पत्तिमा कुल ९७.९ अर्ब डलरले कमी आइसकेको छ । यद्यपि ३३५ अर्ब डलरको कुल सम्पत्तिका साथ मस्क अझै पनि धनाढ्य सूचीको पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका मेटाका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति २४१ अर्ब डलर रहेको छ ।
बिहीबार टेस्लाको शेयर १४.२६ प्रतिशतले घटेर प्रतिशेयर २८४.७० डलरमा बन्द भयो । यससँगै मस्कको सम्पत्ति खस्किएको हो । मस्कको कूल सम्पत्ति टेस्ला, स्पेसएक्स, एक्स एआई, एक्स कर्प, न्युरालिङ्क जस्ता कम्पनीमा निर्भर छ ।
ट्रम्पलाई राष्ट्रपति बनाउन महत्त्वपूर्ण भूमिका खेलेका मस्क हालै मात्र त्यहाँको सरकारी दक्षता विभाग (डज) बाट बिदाइ भएका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प्ले मस्कलाई सरकारको अनावश्यक खर्च कटौती गर्ने विशेष भूमिकामा राखेका थिए । डजको भूमिकाका कारण आफ्ना कम्पनीको वृद्धिमा असर पुगेको ठानेपछि मस्कले डजबाट बिदा लिएको घोषणा गरेका थिए ।
अहिले भने ‘बिग, ब्युटिफुल बिल’ नाम विधेयकको विषयलाई लिएर मस्क र ट्रम्पबिच विवाद चर्किएको छ । त्यही विवादका कारण लगानीकर्ता चिन्तित बनेपछि शेयर मूल्यमा यो गिरावट आएको हो । यसले कम्पनीको बजार मूल्याङ्कनमा करिब १५० अर्ब डलरले कमी आएको छ ।
यद्यपि शुक्रबारसम्म ९१७ अर्ब डलरको बजार मूल्यका साथ टेस्ला अझै पनि विश्वको सबैभन्दा मूल्यवान अटोमोबिल कम्पनीको रूपमा रहेको छ । मस्कले ट्रम्पको नयाँ कर विधेयकको कडा आलोचना गरेपछि यो विवाद सुरु भएको थियो ।
विद्युतीय सवारी खरिदमा दिइने कर छुट हटाएपछि मस्कले ‘बिग, ब्युटिफुल बिल’ विधेयकको आलोचना गरेको ट्रम्पको आरोप छ । लगानीकर्तालाई उनीहरूको बिग्रँदो सम्बन्धले मस्कको विशाल व्यापारमा क्षति पुग्नसक्ने डर छ ।
ट्रम्पले मस्कका कम्पनीलाई दिइएको सरकारी ठेक्का रद्द गर्ने धम्की दिएपछि स्थिति थप गम्भीर बनेको छ । यस्तो कदमले टेस्ला र स्पेसएक्सको आम्दानीमा ठुलो असर पार्न सक्ने विज्ञहरूको विश्लेषण छ ।
ट्रम्पको जवाफमा मस्कले ‘लौ त, गरेर देखाऊ’ भन्दै चेतावनी दिएका थिए । उनले फाइनान्स विज्ञ स्वर्गीय जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलमा ट्रम्पको नाम रहेको दाबीसमेत गरे । मस्कले आफ्नो कम्पनी स्पेसएक्सले अन्तरिक्षमा अमेरिकाको महत्त्वपूर्ण पहुँचको माध्यम रहेको ड्र्यागन अन्तरिक्ष यानलाई सेवाबाट हटाउने घोषणा गरेका थिए । यद्यपि करिब पाँच घण्टापछि उनले आफ्नो निर्णय फिर्ता लिएका छन् ।
टेस्लाको शेयरमा आएको गिरावटले अमेरिकी शेयर बजारमा समेत असर परेको छ । विश्लेषकका अनुसार मस्कको सम्पत्तिमा देखिएको यो गिरावटले सबै क्षतिलाई समावेश गरेको छैन । खासगरी उनको निजी व्यवसाय जस्तै स्पेसएक्स र एक्सएआई होल्डिङ्सको मूल्यमा आएको सम्भावित गिरावट यसमा समावेश नभएकाले उनको सम्पत्तिमा थप गिरावट आएको हुन सक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १३:१६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन्।
डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद् नै चल्न नसक्ने परिस्थिति निर्माण हुँदा समस्या भएको बताए। संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको उनले जिकिर गरे।
संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले सभामुख घिमिरेले कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले जेठ २२ गते बिहीवार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
होटेल रामदा, धुम्बाराहीमा आयोजित वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेक थिए। समारोहमा सेन्टरका संस्थाका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो ।
समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले नेशनल बाथरोग सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताए।
महानिर्देशक ढकालले नेपालीमा भिटामिन डीको कमीका विषयमा विभिन्न टिका–टिप्पणी भैरहेको उल्लेख गर्दै बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नुपर्ने बताए। यसका साथै उनले सेन्टरले तयार पारिरहेको एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।
कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गरे।
समारोहमा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रबन्ध निर्देशक कक्षपतिका अनुसार वर्तमान परिप्रेक्ष्यमा बाथरोगको पहिचान गरी उपचार गर्ने, अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उद्देश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ ।
वार्षिकोत्सव समारोहमा संस्थाको विगत १२ वर्षको यात्रा, सेवा विस्तार, प्रविधिमा भएको प्रगति, दक्ष जनशक्ति निर्माण र जनचेतना अभिवृद्धिमा भएको योगदानको विशेष समीक्षा गरियो । समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।
१२ वर्षअघिको स्थापना कालदेखि नै सेन्टरको उद्देश्य गुणस्तरीय बाथरोग उपचार सेवा नेपालमै उपलब्ध गराउने रहेको छ । हालसम्म करिब ५ लाख बिरामीले सेवा लिइसकेका छन्। सेन्टरले बाथरोगको प्रभावकारी परामर्श, उपचार, जोर्नी संरक्षण र जीवनशैली सुधारमा उल्लेखनीय योगदान दिँदै आएको छ ।
बाथरोग उपचारमा दक्ष जनशक्ति उत्पादनका लागि सेन्टरले विभिन्न तालिम र स्किल डेभलपमेन्ट कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै, विगत दुई वर्षदेखि भारतको लेडी हार्डवर्ड मेडिकल कलेज र मेदान्ता अस्पतालसँगको सहकार्यमा पोस्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्युम्याटोलोजी कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस वर्ष डा मनिषा भोछिभोया तथा डा आदिप अरुण श्रेष्ठले यो फेलोसिप सफलतापूर्वक पूरा गरेका छन्, जसले नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरको दक्षता प्राप्त गराउन सहयोग पुर्याएको छ ।
नेशनल बाथरोग सेन्टरले सन् २०१३ मै नेपालमा पहिलोपटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गरेको थियो । हाल संस्थाले नेल फोल्ड क्यापिलेरोस्कोपी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र थर्मोग्राफी जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको छ, जसले निदान प्रक्रियालाई अझ सटीक बनाएको छ।
सेन्टरले पहिलोपटक नेपालमै युर्मा भिजन सम्मेलन आयोजना गर्दै दक्षिण एशियामै आफ्नो प्रविधि र दक्षता प्रतिस्पर्धी बनाएको छ। यस्तै, बिरामीको उपचार निरन्तरता सुनिश्चित गर्न, सेन्टरले मोबाइल एप पनि प्रारम्भ गरेको छ, जसमार्फत बिरामीले चिकित्सकसँग तत्काल सम्पर्क गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।
हाल सेन्टरमा ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जनाको टीम कार्यरत छ। सेन्टरले हालसम्म ८ शाखामार्फत सेवा दिइरहेको छ र यसै वर्ष धनगढी र सुर्खेतमा शाखा विस्तार गर्ने योजना अघि बढाइएको छ।
नेशनल बाथरोग सेन्टरको १२ वर्षे यात्रा सेवा, प्रविधि, दक्षता र जनचेतनाको समन्वयमा आधारित छ । निजी क्षेत्रबाट अगाडि बढेको संस्थाले बाथरोग उपचारको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै, आम नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्याइरहेको छ । आगामी वर्षहरूमा अझ व्यापक, गुणस्तरीय र सुलभ सेवा प्रदान गर्ने लक्ष्यका साथ संस्था प्रतिबद्ध रहेको प्रवन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन्।
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अवलम्वन गर्दै तीव्र विकासको बाटोतर्फ उन्मुख छ। सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ।’
उनले विद्यालय तहदेखिनै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठयक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताए। उनले अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता रहेको बताए।
उनले ज्ञान, चेतना, जागरण र रुपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै सभ्य र सुसंस्कृत आधुनिक समाज निर्माणमा मात्र नभएर राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको स्पष्ट पारे।
राष्ट्रपति पौडेलले जनता शिक्षित भएमा आफ्नो निरंकुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट बञ्चित गर्न खोज्ने राणा शासन कालमा राजधानीको मुटुमा नेपाल आदर्श विद्यालयको स्थापना हुनु एउटा ऐतिहासिक घट्ना भएको बताए।
उनले सो विद्यालयका संस्थापकको आदर्श, कर्तव्यपरायणता एवं मातृभूमिप्रति समर्पित कर्मठ विद्यार्थी तयार गर्ने सपना अनुसार नै विद्यालयको नाम ‘नेपाल आदर्श’ रहनु सघै स्मरणीय विषय भएको बताए। साे क्रममा राष्ट्रपति पाैडेलले विद्यालयका पूर्व विद्यार्थी सर्वाेच्च अदालतका न्यायधीश सपना मल्ल प्रधान, नेपाल बार अध्यक्ष विजय प्रसाद मिश्रलगायत पूर्व विद्यार्थी एवम् विद्यालयमा याेगदान पुर्याउनेहरूलाई सम्मान गरेका थिए।
सामाग्री श्रोत :
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौं । नेपाली पब्जी खेलाडी साहस भण्डारी ‘किलर वाईटी’लाई समर्पित गर्दै उनका बुबा शान्त भण्डारीले ‘छोरा’ बोलको गीत सार्वजनिक गरेका छन् । बिहीबार ‘किलर वाईटी’को आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।
शान्त भण्डारी स्वयंले लेखेको गीतमा गायक प्रताप दासले स्वर दिएका छन् । गीत सार्वजनिक गर्दै भण्डारीले यो केवल आफ्नो छोराका लागि मात्र नभई सन्तानको सपना पूरा गर्न आफ्ना सपना त्याग्ने हरेक अभिभावकप्रति समर्पित रहेको बताए ।
“आफ्नो सन्तानको खुसीका लागि एउटा अभिभावक सहजै हार्न तयार हुन्छ,” उनले भने, “तिनै अभिभावकलाई समर्पित गर्दै यो गीत ल्याइएको हो ।”
गीतको भिडिओमा ई-स्पोर्ट्स जस्तो नौलो क्षेत्रमा लागेको सन्तानप्रति अभिभावकको सुरुवाती बुझाइ र पछि उसले सफलता पाएपछि प्राप्त हुने साथ र समर्थनलाई देखाइएको छ । ‘किलर वाईटी’को वास्तविक जीवन यात्रालाई म्युजिक भिडिओका रूपमा उतारिएको भण्डारीले सुनाए ।
यो गीतले नयाँ पुस्तालाई आफ्नो रुचिको क्षेत्रमा लाग्न प्रोत्साहन मिल्ने र अभिभावकलाई पनि आफ्ना सन्तानलाई विश्वास गर्न प्रेरणा दिने विश्वास निर्माण पक्षको छ । यसअघि टेकपानामा ‘किलर वाईटी’को पब्जी यात्राबारे सामग्री प्रकाशित भएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ११:४०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ । गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन् । गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन् । भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा धु्रव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ ।
भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैलेश त्साजनले सम्हालेका छन् ।
चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो । भिडियोका निर्माता विवेक गुरुङ हुन् । निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक÷श्रोतालाई आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
एआइको सहयोगमा बनाइएको तस्बिर
काठमाडौं- सरकारले राष्ट्रिय न्यूरो साइन्सेस केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल आवश्यक रहेको भन्दै यसका लागि आवश्यक पहल लिएका थिए।
मन्त्री पौडेलको पहलमा सरकारले राष्ट्रिय न्यूरो साइन्सेस केन्द्र स्थापनाका लागि मुर्त रुप दिन यस वर्षको बजेट मार्फत आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय न्यूरो साइन्सेस केन्द्र स्थापनाको विषय परेको छ। बजेटमा उक्त केन्द्र स्थापनाका लागि पहिलो चरणमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) र इन्भायरमेन्टल इम्प्याक्ट एसेस्मेन्ट (ईआए)का लागि ९० लाख रुपैयाँ प्राप्त गरेको छ।
स्वास्थ्य मन्त्री पौडेलले केन्द्र स्थापनाका लागि गत कात्तिकमा सात सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरेका थिए। त्रिवि शिक्षण अस्पतालका सह प्राध्यापक डा गोपाल सेढाईंको संयोजकत्वमा राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना सम्भाव्यता अध्ययन समिति गठन भएको थियो।
समितिमा वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन अफ न्यूरोलोजिष्टका प्रतिनिधि, साइकियाट्रिक्स एसोसिएसन अफ नेपालका प्रतिनिधि र जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्स अमेरिकाका सहप्राध्यापक डा अमित कणेल सदस्य रहेका छन्।
यसैगरी समितिको सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा पुष्पराज पौडेल सदस्य सचिव रहेका छन्।
नेपालमा सरकारी सेवा तर्फ हालसम्म मस्तिष्क, मेरुदण्ड र स्नायु रोगको उपचार गर्ने छुट्टै विशिष्टकृत अस्पताल छैन। निजी स्तरबाट सञ्चालनमा रहेका अस्पतालहरुमा निकै महँगो भएकाले सरकारी स्तरमा एक सुविधासम्पन्न राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्न अत्यावश्यक रहेकाले उक्त काम अगाडि बढाइएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
सामाग्री श्रोत :