२०८२ भाद्र २८ शनिबार
२०८२ भाद्र २८ शनिबार

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल  बुटवलका सुपरिटेन्डेन्ट डा इन्द्र ढकाललाई तत्काल आफ्नो दरबन्दी रहेको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ। 

स्वास्थ्य मन्त्रालयले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा पत्र पठाउँदै डा ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन भनेको छ। 

पत्र अनुसार २०८१ असार ५ गतेको निर्णयले डा ढकालको पदस्थापन गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा भएको थियो। तर उनी हालसम्म पनि बुटवलमै कार्यरत छन्।

मन्त्रालयले डा ढकाललाई तुरुन्त सप्तरी हाजिर हुन पत्र काट्दै लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत बोधार्थ पत्र पठाएको छ। 
डा ढकाल १० तहका सर्जन हुन्।

 

सामाग्री श्रोत :
swasthyakhabar

कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संबिधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन।

शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घघाटन गर्दै अध्यक्ष यादवले संबिधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे।

फोहोर भैसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफै स्वच्छ हुन्छ भन्दै अध्यक्ष यादवले भने, ‘मुलुकलाई निकास दिन ढिला नगरौं, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संबिधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन।’

संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भू माफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नु बाहेक संबिधानका त्रुटिहरु सच्याउने तर्फ गम्भीर नभएको उनले टिप्पणी गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संबिधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भएदेखिन यो विकृत संबिधानकै कारणले एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए।

उनले भने, ‘ठूला भनिएका तीन दल आफैँले ल्याएको संविधानको कवरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखेपनि यसको कार्यान्वयनमा ईमानदार छैनन।’ अध्यक्ष यादवले, ‘यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ, त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूलमर्म अनुसार पुनर्लेखन गर्नुपर्छ।’

कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै यादवले प्रतिवद्धता बिना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन, भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताए।


सामाग्री श्रोत :

समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव

काठमाडौँ । सामाजिक सञ्जाल ‘एक्स’मा पछिल्लो २४ घण्टादेखि #ArrestKohli र #ShameOnRCB ह्याशट्याग ट्रेन्डिङमा छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) विजयी बनेसँगै उत्सव मनाउने क्रममा भागदौड मच्चिँदा ११ जनाको ज्यान जानुका साथै सयौँ घाइते भएपछि भारतमा यस्तो अभियान चलेको हो । 

बुधबारको उक्त घटनापछि आरसीबीका ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहली आफ्नी श्रीमती अनुष्का शर्मासँगै मुम्बई विमानस्थलमा देखिएका थिए । कोहलीको लन्डन उडानअघि हतारमा उत्सव मनाउन खोज्दा यस्तो घटना निम्तिएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पक्राउ गर्नुपर्ने माग राखेका हुन् ।

आरसीबीले १८ वर्षको लामो प्रतीक्षापछि मङ्गलबार पञ्जाब किङ्ग्सलाई हराएर आफ्नो पहिलो आईपीएल उपाधि उचालेको थियो । त्यसको भोलिपल्ट टिमले आफ्ना समर्थकसँग खुसियाली साट्न चिन्नास्वामी स्टेडियममा एक कार्यक्रम आयोजना गरेको थियो । तर, त्यही कार्यक्रमको उत्सव दुःखद् घटनामा परिणत भयो ।

स्टेडियमभित्र र बाहिर समर्थकको भीड अनियन्त्रित हुँदा र टिकट वितरणमा भएको अलमलले गर्दा भागदौड मच्चियो । उक्त भागदौडमा परी ११ जना समर्थकले ज्यान गुमाए भने कैयौँ घाइते भए । वर्षौँदेखि आफ्नो प्रिय टिमको जितको उत्सव मनाउन प्रतीक्षा गरिरहेका समर्थकका लागि यो खुसियाली क्षणभरमै त्रासदीमा बदलियो ।

यो घटनापछि देशभर आक्रोश फैलियो । यसको मुख्य जिम्मेवार को हो ? टिम ? खेलाडी ? फ्रेन्चाइज ? आयोजक ? क्रिकेट बोर्ड ? प्रहरी ? वा सरकार ? लगायतका प्रश्न उठिरहेका छन् । भीड व्यवस्थापन र समन्वयमा भएको कमजोरीलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ र एक-अर्कालाई दोष दिने क्रम चलिरहेको छ ।

बेङ्गलुरु प्रहरीले सुरुमा विजय उत्सव मनाउन अनुमति दिन आनाकानी गरेको खुलासा भएपछि समर्थक झनै आक्रोशित भएका थिए ।

एक ‘एक्स’ प्रयोगकर्ताले #ArrestKohli ह्याशट्याग राख्दै लेखेका छन्, “के विराट कोहलीले ज्यान गुमाएका फ्यानका परिवारलाई भेटे ? के उनले लन्डन यात्रा केही समय रोकेर ती लोयल फ्यानका परिवारलाई भेट्न सक्दैनथे ? उनी यति अमानवीय कसरी हुन सक्छन् ? कि उनी आफ्नो मानवीयता दीपावलीको विज्ञापनमा मात्र देखाउँछन् ?”

अर्का प्रयोगकर्ताले त्यसरी नै ह्याशट्यागसहित लेखेका छन्, “फ्रेन्चाइज लिग जित्दा उनी रोए । तर आफ्नै फ्यानको मृत्यु हुँदा उनको आँसु कहाँ गयो ? विराट कोहली, तिमीले हाम्रो मनबाट सबै सम्मान गुमायौ । लन्डन जान हतार गर्ने उनको निर्णयले फ्यानको ज्यान गयो ।”

त्यस्तै अर्का एक प्रयोगकर्ताले थपेका छन्, “उनीहरूले विजय जुलुस मागे । तर, सडक उत्सवले होइन, रगतले रातो भयो । मानिसहरू मरे । तर कोहली ? केही नभएजस्तो गरी लन्डन गए । यो जित होइन, यो एउटा दाग हो । त्रासदीमा डुबेको ट्रफी ।”

यद्यपि केही समर्थकले भने कोहलीको बचाउ गरेका छन् । उनीहरूले यो दुःखद घटनाका लागि खेलाडीलाई दोष दिनु अन्यायपूर्ण भएको बताएका छन् । एक समर्थकले लेखेका छन्, “जब उनी शतक बनाउँथे, सबैले उनको नामको जयजयकार गर्थे । अहिले भीड व्यवस्थापनको दोष उनलाई दिइरहेका छन् । विराट कोहली कार्यक्रम सकिएपछि मात्र गएका हुन् । यो घृणित नाटक बन्द गर । #ArrestKohli — केका लागि ? सास फेरेकोमा ?”

आरसीबीको ऐतिहासिक जितलाई यो दुःखद घटनाले छायामा पारेको छ । खेलाडीले समर्थकप्रति सहानुभूति देखाउन चुकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १८:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

Ncell 2
Ncell 2

दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए ।

‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने ।

एक लाइनमा करिब ३०-३५ पसल थिए । ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए । मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो।

स्वस्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन्।

यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन्।

यसैग्री, सबै स्थानीय तहहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन्।

मन्त्रालयले सरकारी वेतनधारीका अलावा संगठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने योजना बनाएको छ। यसो भएमा स्वास्थ्य बीमा कोषमा प्रिमियम पर्याप्त हुने र कार्यक्रम दिगो बन्ने मन्त्रालयले गठन गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा छ।

यस व्यवस्थालाई सरकारको कार्यक्रम बनाउने घोषणा गरेका मन्त्री पौडेलले मन्त्रालयको प्रस्तावमा नीति तथा कार्यक्रम र बजेटमा यो विषय समावेश गराएका थिए। अब यसको कार्यान्वयनको प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढााथोकीले बताए। मन्त्रालयले पत्राचारका साथै आवश्यक थप व्यवस्था गर्ने गर तयारी अघि बढाएको छ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा ऐनमा भए पनि लागू नभएको व्यवस्था कार्यान्वयनमा गएमा यसले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिने बताए। ‘हामीकहाँ अहिले जोखिम वर्गले बढी बीमा गरेको अवस्था छ,’ उनले भने, ‘त्यसले गर्दा सरकारले दिएको श्रोतमाथि दबाब परिरहेको छ। यदि सबै राष्ट्र सेवक स्वास्थ्य बीमामा आवद्ध हुने हो भने कार्यक्रम निकै व्यवस्थित बनाउन सकिन्छ।’

बोर्डको आन्तरिक अध्ययनअनुसार ऐनमा भएको व्यवस्थासँगै सरकारले दिने स्वास्थ्य सहायता कार्यक्रम स्वास्थ्य बीमामार्फत नै लागु गराउन सकिने हो भने आर्थिक श्रोतको अभावसँग जुधिरहेको बोर्डले वार्षिक ४० अर्बसम्म श्रोत थपिने सम्भावना छ।

विगतमा वार्षिक साढे ७ अर्ब रकम प्राप्त भएकामा यसपालीको नयाँ बजेटमा मन्त्री पौडेलले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर सम्वादपछि रकम वृद्धि भएर १० अर्ब पुगेको छ। यसबाहेक विगतको बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गर्ने घोषणा सरकारले गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

मगुगु। मुगुको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशकदेखि तरकारी खेतीमा आत्मनिर्भर छ। यहाँ रहेका २२ घरपरिवारको दैनिकी बिहानदेखि बेलुकीसम्म खेतबारीमै वित्नेगर्छ।

गाउँका सबै घरपरिबार बेमैसमी र मौसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएको छ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाँउका २२ घरधुरीले ८१ भन्दा बढी रोपनीको कृषि क्षेत्र विकास कार्यक्रमको १० लाख ४७ हजार २ सय १६ रुपैंयाँ र महिला प्रगतिशिल कृषक समूहको एक लाख ४७ हजार २ सय ४७ रुपैंयाँ गरी जम्मा २० लाख ८९ हजार नौं सय ५२ रुपैंयाको लगानीमा २२ वटा फलामे टनेल घर निर्माणलगायत अन्य तालिम गोष्ठी, सेमिनार, औजार, बिउलगायतको लगानीमा सामूहिक मौसमी र बेमौसमी खेती गरिरहेका छन्।

विगतका दिनमा अन्नवालीबाट मात्र घरखर्च चलाउन निकै गा¥हो हुने गरेको थियो। ‘कृषि क्षेत्र बिकास कार्यक्रक लागू भएदेखि २२ घर परिवारका महिलाहरु मिलेर समूहमार्फत तरकारी खेती गरेका छौं। २२ वटा फलामे टनेल घर निर्माण गरिएको छ। अन्य तालिम, गोष्ठी, जैविक बिषादी मल, तरकारी उत्पादन गर्ने तालिम ,पोषणयुक्त खानेकुराहरुको लालिम पाएपछि पथ सहज भएको छ। हामीले विदेश जान पर्दैन्, बालबच्चाको पढाइलेखाइ अन्य घरखर्च तरकारी विक्रीबाट चलाउछौं,’ स्थानीय चन्द्र रोकायाले भने।

हिजोआज प्रत्येक घरमा चारदेखि पाँच लाखसम्म रकम जम्मा भएको छन्। ‘प्रत्येक घरमा जीवन बिमा समेत गरेका छौं। सबैभन्दा सहज बिगतका बर्षहरुमा टनेल घर बनाउँदा प्रत्येक बर्ष काठ चाहिने भएको हुँदा वन फडानी बढी हुन्थ्यो। अहिले फलामे टनेल निर्माण गर्दा फडानी कम भएको र समयको बचत भएको छ। तरकारी आफुहरुले खाएर नजिकैको गमगढी बजारमा विक्री गरिरहेका छौं,’ कृषक सृजना बुढाले भनिन्।

बजार पनि सबैभन्दा नजिक भएकाले दैनिक तरकारी विक्रीबाट राम्रो आम्दानी हुने गरेको कृषि प्राविधिक एवम छाँयानाथ रारा नगरपालिका कृषि क्षेत्र बिकास कार्यक्रम मुगुका दानसिंह जिसीले बताए।


सामाग्री श्रोत :

तरकारी खेतीबाट हेर्नीकाँध गाउँका किसानलाई मालामाल

काठमाडौँ । एप्पलको बहु प्रतिक्षित वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (WWDC) २०२५ को किनोट कार्यक्रम आउँदो सोमबार (जुन ९) लाइभ स्ट्रिम हुने भएको छ । यस वर्षको डब्लूडब्लूडीसीमार्फत एप्पलले आफ्नो सफ्टवेयरमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर नयाँ सिरी वा कुनै पनि हार्डवेयर उत्पादन घोषणाको सम्भावना भने कम छ ।

डेभलपर कन्फ्रेन्स एप्पलको सफ्टवेयर अपडेट र नयाँ सुविधाहरू प्रस्तुत गर्ने एउटा महत्त्वपूर्ण वार्षिक कार्यक्रम हो । विगतमा यस्तै कार्यक्रमबीच भिजन प्रो र एप्पल सिलिकन जस्ता हार्डवेयर समेत घोषणा भएका थिए । 

तर यस वर्षको डब्लूडब्लूडीसी २०२५ पूर्ण रूपमा सफ्टवेयर लक्षित हुने अनुमान गरिएको छ । नयाँ आईफोनको प्रतीक्षामा रहेकाहरूले यस कार्यक्रममा केही नयाँ देख्ने छैनन् । किनभने आईफोन लन्च कार्यक्रम सामान्यतया सेप्टेम्बरमा हुने गर्दछ ।

यस वर्षको डब्लूडब्लूडीसीको आकर्षण

द वायरका अनुसार यो डेभलपर कन्फ्रेन्समार्फत एप्पलको अपरेटिङ सिस्टममा महत्त्वपूर्ण परिवर्तनहरू सार्वजनिक हुन सक्छन् । कम्पनी आईओएस १८ बाट आईओएस १९ मा नगई सिधै आईओएस २६ मा जाने अपेक्षा गरिएको छ । यो नयाँ नामाकरणले आउँदा वर्षहरू (२७, २८, २९) का लागि पनि सोही बाटो पछ्याउनेछ ।

त्यस्तै एप्पलको सफ्टवेयरको लुक्समा ठुलो परिवर्तन आउने अनुमान गरिएको छ । भिजुअलमा आउने ती परिवर्तनले एप्पलका विभिन्न उपकरणहरूको इन्टरफेसमा एकरूपता ल्याउनेछ । यो लुक्स भिजन प्रोको अपरेटिङ सिस्टममा आधारित हुन सक्ने सम्भावना छ । यद्यपि मिक्स रियालिटीका लागि बनाइएको डिजाइन स्मार्टफोन र स्मार्टवाच जस्ता अन्य उत्पादनहरूमा कसरी समावेश गरिएला भन्ने स्पष्ट छैन ।

एप्पलले सोसल गेमिङको दिशामा पनि प्रयास गर्न सक्छ । कम्पनीले सन् २०१० मा सुरु गरेको आफ्नो हालको गेम सेन्टर बन्द गरी आईफोन, आईप्याड, म्याक, र एप्पल टिभी डिभाइसहरूमा नयाँ, प्रि-इन्स्टल गेमिङ एप ल्याउन सक्नेछ ।

यसैगरी थर्ड-पार्टी सफ्टवेयर विशेषज्ञहरूले आईफोन एपहरू भित्र एआई फिचर सिर्जना गर्न सक्ने डेभलपर किटमा पहुँच पाउने सम्भावना छ । यसका लागि एप्पलका लार्ज ल्याङ्वेज मोडेल प्रयोग गरिनेछ । एप्पल इन्टेलिजेन्स फिचरहरू सुरुमा लन्च हुँदा आईफोन लक स्क्रिनमा त्रुटिपूर्ण सारांशहरू देखिएका थिए । प्रयोगकर्ताहरूका साथै बीबीसी जस्ता मिडियाहरूले त्यसको आलोचना भएको थिए । 

केके आउँदैछ नयाँ ?

कम्पनीका नयाँ स्मार्टफोन र अन्य ग्याजेटहरू यस वर्ष पछि हुने कार्यक्रममार्फत घोषणा गरिने सम्भावना छ । यस सम्मेलन अघि कुनै पनि नयाँ एप्पल डिभाइसको बारेमा जानकारी बाहिरिएको छैन, त्यसैले हार्डवेयर उत्पादनहरू सार्वजनिक हुने सम्भावना कम छ ।  

कम्पनीले यो कार्यक्रम मार्फत सफ्टवेयर सम्बन्धी कुनै सरप्राइज भने दिन सक्छ । तैपनि नयाँ सिरीको घोषणा हुने सम्भावना भने कमै रहेको बताइएको छ । एप्पलले आफ्नो भ्वाइस असिस्टेन्टका लागि जेनेरेटिभ एआईमा काम गरिरहेको छ ।

एआई सम्बन्धी घोषणा प्रायः डेभलपर-केन्द्रित टुलहरूसँग सम्बन्धित हुनेछन् । आईफोनको ब्याट्री लाइफ विस्तार गर्न मद्दत गर्ने एआईमा आधारित ट्रयाकरको बाहेक यस वर्षको डेभलपर कन्फ्रेन्स उपभोक्ताहरूका लागि एआईमा केन्द्रित हुने अपेक्षा गरिएको छैन ।

कसरी हेर्ने एप्पलको इभेन्ट ?

यस वर्षको डेभलपर कन्फ्रेन्सका लागि एप्पलको किनोट ९ जुन, सोमबार राति १०ः४५ बजेको समयमा लाइभ स्ट्रिम गरिनेछ । यो सिधै एप्पलको वेबसाइट वा कम्पनीको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १८:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरु नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताए । 

भिजिट भिसा प्रकरणमा दलहरुबीच सम्वाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरि सदन स्थगित गरिएको उनले बताए । 

Ncell 2
Ncell 2

बर्तौलाले दलहरुबीच भएका छलफलहरु सकारात्मक ढंगले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे । 

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्तौलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । राज्यका संवैधानिक निकायहरुमाथि अविश्वास गर्न थाले उनीहरु कमजोर हुँदै जाने उनको भनाइ छ ।

बर्तौलाले संवैधानिक निकायहरुलाई स्वतन्त्र रुपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारका विरुद्ध राज्य निर्मम हुनुपर्ने बताएका छन्।

मुलुकमा नीतिगत, प्रकृयागत र साना तथा संस्थागत भ्रष्टाचार डरलाग्दो तरिकाले मौलाएको भन्दै बस्नेतले भ्रष्टाचार नियन्त्रणमा राज्यका निकायले जिम्मेवार ढङ्गले कार्य गर्नुपर्ने बताएका हुन्।

भ्रष्टाचार आर्थिक विकासको सबैभन्दा ठूलो शत्रु भएको भन्दै मुलुकमा भ्रष्टाचारविरुद्ध प्रभावकारी नीतिको अभाव, राजनीतिक अस्थिरता, कमसल लोकतन्त्र, अक्षम प्रशासनिक संरचनाजस्ता कारणले मुलुकमा भ्रष्टाचार बढेको बस्नेतको जिकिर छ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध कारबाही गर्न नपाइने भ्रष्टाचार नियन्त्रण ऐनको प्रावधानलाई सच्याउनुपर्ने भन्दै भ्रष्टाचारीलाई उन्मुक्ति नहुने र निर्दोषमाथि प्रतिशोध नसाँधिने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको भनाइ छ।

भ्रष्टाचारबाट मुलुकलाई जोगाउन राज्यको जिम्मेवार पदमा रहेका व्यक्तित्व तथा नागरिकहरु समेत जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्ने बेला आएको उनको तर्क रहेको छ।


सामाग्री श्रोत :

भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्छ : पूर्ण बस्नेत

काठमाडौँ । गएको बुधबार । साथीहरूसँग रमाइलो गर्न र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेलाडीलाई नजिकबाट नियाल्ने रहरले आधा दिनको बिदा लिएर कार्यालयबाट निस्किएकी २७ वर्षीया कमाक्षी देवी अब यो संसारमा छैनन् । उनको ल्यापटप अमेजन अफिसको टेबलमा जस्ताको तस्तै छ । तर, त्यो टेबलमा बसेर काम गर्ने उनी अब कहिल्यै फर्किने छैनन् ।

भारतको बेङ्गलुरुस्थित चिन्नास्वामी स्टेडियम बाहिर आरसीबीको विजय उत्सवमा भएको भागदौडमा परी अमेजनकी क्वालिटी स्पेसलिस्ट कमाक्षी देवीको दुःखद निधन भएको हो ।

“उनी आरसीबी र विराट कोहलीकी ठुलो समर्थक थिइन्,” उनकी साथीले टाइम्स अफ इन्डियालाई भनिन्, “आरसीबीले चिन्नास्वामी स्टेडियममा प्रवेशका लागि टिकेट बाँडिरहेको छ भन्ने थाहा पाएपछि उनी त्यहीं पुगेर टिकेट लिन उत्सुक थिइन् ।” 

कमाक्षीका साथीका अनुसार उनले पहिले अनलाइनबाट टिकेट लिन पनि खोजेकी थिइन् । तर, टिकेट सकिएपछि स्टेडियमबाटै लिने योजना बनाएकी थिइन् । 

कमाक्षीका काकाका छोरा वीरबाहु टीकाले भारतीय सञ्चार माध्यमलाई बताए अनुसार उनी आफ्ना तीन सहकर्मीसँग बुधबार आधा दिनको बिदा लिएर आरसीबीको कार्यक्रममा गएकी थिइन् । “उनीहरू स्टेडियमको गेट नम्बर ७ सर्वसाधारणका लागि खोलिएपछि भित्र पस्ने प्रयास गर्दै थिए । त्यहीबेला एक्कासि भिड अनियन्त्रित भयो र उनीहरू छुट्टिए । उनका साथीहरूले कमाक्षीको मृत्युबारे पछि मात्र थाहा पाए,” वीरबाहुले भारतीय सञ्चार माध्यमलाई भने ।

टाइम्स अफ इन्डियाका अनुसार कमाक्षी तमिलनाडुको कोयम्बटुर निवासी एस मूर्तिकी छोरी हुन् । उनले आफ्नो गृहनगरबाट इलेक्ट्रोनिक्स एन्ड इन्स्ट्रुमेन्टेसनमा बीटेक गरेकी थिइन् । त्यसपछि बेङ्गलुरु आएर अपरेसन म्यानेजमेन्ट र बिजनेस एनालिटिक्समा विशेषज्ञतासहित एमबीए पूरा गरिन् ।

टाटा ट्रेन्टमा केही समय काम गरेपछि उनी अमेजनमा आबद्ध भएकी थिइन् । विगत पाँच वर्षदेखि अमेजनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी उनको अन्तिम पद क्वालिटी स्पेसलिस्टको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १६:२७





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट