
काठमाडौं । शुक्रबार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए। उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ।
बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे। उनले नेपालीहरूको सुख दुखमा एनआरएनए सधैँ सँगसँगै रहने वाचा पनि व्यक्त गरे। यसै गरी उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक, एक लाख जम्मा गर्ने पनि बैठकले निर्णय गरेको छ।
बुढीगंगा नगरपालिका ६ साफे, मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन्। स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी सुरु भएको समाचारहरूमा जनाइएको छ।
दमकल नभएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । फोन, कम्प्युटर वा अन्य डिजिटल उपकरण ह्याक हुन्छन् भन्ने त सुन्नु भएकै होला । के तपाईंलाई थाहा छ तपाईं-हामीले प्रयोग गर्ने सिम कार्ड पनि ह्याक हुन सक्छ । झट्ट सुन्दा अचम्म लाग्ला । तर, सिम कार्ड पनि ह्याक हुन सक्छ । सिम कार्ड ह्याक गरेर आक्रमणकारीले त्यसलाई विभिन्न तरिकाले दुरुपयोग गर्न सक्छन् । आज हामी ह्याकरले कसरी सिम कार्ड प्रयोग गरेर डिभाइसमा पहुँच बनाउँछन्, अनि आफ्नो सिम कार्डलाई कसरी सुरक्षित राख्ने भन्नेबारे चर्चा गर्दैछौं:
सिमज्याकर आक्रमण
सेप्टेम्बर २०१९ मा ‘एडप्टिभमोबाइल सेक्युरिटी’का सुरक्षा अनुसन्धानकर्ताले ‘सिमज्याकर’ नामक एउटा नयाँ सुरक्षा कमजोरी पत्ता लगाएका थिए । ती अनुसन्धानकर्ताका अनुसार यो जटिल आक्रमणले सिम कार्ड ह्याक (जसलाई सिम ज्याकिङ आक्रमण भनिन्छ) गर्छ । यसमा सबैभन्दा पहिले लक्षित डिभाइसमा एसएमएसमार्फत स्पाइवेयर जस्तो कोड पठाइन्छ
यो खराब कोडले सिमलाई लक्षित फोन कन्ट्रोलमा लिन निर्देशन दिन सक्छ । यदि प्रयोगकर्ताले उक्त एसएमएस खोलेमा ह्याकरले यो कोड प्रयोग गरेर उनीहरूको कल र मेसेजमा जासुसी गर्न सक्छन् । साथै यहीँबाट उनीहरूको लोकेसन समेत ट्र्याक हुन सक्छ । यस किसिमको आक्रमणमा ह्याकरले आफूलाई पीडितबाट राम्ररी लुकाउन सक्छ, जसले गर्दा ह्याकरलाई फोनको दुरुपयोग गर्न थप समय मिल्छ । त्यसैले पनि यसलाई गम्भीर सुरक्षा चिन्ताका रूपमा हेरिएको थियो ।
यो कमजोरीले ‘एस@टी ब्राउजर’ (S@T Browser) नामक सफ्टवेयरको प्रयोग गर्छ जुन धेरै मोबाइल अपरेटरले आफ्नो सिम कार्डमा प्रयोग गर्ने ‘सिम एप्लिकेसन टुलकिट’को एक हिस्सा हो । ‘सिमएलायन्स टुलबक्स ब्राउजर’ इन्टरनेट एक्सेस गर्ने एउटा माध्यम हो । वास्तवमा यो एक आधारभूत वेब ब्राउजर हो, जसले सेवा प्रदायकलाई ईमेल जस्ता वेब एप्लिकेसनसँग अन्तरक्रिया गर्न दिन्छ ।
तर, अहिले अधिकांश मानिस आफ्नो डिभाइसमा गुगल क्रोम, ब्रेभ वा मोजिला फायरफक्स जस्ता ब्राउजर प्रयोग गर्ने भएकाले ‘एस@टी ब्राउजर’ विरलै प्रयोग हुन्छ । तर यो सफ्टवेयर अझै पनि धेरै डिभाइसमा प्रि-इन्स्टल हुन्छ, जसले तिनीहरूलाई सिमज्याकर आक्रमणको जोखिममा पार्छ ।
अनुसन्धानकर्ताका अनुसार यो आक्रमण धेरै देशमा प्रयोग भइसकेको छ । उनीहरूले बताए अनुसार एस@टी प्रोटोकल ‘कम्तीमा ३० देशका मोबाइल अपरेटरले प्रयोग गर्छन्, जसको कुल जनसङ्ख्या एक अर्बभन्दा बढी छ,” र यो मुख्यतया मध्यपूर्व, एसिया, उत्तरी अफ्रिका र पूर्वी युरोपमा बढी प्रचलित छ ।
यस किसिमको सुरक्षा कमजोरी एउटा विशेष निजी कम्पनीले विकास र प्रयोग गरेको हुनसक्ने ती अनुसन्धानकर्ताको विश्वास छ । यसले विभिन्न देशका सरकारसँग मिलेर पत्रकार जस्ता निश्चित समूहको निगरानी गरिरहेको बताइएको छ ।
आईफोन, एन्ड्रोइड डिभाइस लगायत सबै प्रकारका फोन यसको जोखिममा छन् । सिमज्याकरले इम्बेडेड सिम कार्ड अर्थात् ई-सिममा पनि काम गर्छ ।
सिम कार्ड स्वापिङ
सिम कार्ड ह्याक गर्न प्रयोग हुने अर्को विधि हो ‘सिम स्वाप’ । ह्याकरको एक समूहले अगस्ट २०१९ मा ट्वीटरका संस्थापक तथा तत्कालीन सीईओ ज्याक डोर्सीको व्यक्तिगत ट्वीटर अकाउन्ट नियन्त्रणमा लिन यही प्रविधि प्रयोग गरेका थिए । यो घटनाले यस्ता आक्रमण कति विनाशकारी हुन सक्छन् भन्ने बारेमा चेतना जगाएको थियो । यो प्रविधिले प्राविधिक कमजोरीको सट्टा धोकाधडी र सोसल इन्जिनियरिङ प्रयोग गर्छ
सिम कार्ड स्वापमार्फत सिम ह्याक गर्न ह्याकरले सबैभन्दा पहिले तपाईंको मोबाइल सेवा प्रदायकलाई कल गर्छ । उनीहरू तपाईं नै भएको बहाना गरेर सिम कार्ड रिप्लेस गर्नुपर्ने गुनासो गर्छन् । नयाँ डिभाइसमा अपग्रेड गर्न चाहेको र त्यसैका लागि नयाँ सिम चाहिएको भन्दै सेवा प्रदायकलाई विश्वस्त बनाउँछन् । यदि उनीहरू सफल भए भने फोन प्रदायकले उनीहरूलाई सिम पठाइदिन्छ ।
त्यसपछि उनीहरूले तपाईंको फोन नम्बर चोरेर त्यसलाई आफ्नै डिभाइसमा लिङ्क गर्न सक्छन् । यो सबै तपाईंको सिम कार्ड ननिकालिकनै हुन्छ । यसका दुई असर हुन्छन् । पहिलो तपाईंको वास्तविक सिम कार्ड इनएक्टिभ हुन्छ र काम गर्न बन्द गर्छ । र दोस्रो ह्याकरले अब तपाईंको फोन नम्बरमा आउने कल, मेसेज र टु-फ्याक्टर अथेन्टिकेसन (two-factor authentication) का पहुँच पाउँछ । यसको अर्थ उनीहरूसँग तपाईंको अकाउन्टमा लगइन गर्न पर्याप्त जानकारी हुन सक्छ । र तपाईंलाई ती अकाउन्टबाट बाहिर लगइन गर्न नसक्ने बनाउन सक्छन् ।
सिम कार्ड स्वापिङबाट जोगिन गाह्रो छ । किनभने यसमा सोसल इन्जिनियरिङ विधि प्रयोग हुन्छ । ह्याकरले ग्राहक सेवा प्रतिनिधिलाई आफू तपाईं नै भएको विश्वास दिलाउनु पर्छ । एकपटक उसले तपाईंको सिम पाएपछि तपाईंको फोन नम्बर उनीहरूको नियन्त्रणमा हुन्छ । र, धेरै ढिलो नभएसम्म तपाईंलाई आफू निशानामा परेको थाहा नहुन सक्छ ।
सिम क्लोनिङ
सिम स्वापिङ र सिम क्लोनिङ एउटै हुन् भन्ने कतिपयको मान्यता छ । तर, सिम क्लोनिङ बढी प्राविधिक हुन्छ । नेपालमा यो विधि सबैभन्दा बढी प्रयोग हुनेमा पर्छ । ठ्याक्कै सिम क्लोनको प्राविधिक अर्थमा जाने हो भने नेपालमा अत्यधिक प्रयोग हुने विधि मेल नखान सक्छ । तर, शाब्दिक अर्थमा भने त्यही हो । सिम क्लोन अर्थात् त्यही सिमको डुप्लिकेट सिम बनाउने ।
अब नेपालमा ‘सिम-क्लोनिङ’ कसरी कसरी हुन्छ भन्नेबारे चर्चा गरौं । यसका थुप्रै तरिका छन् । त्यसमध्येका विशेष प्रकारको चर्चा यहाँ गरिएको छ । सबैभन्दा पहिले आक्रमणकारीले तपाईंको फोनमा भौतिक पहुँच पाउँछ । त्यो फोन कतै फेला पारेको पनि हुन सक्छ वा चोरेको पनि हुन सक्छ । त्यसपछि फोनमा भएको लक तोड्छ । वा तोड्न सकेन भने सिम निकालेर अर्को फोनमा प्रयोग गर्छ । र, सिमलाई तपाईंका अनलाइन अकाउन्ट र बैंक तथा वालेट अकाउन्टमा एक्सेस पाउन प्रयोग गर्छ । यो सिम क्लोन त होइन, तर सिममा पहुँच पाउने एउटा विधि भने हो ।
अर्को तपाईंको वास्तविक नागरिकता वा त्यसको फोटोकपी पाएको छ भने पनि तपाईंको सिम क्लोन गरिदिन सक्छ । टेलिकम कम्पनीले सिम वितरणमा कडाइ गरेपछि पछिल्लो समय यस पक्रारका घटना कम हुँदै गएका छन् । यद्यपि स्क्यामरले सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई विभिन्न तरिका अपनाएर झुक्याइदिन सक्छन् । यसका लागि नागरिकता र फोटो सङ्कलन गरिसकेपछि स्क्यामर सिम प्रदायक संस्थाको कार्यालयमा जान्छ । र, तपाईं भएको भान पार्छ । त्यसपछि सिम हराएको भन्दै तपाईंले प्रयोग गरिरहनु भएको नम्बरको अर्को सिम निकाल्छ । यता अर्को सिम निस्किनासाथ वास्तविक सिम निस्क्रिय हुन्छ । उनीहरू सार्वजनिक बिदाको समय पारेर यस्तो काम गर्छन् । उता पीडितले थाहा पाउनेबेलासम्म बैंक अकाउन्ट रित्तिनुका साथै अनलाइन अकाउन्टहरू ह्याक भइसक्छन् ।
सिम क्लोन गर्ने अर्को डिजिटल तरिका पनि छ । यसका लागि ह्याकरले पहिले तपाईंको स्मार्टफोनबाट सिम निकाल्नुपर्छ । अर्थात् यो किसिमको आक्रमण पूर्ण रूपमा टाढाबाट गर्न सकिँदैन ।
ह्याकरले स्मार्ट कार्डको कपी गरिदिने सफ्टवेयरको मद्दतले सिम क्लोन गर्छन्, जसले तपाईंको सिम कार्डमा रहेको युनिक आइडेन्टिफायर नम्बरलाई उनीहरूको खाली सिम कार्डमा कपी गर्छ ।
त्यसपछि ह्याकरले नयाँ कपी गरिएको सिम कार्ड आफ्नो स्मार्टफोनमा हाल्छ । यो प्रक्रिया पूरा भएपछि तपाईंको युनिक सिम कार्डको पहिचान चोरी भएको मान्न सकिन्छ । अब ह्याकरले तपाईंको फोनमा पठाइएका सबै सञ्चारमा जासुसी गर्न सक्छ । यसको अर्थ उनीहरूसँग तपाईंको टु-फ्याक्टर अथेन्टिकेसन कोडमा पनि एक्सेस हुन्छ । यसले गर्दा उनीहरूलाई तपाईंको सामाजिक सञ्जाल अकाउन्ट, ईमेल एड्रेस, कार्ड र बैंक अकाउन्ट र अन्य धेरै अकाउन्ट ह्याक गर्न सघाउँछ ।
ह्याकरले तपाईंको चोरी भएको सिम कार्ड पहिचान प्रयोग गरेर त्यस्ता घोटाला पनि गर्न सक्छन्, जहाँ एक युनिक फोन नम्बर आवश्यक पर्न सक्छ । छोटकरीमा सिम स्वापिङले तपाईं विरुद्ध धेरै आक्रमण निम्त्याउन सक्छ, जसले यसलाई अत्यधिक खतरनाक बनाउँछ ।
आफ्नो सिम कार्ड कसरी सुरक्षित राख्ने ?
आफ्नो सिम कार्डलाई यस्ता आक्रमणबाट जोगाउन चाहनुहुन्छ भने केही समाधानका तरिका अपनाउन सक्नुहुन्छ:
सोसल इन्जिनियरिङ आक्रमणबाट बच्नुहोस्
सिम कार्ड स्वापबाट बच्नका लागि ह्याकरलाई तपाईंको बारेमा जानकारी पाउन गाह्रो बनाउनुहोस् । सकेसम्म अनलाइनमा आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरण फेला पार्न सकिने जानकारी नराख्नुहोस् । यस्ता जानकारी पाएको खण्डमा स्क्यामरले ग्राहक सेवा प्रतिनिधिलाई उनीहरू तपाईं नै भएको विश्वास दिलाउन सक्छन् ।
आफ्नो फेसबुक प्रोफाइललाई ‘फ्रेन्ड्स-ओन्ली’ मा सेट गरेर र अन्य साइटमा शेयर गर्ने सार्वजनिक जानकारी सीमित गरेर यो जानकारीलाई सुरक्षित गर्नुहोस् । सामाजिक सञ्जालमा अनावश्यक वा अपरिचित व्यक्ति एड नगर्नुहोस् ।
साथै तपाईंले अब प्रयोग नगर्ने पुराना अकाउन्ट डिलिट गर्नुहोस् । पुराना अकाउन्टमा भएका जानकारी नै ह्याकरका लागि तपाईंको विवरण फेला पार्ने उत्तम तरिका हुन सक्छ । सिम कार्ड स्वापबाट बच्ने अर्को तरिका फिशिङबाट सतर्क रहनु हो । ह्याकरहरूले तपाईंको सिमको प्रतिलिपि बनाउन पछि प्रयोग गर्न सक्ने जानकारी ‘फिशिङ’मार्फत निकाल्ने प्रयास गर्न सक्छन् । शंकास्पद ईमेल वा लगइन पेजबाट सतर्क रहनुहोस् । साथै तपाईंले प्रयोग गर्ने कुनै पनि अकाउन्टको लगइन विवरण कहाँ हाल्दै हुनुहुन्छ भन्नेमा सावधान रहनुहोस् । सुरक्षित रहन फिशिङ आक्रमण कसरी चिन्ने भनेर जान्नुहोस् ।
तपाईंले कुन प्रकारको टु-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहुन्छ भन्ने विचार गर्नुहोस् । केही टु-फ्याक्टर अथेन्टिकेसन सेवाले तपाईंको डिभाइसमा अथेन्टिकेसन कोडसहितको एसएमएस मेसेज पठाउँछन् । यसको अर्थ यदि तपाईंको सिम कसको पहुँचमा भयो भने टु-फ्याक्टर अथेन्टिकेसन अन भएको अकाउन्ट पनि कब्जा गर्न सक्छ । यसको सट्टा गुगल अथेन्टिकेटर (Google Authenticator) जस्ता अन्य अथेन्टिकेसन विधि प्रयोग गर्नुहोस् । यसरी, अथेन्टिकेसन तपाईंको फोन नम्बरमा नभई तपाईंको डिभाइसमा जान्छ । यसले यसलाई सिम कार्ड स्वाप भयो भने पनि तपाईंका केही अकाउन्ट ह्याक हुनबाट जोगिन सक्छन् ।
सिम कार्ड लक सेट गर्नुहोस्
सिम आक्रमणबाट बच्न तपाईंले आफ्नो सिम कार्डमा पनि केही सुरक्षा उपायहरू सेटअप गर्नुपर्छ । तपाईंले लागु गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण सुरक्षा उपाय भनेको पिन कोड (PIN code) थप्नु हो । यसरी यदि कसैले तपाईंको सिम कार्डमा परिमार्जन गर्न चाह्यो भने उसलाई पिन कोड चाहिन्छ ।
सिम कार्ड लक सेटअप गर्नु अघि तपाईंलाई आफ्नो नेटवर्क प्रदायकले दिएको पिन थाहा छ भनी सुनिश्चित गर्नुहोस् ।
एन्ड्रोइड डिभाइसमा Settings > Biometrics and security > Other security settings > Set up SIM card lock मा जानुहोस् । त्यसपछि Lock SIM card को लागि स्लाइडर इनेबल गर्नुहोस् ।
आईफोन वा आईप्याडमा: Settings > Mobile Data > SIM PIN मा जानुहोस् । त्यसपछि पुष्टि गर्न आफ्नो हालको पिन राख्नुहोस् र सिम लक सक्रिय हुनेछ ।
बलियो पासवर्ड र सुरक्षा प्रश्नहरू प्रयोग गर्नुहोस्
सधैँ जस्तै तपाईंले बलियो र हरेक अकाउन्टका लागि फरक-फरक पासवर्ड प्रयोग गर्नुपर्छ । पुराना पासवर्ड पुनः प्रयोग नगर्नुहोला वा धेरै अकाउन्टमा एउटै पासवर्ड प्रयोग नगर्नुहोस् । पासवर्ड जेनेरेटरले अनियमित रूपमा बलियो पासवर्ड तयार पार्ने भएकाले अनलाइन अकाउन्टको सुरक्षाका लागि ‘पासवर्ड जेनेरेटर’बाट प्राप्त पासवर्ड प्रयोग गर्न सक्नुहुन्छ ।
साथै पासवर्ड रिकभरी प्रश्नको जवाफ सार्वजनिक रूपमा उपलब्ध नभएको सुनिश्चित गर्नुहोस् । जस्तो तपाईंको आमाको पहिलो नाम, तपाईंको बुबाको नाम जस्ता प्रश्न रिकभरी प्रश्नका रूपमा छनोट नगर्नुहोस् । तपाईंको मनपर्ने किताब वा पहिलो पाल्तु जनावर जस्ता, तपाईंको लागि बढी व्यक्तिगत वा निजी शब्द प्रयोग गर्नु उत्तम हुन्छ ।
आफ्नो डिभाइसलाई सिम आक्रमणबाट जोगाउनुहोस्
मोबाइल डिभाइसमा हुने आक्रमण दिनप्रतिदिन परिष्कृत हुँदै गइरहेका छन् । यस्ता आक्रमण विरुद्ध ‘आफ्नो व्यक्तिगत जानकारीलाई गोप्य राख्ने’ र ‘सिम कार्ड लक सेटअप गर्ने’ जस्ता विधि अपनाएर लड्न सक्नुहुन्छ । हुन त हामीले प्रयोग गर्ने फोन पहिलेभन्दा बढी सुरक्षित हुँदै गइरहेका छन् र तपाईंले आफ्नो फोन ह्याक भएको छ कि छैन भनेर सधैँ जाँच्न सक्नुहुन्छ । खराब गतिविधिबाट आफूलाई राम्रोसँग जोगाउन सक्नुभयो भयो तपाईंको सिम वा डिभाइस ह्याक हुने जोखिम निकै कम हुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ ७:५४
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी – रूसले युक्रेनमाथि गरेको जवाफी कारवाहीमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किएभमा गएराती गरेको आक्रमणमा परी अन्य ८० जना भन्दा बढि घाइते भएका छन् । रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ । युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेल मार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ ।
पश्चिमी युक्रेनको लुत्स्क शहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमणहरू भएका छन् । धेरै निजी घरहरू र शैक्षिक संस्थाहरू क्षतिग्रस्त भएको सहरका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राम मार्फत जानकारी गराएका छन् ।
यसैबीच, पश्चिमी तुला क्षेत्रमा रुसमा भएको युक्रेनी हमलामा तिन जना घाइते भएका छन् । रुसी हवाई रक्षा बलले मस्कोलाई लक्षित गरेको ड्रोनलाई गोली हानेर खसालेको किएभका नगरप्रमुखले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
हेटौंडा। हेटौंडा उपमहानगरपालिका र संघिय सरकारको सहलगानीमा हेटौंडामा २० करोड रुपियाँ भन्दा बढिको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ।
उपमहानगरापलिकाको ९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार-रातोमाटे सहलगानी खानेपानी योजना अन्तरगत ठुलो लगानीको काम हुने भएको हो। शुक्रबार हेटाैंडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्ष बिच त्रिपक्षीय सहमती पत्रमा हस्ताक्षर भएको छ।
हेटौंडा उपमहानगरपालिका खानेपानी बोर्डले तयार पारेको ८२ करोडको वाताबरणीय प्रभाब मुल्याङकन अन्तरगत रहेर संघिय सरकारले हेटौंडा उपमहानगरपालिका लक्षित गर्दै खोलेको ठेक्कामा अनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपियाँमा २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ।
उपमहानगरपालिका कार्यालयमा भएको सम्झौता पत्रमा नगर प्रमुख मीनाकुमारी लामा, संघिय खानेपानी योजना प्रमुख पुर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्ट र निर्माण पक्ष जयमाता सुप्रीम जेभीका कृष्णहरी चौलागाईले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार उपमहानगरको ३० र संघिय योजनाको ७० प्रतिशत लगानी रहने छ।
२० करोड ५६ लाखको लगानीमा हेटौंडा-९ को बेदखोल्सिमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरीने छ भने हेटौंडा-१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ। योजना अनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानिलाई ३ करोड रुपियाँ खर्चेर यहि योजनामा समाबेस गर्ने बताइएको छ।
योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाडै खानेपानीको व्यवस्थापन मिलाउने कामम लाग्न निर्माण पक्षलाई सुझाब दिइन्। योजना निर्माण हुने क्षेत्र मध्य दुई वटा वडा १४ र १५ पछि उपमहानगरापालिकामा समाबेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुबिधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न निर्देशन दिइन्।
सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, योजनाका इन्जिनियर प्रदिप यादब, लेखा अधिकृत कपिल अर्याल, प्रबिधिक अजित चौलागाई, बोर्डका लेखा प्रमुख सञ्जय न्यौंपाने लगाएको अन्य प्रतिनिधीको उपस्थिति थियो।
सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/665187/
काठमाडौँ । शनिबार बिहानैदेखि नागरिक एप डाउन भएको पाइएको छ । एप नचलेपछि सेवाग्राहीहरू मर्कामा परेका छन् ।
एप खोल्दा होमपेजमा ‘केही समस्या आएको छ । कृपया फेरि प्रयास गर्नुहोस्’ भन्ने सन्देश देखिन्छ । एपमा लिंक गरिएका कागजातहरू नखुल्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।
विशेषगरी एपमा रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउनुपर्ने सेवाग्राही प्रभावित भएका छन् । आवश्यक समयमा लाइसेन्स देखाउन नपाउँदा समस्या भएको उनीहरूको गुनासो छ ।
यो समस्या आईओएस, एन्ड्रोइड र वेब एप तीनै प्लेटफर्ममा देखिएको छ । वेबमार्फत लगइन गर्दा ‘नेटवर्क कनेक्सन एरर’ भन्ने सन्देश देखिने गरेको छ । समस्या के कारणले आएको हो भन्ने स्पष्ट भइसकेको छैन । नागरिक एपको प्राविधिक टोलीसँग सम्पर्क प्रयास जारी छ ।
यसअघि, गत वैशाखमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको विद्युत् आपूर्ति प्रणालीमा खराबी आउँदा पनि यस्तै समस्या देखिएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ ७:१५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ ।
मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ । बालबालिकाको परिचय प्रहरी सार्वजनिक गरेको छैन ।
घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए । चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ । घटनास्थलमा एक हतियार पनि फेला परेको छ । प्रहरीले उक्त मृत्युलाई हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ । उनीहरू चारै जना नेपाली हुन् ।
छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए । मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४ रुपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ०९ पैसा र विक्रीदर ३५६ रुपैयाँ ६४ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
सामाग्री श्रोत :
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका–१ बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने पाल्पा माथागढी गाउँपालिका–४ घर भएका ३४ वर्षीय मोहन पोखरेल रहेका छन्।
पक्राउ मध्ये प्रमिलाले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ३२ लाख ३५ हजार रूपैयाँ र मोहनले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रमिलालाई काठमाडौं नागार्जुन नगरपालिका–३ हलचोकबाट र दिनेशलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
सामाग्री श्रोत :
गण्डकी। गण्डकी प्रदेश सरकारद्वारा गठित प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष अध्ययन प्रतिवेदन पेस गरेको छ। समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको उक्त प्रतिवेदन मन्त्री र सचिवहरूको उपस्थितिमा मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा समितिका संयोजक पौडेलले कुनै पनि दबाब, आग्रह–पूर्वाग्रहबिना प्रदेश सरकारका एक सय ७४ वटा संगठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार पारिएको बताए। ‘यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना संरचनालाई चुस्त राख्न र कामकारबाहीलाई प्रभावकारी बनाउन मद्दत पुग्नेछ’, उनले भने। समितिले आफ्नो कार्यजिम्मेवारीभित्र रहेर सुझावसहित प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझेपछि मुख्यमन्त्री पाण्डेले सरकारले त्यसलाई अध्ययन गरेर लागु गर्ने बताए। ‘यो देखाउन वा थन्क्याउन बनाइएको होइन, प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्न औँल्याइएका विषय लागू हुन्छ, अन्य विषय क्रमशः सरकारले लागु गर्दै जानेछ’, मुख्यमन्त्री पाण्डेले भने। संघीयता लागू गर्दा उत्साहका साथ धेरै संरचना खडा गरिएको तर अहिले ती संरचनाका कारण प्रदेशमाथि पनि प्रश्न उठ्न थालेकाले प्रशासनिक पुनरावलोकन जरूरी परेको उनको भनाइ थियो।
प्रशासनिक खर्च धेरै हुँदा प्रदेशको विकास खर्च बर्सेनि घटेको, आम्दानीको स्रोत बढाउन कानुनी अड्चन झेल्नुपरेकाले खर्च कटौतीका लागि पुर्नसंरचना आवश्यक भएको मुख्यमन्त्री पाण्डेले बताए। प्रदेश सरकारले गत चैतमा पूर्वसचिव पौडेलको संयोजकत्वमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र सहसचिव अच्युत लामिछाने सदस्य रहेको अध्ययन तथा सुझाव समिति बनाएको थियो।
सामाग्री श्रोत :
मुख्यमन्त्रीसमक्ष प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन पेस
काठमाडौं। माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्।
शुक्रबार तेस्रो सम्मेलनबाट अध्यक्षमा ओली सर्वसम्मत बनेका हुन्। ओली निवर्तमान समितिका उपमहासचिव थिए। त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन्।
आइतबारदेखि सुरु भएको सम्मेलनमा सर्वसम्मत सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो।
सामाग्री श्रोत :