
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ।
नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तक्र्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिए।
उनले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार उपलब्ध गराउने र उक्त रकम १६ वर्ष पुगेपछि साँवा ब्याजसहित प्राप्त हुने व्यवस्था मिलाइएको बताए। त्यसैगरी मृत्युपछि काजक्रिया र अन्तिम संस्कारका लागि रु १० हजार उपलब्ध गराउने जनाएको छ।
नगरप्रमुख महर्जनले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने मासिक रु दुई हजार दिने व्यवस्था गरिएको जानकारी दिए। उनले आफूसहित सिङ्गो कार्यपालिका निर्वाचित भएको तीन वर्षमा तारकेश्वरभित्रका सबै घरमा धारा पुर्याउने काम गरिरहेको बताए।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताको थालनी, आँखाका बिरामीका लागि तिलगङ्गा आँखा केन्द्र स्थापना, डायलासिस सेवाको शुभारम्भ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नगरभित्रका सडक कालोपत्रेलगायत गर्दै आएको छ।
नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरभित्र रोजगारी सिर्जना गर्न नगरपालिकाले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको जानकारी दिए। उनले आफूहरु निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए।
सामाग्री श्रोत :
काठमाडौँ । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।
कम्पनीका अनुसार यस ह्याकाथनको लागि ४०० बढी टोलीले आवेदन दिएका थिए, जसमध्ये १३ उत्कृष्ट टोली छनौटमा परेका हुन् । यसरी छानिएका टोलीहरूले प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नविन पहलहरू प्रस्तुत गरेका थिए ।
थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको टिम ‘ईकोलुप’ ले ‘ट्रयास डिजिटाइज’ शीर्षकअन्तर्गतको आफ्नो नविन सोलुसन्स प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्रयाक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका थिए । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र बिपिन कुमार मरासिनी रहेका छन् ।
त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीहरूको ‘फुलस्ट्याक जिरोवेस्ट’ टिमले ‘ल्यान्डफिल टु सर्कुलेटरी’ शीर्षक अन्तर्गत फोहोर व्यवस्थापनमा आफ्नो समाधान प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल रहेका थिए ।
यस्तै तेस्रो स्थान काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम ‘सोर्स कोड’ ले प्राप्त गरेको छ । यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरुले ‘वेस्ट विथआउट स्मोक’ शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्रयाक गर्न सहयोग पुऱ्याउने बताइएको छ ।
विजेता टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) बाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्ने बताइएको छ । साथै खालिसीसी, बुढानीलकण्ठ नगरपालिका र सीएनआईवाईइएफको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १९:२१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद बैठक दुई दिनपछि सारिएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले मंगलबारसम्ममा सहमति खोज्न प्रयास गर्ने प्रस्ताव प्रतिपक्षीले राखेपछि संसद बैठक दुई दिनपछि सारिएको बताएका हुन् ।
उनले सत्तापक्ष अधिक लचकताका साथ प्रतिपक्षीसँग सम्वादमा बसेको धारणा राखे । प्रतिपक्षीले हौसिएर भिजिट भिसा प्रकरण निकालेर सदन अवरुद्ध पारेको भन्दै उनले अब सदनको अवरोध हटाउने जिम्मेवारी पनि प्रतिपक्षीकै रहेको बताए ।
बर्तौलाले प्रतिपक्षी दलसंग सहमतिको कुनै ड्राफ्टमा छलफल नभएको स्पष्ट पारे । उनले संवैधनिक आयोगले अनुसन्धान गरिरहेको बिषयमा त्यसको निष्कर्ष नआइ अन्य कुनै आयोग वा समिति बनाएर छानविन गठन गर्नु उपयुक्त नहुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन्।
बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए।
यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ। यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ।
पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको यस पटकको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा सात सय ७७ जनशक्ति थपिने छ। ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिनेछ। संघीय राजधानी काठमाडौंकै कान्ति बाल अस्पतालमा ७८ जनशक्ति थप्ने गरी प्रतिवेदन तयार पारिएको छ।
देशको संघीय परोपकार प्रसूति अस्पतालमा एक सय ७३ जनशक्ति थप हुनेछन्।
यसैगरी, शुक्रराज ट्रक्रिकल तथा सरुवा रोग अस्पतालमा तीन सय १७ स्वास्थ्य जनशक्ति थपिनेछन्।
कोशी अस्पतालमा एक सय ७२, नारायणी अस्पतालमा तीन सय १८ तथा भेरी अस्पतालमा एक सय ७९ जनशक्ति थप हुनेछन्।
गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा एक सय ४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले चार सय ६५ जनशक्ति पाउनेछ।
डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरुमा चाप अत्यधिक भए पनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा दिन भइरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे।
सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु, उनले भने, सम्बद्ध मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ।
मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रुपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे।
मन्त्री पौडेलले अधिकतम स्वास्थ्य प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्ने गरी संरचना गर्न भने पछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य जनशक्ति थप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ।
यसले विभिन्न अस्पतालहरुमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ।
२०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन। यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
भद्रपुर (झापा)। भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ।
संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय गरेको थियो।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लास्थित सबै स्थानीय तहहरूलाई सतर्कता अपनाउन र आवश्यक तयारी गर्न परिपत्र गरिएको जानकारी दिए। उनले भने, ‘क्वारेन्टाइन व्यवस्थापन, जनचेतना कार्यक्रम सञ्चालन गर्न र अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।’
प्रमुख बाराकोटीले संक्रमणको सम्भावित जोखमलाई ध्यानमा राख्दै भारतलगायत कोभिड-१९ को प्रकोप देखिएका क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई नाकामा स्वास्थ्यकर्मीद्वारा जाँच गरिने जानकारी दिए। उच्च जोखिममा रहेकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको उनले बताए।
स्वास्थ्य कार्यालय संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाडमा नजानेलगायत सावधानीका उपाय अपनाउन सबैलाई आग्रह गरेको छ।
सामाग्री श्रोत :
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमानाकामा कडाइ
काठमाडौँ । ह्वावेले यही जुन ११ मा आफ्नो नयाँ स्मार्टफोन ‘प्रिमियम पुरा ८०’ सार्वजनिक गर्दैछ ।
पुरा ८० मा पहिलाका मोडलहरूमा देखिएको त्रिकोण आकारको क्यामेरा बम्प रहनेछ भने क्यामेरा, सेन्सर र लेन्समा उल्लेखनीय सुधार हुने बताइएको छ । मार्चमा सार्वजनिक गरिएको फोल्डेबल पुरा एक्स स्मार्टफोन जस्तै, पुरा ८० सिरिज पनि ह्वावेको नयाँ अपरेटिङ सिस्टम हार्मोनी ओएस नेक्स्टमा चल्नेछ । गुगलले एन्ड्रोइडको सेवामा प्रतिबन्ध लगाएपछि ह्वावे झन् बलियो हुँदै गइरहेको छ । यसैको एउटा परिणाम हो हार्मोनी ओएस ।
कम्पनीले चिनियाँ सामाजिक सञ्जाल विबो ‘Weibo’ मार्फत यस सिरिज अन्तर्गतका केही मोडेलहरूको फिचरहरू सार्वजनिक गरेको छ ।
पुरा ८० सिरिजमा चार मोडेल रहनेछन्; स्ट्यान्डर्ड, प्रो, प्रो प्लस र अल्ट्रा । यी सबै मोडेलहरूमा ह्वावेको किरिन ९०२० चिपसेट प्रयोग गरिने बताइएको छ भने फोन हार्मोनी ओएस ५ मा चल्नेछ । हार्मोनी ओएस ५ पहिलेको संस्करणहरूभन्दा फरक रूपमा एन्ड्रोइड ओपन सोर्स परियोजनामा आधारित नभई पूर्ण रुपमा ह्वावेको आन्तरिक प्रणालीमा आधारित हुनेछ ।
अहिलेसम्म बाहिरिएको जानकारी अनुसार फोटोग्राफीतर्फ पुरा ८० अल्ट्रामा ५० मेगापिक्सेल डुअल-पेरिस्कोप टेलिफोटो लेन्स, १ इन्चको स्मार्टसेन्स सेन्सर, र २ मेगापिक्सेल कलर टेम्प्रेचर सेन्सर रहने अनुमान गरिएको छ । यसले विशेषगरी लो-लाइट र जुम गरेर खिचिएका तस्विरहरू उच्च गुणस्तरको दिने बताइएको छ ।
यस्तै, स्ट्यान्डर्ड पुरा ८० मा अघिल्लो मोडेलजस्तै क्यामेरा सेटअप रहने भए पनि, नयाँ एआई प्रविधिको सहायताले फोटोको गुणस्तरमा सुधार आउने बताइएको छ ।
यो सिरिजलाई ह्वावेको अमेरिकी प्रतिबन्धबीच पनि स्मार्टफोन बजारमा पुनः मजबुत उपस्थिति जनाउने रणनीतिक कदमको रूपमा हेरिएको छ । उत्कृष्ट क्यामेरा र प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि पुरा ८० सिरिज आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १८:४०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– यातायात व्यवसायीहरुले एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा भएको छलफलका क्रममा यातायात व्यवसायीहरुले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्नुको सट्टा एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्।
छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकीका मुख्यमन्त्रीको अभिव्यक्तिले सार्वजनिक यातायात क्षेत्रलाई पुन आन्दोलन गर्ने अवस्था सिर्जना गर्न खोजेको बताए। उनले हालै सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयतर्फ ध्यान दिन सुझाव दिए। सिटौलाले रोजगारीका नाममा राइड सेयरिङलाई प्रश्रय दिएर लाखौको संख्याका मजदुरलाई समस्या पर्ने काम गर्न नहुने उल्लेख गरे। उहाले राइड सेयरिङका नाममा उपत्यकालाई अस्तव्यस्त बनाइएको आरोप लगाए।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राज्यको कानुन अनुसार ट्राफिक प्रहरीले काम गर्ने बताए। उनले प्राविधिक तवरले सडक व्यवस्थापनमा ध्यान दिने, ट्राफिक प्रहरीको कामकारवाहीलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाए। अधिकारीले सार्वजनिक यातायात व्यवसायीहरुले पनि आफ्नो सेवालाई जनमैत्री र विश्वसनिय बनाउनसक्नुपर्ने बताए।
उनले २० बर्ष पुराना सार्वजनिक सवारी साधानको व्यवस्थापनका बिषयमा कानूनअनुसार अघि बढ्ने स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका हुन्।
सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ।
रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नु पुर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए।
यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए।
कूल ७० दशमलव ९७ किलोमिटर दूरीको दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना २०७४ मा सुरु भएको हो। आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सामाग्री श्रोत :
काठमाडौं-तराई मधेस द्रुतमार्ग हेर्न प्रधानमन्त्री खोकना जाने
काठमाडौँ । उषा पौडेल (नाम परिवर्तन) र प्रकाश अधिकारीबिच करिब ४ वर्षअघि चिनजान भएको थियो । घर एउटै स्थानमा भएकाले देखभेट भइरहने । विस्तारै उनीहरूबिच प्रेम सम्बन्ध सुरु भयो । प्रेम सम्बन्धमा रहँदा सामाजिक सञ्जालमार्फत भिडिओ कलमा कुराकानी हुन थाल्यो ।
त्यस क्रममा एक अर्कालाई आफ्ना गोप्य अङ्गहरू देखाउने गर्थे । उषाले पठाएका गोप्य अङ्गका तस्विर र भिडिओ प्रकाशले आफ्नो मोबाइलमा सेभ गरी राख्थे । सबै कुरा सामान्य रूपमा चलिरहेको थियो । तर एक्कासि उषाले घरमा अर्कै पुरुषसँग आफ्नो विवाहको कुरा आएको सुनाइन् । यससँगै दुवै जनाबिच खटपट सुरु भयो । बयानका क्रममा प्रकाशले भनेका छन्, “उनले ‘म अन्य पुरुषसँग विवाह गर्न सक्दिनँ । हामी यहाँबाट भागेर अन्तै जाऔँ । तपाईँ पोखरामा बस्ने बन्दोबस्त मिलाउनु होस्, यताको सबै व्यवहार मिलाएर घरबाट भागेर हामी पोखरामै बसौँला’ भनेकी थिइन् । त्यसै अनुरूप मैँले अनलाइनमार्फत पोखरामा डेरा खोजी जागिर समेत फिक्स गरेको थिएँ ।”
तर, उषाले बहाना बनाएर झुक्याउँदै आलटाल गरी २०८२ वैशाख २३ गते अर्कै पुरुषसँग विवाह गरेको प्रकाशको दाबी छ। यस घटनाले आफूलाई पीडा भएको र रिसको आवेगमा पीडितको गोप्य अङ्गका तस्विर/भिडियोहरू सार्वजनिक गरी दिने धम्की दिएको प्रकाशले स्वीकार गरेका छन् ।
उता प्रकाशसँग छुटकारा पाउन उषाले प्रकाशलाई सामाजिक सञ्जालहरूबाट ब्लक गरी दिइन् । प्रकाश भने यत्तिकै रोकिने वाला थिएनन् । विवाह भएको एक हप्ता पनि बितेको थिएन । प्रकाशले उषाको नाता पर्ने भिनाजुलाई पनि मेसेन्जरमार्फत ती नग्न फोटो र भिडिओ पठाइ दिए । त्यो कुरा ती भिनाजुमार्फत थाहा पाइन् । त्यसपछि भने प्रकाशबाट छुटकारा पाउन साइबर ब्युरोमा पुगिन् । उनको उजुरी परेपछि १ जेठ २०८२ मा ब्युरोले प्रकाशलाई नियन्त्रणमा लियो ।
प्राविधिक प्रहरी प्रतिवेदन अनुसार बरामद भएको मोबाइल सेटको जाँच गर्दा प्रकाशको फेसबुक प्रोफाइल लगइन अवस्थामा रहेको र उषाका नग्न तथा अश्लील फोटो र भिडिओहरू फेला परेका छन् ।
यस घटनामा प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले विद्युतीय कारोबार ऐनबमोजिम अभियोग पत्र दायर गरेको छ । अदालतमा दायर भएको अभियोग पत्र अनुसार, टोखा नगरपालिका-१ झोरका २९ वर्षीय प्रकाश अधिकारीमाथि उक्त मुद्दा चलाइएको हो ।
अभियोग पत्रमा प्रकाशले उषालाई मानसिक दुःख हानी पुर्याई, समाजमा उनको बदनाम बेइज्जत गरी चरित्र हत्या गरेको र सो कार्य विद्युतीय कारोबार ऐनबमोजिमको कसुर भएको पुष्टि भएको उल्लेख छ । यस कसुरमा अभियुक्त प्रकाशलाई ऐनबमोजिम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय र मोबाइल सेट जफत गर्न माग गरिएको छ । साथै, पीडितलाई भएको मानसिक क्षतिपूर्तिका लागि पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क समेत भराई पाउन माग दाबी गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १७:३२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो।तर उक्त समयमा बैठक बस्न सकेन।
संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो।
प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षीले बैठक अवरुद्ध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ