२०८२ भाद्र २६ बिहीबार
२०८२ भाद्र २६ बिहीबार

काठमाडौं- औषधिको मूल्यमा सुझाव दिन गठित समितिले सरोकारवालाहरुलाई बाइपास गर्दै एक्लौटी रुपमा प्रतिवेदन बनाएको भन्दै यस क्षेत्रका उद्योगी र व्यवसायीले विरोध गरेका छन्।

समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाउनु अघि नै समितिका सदस्य समेत रहेका औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले प्रतिवेदनमा सरोकारवालाहरुको विषय नपरेको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए।

सोरकावालाका तर्फबाट नोट अफ डिसेन्ट लेख्दै थप छलफल गरेर प्रतिवेदन तयार पार्न राखिएको प्रस्तावलाई वेवास्ता गर्दै समितिले मन्त्री समक्ष प्रतिवेदन बुझाएपछि उद्योगी व्यवसायीहरुले सामुहिक रुपमा यसको विरोध गरेका छन्।

स्वास्थ्य मन्त्री पौडेललाई असहमतिका बाबजुत पनि प्रतिवेदन बुझाउने तयारी गरेपछि औषधि व्यवस्था विभागमा औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीहरुले विरोध जनाएका थिए। नेपाल औषधि उत्पादक संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायिक संघ, नेपाल औषधि आयातकर्ता संघ लगायतले संयुक्त आन्दोलनमा जाने सहमति समेत गरेको छ्न्।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा रहेको बताएकी छन्।

मंगलबार काठमाडौंमा आयोजित योग प्रशिक्षण कार्यक्रममा बोल्दै उनले केही कार्यालयहरु विगत केही वर्षदेखि कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अहिलेपनि केही कार्यालयमा त्यही अवस्था देखिएको बताएकी हुन्।

उनले भनिन्, ‘सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले पनि अलिकति जोखिम अवस्थामा नै छ। हाम्रा केही कार्यालयहरु विगत केही वर्षदेखि हरेक हिसाबले कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुग्यो। अहिलेपनि केही कार्यालयमा त्यो खालको असर पुगेको छ।’

उनले योगले हाम्रो जीवनमा सकारात्मक प्रभाव पर्ने र आफूलाई चिन्ने मौका प्रदान गर्ने धारणा राखिन्। मानिसले सबैलाई चिन्ने तर आफूलाई कम नै चिन्ने गरेको भन्दै आफू भित्रको सम्बन्धको लागि योग महत्वपूर्ण भएको उनले बताइन्।

उनले भनिन्, ‘योगले हाम्रो जीवनमा पार्ने सकारात्मक प्रभाव पर्ने र आफूलाई चिन्ने मौका मिल्छ। हामीले सबैलाई चिन्छौं तर आफूलाई कम नै चिन्छौं। हाम्रो सबैसँग सम्पर्क राम्रो छ। तर आफ्नो भित्रको कनेक्टिभिटी, त्यो सम्बन्ध जानेको छैनौं। यसमा योगको योगदान रहन्छ।’


सामाग्री श्रोत :

सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल

 

काठमाडौँ । एप्पलले आईफोनका लागि ‘कल स्क्रिनिङ’ फिचर ल्याउने घोषणा गरेको छ । सोमबार आयोजित एप्पलको डेभलपर्स सम्मेलन २०२५ (डब्लूडब्लूडीसी) मा कम्पनीले आईफोनका लागि नयाँ फिचर ल्याउने जानकारी दिएको हो । 

यस वर्षको अन्तिममा सार्वजनिक हुने आईओएस २६ मा यो फिचर उपलब्ध हुनेछ । यो फिचर उपलब्ध भइसकेपछि आईफोन प्रयोगकर्ताको डिभाइसमा अपरिचित नम्बरबाट कल आउनासाथ उसलाई थाहा हुने छैन । त्यसभन्दा अगाडि नयाँ नम्बरबाट सम्पर्क गर्ने कलरले आफ्नो नाम र फोन गर्नुको कारण खुलाउनु पर्ने हुन्छ । यसरी नाम र कारण खुलाइसकेपछि मात्र आईफोन प्रयोगकर्ताकोमा फोनको रिङ बज्छ वा फोन आएको थाहा हुन्छ । प्रयोगकर्ताले उक्त जवाफ हेरेर फोन उठाउने वा नउठाउने भन्ने निर्णय लिन सक्छन् ।

कुनै कार्यालय (सरकारी कार्यालय, एयरलाइन्स, टेलिकम कम्पनी)मा सम्पर्क गर्दा साधारण तरिकाले फोनको रिङ बज्नासाथ उठ्ने भन्ने हुँदैन । त्यसका लागि फोन गर्ने व्यक्ति होल्डमा बस्नुपर्ने हुन्छ । आईफोनमा आउने कल स्क्रिनिङ फिचरले ‘होल्ड म्युजिक’ पहिचान गर्छ । र, प्रयोगकर्तालाई ‘म तिम्रो लागि यो फोन पर्खिदिउँ’ भनेर सोध्छ ।

प्रयोगकर्ताले ‘होल्ड बटन’ ट्याप गरेर अनुमति दिएमा उक्त ‘होल्ड म्युजिक’ रोकिन्छ । तर, कल भने कनेक्ट हुन्छ । त्यसपछि तपाईंले आफ्नो आवश्यकता अनुसार आईफोन प्रयोग गर्न सक्नुहुन्छ । जब तपाईंले कल गरेको एजेन्टले फोन उठाउँछ त्यसपछि उक्त फिचरले फोन उठाएको थाहा पाउँछ । र, तपाईंलाई फोन उठेको जानकारी दिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १८:३७





सामाग्री श्रोत :
टेक पाना

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गरेका छन्।

सो विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरे।

सो अवसरमा उनले विश्वविद्यालयमा उत्कृष्ट हुने चार जना र विभिन्न सङ्काय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १० जना विद्यार्थीहरुलाई पदक समेत प्रदान गरे।

यसैगरी सोही समारोहमा वरिष्ठ साहित्यकार प्रा डा राजेन्द्र विमलले उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र तथा ‘मेडल’ प्रदान गरेका थिए।

समारोहमा प्रा डा विमलले आफूले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक लगाउन विधार्थीहरुलाई आग्रह गरे।

विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादवले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध विश्वविद्यालयलाई आवश्यक सहयोगका लागि आग्रह गरे।

यसैगगरी रजिष्ट्रार सत्यनारायण साहले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको राजर्षि जनक विश्वविद्यालय मधेसवासीका लागि गौरवको विषय भएको बताउनुभयो।

सो विश्वविधालयमा हाल मानविकी र कानुन, विज्ञान प्रविधि तथा इञ्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन गरी चार सङ्कायअन्तर्गत १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन्।

देशको पाँचवटा प्रदेशका १९ जिल्लामा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विभिन्न क्याम्पसहरूमा करिब एक हजार ७०० विद्यार्थी अध्ययनरत रहेको उपकुलपति प्रा डा यादवले जानकारी दिए।

अहिले सो विश्वविद्यालयको मातहतमा आङ्गिक पाँच र सम्बन्धन प्राप्त ६९ गरी ७४ वटा क्याम्पस रहेको डा यादवले बताए।

सो विश्वविद्यालयमा एमफिल, एमबिए, बिबिए, बिडिए, बिइ–सिभिल, बिआइटी, बीएससी–सिएसआइटी, बिपिएच, बिएससी–एमएलटी, बिएससी–एजी, बिए–एलएलवी तथा बिजेएमसीजस्ता शैक्षिक कार्यक्रम अध्ययन–अध्यापन हुने उपकुलपति डा यादवले जानकारी दिए।

धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधाममा अवस्थित यस विश्वविद्यालयको स्थापना २०७४ कात्तिक १२ गते भएको थियो। समारोहमा विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो भवन नभएकाले सहज र व्यवस्थित ढङ्गबाट कामकाज गर्न समस्या भएको गुनासो गरे।

दीक्षान्त समारोहअघि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा ‘सिनेट’ को बैठक बसेको थियो।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं। नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशमा अवसरहरुको सिर्जना गर्न आवश्यक रहेको बताएका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेट र कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा रोजगारीको समस्या भएकाले कार्यान्वयनको क्षमता विकास गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘हामीले अवसरहरु सिर्जना गर्दै जानुपर्नेछ । अहिले देशमा रोजगारीको समस्या छ। कार्यान्वयनको क्षमता विकास गर्न सक्यौं भने […]
सामाग्री श्रोत :

देशमा अवसरहरुको सिर्जना गर्नुपर्छ: नेता रिजाल

 

काठमाडौँ । राइड-हेलिङ प्लेटफर्म पठाओको राइडर बन्न ८० प्रतिशत अंकसहित अनिवार्य रूपमा आन्तरिक परीक्षा पास गर्नुपर्ने भएको छ । आफ्नो सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ कम्पनीले राइडरका लागि यस्तो प्रावधान लागु गरेको हो ।

यस अनुसार पठाओमा राइडर बन्न इच्छुक व्यक्तिले ब्लु बुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा तेस्रो पक्ष बीमा अनिवार्य पेस गर्नुपर्ने छ । यी कागजपत्र पेस गरिसकेपछि उनीहरूलाई अनलाइन कक्षामा सहभागी गराइन्छ, जहाँ ग्राहकसँग कसरी व्यवहार गर्ने, डिजिटल वालेट कसरी प्रयोग गर्ने, एपमा अर्डर कसरी लिने लगायत कम्पनीका अन्य नियमहरू सिकाइन्छ ।

उक्त प्रशिक्षणपछि हुने पठाओको अनलाइन परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने र असफल हुनेले भोलिपल्ट पुनः प्रशिक्षण लिनुपर्ने कम्पनीकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । राइडरको गुणस्तर, सुरक्षा र सेवा अनुभव सुनिश्चित गर्न यो व्यवस्था अनिवार्य गरिएको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १७:४१





सामाग्री श्रोत :
टेक पाना

गोरखा — गएको शुक्ररबार निर्माण ब्यवसायी कुटपिट गर्ने ३ जना यूवकमाथी गोरखा प्रहरीले ज्यान मुद्दा दर्ता गराएको छ।

जेठ २३ गते शुक्रबार कृतिका निर्माण सेवाका सञ्चालक कृण्ण प्रसाद अंगाईलाइ गण्डकी गाउँपालिका–२ खमारेमा निर्धात कुटपिट गरेको आरोपमा पक्राउ परेका ३ जना यूवकलाई गोरखा प्रहरीले ज्यान मुद्दा दर्ता गराएको हो।

कामको शिलसिलामा गएका सञ्चालक अंगाई घर फर्कने क्रममा खमारेमा रोकी गण्डकी गाउँपालिका–४ ढावेका बर्ष २९ का रोशन थापा क्षेत्री भन्ने सुजल थापा, बर्ष १९ का पुष्प प्रसाद देवकोटा र गण्डकी गाउँपालिका–३ आमडाँडाका बर्ष २४ का दयाराम पन्तलाई प्रहरीले ज्यान मुद्वा दर्ता गराएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानाकारी दिए।

उनका अनुसार पक्राउ परेका ब्यत्तीहरुले अंगाईलाइ हेल्मेट, ढुङ्गा तथा हातले शरिरको विभिन्न भागमा प्रहार गरेका थिए। कुटपिटबाट अंगाईको टाउको तथा शरिरको विभिन्न भागमा चोटपटक लागेको थियो।

उक्त घटना पछी घाईते भएका अंगाई २ दिनको उपचार पछी घर फर्किएको पनि सूचना अधिकारी सुवेदीले बताए।

आरोपितहरुलाई प्रहरीले जेठ २६ गते सोमबार पक्राउ गरेर जेठ २७ गते मंगलबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको पनि सूचना अधिकारी सुवेदीले जानाकारी दिए।

प्रहरीले घटनामा संलग्न तिनै जनाको मोबाइल समेत बरामद गरेको छ भने उनीहरुले प्रयोग गरेको १ थान मोटरसाईकल समेत बरामद भएको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ।


मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे ।


मन्त्री पौडेलले लामो समयमसम्म औषधिको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिए पछि समायोजनका लागि समिति गठन गरिएको बताए ।


‘अहिलेको प्रतिवेदनमा नसमेटिएका विषयसमेत सुझाव संकलन गरेर कार्यान्वयनमा लगिनेछ,’ उनले भने, ‘यसले औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास छ।’


मन्त्री पौडेलले नागरिकले उचित मुल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशिल रहेको भन्दै प्रतिवेदनलाई पेशागत र व्यवसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढंगले अघि बढ्ने बताए।


‘हामीले स्वास्थ्यमा सुधार गर्न खोको क्षेत्र औषधि पनि हो,’ उनले भने, ‘मूल्यमा आधार नबन्दा समस्या छ । प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्वपूर्ण हुन्छ ।’


मन्त्री पौडेलले महँगो मूल्यमा किन्नु परिरहेको छ भने त्यसलाई अन्त्य गर्न खोजिएको भन्दै मूल्यबारे उपभोक्तालाई सुसूचित बनाउने परिस्थिती निर्माण गर्न खोजिएको बताए ।


प्रतिवेदन बुझाउँदै संयोजक डा.पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताए ।


मन्त्रालयका सचिव डिल्लीराम शर्माले अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए ।


विभिन्न विषय विज्ञ संलग्न समितिले मन्त्रालयलाई मूल्य समायोजनका लागि मुल्य हेर्ने एकाइ र निर्धारण समिति व्यवस्था गर्न सुझाव दिएको छ ।
हरेक दुई वर्षमा मूल्य समायोजनका लागि समितिले सुझाव दिएको संयोजक डा. पाण्डेले बताए ।
यसैगरी क्षेत्रगत आधारमा औषधि मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ ।
हाल नियमन भैरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।  
मन्त्री पौडेलले आम उपभोक्ताले आवश्यकताभन्दा बढी औषधिको मूल्य तिर्नु नपर्ने गरी काम गर्ने घोषणा गरेका थिए । सोही आधारमा गठित समितिले प्रतिवेदन बुझाएको हो ।

सामाग्री श्रोत :
swasthyakhabar

एजेन्सी। अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ। स्थिति तनावपूर्ण बन्दै गएको छ।

अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन्।

लस एन्जलसको डाउनटाउनमा आप्रवासनमाथि छापा मारेको विरोधमा प्रदर्शन जारी छ। जसमा प्रदर्शनकारीहरू, प्रहरी अधिकारीहरू र ट्रम्प प्रशासनले पठाएको नेशनल गार्ड सेनाहरू बीच झडप भइरहेको छ।

चौथो दिन सोमबार छापा मार्दा एकसय भन्दा बढीलाई गिरफ्तार गरिएको छ। गिरफ्तारपछि आक्रोशित प्रदर्शनकारीहरूले एजेन्टहरूलाई अश्रुग्यास, फ्ल्यास–ब्याङ ग्रेनेड र ढुङ्गाहरू प्रहार गरेका थिए।

लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्साम ट्रम्प प्रशासनसँग रुष्ट भएका छन्।

चाइना मिडिया ग्रुप (सीएमजी) का अनुसार अमेरिकाले सातसय भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको र त्यसको संख्या बढाउँदै लगेको छ।

अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको हो।


सामाग्री श्रोत :

अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिँदै

काठमाडौँ । एप्पलले नयाँ गेम्स एप सार्वजनिक गरेको छ । सोमबार वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी‍) को अवसर पारी कम्पनीले एप्पल डिभाइसहरूमा गेमिङ अनुभवलाई एकै ठाउँमा ल्याउन छुट्टै एप घोषणा गरेको हो ।

यो एपले प्रयोगकर्ताको गेमिङ हिस्ट्री, प्रगति र सामाजिक गतिविधिहरूलाई एप्पलका सबै डिभाइसमा सिङ्क गर्ने बताइएको छ । खासगरी एपले प्रयोगकर्तालाई आफ्ना अचिभमेन्टहरू (उपलब्धि) ट्र्याक गर्न, लिडरबोर्ड हेर्न र गेम लन्च गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ ।

गेम्स एपमा होम, आर्केड, प्ले टुगेदर, लाइब्रेरी र सर्च गरी पाँच ओटा मुख्य ट्याब‍ छन् । ‘होम’ ट्याबले ट्रेन्डिङ गेमहरू, अपडेटहरू र गेमसम्बन्धी इभेन्टहरूलाई एकै ठाउँमा देखाउँछ । यसले प्रयोगकर्ताहरूलाई सामान्य एपस्टोर ब्राउज गर्नुभन्दा सजिलै नयाँ गेमहरू पत्ता लगाउन मद्दत गर्ने बताइएको छ । प्रयोगकर्ताले आफूले खेलेका गेम र साथीहरूले खेलेका गेमका आधारमा रिकमेन्डेसनहरू पनि पाउनेछन् ।

‘लाइब्रेरी’ ट्याबमा इन्स्टल गरिएका सबै गेमहरू देखिनेछन् । जब कि ‘एप्पल आर्केड’ मा आर्केडका शीर्षकहरू मात्र देखिनेछन् । ‘प्ले टुगेदर’ ट्याबमार्फत प्रयोगकर्ताले साथीहरू कुन गेम खेलिरहेका छन् हेर्न, स्कोर तुलना गर्न र उनीहरूलाई गेम खेल्न निम्तो पठाउन सक्नेछन् ।

एपमा रहेको ‘च्यालेन्ज’ नामक फिचरले स्कोरमा आधारित प्रतिस्पर्धालाई अझ रोचक बनाउने कम्पनीको दाबी छ । डेभलपरहरूका लागि यो फिचर गेम सेन्टरको लिडरबोर्डमा आधारित हुने बताइएको छ । यसले सिङ्गल-प्लेयर गेमहरू पनि साथीहरूसँग खेल्न सकिनेगरी प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने कम्पनले जनाएको छ ।

कम्पनीका अनुसार यो एपले तपाईंको गेमिङ हिस्ट्री, प्रगति र सामाजिक गतिविधिहरूलाई एप्पलका सबै डिभाइसमा सिङ्क गर्नेछ । यसै अंग्रेजी वर्षको अन्त्यसम्म आईफोन, आईप्याड, म्याक र एप्पल टिभीमा प्रि-इन्स्टल ‍रूपमा एप उपलब्ध गराउने एप्पलको तयारी छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १७:९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट