
काठमाडौँ । कम्प्युटर, ल्यापटप जस्तै तपाईंको स्मार्टफोन पनि मालवेयरबाट सङ्क्रमित हुन सक्छ । कसरी बच्न सकिन्छ त यस्ता मालवेयरबाट ? यहाँ केही उपायहरू उल्लेख गरिएको छ, जसले तपाईंको स्मार्टफोन सुरक्षित राख्न मद्दत गर्छन् ।
हानिकारक नोटिफिकेसन
फोनमा मालवेयर पस्ने सबैभन्दा सामान्य तरिकामध्ये एक हानिकारक नोटिफिकेसन पनि हो । सबैभन्दा डरलाग्दो कुरा त के हो भने यस्तो नोटिफिकेसन प्रायः अन्य एपबाट आउने सामान्य ‘पुश नोटिफिकेसन’ जस्तो हुँदैन । बरु तपाईंले इन्टरनेट चलाउँदा वा वेबसाइट खोल्दा यस्तो नोटिफिकेसन देखा पर्छ ।
खासगरी क्लिकबेट वेबसाइट, जुवाका प्लेटफर्म, एडल्ट साइटमा यस्तो नोटिफिकेसन देखिन्छ । यो किसिमको नोटिफिकेसनले तपाईंलाई लोभ देखाएर क्लिक गर्न हौसाउँछ । ‘तपाईंले चिट्ठा जित्नुभयो’, ‘सस्तोमा वा निःशुल्क सब्स्क्रिप्सन पाउँदै हुनुहुन्छ’, ‘गेम खेल्नुभयो भने जित्न सक्नुहुन्छ’, ‘तपाईंको डिभाइसमा हामीले भाइरस फेला पार्यौँ, हटाउन यहाँ क्लिक गर्नुहोस्’ जस्ता लोभ देखाइन्छन् । कतिपयमा त ‘अर्जेन्सी’ सिर्जना गरिन्छ । अर्थात् अबको एक मिनेट वा ३० सेकेन्डमा भनेको काम नगरे अफर गुम्छ वा तपाईंको अकाउन्टमा समस्या आउँछ भन्ने किसिमको त्रास देखाइन्छ ।
यसरी हुँदै नभएको समस्याको समाधान देखाएर नोटिफिकेसन क्लिक गर्न लगाइन्छ । र, लिङ्क क्लिक गर्दा तपाईंको डिभाइसमा उल्टै मालवेयर इन्स्टल हुन सक्छ । सामान्यतः कुनै वेबसाइट भिजिट गर्दै हुनुहुन्छ भने त्यो वेबसाइटलाई तपाईंको डिभाइसमा भाइरस छ भन्ने थाहा हुँदैन ।
त्यसैले वेबसाइटमा देखिएको पप-अप नोटिफिकेसन देखेर हतारमा क्लिक नगर्नुहोस् । त्यस्ता सूचना देखिए, तत्कालै बाहिरिनुहोस् । त्यस्तै तपाईंलाई चिठ्ठा पर्यो भनिएको छ भने पनि त्यस्ता वेबसाइटमा विश्वास नगर्नुहोस् ।
तपाईंले आफ्नो स्मार्टफोनलाई एउटा भरपर्दो एन्टिभाइरस वा एन्टिमालवेयर एपले स्क्यान पनि गर्न सक्नुहुन्छ ‘मालवेयरबाइट्स’ (Malwarebytes) एन्ड्रोइड र आईओएस दुवैका लागि उपलब्ध छ र यो सबैभन्दा भरपर्दो विकल्पमध्ये एक हो ।
२) फिसिङ (Phishing) र स्मिसिङ (Smishing)
फिसिङमा मानिसले खराब नियतले इमेलहरू पठाउँछन् । कहिलेकाहीँ यी घोटालामा वित्तीय ठगी र डेटा चोरी जस्ता कुराहरू समावेश हुन्छन् तर धेरैजसोले तपाईंलाई मालवेयर डाउनलोड गराउने प्रयास गर्छन् । तपाईंले कम्प्युटर वा स्मार्टफोन जेमा ईमेल खोले पनि जोखिम उस्तै हुन्छ । त्यसैले विभिन्न प्रकारका फिसिङ हमलाबारे बुझ्नु महत्त्वपूर्ण छ ।
जसरी फिसिङ खराब नियतका इमेलसँग सम्बन्धित छ त्यसरी नै स्मिसिङ खराब नियतका टेक्स्ट म्यासेजसँग सम्बन्धित छ । स्मिसिङका केही सामान्य सङ्केतहरूमा कमजोर व्याकरण र बढाइचढाइ गरिएका मेसेज पर्छन् । केही अवस्थामा यस्ता मेसेजमा हानिकारक लिङ्क हुन सक्छन् भने अन्यमा एट्याचमेन्ट पनि हुन सक्छ ।
आधुनिक युगमा स्मिसिङ पत्ता लगाउन झन्झन् गाह्रो हुँदै गएको छ । धेरै अपराधीहरूले एआईको प्रयोग गरेर आक्रमण गर्छन् । यसले गर्दा पछिल्लो समय फिसिङ हमला ह्वात्तै बढेका छन् । त्यसैले ईमेल वा मेसेजमा आएका हरेक मेसेजलाई शङ्काको नजरले हेर्नुपर्छ । हालै मात्र नेपालमा ‘एटी अलर्ट’, ‘टीएचई अलर्ट’ जस्ता आधिकारिक बल्क मेसेज प्रदायकको सिस्टम ह्याक गरी स्मिशिङ आक्रमण गरिएको थियो । त्यस्तै स्क्यामरले दराजकै नामबाट पनि आकर्षक तलब सुविधाको लोभ देखाएर लिङ्क क्लिक गराउने गतिविधि बढेको थियो ।
३) पुरानो वा अपडेट नगरिएको सफ्टवेयर
तपाईंको फोन वा कम्प्युटरमा पुरानो सफ्टवेयर भएको कुरा तपाईंलाई थाहा नहुन सक्छ । यो तपाईंको स्मार्टफोनको अपरेटिङ सिस्टम र तपाईंको डिभाइसमा इन्स्टल गरिएका एप दुवैमा लागू हुन्छ । सफ्टवेयर अपडेट नगर्नु सामान्य र झन्झटिलो मात्र लागे पनि यसले गम्भीर खतरा निम्त्याउन सक्छ । साइबर आक्रमणकारीले सफ्टवेयर वा एपमा भएको सुरक्षा कमजोरी निगरानी गरिरहेका हुन्छन् । यस्ता घटनाबाट प्रयोगकर्ता पीडित नहुन् भन्नका लागि कम्पनीले आफ्नो एप वा सफ्टवेयरमा समय समयमा सेक्युरिटी प्याच उपलब्ध गराइरहेका हुन्छन् । त्यसैले तपाईंले एप अपडेट गरिरहनु पर्ने हुन्छ । यदि आवश्यक नहुने एप छ वा अपडेट नआउने एप राख्नु भएको छ भने त्यसलाई हटाएर विकल्प खोज्नुपर्ने हुन्छ ।
४) असुरक्षित एप डाउनलोड गर्नु
आजभोलि एप स्टोर र गुगल प्लेमा भएका सबै एप प्रयोग गर्न सुरक्षित हुन्छन् भन्ने मान्यता व्यापक हुँदै गएको छ । केही हदसम्म यो ठीक पनि हो । तर, प्ले वा एप स्टोरका एप धेरैजसो सुरक्षित भए पनि तपाईं शतप्रतिशत सुरक्षित हुनुहुन्न । असुरक्षित एप त स्पष्ट खतरा हुन् नै तर डेभलपरले अपडेट गर्न छोडेका एप पनि सुरक्षाका लागि जोखिमपूर्ण हुन्छन् ।
लामो समयदेखि अपडेट नगरिएका एप मालवेयर र अन्य खतराको प्रमुख निशाना हुन्छन् किनभने तिनीहरूमा सुरक्षा कमजोरी हुन सक्छन् । यसैको फाइदा उठाएर आक्रमणकारीले तपाईंको डेटा, अकाउन्ट र अन्य जानकारीमा पहुँच गर्न सक्छ । तपाईंले आफ्नो डिभाइसमा प्रयोग गर्ने सबै सफ्टवेयरका लागि डेभलपरले निरन्तर अपडेट जारी गरिरहेका छन् भन्ने सुनिश्चित गर्नु आवश्यक छ । त्यसका लागि तपाईंले अपडेट चेक गरिरहनु पर्ने हुन्छ । साथै तपाईंले डाउनलोड गर्ने कुनै पनि एप सुरक्षित छ भनी पुष्टि गर्न रिभ्यु पनि राम्ररी जाँच्नुपर्छ ।
आफ्नो स्मार्टफोनमा थर्ड-पार्टी (आधिकारिक स्टोर बाहिरको) सफ्टवेयर इन्स्टल गर्दा पनि तपाईं सतर्क हुनुपर्छ । थर्ड-पार्टी एप स्टोरमा एप स्टोर र गुगल प्ले जस्ता कडा नियम नहुन सक्छन् । यसले तपाईंलाई खतरामा पार्न सक्छ ।
एप्पलले मार्च २०२४ सम्म एप साइडलोडिङ र थर्ड-पार्टी एप स्टोरलाई रोकेको थियो जबकि गुगलले एन्ड्रोइडमा सधैँ एप साइडलोडिङलाई अनुमति दिएको छ । यद्यपि गुगल प्लेभन्दा राम्रा केही एप स्टोर भए पनि सामान्यतः एप साइडलोड गर्ने प्रक्रियामा गम्भीर जोखिम हुन्छन् । प्रिमियम सेवा दिने एपहरूलाई सित्तैमा उपलब्ध गराउन मोडेड एपीके उपलब्ध गराउने प्रवृत्ति छ । त्यसैले यस्ता एप डाउनलोड गर्दा तपाईं सजग हुनुपर्छ ।
५) असुरक्षित वेबसाइट खोल्नु
सबै वेबसाइट एकैनासले बनाइएका हुँदैनन् । त्यसैले सुरक्षित र असुरक्षित साइट भनेका के हुन् भन्ने बुझ्न र छुट्याउन सक्नुपर्छ । तपाईंले सम्भावित खतरनाक वेबसाइटलाई विभिन्न तरिकाले चिन्न सक्नुहुन्छ जस्तै:
आजभोलि यूआरएलमा तालाको चिन्ह नदेखिन सक्छ तर तपाईं आफ्नो ब्राउजरमार्फत कनेक्सन सुरक्षित छ कि छैन भनी जाँच्न सक्नुहुन्छ । कतिपय ब्राउजरमा माथि यूआरएलमा ताला रातो छ भने त्यो असुरक्षित हो भन्ने छुट्याउन सक्नुहुन्छ । हरियो ताला देखिने बित्तिकै शत प्रतिशत सुरक्षित छ भन्ने पनि हुँदैन ।
-
चर्चित साइट वा कम्पनीसँग मिल्दोजुल्दो देखिने तर गलत हिज्जे भएका डोमेन हुनु ।
-
वेबसाइट लोड हुन धेरै समय लाग्नु ।
नक्कली वेबसाइट मालवेयरका सबैभन्दा सामान्य स्रोत मध्ये एक हुन् । र असुरक्षित साइटहरू खोल्दा तपाईंलाई स्पाइवेयर जस्ता अन्य सुरक्षा खतराको सामना गर्नुपर्ने हुन सक्छ । यस्ता वेबसाइटबाट हर हालतमा बच्नु नै उत्तम हुन्छ । यदि तपाईंले गल्तिले कुनै त्यस्तो साइट खोल्नुभयो भने तुरुन्तै बन्द गर्नुहोस् र आफ्नो डिभाइसमा कुनै अनावश्यक सफ्टवेयर छ कि भनेर जाँच गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १२:२६
सामाग्री श्रोत :
टेक पाना
भक्तपुर – नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल गठ्ठाघरले अत्याधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ। मंगलबार एक विशेष समारोहका बीच सेवा शुभारम्भ गरिएको हो। सेवा सुरुवातको अवसरमा अस्पतालले एक साता अवधिसम्म सबै सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट दिने घोषणा पनि गरेको छ।
उद्घाटन कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, डा. अर्जुन कार्की, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, स्वास्थ्यकर्मीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
अस्पतालले ल्याएको यो अत्याधुनिक सीटी स्क्यान सेवा भक्तपुर क्षेत्रका बासिन्दाहरूका लागि विशेष राहत हुने विश्वास लिइएको छ। हृदयघात, मस्तिष्कघात, छाती, पेट, हड्डी र अन्य जटिल स्वास्थ्य समस्याको द्रुत र सटीक निदान गर्न सीटी स्क्यान सेवा महत्वपूर्ण हुने अस्पतालले जनाएको छ।
अध्यक्ष रामशरण भण्डारीले भने, “हाम्रो उद्देश्य अत्याधुनिक प्रविधिमा आधारित गुणस्तरीय सेवा समुदायलाई सहज र सुलभ रूपमा उपलब्ध गराउनु हो। भविष्यमा पनि हामी स्वास्थ्य सेवाको स्तर उकास्ने काममा निरन्तर क्रियाशील रहनेछौं।”
हस्पिटलका अनुसार नयाँ सेवा प्रारम्भ भएको उपलक्ष्यमा आगामी ७ दिनसम्म (मिति २०८१ साउन ५ गतेसम्म) सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ। यसले उपचार खोज्ने धेरै बिरामीहरूलाई आर्थिक रूपमा राहत दिने अपेक्षा गरिएको छ।
नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलले विगतदेखि नै गुणस्तरीय सेवा, अनुभवी चिकित्सक र आधुनिक प्रविधिको संयोजनमार्फत समुदाय केन्द्रित सेवा प्रवाह गर्दै आएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अमेजनले विश्वभरका करिब २२ करोड प्राइम सदस्यहरूलाई ईमेलमार्फत् अमेजनको नाममा भइरहेका ठगी (इम्पर्सोनेशन) आक्रमणहरू बढेको भन्दै सजग रहन आग्रह गरेको छ । कम्पनीले ग्राहकहरूलाई शंकास्पद इमेल, फोन कल र लिंकप्रति सतर्क रहन आग्रह गरेको हो ।
अमेजनले पठाएको इमेलमा प्राइम सदस्यता नवीकरण वा “सब्सक्रिप्सन शुल्क बढ्दैछ” भन्ने दाबीसहितको नक्कली इमेल पठाई प्रयोगकर्तालाई ‘cancel subscription’ बटन थिच्न लगाइ खाता प्रमाणीकरण विवरण चोरी गर्ने काम बढिरहेको छ । इमेलहरूमा अन्य स्रोतबाट जुटाइएको व्यक्ति…
सामाग्री श्रोत :
टेक पाना
जनकपुरधाम – सिरहा मिर्चैयाका ११ वर्षीय विशाल पण्डितले कसरी तीन इञ्च लामो काँटी निल्न पुगे। काँटी निलेपछि उनीलाई पेट दुख्ने समस्या सुरु भयो तर डरका कारण उनले यो कुरा कसैसँग पनि भनेनन्।
पेटको पीडा निको नभएपछि अभिभावकले उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगे। त्यहाँ गरिएको भिडियो एक्सरेमा विशालको सानो आन्द्रामा कालो रंगको तीन इञ्च लामो काँटी फसेको देखियो। यस दृश्यले अभिभावकसँगै उपचारमा खटिएका पेट तथा ग्याँसट्रोलोजी विशेषज्ञ डा. रामदेव चौधरीलाई पनि अचम्ममा पार्यो।
डा. चौधरीले भने, ‘पहिलो प्रयासमै शल्यक्रिया नगरी इन्डोस्कोपीबाटै काँटी निकाल्ने निर्णय गर्यौं र हामी सफल भयौं।’
उनको चिकित्सकीय कुशलताका कारण सर्जरी नगरी इन्डोस्कोपी विधिबाट नै काँटी सफलतापूर्वक बाहिर निकाल्न सफल भएको हो।
डा. चौधरी जनकपुरधामको प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ पेट, छाती तथा ग्याँस्ट्रोलोजी विशेषज्ञ हुन्। उनका अनुसार यस्ता घटना दुर्लभ भए पनि बालबालिकामा यदाकदा यसरी जिज्ञासावश विभिन्न वस्तु निल्ने प्रवृत्ति देखिने गर्छ, जसप्रति अभिभावक सचेत हुनुपर्ने आवश्यकता छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । गुगल म्यापमा धरहराको नाम परिवर्तन भएको छ । अहिले गुगल सर्च वा गुगल म्यापमा धरहरा टाइप गर्दा लोकेसनमा सेतो टावर लेखिएको देख्न सकिन्छ ।
आइतबार बिहानदेखि म्यापमा परिवर्तित नाम देख्न सुरु भएको हो । यो कसले र किन गरियो भन्ने विषयमा खुल्न सकेको छैन । अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले धरहराको मौलिक नाम हराएको विषयलाई लिएर विभिन्न पोस्टहरू गरिरहेका छन् ।
यो पहिलो पटक भएको भने होइन । यो भन्दा अगाडि पनि यस्ता लोकेसनको नाम परिवर्तन गर्ने, व्यक्तिको नाम परिवर्तन गर्ने गतिविधि भएका छन् । गुगल म्यापमा लोकेसनको नाम परिवर्तन वा सम्पादन जोकोहीले पनि गर्न पाउँछन् । यसैलै पनि यस्ता घटनाहरू भइरहेका छन् ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १०:११
सामाग्री श्रोत :
टेक पाना
धनगढी– सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रदेश सरकारले ल्याएको नयाँ व्यवस्थाको विरोधमा आन्दोलन चर्काएका छन्। उनीहरूले असार ४ गतेदेखि आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरेका छन्।
संघीय स्वास्थ्य सेवा अन्तर्गत कार्यरत चौथो, पाँचौँ, र छैटौँ तहका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा समायोजन गरिएको थियो। तर, समायोजन ऐन २०७५ अनुसार पाँच वर्ष सेवा अवधि पुगेका स्वास्थ्यकर्मीलाई मात्र एकपटकको लागि मात्र एक तह वृद्धि हुने व्यवस्थाले स्वास्थ्यकर्मीहरूमा असन्तुष्टि फैलिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार नयाँ ऐनले स्वास्थ्य सेवा ऐन २०५३ को भावना विपरीत छ र यो निर्णय कर्मचारीको सेवा सुविधा वृद्धि तथा पेसागत विकासमा बाधक बन्ने खालको छ।
स्वतन्त्र संघर्ष समितिका संयोजक राजेन्द्र सिंह साउदका अनुसार, आन्दोलनको थालनी २०८२ असार २० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, धनगढीमा गरिएको थियो। सो क्रममा पटक-पटक ज्ञापन पत्र बुझाइए पनि सरकारसँग सार्थक संवाद नभएको गुनासो गरिएको छ।
स्वास्थ्यकर्मीहरुले अब आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा स्थगन गरिएको र डीएचआईएस २ प्रणालीमा मासिक प्रतिवेदन प्रविष्ट समेत नगर्ने निर्णय गरेका छन्। उनीहरूले आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको र यसबाट सेवा प्रवाहमा पर्न सक्ने असुविधा प्रति जनतासँग क्षमायाचना गर्दै यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले लिनु पर्ने बताएका छन्।
स्वास्थ्यकर्मीहरू एक्यबद्ध भएर आन्दोलनमा सहभागी भई अधिकारका लागि आवाज उठाइरहेका छन्। उनीहरूको माग स्पष्ट छ- ‘बिना छलफल गरिएको अन्यायपूर्ण ऐन खारेज गरी समावेशी, न्यायसंगत तथा समान व्यवहार गरिनुपर्छ।’
विज्ञप्ति
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एप्पलले आईफोनको अपडेट लिक गर्ने युट्युबर जोन प्रोसरविरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २६ को व्यावसायिक गोप्य सूचना बाहिर ल्याएको आरोपमा युट्युबर प्रोसर सँगै माइकल रमासियोटी विरुद्ध मुद्दा दायर गरेको हो ।
रोयर्टसमा प्रकाशित समाचार अनुसार, रमासियोटीले एप्पल कर्मचारीको फोन प्रयोग गरी उक्त गोप्य जानकारी प्रोसरलाई पठाएका थिए । प्रोसरले ती विवरणहरू यही जनवरीमा आफ्नै युट्युब च्यानल फ्रन्ट पेज टेक ‘Front Page Tech’ मार्फत सार्वजनिक गरेका थिए । यसले कम्पनीको आगामी अपडेटको गोप्य फिचरहरूको विषयमा समयभन्दा अघि नै जानकारी बाहिर ल्याएको कम्पनीको आरोप छ ।
आर्थिक समस्यामा भएको रमासियोटिलाई आर्थिक प्रलोभन देखाइ प्रोसरले सूचना चोरी गर्न लगाएको उजुरीमा उल्लेख छ । एप्पललाई यो योजना बारे अप्रिल महिनामा एक गुमनाम व्यक्तिबाट जानकारी प्राप्त भएको थियो । सोही जानकारी आधारमा कम्पनीले आन्तरिक अनुसन्धान गरि प्रोसरविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रोसरले भने रोयर्टससँगको कुराकानीमा आफूले कुनै योजना बनाएर विवरण चोरी गर्ने काम नगरेको प्रतिक्रिया दिएका छन् । एप्पलले मुद्दामार्फत क्षतिपूर्ति रकम (निश्चित रकम नखुलाइएको) र प्रोसर तथा रमाचियोटीलाई गोप्य जानकारी प्रयोग गर्न वा बाहिर ल्याउन निषेध गर्ने अदालतको आदेश माग गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ ८:५६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । गत वैशाखदेखि उद्योग विभागले सुरु गरेको अनलाइनमा आधारित स्वचालित प्रणालीमार्फत चार अर्ब बढी लगानीको वैदेशिक प्रतिबद्धता प्राप्त भएको छ । विभागको तथ्याङ्क अनुसार अनलाइन सेवा सुरु भएदेखि हालसम्म उक्त प्रणालीबाट चार अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको ।
आर्थिक वर्ष २०८१/८२ मा ८४० वटा परियोजनामार्फत करिब ६४ अर्ब ९६ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन अर्ब रुपैयाँ बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपैयाँ र २०…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सन् २००१ मा सार्वजनिक भएको माइक्रोसफ्टको अपरेटिङ सिस्टम ‘विन्डोज एक्सपी’ अहिले पनि सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टममध्ये एकका रूपमा चिनिन्छ । आधुनिक इन्टरफेस र छरितो पर्फमेन्सका कारण यसले विश्वभर लोकप्रियता कमाएको थियो ।
हाल विन्डोज एक्सपी कम्प्युटरमा इन्स्टल गर्न जटिल र समय लाग्ने भए पनि अब इन्टरनेट ब्राउजरमै सजिलै एक्सपी चलाउन सकिने प्लेटफर्म सार्वजनिक भएको छ ।
रेडिटमा एक प्रयोगकर्ताले आफ्नो अनुभव सार्वजनिक गर्दै ब्राउजरमै विन्डोज एक्सपी सञ्चालन गर्न मिल्ने वेबसाइटको जानकारी दिएका छन् । उनले ‘…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । प्राइम कलेज र सूचना प्रविधि कम्पनी स्विभ्ट टेक्नोलोजी प्रालिबिच विद्यार्थीहरूलाई आईटी उद्योगमा वास्तविक कार्य अनुभव प्रदान गर्ने उद्देश्यले एक रणनीतिक साझेदारी सम्झौता भएको छ । विद्यार्थीको प्राविधिक सीप विकास र वृत्ति विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउने लक्ष्यसहित यस सहकार्य सुरु भएको हो ।
कलेजको प्राइम करिअर सेन्टरको पहलमा भएको उक्त सम्झौतामा कलेजका करिअर सर्भिस निर्देशक अमित स्थापित र स्विभ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक सुवास शाहीले हस्ताक्षर गरे । कार्यक्रममा स्विभ्टका प्रमुख वित्तीय अधिकृत (सीएफओ) राहुल गुप्ताको पनि उपस्थिति रहेको थियो ।
यो सहकार्यले शैक्षिक ज्ञानलाई वास्तविक औद्योगिक अनुभवसँग जोड्ने पुलको काम गर्ने कलेजको विश्वास छ । विद्यार्थीहरूले यस साझेदारी अन्तर्गत सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने (hands-on learning), आफ्नो प्राविधिक क्षमता बढाउने र समग्र वृत्ति विकासका लागि महत्त्वपूर्ण अवसरहरू प्राप्त गर्ने बताइएको छ ।
प्राइम कलेजले नयाँ पुस्ताका प्राविधिक जनशक्तिलाई सहयोग गर्न प्रतिबद्धता देखाएकोमा स्विभ्ट टेक्नोलोजीका सीईओ शाही र सीएफओ गुप्ताप्रति आभार व्यक्त गरेको छ । यो साझेदारीले स्थानीय शैक्षिक तथा व्यावसायिक समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा दुवै संस्थाले गरेका छन् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २१:५१
सामाग्री श्रोत :
टेक पाना