२०८२ भाद्र २५ बुधबार
२०८२ भाद्र २५ बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनसँग ‘सम्झौता’ गरेको बताएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा यसबारे पोस्ट गरेका छन्।

“हामी चीनसँग सम्झौतामा पुगेका छौं, जुन राष्ट्रपति सी र मेरो अन्तिम स्वीकृतिको अधीनमा छ। पूर्ण चुम्बक र आवश्यक पर्ने धेरै दुर्लभ तत्वहरू चीनले अग्रिम रूपमा प्रदान गर्नेछ,” ट्रम्पले लेखे ।

उनले लेखे, “पूर्ण चुम्बक र आवश्यक पर्ने धेरै दुर्लभ तत्वहरू चीनले अग्रिम रूपमा प्रदान गर्नेछ। त्यस्तै गरी, हामी चीनलाई सहमति भएको कुरा प्रदान गर्नेछौं, जसमा हाम्रा कलेज र विश्वविद्यालयहरूमा आउने चिनियाँ विद्यार्थीहरू पनि समावेश छन् (जुन मेरो लागि सधैं राम्रो कुरा हो!)।”

करको बारेमा ट्रम्पले लेखे, “हामीले कुल ५५% कर पाइरहेका छौं, चीनले १०% पाउँछ। सम्बन्ध राम्रो छ!”

यसैबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले एक्समा पोस्ट गरे : “चीन-अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको पहिलो बैठक लन्डनमा सम्पन्न भयो। वार्ताको क्रममा, दुवै पक्षले स्पष्ट र गहन कुराकानी गरे, र चासोका आर्थिक तथा व्यापारिक मुद्दाहरूमा विचार आदानप्रदान गरे।”


सामाग्री श्रोत :

चीनसँग व्यापार सम्झौता भएको ट्रम्पको घोषणा

काठमाडौँ । सरकारले हालसम्म निःशुल्क र एक पटक दर्ता गरेपछि आजीवन प्रयोग गर्न पाइने ‘डट एनपी’ (.np) डोमेनको व्यवस्थापन र दर्ता प्रक्रियामा व्यापक परिवर्तन गर्ने प्रस्ताव गरेको छ । मंगलबार संसदमा दर्ता भएको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ मा अब एनपी डोमेनको सम्पूर्ण व्यवस्थापन सूचना प्रविधि विभागले गर्ने, अरूको नामसँग मिल्दोजुल्दो वा झुक्याउने खालको नाम दर्ता गर्न नपाइने र प्रत्येक दुई वर्षमा अनिवार्य नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

विधेयकको दफा ३९ अनुसार डोमेन नामको व्यवस्थापन तथा नियमन गर्ने सम्पूर्ण अधिकार सूचना प्रविधि विभागले पाउनेछ । हाल मर्कन्टाइल कम्युनिकेसन्सले स्वयंसेवी रूपमा गर्दै आएको यो कार्य अब पूर्ण रूपमा सरकारी नियमनभित्र आउने भएको हो । विभागले डोमेन सञ्चालनलाई भरपर्दो र सुरक्षित बनाउन आवश्यक निर्देशन दिन सक्नेछ ।

विधेयकले डोमेन दर्तामा नयाँ सर्तहरू थपेको छ । यसअनुसार अब कुनै दर्ता भइसकेको डोमेनसँग ‘झुक्किने वा मिल्दोजुल्दो हुनेगरी’ अर्को डोमेन नाम दर्ता गर्न वा गराउन पाइने छैन । यो व्यवस्थाले अरूको पहिचान वा ब्रान्डसँग मिल्ने नाम राखेर फाइदा लिने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्लेषण गरिएको छ ।

हालसम्म निःशुल्क र आजीवन रहेको डोमेनलाई अब प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस अनुसार प्रयोगकर्ताले तोकिएको दस्तुर बुझाएर आफ्नो डोमेन नवीकरण गर्नुपर्नेछ । तर, सरकारी निकायहरूले भने आफ्नो डोमेन नवीकरण गर्नु नपर्ने छुट दिइएको छ ।

विधेयकले कम्पनीको नाम, भौगोलिक तथा पर्यटकीय स्थल, राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिको नाम जस्ता केही महत्त्वपूर्ण नामहरूलाई सुरक्षित राख्ने प्रस्ताव गरेको छ, जुन सम्बन्धित व्यक्ति वा निकायले मात्र प्रयोग गर्न पाउनेछन् ।

हाल सञ्चालनमा रहेका लाखौँ एनपी डोमेन प्रयोगकर्ताहरूले पनि यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र नयाँ व्यवस्थाबमोजिम आफ्नो डोमेन दर्ता गरिसक्नुपर्ने उल्लेख छ । 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १०:५८





सामाग्री श्रोत :
टेक पाना

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन् । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनले बताएका छन् । 

Ncell 2
Ncell 2

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ । 

यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। अध्यक्ष, महासचिव, उपमहासचिव, सचिवजस्ता महत्वपूर्ण पदमा स्वास्थ्य क्षेत्रका विद्यार्थीले उम्मेदवारी दिएका छन्। 

अध्यक्ष पदका लागि डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन्। उनका बिरुद्ध प्रकाश पौडेलले उम्मेदवारी दिृएका छन्।  जनस्वास्थ्यकर्मी दिपक धामीले उम्मेदवारी दिएका छन्। उनीसँग आरके रोमश र सुनिल कडेल प्रतिष्पर्धामा छन्। 

उपमहासचिवको दाबी प्रेमिका शाहीले गरेकी छिन्। उनी नर्स हुन् र उनीसँग अमर बहादुर शाही  र कमल जोशी प्रतिस्पर्धी छन्।  

डा आनन्द सिंह उम्मेदवार छन्। उनीसँग रक्षा बम, मनोज राई, अनुप लामिछाने,रोहित बम, स्मृती बराल, रेखा न्यौपाने,मदन भण्डारी, आकाश अधिकारी लगायत ३५ जनाको उम्मेदवारी छ।  

यसैगरी सचिवालय सदस्यमा डा पुष्पराज भामले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा  ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिने भएको छ। 

खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी  र गणेशबहादुर शाही उम्मेदवार छन्। महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईको उम्मेदवारी परेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । गुगलले एन्ड्रोइड १६ को पहिलो स्टेबल संस्करण सार्वजनिक गरेको छ । यो संस्करण पिक्सेल ६ सिरिज र त्यसपछि आएका सबै पिक्सेल स्मार्टफोन तथा पिक्सेल ट्याब्लेटमा ओटीए अपडेटको रूपमा उपलब्ध भएको हो ।

गुगलको ब्लगमा दिइएको जानकारी अनुसार पिक्सेल ६, ६ प्रो, ६ए, पिक्सेल ७, ७ प्रो, ७ए, पिक्सेल ८, ८ प्रो, ८ए, पिक्सेल ९ सिरिज, पिक्सेल फोल्ड र पिक्सेल ट्याब्लेटमा एन्ड्रोइड १६ को स्टेबल संस्करण उपलब्ध छ । अन्य ब्रान्डका स्मार्टफोनमा भने यो अपडेट केही महिनापछि उपलब्ध हुने बताइएको छ ।

नयाँ संस्करणले एपहरूलाई विभिन्न स्क्रिन साइज र ओरियन्टेसन अनुसार सजिलोसँग चलाउने ‘एडप्टिभ एप्स’ फिचर ल्याएको छ । यसले विशेषगरी फोल्डेबल र ठुला स्क्रिन भएका डिभाइसमा प्रयोगकर्ताको अनुभवलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

एन्ड्रोइड १६ मा नोटिफिकेसन म्यानेजमेन्टमा पनि सुधार गरिएको छ । एउटै एपबाट आउने नोटिफिकेसनहरूलाई समूहबद्ध (grouped) देखाउने सुविधा थपिएको छ । यसले नोटिफिकेसन अव्यवस्थित भएर देखिने समस्यालाई कम गर्नेछ ।

साथै, लाइभ अपडेटको माध्यमबाट राइड-हेलिङ (सवारीसाधन), फुड डेलिभरी जस्ता सेवाहरूको स्थिति थाहा पाउन अब बारम्बार एप खोलिरहनुपर्ने छैन । यस्ता नोटिफिकेसनहरू लक स्क्रिनमै देखिने कम्पनीले जनाएको छ ।

श्रवण सहायता अर्थात् हियरिङ एड प्रयोगकर्ताका लागि नयाँ कन्ट्रोल टगल ल्याइएको छ । यसबाट फोनकै स्क्रिनमार्फत भोल्युम, प्रिसेट्स र माइक छान्न सकिनेछ । यसले भीडभाड भएका स्थानमा स्पष्ट आवाजको लागि फोनको माइक प्रयोग गर्न सक्ने सुविधा दिने गुगलले उल्लेख गरेको छ ।

गुगलको ‘एडभान्स्ड प्रोटेक्सन’ नामक सुविधा पनि एन्ड्रोइड १६ मा आएको छ । यसले अनलाइन आक्रमण, हानिकारक एप्स, स्क्याम कल र असुरक्षित वेबसाइटहरूबाट डिभाइसलाई सुरक्षा दिने बताइएको छ ।

यस संस्करणमा एचडीआर स्क्रिनशट, एडाप्टिभ रिफ्रेस रेट कन्ट्रोल, आइडेन्टिटी चेक, कस्टम कीबोर्ड शर्टकट र भविष्यमा आउने डेस्कटप मोड जस्ता सुविधाहरू समावेश गरिएको छ । यद्यपि डेस्कटप मोड र मेटेरियल थ्री एक्सप्रेसिभ डिजाइन (material 3 expressive) जस्ता प्रमुख फिचरहरू भने यो स्टेबल संस्करणमा समावेश नभई पछि आउने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ९:५७





सामाग्री श्रोत :
टेक पाना

मुस्ताङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने आफ्नो पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्परा अनुसार उनले पार्टी शिलान्यास गरेका हुन् । 

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् । 

Ncell 2
Ncell 2

त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालको सामाजिक संरचना धार्मिक आस्थासँग गहिरो रूपमा गाँसिएको छ। त्यसैले स्वास्थ्य, शिक्षा र यौनिकताका विषयमा सार्वजनिक संवाद विकास गर्न धार्मिक चिन्तनसँग संवाद गर्नु अपरिहार्य हुन्छ । विशेषगरी बौद्ध धर्मले समृद्ध समाजको विकासका लागि ज्ञान, करुणा र आत्म–विवेकको माध्यमबाट समाजिक रूपान्तरणको सन्देश दिन्छ । यही सन्देशलाई आजको समाजमा विकसित हुदै आएका यौन धारणा एवं प्रचलनहरुलाइ यौन स्वास्थ्य र शिक्षा सँग जोडेर विवेचना गर्नु आवश्यक भएको छ ।

बौद्ध धर्म र ज्ञानको स्वरूप

बुद्ध धर्मको केन्द्रमा अन्धविश्वास होइन, तर्क, विवेक र प्रत्यक्ष अनुभूतिमा आधारित ‘ज्ञान’ छ । गौतम बुद्धले आफूलाई कहिल्यै भगवान् घोषित गरेनन्, न त उनले आफूलाई कुनै अलौकिक शक्तिको धारक माने। बरु उनले आफैंलाई ‘ज्ञान प्राप्त व्यक्ति’को रूपमा चिनाए—जसले जीवनका दुःखका कारण खोजे, विश्लेषण गरे, र त्यसबाट मुक्ति पाउने मार्ग प्रस्तुत गरे (Rahula, 1974)। यही दृष्टिकोणले बुद्ध धर्मलाई अन्य धर्मभन्दा पृथक बनाउँछ—जहाँ आपसी सद्भाव कायम गरी, वैज्ञानिक सोच र व्यावहारिक अनुभूति आधार मानिन्छ।

बुद्धले स्पष्ट रूपमा भनेका छन्— “न त परम्पराले, न त सुनेकोले, न त विश्वासले– तर अनुसन्धान र प्रत्यक्ष अनुभूति मार्फत सत्य बुझ्नुपर्छ। (मूलतः कालाम सुत्त (Kalama Sutta) बाट उद्धृत हो, जुन अङ्गुत्तर निकाय (Anguttara Nikaya), त्रिपिटक (Tipitaka) भित्र पर्दछ।)” (Anguttara Nikaya, Kalama Sutta (AN 3.65); यही सन्देश आजको युगको वैज्ञानिक सोचसँग मेल खान्छ । जब हामी कुनै विषय बुझ्न खोज्छौं—चाहे त्यो जीवन, दुःख, वा यौनिकता नै किन नहोस्—बुद्ध धर्मले हामीलाई एउटा स्पष्ट संकेत दिन्छ: आँखा बन्द गरेर होइन, आँखामाथि विवेकको चस्मा लगाएर बुझ ।
बौद्ध शिक्षा स्वतन्त्र सोचको पक्षधर हो । यसले आत्म–अवलोकन, विश्लेषण र तर्कको अभ्यासलाई महत्त्व दिन्छ । यहाँ भनिन्छ – मानव चेतनामा नै परिवर्तन सम्भव छ । मान्छेको व्यवहार, चिन्तन र अनुभूति परिवर्तन गर्न सक्ने शक्ति उसैमा हुन्छ। यही सोच आजको परिवर्तन आधुनिक मनोविज्ञान, सामाजिक न्याय, र स्वास्थ्य विज्ञानको मूल भावसँग पनि मेल खान्छ।

बुद्ध र यौन नैतिकता : यौनिक अन्यायको प्रतिरोध
बुद्ध धर्मलाई धेरैले केवल ध्यान, त्याग र मोक्षको बाटो मानेका छन् । तर गौतम बुद्धको शिक्षामा यौनिकता र नैतिकताको विषयमा रहेको गहिरो चेतना र सामाजिक रुपमा अझै गहिराइमा पुगेर बुझिन बाँकी छ। इतिहासले एउटा महत्वपूर्ण प्रसंग स्मरण गराउँछ—बुद्ध एक वेश्या भनिएकी महिलासँग भोजन गर्न लाग्दा समाजका तथाकथित धर्मनिष्ठहरू आक्रोशित भए। उनीहरूलाई बुद्धले प्रश्न गरे, ‘उनी वेश्या किन भइन्? उनलाई यस्तो जीवनमा पुर्या्उनेहरू को थिए?” समाज मौन भयो । त्यस मौनतामा बुद्धले बोले–“उनी जन्मजात वेश्या होइनन्, समाजका पुरुषहरूले उनलाई त्यस अवस्थामा पुर्या एका हुन्।’ (Thapar, 2002)।

यस दृष्टान्तले स्पष्ट पार्छ—बुद्धले यौनिकता वा यौन व्यवहारलाई पाप भनेनन्, बरु त्यसलाई सामाजिक अन्याय, लैंगिक विभेद र पितृसत्ताको परिणामस्वरूप उत्पन्न विकृति भनेर -चित्रित गरे । उनले यौन नैतिकताको आधार विवेक, आत्म–अनुशासन, र चेतना परिवर्तन देखे, न कि दमन वा निषेधमा । सुपप्रेसन होइन, कन्सियस ट्रान्सफर्मेसन नै बुद्धको मार्ग हो।

बौद्ध शिक्षाविद् भिक्षु बोधी (Bhikkhu Bodhi, 2016) ले लेख्छन्, ‘कामेच्छालाई शत्रुजस्तो व्यवहार गर्ने होइन, त्यसलाई बुझ्ने र रूपान्तरण गर्ने कला सिक्नुपर्ने हो।’ यही शिक्षाले यौन व्यवहार र नैतिकताको विषयमा बौद्ध दृष्टिकोणलाई प्रगतिशील र मानवअधिकार–मैत्री बनाउँछ । बुद्धले यौनिकता लैंगिक स्वतन्त्रता, र जिम्मेवार व्यवहारलाई जोड दिए।

बुद्धको शिक्षामा ‘नारी कुनै अवरोध होइनन्, न त उनीहरूका शरीरहरू’ पतनको कारण मानिन्छन्। बरु, बुद्धले बारम्बार भने– ‘संसारले नारीलाई होइन, आफ्ना आँखालाई नियन्त्रण गर्नु।’ यो सन्देश बुद्धका संयम र इन्द्रीय नियन्त्रण सम्बन्धी शिक्षामा आधारित छ (Majjhima Nikaya, Saleyyaka Sutta; Rahula, 1974)।  यौन शोषण, बलात्कार, वा वेश्या व्यवसायलाई नैतिकताको नाममा नारीको दोष बनाइने चलनप्रति बुद्ध सशक्त रूपमा उभिएका थिए।

यौनिकता, लैंगिक विविधता र यौन स्वास्थ्यको विषय सामाजिक बन्धनको घेराभित्र भएको अवस्थामा हुन्छ, बुद्धको शिक्षाले एउटा महत्वपूर्ण विकल्प दिन्छ – जहाँ यौन चेतना एवं व्यबहारमा डर र लाजको होइन, चेतना र उत्तरदायित्वको विषय हो । यौनिक न्याय स्थापित गर्न सामाजिक परिवर्तनका लागि समयानुकुल आवश्यक ‘व्यक्तिगत आत्म–बोध, सामाजिक चेतना, बुद्ध दर्शनमा गहिरो रूपमा गुँजिएको पाइन्छ ।

यही सन्देश अनुरुपको सकारात्मक रुपमा पत्रकारिता, शिक्षाशास्त्र आदि विषयमा समेटिने गरी नीतिनिर्माण गरिनुपदर्छ । यौनिकता न त वर्जना हो, न त अपराध; यदि त्यसलाई बुद्धको जस्तो दृष्टिले हेरियो भने, हामी यौनिक अन्याय, लैंगिक हिंसा र दमनको विरोधमा विवेकपूर्ण न्यायोचित आवाज उठाउन सक्छौं।

यौन स्वास्थ्य बौद्ध दर्शनमा : सम्मान, विवेक र स्वच्छता
यौनिकता र यौन स्वास्थ्यबारे धर्मले प्रायः कठोर निषेधका चश्माबाट हेरेको इतिहास छ । तर, बौद्ध दर्शनमा यौन स्वास्थ्यलाई गरिमासाथ, विवेकपूर्वक र स्वच्छ सन्देशमार्फत बुझ्ने प्रयास भएको पाइन्छ । बौद्ध धर्मका पाँच शीलमध्ये एक छ- ‘काममेसु मिच्चाचार वेरमणी सिख्खापदं समादियामि।’ यो वाक्य बौद्ध धर्मका पाँच शीलमध्ये तेस्रो शीलको अंश हो (Tipitaka, Vinaya Pitaka, Suttavibhanga)
अर्थात्, गलत यौन व्यवहारबाट जोगिने अठोट । यसको आशय केबल ब्रह्मचार्य होइन, बरु असहमति, धोका, बल प्रयोग वा दमनका आधारमा हुने यौन सम्बन्धको विरोध हो । सहमतिमा आधारित, इमानदार र आत्म–सम्मानयुक्त सम्बन्ध बौद्ध दृष्टिकोणले निषेध गर्दैन भन्ने पुष्टी उक्त कथनबाट हुन जान्छ।

यी उल्लेखित मूल्यहरूले यौन व्यवहारलाई निरन्तर नियन्त्रण होइन, विवेक, आत्म–बोध र उत्तरदायित्वमा आधारित मार्गदर्शन दिन्छन् । यस दृष्टिकोणले लैंगिक व्यवहारलाई ‘पाप भनेर हतोत्साहित गर्दैन, बरु ‘जिम्मेवार र सम्मानजनक सम्बन्ध को बाटो देखाउँछ । यही दृष्टिकोणलाई विश्व स्वास्थ्य संगठन (WHO, 2010) ले दिएको यौन स्वास्थ्यको परिभाषासँग जोड्न सकिन्छ—जहाँ यौन स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र होइन, शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था मानिएको छ।

बौद्ध दृष्टिकोणमा यो स्वास्थ्य ‘मध्य मार्गबाट प्राप्त हुन्छ – न त अति इन्द्रीय–सुखमा डुब्नु, न त पूर्ण दमन Bodhi, B. (Trans.). (2000)।  फ्रान्सेली धर्मविद् Andr Bareau (1970) का अनुसार, बुद्धको यौन दृष्टिकोण नकारात्मक नैतिकता होइन, ‘स्वस्थ जीवनका लागि आत्म–अनुशासनको सकारात्मक अभ्यास’ हो। यसले धर्मको कठोर अनुशासनलाई मानव अधिकार र आत्मनिर्णयसँग सन्तुलनमा ल्याउँछ।

यसकारण, बौद्ध दर्शनले यौनिकता र स्वास्थ्यबीच संवाद गराउँछ- जहाँ न नैतिक आतंक हुन्छ, न यौन स्वतन्त्रताको दुरुपयोग । बरु आत्मबोध र अरुको सम्मान बीचको सुव्यवस्थित सन्तुलन पाइन्छ, जसले यौन स्वास्थ्यलाई सामाजिक–धार्मिक दृष्टिले पनि वैधता दिन सक्छ / दिनुपर्छ।

नेपालमा बौद्ध धर्म र यौन स्वास्थ्य : समाज र व्यवहार
नेपालको २०२१ को जनगणना अनुसार, करिब ९ प्रतिशत जनता बौद्ध धर्मावलम्बी छन्, यिनै समुदायभित्र तुलनात्मक रुपमा अन्य धर्मावलम्भि भन्दा यौन एव यौनिकतामा (बिबाह सम्बन्ध बिच्छेद दोश्रो बिबाह) केही स्तन्त्रता देखीन्छ सायद बौद्ध दर्शनको प्रभाबले नै हुन सक्छ । तर पनि अझै पनि किशोर किशोरीहरु लाजले चुप लाग्छन्, अभिभावकहरू डराउँछन्, विद्यालय शिक्षकहरूमा पनि यौन शिक्षाको कमीले अध्यापन गराउन तयारी भएको पाइँदैन र समाजले अझै पनि यौनिक विषयलाई उछृङ्कल वा छाडाको रूपमा हेर्छ । परिणामस्वरूप, SRHR (Sexual and Reproductive Health and Rights) को सन्देश विद्यालय–परिवारबाट समुदायमा सकारात्मक सन्देश दिन सकेको देखिँदैन।

यस्तो अवस्थामा बौद्ध धर्मको प्रयोगात्मक, समतामूलक र करुणामूलक दर्शनलाई आधार बनाउने हो भने यौन शिक्षालाई नयाँ स्वरूप दिन सकिन्छ । बुद्धले भनेका थिए, “न त परम्पराले, न त सुनेकोले, न त विश्वासले– तर अनुसन्धान र प्रत्यक्ष अनुभूतिबाट सत्य जान्नुपर्छ” (Rahula, 1974)। यही दृष्टिकोणले यौन शिक्षा पनि तथ्य, अनुभूति र मानव गरिमामा आधारित हुनुपर्छ भन्ने सन्देश दिन्छ ।
यसै सन्दर्भमा केही प्रयोगात्मक उपायहरू अगाडि सार्न सकिन्छ:

•    SRHR शिक्षामा करुणा र सम्मान केन्द्रीकरण गर्न सकिन्छ, जसरी बुद्धले करुणालाई जीवन दर्शनको मेरुदण्ड माने ।
•    यौनिक विविधता (एलजीबीटीक्यु+) लाई ‘पाप’ होइन, मानव अनुभवको विविधता मानेर प्रस्तुत गर्न सकिन्छ- जसरी बौद्ध चिन्तन आत्म–बोध र सह–अस्तित्वमा आधारित छ ।
•    कामेच्छा नियन्त्रण suppression (दमन) को रूपमा होइन, चेतन–मार्गदर्शनको अभ्यास (mindful transformation) को रूपमा बुझाउन सकिन्छ- जसरी ध्यान र अनुशासनमार्फत बुद्धले इच्छालाई रूपान्तरण गर्न सिकाए।

बौद्ध शिक्षा केवल ध्यान र मोक्षको पाठ होइन, समता र सामाजिक न्यायको दर्शन पनि हो। इतिहासकार Romila Thapar (2002) ले औंल्याएझैं, बुद्धले वेश्या भनिएकी महिलालाई पनि मानवताको दृष्टिबाट सम्मान गरे । यसैले बौद्ध चिन्तनलाई SRHR शिक्षामा समाहित गर्नु धर्मको नाममा शिक्षा रोकिने होइन, बरु सांस्कृतिक वैधता र सामाजिक स्वीकार्यता बढाउने उपाय हुन सक्छ।

नयाँ पुस्तालाई वैज्ञानिक र सांस्कृतिक दृष्टिकोणको सेतु भएर SRHR सन्देश दिनुपर्ने खाँचो छ । र, बौद्ध दर्शन यस्तो सन्देश दिन सक्ने शक्ति, संवेदना र सन्दर्भ दुबै बोकेको जीवनदर्शन हो—शर्त केबल एउटै हो, हामीले बुझ्नुपर्छ, प्रस्तुत गर्नुपर्छ।

निष्कर्ष
बौद्ध धर्मको तात्त्विक आधार-विवेक, प्रत्यक्ष अनुभव, करुणा र आत्म-परिवर्तनले यौन स्वास्थ्य र यौनिकता जस्ता संवेदनशील विषयहरूप्रति गहिरो र विवेकी दृष्टिकोण प्रदान गर्दछ। बुद्धको शिक्षाले यौनिकता कुनै वर्जित वा पापजन्य व्यवहार होइन, बरु आत्म-ज्ञान, समानता र उत्तरदायित्वका साथ बुझिनुपर्ने मानवीय पक्ष हो भन्ने कुरा प्रष्ट पार्दछ । यसले यौनिक अन्याय, लैंगिक हिंसा, र सामाजिक कलङ्क विरुद्ध वैचारिक र नैतिक बल प्रदान गर्दछ।

नेपालको सामाजिक सन्दर्भमा, जहाँ यौन शिक्षालाई अझै पनि लाज, डर र अज्ञानताले घेरेको छ, बौद्ध धर्मको प्रयोगात्मक र समावेशी दृष्टिकोणले यौन शिक्षालाई वैज्ञानिक, गरिमायुक्त र मानवअधिकार-मैत्री बनाउने अवसर प्रदान गर्दछ । बौद्ध धर्मको प्रभावलाई यौन स्वास्थ्यको संवर्धनमा रूपान्तरणात्मक स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ।

अन्ततः, यौनिकता र धर्मबीचको द्वन्द्व होइन, संवाद अपरिहार्य छ- जहाँ बुद्धको शिक्षाले अनुसन्धान, सहानुभूति, र विवेकको माध्यमबाट नयाँ चेतनाको निर्माण गर्न मद्दत पुर्याकउँछ । यही दृष्टिकोणलाई शिक्षा, पत्रकारिता, नीति निर्माण र समुदायस्तरमा स्थापित गर्न सके, नेपालमा यौनिक न्याय र स्वास्थ्यप्रति सम्मानपूर्ण वातावरण निर्माण सम्भव छ।

(लेखक- अनुसन्धान संयोजक सुरुवात र कार्यसमिति सदस्य नेपाल स्वास्थ्य शिक्षा संघ)

सन्दर्भ (References):
•    Anguttara Nikaya, Kalama Sutta (AN 3.65); अनुवाद: Bhikkhu Bodhi (2005), “The Numerical Discourses of the Buddha.” Wisdom Publications. 
•    Bareau, A. (1970). The Historical Buddha. Penguin Books.
•    Bodhi, B. (Trans.). (2000). The Connected Discourses of the Buddha: A New Translation of the Samyutta Nikaya. Wisdom Publications. (See SN 56:11, Dhammacakkappavattana Sutta)
•    Bhikkhu Bodhi (2016). The Noble Eightfold Path: Way to the End of Suffering. Buddhist Publication Society.
•    Rahula, W. (1974). What the Buddha Taught. Grove Press.
•    Thapar, R. (2002). The Penguin History of Early India. Penguin Books.
•    World Health Organization (2010). Developing Sexual Health Programmes: A Framework for Action. Geneva: WHO.


 

सामाग्री श्रोत :
swasthyakhabar

मुस्ताङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरे। बौद्ध परम्पराअनुसार उनले पार्टी शिलान्यास गरे।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हन्।

त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए।


सामाग्री श्रोत :

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

काठमाडौँ । निजी क्षेत्रको पहलमा नेपाल र श्रीलंकाबिच सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा रणनीतिक साझेदारी सुरु गरिएको छ । ‘नेपाल–श्रीलंका आईसीटी एलायन्स २०२५’ शीर्षकमा अगाडि बढाइएको यो पहलले दक्षिण एसियाको डिजिटल सहकार्यलाई संस्थागत गर्ने लक्ष्य लिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा तयार गरिएको रणनीतिक साझेदारी अवधारणा काठमाडौंस्थित श्रीलंकाको राजदूतावासमा कार्यवाहक राजदूत चमेरीरा मुनासिंघेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सो अवसरमा शिक्षाविद् एवं क्यान सदस्य ओमकार बस्नेत पनि उपस्थित थिए ।

साझेदारीअन्तर्गत नेपाल–श्रीलंका सूचना प्रविधि व्यापार परिषद् गठन गरिनेछ । उक्त परिषद् क्यान महासंघ, श्रीलंका एसोसिएसन फर सफ्टवेयर सर्भिसेज कम्पनीज र आईसीटीए श्रीलंकाबिचको सहकार्यमा गठन गरिनेछ ।

उक्त पहलले आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, वित्त प्रविधि, आउटसोर्सिङ, स्टार्टअप प्रवर्द्धन, इनक्युबेसन लगायतका क्षेत्रमा व्यापार मिलान, प्रविधि आदानप्रदान तथा संयुक्त लगानी र नवप्रवर्तनमा सहकार्य गर्ने बताइएको छ ।

दुवै देशबिच प्रविधि जनशक्ति आदानप्रदान, सीप र प्रमाणपत्रहरूको पारस्परिक मान्यता तथा सफ्टवेयर डेभलपमेन्ट, क्लाउड कम्प्युटिङ, बीपीओ, साइबर सुरक्षामा सहकार्य गरिने बताइएको छ । साथै, नेपालका एनपीसर्ट र श्रीलंकाका सर्टबिच साइबर सुरक्षा सूचना साझेदारी, संयुक्त प्रतिक्रिया (रेस्पोन्स) र दक्षता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यस्तै दुवै देशका प्रविधि मेला, बी-टू-बी सम्मेलन, स्टार्टअप प्रदर्शनी तथा नीति संवादमा परस्पर सहभागिता सुनिश्चित गर्ने योजना छ । विश्वविद्यालय तथा अनुसन्धान संस्थाबिच विद्यार्थी र प्राध्यापक आदानप्रदान तथा आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र डेटा विश्लेषणमा पनि संयुक्त अनुसन्धान गरिने सहमति भएको छ ।

भविष्यमा ‘नेपाल–श्रीलंका डिजिटल करिडोर’ निर्माण गरी दक्षिण एसियामा डिजिटल केन्द्रका रूपमा दुवै मुलुकलाई स्थापित गर्ने दीर्घकालीन योजना समेत साझेदारीमा समावेश गरिएको छ ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले यो साझेदारीले दुवै देशको सूचना प्रविधि क्षेत्रलाई दिगो रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।


 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ८:१५





सामाग्री श्रोत :
टेक पाना

पर्वत – चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो ।सङ्घीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो । यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ । 

Ncell 2
Ncell 2

स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट