
काठमाडौं– स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १५३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो ।
आक्रामक सुरुवात गरेको नेदरल्यान्ड्सको त्यसपछि एकपछि अर्को विकेट गुम्दा ठूलो स्कोर बनाउनबाट चुक्यो ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभरमा कसिलो बलिङ गर्दै उनले १८ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिएका हुन् ।
यस्तै नन्दन यादवले ३ ओभरमा १९ रन खर्चिएर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेदरल्याण्ड्सका लागि तेजा निदमनुरुले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलको सामना गर्दै एक छक्का हिर्काए । यस्तै विक्रमजीत सिंहले ३०, सजीब लुल्फिकरले २५, ओपनर माइकल लेभिटले २०, म्याक्स वडुटले १९ र ज्याक लायन क्याचेले ११ रन बनाए ।
नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । यसअघि आईतबार भएको पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन्।
विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन्।
विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे।
असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए।
निमित्त उपकुुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरुलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको राससलाई जानकारी दिए।
गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो।
सामाग्री श्रोत :
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । कोशी प्रदेश सरकारले तुलनात्मक रूपमा वातावरणीय हिसाबले स्वच्छ मानिने सवारी साधनलाई कर छुट दिने भएको छ ।
आइतबार चालु आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत प्रदेश सरकारले यस्तो घोषणा गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरका अनुसार सीएनजीमा आधारित वा मोनो इन्धन वा द्विइन्धन प्रणालीमा परिमार्जित र ग्रिन हाइड्रोजनबाट चल्ने सवारीलाई लाग्ने सवारी करमा छुट हुने व्यवस्था मिलाइएको छ । ga
पछिल्लो अध्यावधिक: असार २, २०८२ २०:४७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा ३ लाख धरौटीमा छुटेका छन् ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि उनी आजै धरौटी बुझाएर छुटेका हुन् ।
उनी आज बिहान अदालतमा हाजिर भएका थिए। तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्।
चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुन सबै गाउँ र नगरपालिकाहरुलाई पत्राचार गरेको छ।
मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्र सहित पालिकाहरुलाई पत्राचार गरेको हो।
स्वास्थ्य मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई स्वास्थ्य बीमा ऐन अनुसार राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने व्यवस्था रहेको उल्ले गर्दै स्थानीय सरकार र मातहतका निकाय तथा कार्यलयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गर्न सहजीकरण गरिदिन आग्रह गरेको थियो।
संघीय मामिला मन्त्रालयले स्वास्थ्यको सोही पत्रसहित पालिकाहरुलाई पत्राचार गरेको हो।
हेरौं पत्र
सामाग्री श्रोत :
swasthyakhabar
दमक (झापा)। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र तिनवटै तहको निर्वाचन सँगसँगै हुने भएकाले पार्टीमा आबद्ध सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई धेरैभन्दा धेरै स्थानमा विजयी बनाउन कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले एकताबद्ध अहिलेदेखि नै एकताबद्ध भएर काम गर्नुपर्छ भने। पार्टीलाई सुदृढ बनाउन हरेक कार्यकर्ता जनताका बीचमा जानुपर्ने उनको भनाइ थियो।
देशमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन गर्न कांग्रेसकै नेतृत्वबाट सम्भव भएको चर्चा गर्दै महामन्त्री शर्माले वर्तमान शासन व्यवस्थाको विकल्प नभएको बताए।
कांग्रेस झापाका सभापति देउमान थेबेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीले क्रियाशील सदस्यता नवीकरण सात दिनमा पूरा गरेर केन्द्रलाई बुझाइने जानकारी दिइएको थियो।
सामाग्री श्रोत :
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड
काठमाडौँ । एलन मस्कको कम्पनी न्युरालिङ्कले एक बाँदरको मस्तिष्कमा चिप जडान गरी भौतिक रूपमा अस्तित्वमा नभएको कुरा देखाउन सफल भएको छ । न्युरालिङ्कका इन्जिनियर जोसेफ ओडोहेर्टीले शुक्रबार एक सम्मेलनमा न्युरालिङ्कको यो सफलताबारे खुलाएका हुन् ।
इन्जिनियर जोसेफका अनुसार ‘ब्लाइन्डसाइट’ (Blindsight) नामक न्युरालिङ्कको यो उपकरणले बाँदरको आँखाले देख्ने भागको मस्तिष्कलाई उत्तेजित गरेको थियो । परीक्षणको क्रममा अनुसन्धानकर्ताले बाँदरको मस्तिष्कलाई भ्रममा पारेर कुनै वस्तुको कल्पना गराउन खोजेका थिए । त्यस क्रममा बाँदरले कम्तीमा दुई-तिहाइ पटक आफ्नो आँखा त्यतै घुमाएको थियो ।
‘ब्लाइन्डसाइट’ प्रणालीमा चिपलाई काम गर्न मद्दत गर्नका लागि एक जोडी चस्मा समावेश गर्ने योजना रहेको जोसेफले बताए । “बाँदरको भिजुअल कोर्टेक्स मानिसको तुलनामा मस्तिष्कको सतहको नजिक हुन्छ,” बाँदरमा परीक्षण गर्नुको फाइदाबारे चर्चा गर्दै उनले भने, “यसले गर्दा त्यहाँ पुग्न सजिलो हुन्छ । न्युरालिङ्कले आफ्नो सर्जिकल रोबोट प्रयोग गरेर मानिसको मस्तिष्कको गहिरो भागमा पनि इम्प्लान्ट राख्न सक्छ ।”
यो नतिजा ‘ब्लाइन्डसाइट’ परीक्षणबारे न्युरालिङ्कले सार्वजनिक गरेको पहिलो जानकारी हो । यस चिपले आँखाको कार्यको नक्कल गर्ने बताइएको छ । मस्तिष्क-उपकरण विकासको यो क्षेत्रलाई विश्वभर निकै चासोका साथ हेरिएको छ, किनकि यसले प्रविधिको प्रयोगबाट उपचार गर्न कठिन मानिएका अवस्थामा कसरी निको पार्न सकिन्छ भन्ने सीमाहरूको परीक्षण गरिरहेको छ ।
हुन त जनावरमा गरिएको कुनै पनि अध्ययनको नतिजा मानिसमा कत्तिको लागु हुन्छ भन्ने प्रश्न सधैँ रही रहन्छ । यो उपकरणलाई अमेरिकामा मानव प्रयोगका लागि स्वीकृति दिइएको छैन । कम्पनीका मालिक मस्कका अनुसार ‘ब्लाइन्डसाइट’को लक्ष्य भनकै मानिसलाई देख्न मद्दत गर्नु हो ।
त्यति मात्र नभई यसको दीर्घकालीन लक्ष्य भनेकै मानिसलाई इन्फ्रारेड (मानवीय क्षमताभन्दा माथिको दृष्टि) लाइट देख्ने क्षमता प्रदान गर्नु हो । कम्पनीले विगत केही वर्षदेखि बाँदरमा ‘ब्लाइन्डसाइट’को परीक्षण गरिरहेको छ । र यसै वर्ष मानिसमा परीक्षण गर्ने आशा गरिएको मस्कले गत मार्चमा बताएका थिए ।
न्युरालिङ्कले प्यारालाइसिस (पक्षाघात) भएका व्यक्तिलाई कम्प्युटरसँग सोझै सञ्चार गर्न मद्दत गर्ने उपकरण पनि जडान गरिरहेको छ । मस्कका अनुसार अहिलेसम्म पाँच जना व्यक्तिमा न्युरालिङ्क इम्प्लान्ट गरिएको छ । जोसेफका अनुसार पाँच जनामध्ये तीन जनामा सन् २०२४ मा र दुई जनामा सन् २०२५ मा जडान गरिएको थियो । केही बिरामीले आफ्नो न्युरालिङ्क उपकरण हप्तामा लगभग ६० घण्टासम्म प्रयोग गरिरहेका छन् ।
भविष्यमा यस्तै प्रविधि प्रयोग गर्ने मस्तिष्क सम्बन्धी उपकरणले प्यारालाइसिस भएका मानिसलाई हिँडडुल गर्न वा चल्न मद्दत गर्न सक्ने मस्कले बताउँदै आएका छन् । जोसेफले सम्मेलनमा न्युरालिङ्क इम्प्लान्ट प्रयोग गरेर बाँदरको स्पाइनल कर्ड (मेरुदण्ड) लाई उत्तेजित गरी उसको मांसपेशी चलाइएको एक प्रयोगको चर्चा गरेका थिए ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १९:४५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी–२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।
स्टकल्यान्डको ग्लासोमा टस जित्दै नेपालले आफूले फिल्डिङ रोज्दै नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । नेदरल्यान्ड्सको यो सिरिजमा दोस्रो खेल हो । हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्ड्ससँग पराजित भएको छ ।
टी–२० आईमा यसअघि भएका पाँच भेटमा तीन जित नेदरल्यान्ड्सले निकालेको छ भने दुई मा नेपालले जितेको छ । आजको खेल नेपालको टी–२० आई फर्म्य्राटमा एक सयौं खेल पनि हो । नेपालका लागि टी–२० अन्तर्राष्ट्रिमा दुई जना खेलाडीले डेब्यू गर्दैछन् । किरण ठकुन्ना र रुपेश सिंहले डेब्यू गर्दैछन् ।
घरेलु क्रिकेटमा जमेका दुवै खेलाडीको प्रदर्शन कस्तो हुनेछ त्यो खेलले नै थाह हुनेछ । यस्तै हार्ड हिटर लोकश बमको पनि प्रतिक्षा सबैलाई रहनेछ । ए टिममा आयरल्यान्ड्स उल्फ विरुद्ध उनले आक्रामक ब्याटिङ गरेका थिए ।
यस्तो छ नेपालको प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिलकुमार साह (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, किरण ठकुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको कार्याकाल सकिएको छ।
प्रतिष्ठानमा चार वर्षका लागि २०७८ असार ३ गते नियुक्त भएका महतको कार्यकाल आजदेखि सकिएको हो। महतलाई प्रतिष्ठानका सहकुलपति समेत रहेका तत्कालिन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले नियुक्त गरेका थिए।
महतले २०७८ सालको ३ गतेदेखिनै प्रतिष्ठानबाट रजिष्ट्रारको तलब लगायतका सेवा सुविधा लिएका छन्। यद्यपि उनले असार १० गते पत्र लिएका थिए। तर उनले तलब लगायतका सेवा भने २ गतेदेखि नै लिएको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ।
स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव गोपिकृष्ण रेग्मी अनुसार २०७८ असार ३ गते निर्णय भएर चार वर्ष अवधि तोकिएको र सोही मिति अनुसार नियुक्ति पाएका पदाधिकारीले सेवा दिनदेखि नै सुविधा लिएको भएमा कार्यकाल सकिएको हो।
‘तलब लगायतका सेवा सुविधा चार वर्षको लिइसकेको हुँदा असार ३ गते निर्णय भएर सोही दिनदेखि सेवा लिएकाको हकमा कार्यकाल सकिएको भनेर प्रष्ट बुझ्नुपर्छ,’ उनले भने, ‘नियुक्तिको निर्णय भएकै दिनदेखि तलब लिएको छ भने पत्र पछि बुझेपनि कार्यकाल सकिएको भनेर नै बुझिन्छ।’
स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार पनि महतले पत्र बुझ्नु अघिदेखिने तलब लगायतका सेवा लिएको देखिन्छ। महतले स्वास्थ्य मन्त्रालयबाट १० गतेको मितिमा पत्र लिएको देखिन्छ। उनको पत्रमा पनि असार ३ गते निर्णय भएको भनेर उल्लेख छ। तर उनले असार २ गतेदेखि नै तलब लिएको देखिन्छ।
नेकपा एमाले भातृ संस्था युवा संघका उपाध्यक्ष रहेका महतलाई तत्कालिन समयमा मन्त्री तामाङले नियुक्तिको निर्णय गर्दा नै विवाद भएको थियो।तत्कालिन समयमा प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री तामाङले मन्त्रीबाट हटेपछि पुरानो मिति राखेर महतलाई रजिष्ट्रारमा नियुक्त गरेको भन्दै विवाद भएको थियो।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले महतसहित तीन जनाको नाम मन्त्री तामाङलाई सिफारिस गरेका थिए। २०७८ असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए। उनी मेलम्चीमा नै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतले तामाङ सहित २० जना मन्त्री जिम्मेवारीमुक्त भएका थिए।
जिम्मेवारीमुक्त भएपछि मन्त्री तामाङले महतलाई असार ३ गतेको मितिमा रजिष्ट्रारमा नियुक्त गरेको पत्र तयार पारेको मन्त्रालयका कर्मचारीले आरोप लगाएका थिए।
स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारीले विगतमा जे जसरी नियुक्ति पाए पनि प्रतिष्ठानका रजिष्ट्रार पदमा चार वर्षका लागि भनेर लेखेर नै नियुक्ति पाएका महतले चार वर्ष अवधिको तलब लगायतका सेवा लिएको देखिएकाले कार्यकाल सकिएको भनेर नै बुझेको जानकारी दिए।
कर्मचारीले लगाए ताला
रजिष्ट्रार महतले कार्यकाल सकिन लाग्दा प्रक्रिया विपरित धेरैभन्दा धेरै कर्मचारी नियुक्त गर्न लागेको भन्दै प्रतिष्ठान कर्मचारीहरुले प्रतिष्ठानको प्रशासनमा ताला लगाएका छन्। जुम्लाको कार्यालय र काठमाडौं सम्पर्क कार्यालयमा कर्मचारीले ताला लगाएको प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए।
उनले महतले जाँदाजाँदै प्रक्रिया विपरित प्रतिष्ठानको विज्ञापन कार्यकारी परिषद्बाट स्वीकृत समेत नगरी एकल निर्णय गर्दै अगाडि बढेपछि विरोधमा उत्रनु परेको बताए। ‘रजिस्ट्रारले प्रक्रियाविपरित एकल निर्णयले गरेको र स्वीकृत दरबन्दी किताबमा नभएको पदसमेत विज्ञापन गरेपछि तालाबद्ददी गर्नुपरेको हो,’ उनले भने, ‘प्रतिष्ठानको आर्थिक कार्यभारको ख्याल नगरी दरबन्दी किताबमा नभएका पदको विज्ञापन गरिनु संस्थाको हितविपरित हो।’
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ। प्रहरीले स्थानीय राजु स्याङतानलाई पक्राउ गरी कारबाही अघि बढाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्याङतानको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा सिरानीमुनि लुकाइएको अवस्थामा एमएम युनिभर्सल मेड इन इटाली लेखिएको म्यागजिनसहितको पेस्तोल १ थान, थप १ थान खाली म्यागजिन र १३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
त्यसैगरी गोठको दोस्रो तल्लामा मकैको खोस्टा र पत्करभित्र प्लास्टिकको झोलामा लुकाइ राखिएको अर्को कटुवा पेस्तोल १ थान र एमएम लेखिएको १२ राउण्ड गोलीसमेत फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधतर्फ स्याङतानको घरबाट अफिमजस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम बरामद गरिएको छ। यससँगै लागूऔषध र हातहतियार खरखजना सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको छ।
स्याङतान आपराधिक गतिविधिमा संलग्न पुनरावृत्तिपूर्ण पात्र रहेको खुलेको छ। ०७१ सालमा लागूऔषध मुद्दामा पक्राउ परी दुई वर्ष कैद भुक्तान गरेका थिए। ०७६ साल साउन ४ गते, लागूऔषध र हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय पाएका स्याङतान ०८१ सालको माघमा छुटेका थिए।
हाल पुनः लागुऔषध र अवैध हातहतियारसहित पक्राउ परेका स्याङतानमाथि आवश्यक अनुसन्धान तथा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
सामाग्री श्रोत :