
काठमाडौं- अमेरिकाको वासिङ्टन डिसीमा हालै सम्पन्न अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९ औं साधारण सभामा एक लाख ६० हजार हजार डलर अर्थात दुई करोड २२ लाख नेपाली रुपैयाँ आर्थिक संकलन भएको छ।
नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगका लागि उक्त रकम संकलन भएको हो।जुन १३ शुक्रबार देखि जुन १५ आइतबारसम्म चलेको साधारण सभामा संकलित उक्त रकम नेपालका विभिन्न क्षेत्रमा हस्तान्तरण गरिने एएनएमएफले जनाएको छ।
सधारण सभामा दिइएको जानकारी अनुसार उठेको १ लाख ६० हजार डलर मध्ये धेरै रकम भने वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालको अगुवाइमा बनिरहेको बाल अस्पतालमा एनआइसीयूका लागि उपलब्ध गराइने छ।
यसका साथै संकलित रकमबाट नेपालमा स्तन क्यान्सरको पहिचानका लागि मोबाइल म्यामोग्राम भ्यान खरिद र अन्य परियोजनाका लागि पनि उपलब्ध गराइने साधारण सभामा जानकारी दिइएको छ। एएनएमएफले स्थापना कालदेखि नेपालको स्वास्थ्य र चिकित्सा शिक्षाका क्षेत्रमा ३०० वटा परियोजनामा काम गरिसकेको छ।
यसैगरी, साधारण सभाले वर्तमान अध्यक्ष डा बिष्णु सापकोटालाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ। उपाध्यक्षमा डा नारायण न्यौपाने, महासचिवमा डा नविन कैनी, सहसचिवमा डा विकाश भट्टराई, कोषाघ्यक्षमा डा कल्पना श्रेष्ठ र सह कोषाध्यक्षमा डा सुशील सुवेदी निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरुमा डा विकास भट्टराई, डा विनोद ढुंगाना, डा विवेक वाग्ले, डा विनोद खड्का, डा डिल्ली भुर्तेल, डा गणेश चौधरी, डा जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा राजु सेन्चुरी, डा लक्ष्मण तिवारी, डा वीरेन्द्र शाह, डा सन्तोष सापकोटा, डा सरोज कँडेल, डा श्याम पौडेल, डा निता थापा, डा समिर गौतम, डा अनन्ता सुवेदी, डा भुपेस खड्का, डा मार्भिन ब्रुस्टिन निर्वाचित भएका छन्।
साधारण सभामा आयोजक समितिका चिकित्सक दिनेश सुवेदीलाई सम्मान समेत गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं, नेपालले मलेसियामा न्यूनतम तलब कार्यान्वयन नभएको भन्दै गम्भीरतापूर्वक समस्या समाधानका लागि मलेसिया सरकारलाई आग्रह गरेको छ । विशेषगरी मलेसियामा सुरक्षा क्षेत्रमा कार्यरत श्रमिकहरुले दैनिक १२ घण्टा काम गर्नुपरिहरेको, महिनाभरि बिदा नदिई काम लगाउने प्रचलन रहेको र करार अवधि समाप्त भएपछि स्वदेश फर्किन चाहँदा पनि फर्किन नदिइएकोमा नेपालले मलेसिया सरकारको ध्यानाकर्षण गराएको हो ।
अन्तराष्टिय श्रम सम्मेलनमा सहभागि हुन स्वीजरल्याण्डको जेनेभामा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मलेसियाका मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङसँगको भेटका क्रममा सो विषय उठाएको भण्डारीको सचिवालयले जनाएको छ । भेटका क्रममा उनले करार अवधि सकिएपछि फर्किने टिकट उपलब्ध नगराउने गरिएको, वर्क परमिट नविकरण ढिला हुने गरेको, समयमै नविकरण नगर्दा श्रमिक कागजातविहिन बन्ने समस्या रहेको भन्दै समस्या समाधानका लागि आग्रह गरे । उनले तलब नगदमा दिनु, बैंक खाता खोल्न सहयोग नगर्नु, पारदर्शिता र सुरक्षाको अभावका साथै ओभरटाइम सही हिसाब नगर्नुलाई मुख्य रुपमा उठाएका थिए । यसैगरी तलब ढिलो वा रोकिनु, श्रमिकहरुले अत्यधिक कामको चाप र विश्रामको अभाव जस्ता समस्या भोगिरहेको भन्दै संवेदनशील भएर समाधानका लागि आग्रह गरेका थिए ।
यसैगरी कागजातविहिन श्रमिक राख्ने र बिरामीमा सहयोग नगर्ने गरिएको, न्यूनतम आवास सुविधा नदिनु, भिसा, टिकट, जबरजस्ती बचत भन्दै तलब कटौती गर्नु, पासपोर्ट र कागजात रोक्ने काम गर्नु, पासपोर्ट नदिंदा प्रहरी र अध्यागमन प्रहरीले धरपकड गर्ने समस्या रहेको तथा सामाजिक सुरक्षा संगठन अनुसार योगदान नगरिएको विषय पनि उठाएका थिए ।
उक्त छलफलको क्रममा मन्त्री भण्डारीले द्विपक्षीय सहमतिको विषय उठाउँदै सन् २०१९ अक्टोबर २९ मा हस्ताक्षर गरिएको भर्ना, रोजगारी र पुनः प्रेषणसम्बन्धी सम्झौता २०२३ अक्टोबरमा समाप्त भइसकेको स्मरण गराउँदै मलेसिया सरकारले शीघ्र अन्तिम रुप दिनेमा नेपाली पक्ष आशावादी रहेको बताए । उनले भने, ‘दुबै देशका सम्बन्धित मन्त्रालयहरूले नयाँ सम्झौताकोे प्रारम्भिक मस्यौदा आदानप्रदान गरिसकेको छ, मलेसियाली मानव संशाधन मन्त्रालयद्वारा नयाँ मस्यौदाको अध्ययन भइरहेको छ, आशा गरौं मलेसिया सरकारको तर्फबाट छिट्टै टुँगो लाग्नेछ ।’
सामाजिक सुरक्षा संगठनले लागु गरेको नयाँ २४ घण्टे सुरक्षा योजनाको सराहना गर्दै मन्त्री भण्डारीले यसबाट श्रमिकहरुको काम बाहेकको समयमा पनि मृत्यु, दुर्घटना, र अन्त्येष्टि खर्चको व्यवस्था हुने कार्यको उच्च सराहना गरेको सचिवालयले जनाएको छ । छलफलका क्रममा श्रम, भण्डारीले विदेशी श्रमिकहरुका लागि १७ सय मलेसियन रिंगेट न्यूनतम तलबलाई कार्यान्वयन गरेकोमा मलेसिया सरकारप्रति कृतज्ञता व्यक्त गरे ।
हाल मलेसियामा करिब ३ लाख ७० हजार नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान छ ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । फेसबुकमा अब जुनसुकै भिडिओ पनि रिल्सको रूपमा शेयर हुने भएको छ । कम्पनीले मंगलबार घोषणा गर्दै अब भिडिओको लम्बाइ वा ढाँचाको आधारमा छुट्टै रूपमा पोस्ट गर्नुपर्ने अवस्था नरहने जानकारी दिएको हो ।
यसअघिसम्म प्रयोगकर्ताले ‘भिडिओ पोस्ट’ र ‘रिल्स’ फरक-फरक तरिकाले राख्न सक्थे । तर, अब यी दुवै एकीकृत गरेर सिधै रिल्सको रूपमा देखिनेछन् । साथै, फेसबुकको एपमा रहेको ‘Video’ ट्याबलाई पनि ‘Reels’ ट्याबमा रूपान्तरण गरिनेछ ।
फेसबुकका अनुसार अब रिल्स लम्बाइ वा ढाँका हिसाबले सीमित हुने छैनन् । हाल रिल्स अधिकतम ९० सेकेन्डको मात्र हुने व्यवस्था रहेकोमा अब त्यो नियम हट्नेछ ।
यस परिवर्तनबाट भिडिओ पोस्ट गर्ने प्रक्रिया झनै सरल हुने कम्पनीको विश्वास छ । यसबाट प्रयोगकर्ताले एउटै फ्लोबाट भिडिओ बनाउने, एडिट गर्ने र शेयर गर्ने अवसर पाउने छन् । साथै, पोस्ट गर्दा क-कसले रिल्स हेर्न सक्छन् भन्ने सेटिङ पनि प्रयोगकर्ता आफैंले रोज्न सक्नेछन् ।
यो परिवर्तन सबै प्रयोगकर्तालाई सहज नलाग्न सक्छ । केही प्रयोगकर्ताका लागि होरिजेन्टल फर्म्याटको भिडिओलाई भर्टिकलमा रुपान्तरण गर्नु झन्झटिलो हुन सक्छ । साथै, छोटा र लामो भिडिओ एउटै ढाँचामा मिसिनु पनि केही प्रयोगकर्तालाई मन नपर्न सक्छ ।
फेसबुकले नयाँ प्रणाली क्रमशः विश्वभर लागु गर्ने जनाएको छ । कम्पनीले फेसबुकमा छोटा, लामा र लाइभ भिडिओजस्ता सबै ढाँचाका सामग्रीका लागि स्थान रहने उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: असार ४, २०८२ ११:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- पाटन, पोखरा, कर्णाली र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नु पर्नेछ। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा, सोको भोलिपल्टसम्म आवेदन दिन सकिनेछ।
आवेदनका लागि आवश्यक सम्पूर्ण विवरण तथा कागजातहरूको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट (https://mohp.gov.np/) मा उपलब्ध छ।
सामाग्री श्रोत :
swasthyakhabar
स्याङ्जा, यहाँका एक युवाले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती थालेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन्।
दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव बटुलेका तिवारी आफ्नै ठाउँमा व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किनुएको बताउँछन्। स्वदेश फर्केको २–३ महिनापछि नै उनी व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढेका थिए।
‘स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ,’ उनले भने, ‘आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रुपमा अगाडि बढेको हुँ।’
मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थालेका तिवारीले ३० रोपनी जमिन भाडामा लिएका छन्। उनले भाडामा लिएको जमिनको व्यवस्थापन, मलखाद, खनजोत तथा खुर्सानीको नर्सरी आफै राखेर जेठको पहिलो साता खुर्सानी रोपेका हुन्।
‘जग्गा व्यवस्थापन, जग्गा सम्झौता, आवश्यक यन्त्र उपकरण खरिद, कामदार लगायतको कामका लागि हालसम्म झण्डै रु २५ लाख लगानी भएको छ,’ उनले भने, ‘करिब ३० रोपनी क्षेत्रफलमा झण्डै २५ हजार अकबरे खुर्सानी लगाएको छु।’
खुर्सानी उत्पादनका लागि यहाँको हावापानी उपयुक्त रहेको उनले बताए। जेठको पहिलो साता लगाइएको खुर्सानीले भदौ, असोजमा उत्पादन दिन्छ।
एउटा राम्रो बोटबाट एकदेखि तीन किलोसम्म खुर्सानी उत्पादन हुने उनले बताए। तिवारीसँगै अहिले व्यावसायिक अकबरेखेतीमा अन्य दुई जनाले पनि साथ दिए। खुर्सानीखेतीका लागि सुरुदेखि नै नगरपालिकाका कृषि प्राविधिकले प्राविधिक सल्लाह तथा परामर्श दिने र अवलोकन गर्ने कार्य भइरहेको उनले बताए।
‘विदेशमा सिकेको सीपलाई आफ्नै ठाउँमा सदुपयोग गर्दै यहीँ स्थापित हुने लक्ष्य र उद्देश्यसहित गाउँ फर्किएको हुँ,’ उनले भने, ‘यस वर्ष ठूलो मात्रामा अकबरेखेती थालेको र आगामी वर्षदेखि व्यवसाय विस्तार गर्दै बाख्रापालन गर्ने तयारी भइरहेको छ।’
गाउँघरमा पछिल्लो समय खेतीपाती नगरी जमिन बाँझो राख्ने क्रम बढ्दै गइरहेका बेला बाँझो जमिनको सदुपयोग गर्दै युवाले ठूलो मात्रामा थालेको व्यावसायिक अकबरेखेतीका बारेमा जान्न बुझ्न आसपासका स्थानीय फर्ममा पुग्ने गरेका छन् । रासस
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो ‘फोनलोन’ सुविधा अन्तर्गत लिएको कर्जा समयमा नतिर्ने ५० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । पटक-पटकको ताकेतापछि पनि ऋणीहरू सम्पर्कमा नआएको र कर्जा चुक्ता गर्न अटेर गरेकाले बैंकले मंगलबार उनीहरूको तीन पुस्ते विवरणसहितको सार्वजनिक सूचना जारी गरेको हो ।
बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गर्नका लागि ३५ दिनको अन्तिम म्याद दिएको छ । फोनलोन सेवामार्फत सहजै उपलब्ध गराइएको कर्जा सुविधा लिएका ऋणीहरूले तोकिएको समयमा साँवा तथा ब्याज भुक्तानी नगरेको र बैंकको सम्पर्कमा समेत नरहेकाले यो कदम चाल्नुपरेको बैंकले जनाएको छ ।
ऋणीहरूले उपभोग गरेको फोनलोन कर्जा सुविधाको बक्यौता रकम सम्झौता बमोजिम समय समयमा तिर्नु/बुझाउनु पर्नेमा पटक पटक तरताकेता गर्दा समेत बक्यौता रकम नतिरी नबुझाई बैंकको सम्पर्कमा समेत नआएको बैंकको भनाइ छ ।
बैंकले सार्वजनिक गरेको सूचीमा ऋणीको नाम, नागरिकता नम्बर, स्थायी र अस्थायी ठेगानाका साथै उनीहरूका बाबु र बाजेको नाम (तीन पुस्ते) समेत उल्लेख गरेको छ । सूचीमा पर्सा, महोत्तरी, काठमाडौँ, धनुषा, सुनसरी, पाल्पा लगायत विभिन्न जिल्लाका ऋणीहरू छन् ।
तोकिएको ३५ दिनको समयभित्र पनि ऋणीहरूले सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर चुक्ता नगरेमा प्रचलित कानुनबमोजिम कर्जा असुलीको प्रक्रिया अगाडि बढाउने बैंकले चेतावनी दिएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उनीहरूको नाम कालोसूचीमा समावेशका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल बैंकिङ एपमार्फत सहजै उपलब्ध गराउने फोनलोन जस्ता डिजिटल कर्जा लोकप्रिय बन्दै गएका छन् । तर, यस्तो कर्जा लिएर समयमा भुक्तानी नगर्दा ऋणीहरूको व्यक्तिगत विवरण नै सार्वजनिक हुनुका साथै भविष्यमा कुनै पनि वित्तीय कारोबार गर्नबाट वञ्चित हुने जोखिम बढेको छ ।
पछिल्लो अध्यावधिक: असार ४, २०८२ १०:१४
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी – इरानका सर्वोच्च नेता आयोतोल्लाह अल खामेनीले इजरायलविरुद्ध युद्धको घोषणा गर्दै कडा जवाफ दिने बताएका छन् । खामेनीले सामाजिक सञ्जाल एक्समा इजरायली शासकलाई कडा जवाफ दिने र कुनै दया नदेखाउने बताएका हुन् । यो घोषणापछि इरानले इजरायलमाथि २५ वटा मिसाइल प्रहार गरेको छ, जसमा खेरी शकन क्षेप्यास्त्र प्रयोग भएको दाबी गरिएको छ । यसले एक हजार चार सय ५० किलोमिटरसम्म प्रहार गर्न सक्छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको आक्रमणले तेल अभिभस्थित मोसादसहित गुप्तचर एजेन्सीका भवनहरूलाई निशाना बनाएको छ । इरानको राजधानी तेहरान र कारजमा विस्फोटका आवाज सुनिएका छन् । इजरायली सेनाले औद्योगिक क्षेत्र र सैन्य अड्डाहरूमाथि आक्रमण गरेको छ । इजरायली सेनाले तेहरानको जिल्ला १८ खाली गर्न चेतावनी जारी गर्दै थप आक्रमणको चेतनावी दिएको छ ।
यसैबीच इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ । ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको हो । सुरक्षा चिन्ताका कारण जेरुसेलमस्थित अमेरिकी दूतावास शुक्रबारसम्म बन्द रहने अमेरिकी विदेश विभागले जनाएको छ । अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ ।
अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् । इरानसँगको द्वन्द्वबीच इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन । यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिनासर्त आत्मसर्मपण गर्न इरानलाई चेतावनी दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् ।
पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँ महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । रासस
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । एप्पलले हालै सार्वजनिक गरेको आईओएस २६ का फिचरहरूलाई लिएर गुगलले पनि व्यंग्य गरेको छ । गुगलको ‘बेस्ट फोन्स फरेभर’ (#BestPhonesForever) नामक भिडिओ क्याम्पेनको नयाँ भागमा एप्पलका नयाँ फिचरहरू पिक्सेल फोनबाट प्रेरित रहेको दाबी गरिएको छ ।
उक्त भिडिओमा पिक्सेल र आईफोनबिचको संवाद देखाइएको छ, जहाँ पिक्सेलले अटो-ट्रान्सलेसन, होल्ड-असिस्ट, कल स्क्रिनिङजस्ता फिचरहरू पहिले नै आफूले दिएको दाबी गर्छ । पिक्सेलका अनुसार अटो-ट्रान्सलेसन चार वर्षअगाडि, होल्ड-असिस्ट पाँच वर्षअगाडि र कल स्क्रिनिङ सात वर्षअगाडि नै पिक्सेलमा उपलब्ध भइसकेको थियो ।
भिडियोको अन्त्यमा आईफोनले पिक्सेललाई पिक्सेल १० सिरिजका लागि केमा काम गरिरहेको छ भनी सोध्छ, ताकि भविष्यमा आईफोन १७ सिरिजका लागि फेरि प्रेरित हुन सकियोस् ।
प्रतिस्पर्धी प्रविधि कम्पनीहरू एक-अर्काबाट प्रेरित हुनु सामान्य भएको चर्चा गर्दै भिडिओले प्राविधिक दौडको यथार्थ चित्रण पनि गरेको छ ।
यसअघि सामसङले पनि आईओएस २६ का फिचरहरूलाई लिएर व्यंग्य गरेको थियो ।
पछिल्लो अध्यावधिक: असार ४, २०८२ ८:५३
सामाग्री श्रोत :
टेक पाना