२०८२ माघ ७ मंगलवार
LATEST NEWS
२०८२ माघ ७ मंगलवार

काठमाडौँ । । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले आयोजना गरेको पाँच दिने कार्यशालाको अन्तिम दिन आज सूचना प्रविधिको विषयमा सम्मेलन सञ्चालन भइरहेको छ । असार  ३ गतेदेखि सुरु भएको यो कार्यशाला आज आयोजित सम्मेलनसँगै सकिदैँछ । 

सूचना प्रविधि र इन्टरनेट पूर्वाधार क्षेत्रका विज्ञहरू सहभागी रहेको यस सम्मेलनमा डिजिटल नेपाल निर्माणमा आवश्यक रणनीति, साइबर सुरक्षाका चुनौती र इन्टरनेट पूर्वाधार सुदृढीकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा विभिन्न प्राविधिक सत्रहरू समावेश छन् । तीमध्ये पहिलो सत्रमा इन्टरनेट राउटिङ, डिनायल अफ सर्भिस आक्रमण, तथा राउटिङ अप्टिमाइजेसन जस्ता विषयमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

यस्तै दोस्रो सत्रमा साइबर सुरक्षा सम्बन्धी विभिन्न प्रस्तुती समावेश गरिएको छ । नेपाल प्रहरीले DNS सुरक्षा उपायबारे जानकारी गराउनेछ भने एपीएनआईसी, ग्रीन टिक नेपाल, र RIPE NCC लगायतका संस्थाका प्रतिनिधिहरूले नेटवर्क सुरक्षाका पछिल्ला प्रविधि र समस्यामा छलफल चलाउने छन् ।

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १२:२१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ। 

आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए।

रास्वपाका पुरुष सांसदहरु आज कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए।

Ncell 2
Ncell 2

सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्। त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे।

त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन्।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

 

काठमाडौँ । आवाजसहितका भिडिओ बनाइदिने गुगलको नयाँ एआई टुल ‘भिओ थ्री’ अब युट्युबमै उपलब्ध हुने भएको छ । कम्पनीका सीओई निल मोहनले एक कार्यक्रममा भिओ थ्री युट्युब शर्ट्समा उपलब्ध हुने घोषणा गरेका हुन् । 

उनका अनुसार आगामी वर्ष यो फिचर युट्युब शर्ट्समा उपलब्ध हुनेछ । २० मेमा कम्पनीले आवाज सहितका भिडिओ बनाइदिने ‘भिओ थ्री’ टुल सार्वजनिक गरेको थियो । सुरुवाती समयमा महँगो सब्स्क्रिप्सनमा मात्र उपलब्ध यो टुल पछि कम्पनीले मासिक १९.९९ डलरको सब्स्क्रिप्सनमा उपलब्ध गराउन थालेको थियो । त्यसमा पनि एक महिनाको ट्रायल सेवा दिँदा यस टुलले तयार पारेका भिडिओ सामाजिक सञ्जालमा व्यापक देखिएका छन् ।

अब यही टुल युट्युब शर्ट्समा उपलब्ध हुने भएको छ । हुन त अहिले पनि युट्युब शर्ट्समा उपलब्ध ‘भिओ टु’ मोडेल प्रयोग गरी प्रयोगकर्ता आकर्षक ब्याकग्राउन्ड बनाउन सक्छन् । त्यसरी नै भिओ थ्री पनि उपलब्ध हुने बताइएको छ । 

यो फिचर प्रयोग गर्न कति शुल्क लाग्छ वा निःशुल्क हुन्छ भन्ने स्पष्ट छैन । त्यस्तै युट्युबमा यो टुल उपलब्ध भइसकेपछि त्यसको गुणस्तर अहिले भिओ थ्रीको जत्तिकै हुन्छ वा फरक हुन्छ बन्ने पनि स्पष्ट छैन । सीईओ निल मोहनका अनुसार दैनिक औसतमा शर्ट्समा २०० अर्ब भ्युज आउने गर्छ । त्यसैलाई अर्को स्तरमा लैजान भिओ थ्रीले महत्त्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असार ६, २०८२ ८:४५





सामाग्री श्रोत :
टेक पाना

कञ्चनपुर – खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ । बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको ३०० मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ ।

 उपकरणको सहायताले नदीमा बाँस गाडेर त्यसमा बाँसकै छेस्काले बुनेर जैविक तटबन्ध निर्माण गर्ने कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत भई १०० दिनको रोजगारीका लागि छनोट भएका व्यक्तिहरुलाई परिचालन गरिएको उनले बताए । 

Ncell 2
Ncell 2

दक्ष कामदार, मेसिनरीको भाडा, इन्धन खर्च, बाँस खरिदलगायतका लागि नगरपालिकाले रु पाँच लाख बजेट खर्च गरेको छ । नदीमा जैविक तटबन्ध निर्माण भएपछि खेलमैदानको सुरक्षासँगै हालै निर्माण भएको कभर्ड हल क्षेत्रको जग्गा भूक्षय हुनबाट रोकिने उनले विश्वास व्यक्त गरे । नदी छेउमै रहेको खल्ला बस्तीका बासिन्दालाई पनि नदीको बाढीबाट सुरक्षा हुने शाखा प्रमुख धामी बताए । 

  

“बाँसको जैविक तटबन्ध उपयोगी, वातावरणमैत्री र कम लागतमै निर्माण हुन्छ”, उनले भने, “कटान रोक्न, नदी तटीय क्षेत्रको प्राकृतिक पुनःस्थापना गर्न सहायक हुन्छ ।”

जैविक तटबन्ध निर्माण भएको क्षेत्रको तटीय क्षेत्रमा बोट बिरुवा, घाँसपात रोप्ने तयारी भइरहेको शाखा प्रमुख धामीले उल्लेख गरे । घाँस र बोटबिरुवाको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्छ, भूक्षय हुन नदिने भएकाले त्यसका लागि कार्य अगाडि बढाइने उनी बताउँछन् । 

सस्तो र स्थानीय साधनस्रोतमै निर्माण हुने जैविक तटबन्ध वातावरणमैत्री र दीर्घकालीन संरक्षणको उपायका रुपमा रहेको शाखा प्रमुख धामीको भनाइ छ । सो क्षेत्रको भूक्षयको उच्च जोखिममा रहेको ठाउमा भने जलस्रोत तथा सिँचाइ विभागको रु १५ लाखको लागतमा ९० मिटर तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

धरान- धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका औषधी पसल तथा औषधीजन्य व्यवसायहरुले चिकित्सकको प्रेस्क्रिप्सन) विना औषधी विक्री वितरण नगर्न सूचना जारी गरिएको छ।  जनगुनासो आएको बताउँदै उपमहानगरपालिकाले यस्तो अनियमित र अनधिकृत गतिविधि तत्काल रोक्न औषधी व्यवसायीहरुलाई निर्देशन दिएको हो।

उपमहानगरपालिकाले  भनेको छ, ‘चिकित्सकको सल्लाहबिना औषधी बिक्री वितरण कार्य गैरकानुनी हो र यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाही गरिनेछ।’

यस सम्बन्धमा औषधि पसलहरूलाई सतर्क रहन र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन समेत अनुरोध गरिएको छ। साथै, स्वास्थ्य महाशाखालाई आवश्यक अनुगमन गर्न भनिएको छ, जसबाट यस्ता गतिविधिमा संलग्न पसलहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन सकिनेछ।

प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटाले सार्वजनिक हितका लागि यस सूचनालाई कार्यान्वयन गर्न आवश्यक पहल थालिएको जानकारी दिएका छन्।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । साओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट साओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुला गरेको छ । शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरको डिस्प्ले, लामो समयसम्म टिक्ने ब्याट्री र साओमी हाइपरओएस प्रणालीसहित आएका यी ट्याब्लेटहरूले नेपाली प्रयोगकर्ताहरूका लागि मनोरञ्जन, अध्ययन र अन्य काममा पनि नयाँ प्रविधिको अनुभव दिलाउने कम्पनीको अपेक्षा छ ।

साओमी प्याड ७ मा ३.२ के रिजोलुसन सहितको १४४ हर्जको हाई–रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले स्क्रोलिङ र मल्टिमिडिया अनुभवलाई सरल र सहज बनाउने कम्पनीको दाबी छ । स्न्यापड्रागन ७ प्लस जेन ३ प्रोसेसरसहितको यो ट्याब्लेटमा ८८५० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यस्तै ट्याबलेटमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पाउन सकिन्छ । 

यसैगरी २.५ के डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट र हेलिओ जी १०० –अल्ट्रा प्रोसेसरसहित रेड्मी प्याड २ अध्ययन, मनोरञ्जन र सामान्य कामका लागि उत्तम विकल्प भएको कम्पनीको भनाइ छ । यसमा ९००० एमएएच ब्याट्री दिइएको छ । दुवै ट्याब्लेट ६/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा पाउन सकिन्छ । 

कम्पनीले ६/१२८ जीबी स्टोरेज भएको रेडमी प्याड २ को मूल्य २४ हजार ९९९ रुपैयाँ तोकेको छ भने ८/२५६ जीबी स्टोरेजको मूल्य २९ हजार ९९९ रुपैयाँ छ । त्यसैगरी, ८/१२८ जीबी स्टोरेज भएको साओमी प्याड ७ को मूल्य ४४ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी स्टोरेजको मूल्य ४९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रिबुकिङ खुलाएको अवसरमा कम्पनीले प्रि बुकिङ अफर पनि दिँदैछ । जुन १७ बाट सुरु भएको प्रि-बुकिङ २० जु्नसम्म चल्नेछ । यस अवधिमा प्याड ७ खरिद गर्ने ग्राहकले सात हजार ९९९ रुपैयाँ बजार मूल्य रहेको किबोर्ड वा फोकस पेन पाँच हजार ९९९ मा नै खरिद गर्नसक्नेछन् भने रेडमी प्याड २ खरिद गर्ने ग्राहकले निःशुल्क रेडमी बड्स ५ ए प्राप्त गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १०:३३





सामाग्री श्रोत :
टेक पाना

गोदावरी – गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय  १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बर्ताए । 

Ncell 2
Ncell 2

नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जिवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

आजभोली सडक खाना अर्थात स्ट्रिट फुड नेपालको शहरी जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनेको छ। काठमाडौं, पोखरा, धरानदेखि वीरगञ्ज , चितवन देखी नेपालगञ्जसम्मका सडकहरूमा सजिलैसँग देखिने “मो:मो”, “चट्पटे”, “सेल रोटी”, “पानी पुरी”, “ चाट ”,  “ भक्का ”, “पकौडा” “समोसा” “चाउमिन” “घमन्जा” जस्ता विविध स्वादका परिकारहरूले नेपाली समाजको विविधता र स्वादप्रतिको मोहलाई प्रतिबिम्बित गर्छन्। यस्ता प्रकारका सडक खानाले सांस्कृतिक समृद्धि र आर्थिक अवसर प्रदान गर्ने भए तापनि यसले जनस्वास्थ्य,  खाद्य स्वच्छता,  लगायतका विषयमा नीतिगत चुनौतीहरू पनि सिर्जना गरेको पाइन्छ। 

सस्तो, छिटो र मिठो
नेपालमा सडक खाना व्यवसाय अनौपचारिक क्षेत्र अन्तर्गत पर्दछ, जसले हजारौं निम्न-आय भएका परिवारहरूलाई रोजगारीको अवसर प्रदान गरेको छ। खासगरी शहरी क्षेत्रमा बसाइँ सरेका, औपचारिक रोजगार नपाएका, महिलाहरू र सीप भएका तर पूँजी नभएका व्यक्तिहरूका लागि यो आय आर्जनको एउटा सजिलो माध्यमको रुपमा रहेको छ। यस्ता खानेकुराहरू सस्तो, छिटो र सहज उपलब्ध हुने भएकाले महोत्सव, साँझको समय तथा मेलाहरुमा विद्यार्थी, मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा आन्तरिक तथा बाह्य पर्यटकहरू यसप्रति बढी आकर्षित हुने गरेको पाईन्छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने  खाद्य सुरक्षाको चुनौती रहि रहेको अवस्थामा सडक खाना त्यस्तो समुहका लागी सस्तो मूल्यमा पेट भरी खान सकिने उत्तम विकल्पको रुपमा समेत रहेको छ।

सांस्कृतिक झल्को
सडक खानाले नेपाली पहिचानको प्रतिनिधित्व पनि गर्ने गर्दछ। नेपालका विभिन्न क्षेत्रीय परिकारहरू जस्तै नेवारी खाजा र यमरी, थकाली खाना, तेराईको समोसा र चाट, थारु समुदायको ढिक्री जस्ता खानेकुरा सडकमा सजिलै पाइन्छन्। यो विविधता केवल स्वादका लागि मात्र नभइ नेपाली समाजमा विद्यमान जातीय र सांस्कृतिक सम्पदा झल्काउने उदाहरण पनि हो।

कत्तिको स्वस्थकर ?
स्वादिलो र सस्तो हुने भएकाले सडक खाना अत्यन्तै लोकप्रिय छ, तर जनस्वास्थ्यका दृष्टिकोणले यो त्यति सुरक्षित मानिदैन। अस्वस्थकर तरिकाले खाना पकाउने प्रक्रिया जस्तै एउटै तेल पटक पटक प्रयोग हुनु, अखाद्य रसायनहरुको अधिक प्रयोग, अत्यधिक नुन, मसला र एसिडको प्रयोग, दूषित पानीको प्रयोग, खुला ठाउँमा राखिएका खाना, फोहोरको व्यवस्थापनमा न्यून ध्यान हुनु र खानेकुराको उचित भण्डारण नगर्नु जस्ता कारणले गर्दा सडक खानाका कारणले गर्दा उपभोक्ताहरू विभिन्न रोगहरूको जोखिममा पर्ने सम्भावना अत्यन्तै धेरै हुने गरेको छ जस्तै झाडापखाला, टाइफाइड, हैजा, हेपाटाइटिस, पेट सम्बन्धी संक्रमणहरू र फुड पोइजनिङका केसहरूमा सडक खाना नै प्रमुख कारकको रूपमा पाइने गरेको छ । 

नीतिगत एवं व्यवस्थापन पक्ष
नेपालमा सडक खाद्य व्यवसायलाई नीतिगत रूपमै सम्बोधन गर्ने बिशेष कानुनी संरचना अझै विकसित भएको छैन। अधिकांश सडक व्यापारीहरू अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरिरहेका हुन्छन्, जसले गर्दा उनीहरू नगरपालिकाको कर प्रणालीमा समेत समावेश हुन भएका हुँदैनन्। 

शहरी योजना निर्माण गर्दा सडक खानाको व्यवस्थापनलाई पनि नीति निर्माणकै तहबाट समावेश गर्नु आजको आवश्यकता हो। सडक व्यापारीहरुलाइ आवश्यक स्वच्छता तालिम दिएर, स्वास्थ्य मापदण्डको पालना, स्थानीय तहमार्फत दर्ता गराई लाइसेन्स प्रणाली लागु गरेर, खाद्य अनुगमन  स्वास्थ्यकर र सन्तुलित खानेकुराहरू प्रोत्साहित गर्नु सडक व्यापारलाई व्यवस्थित गरी ‘फुड जोन’ को अवधारणा विकास गर्नु र सुरक्षित फोहोर व्यवस्थापनजस्ता उपायहरू अपनाएमा सडक खानालाइ व्यवस्थित एवम स्वस्थ बनाउन सकिन्छ।

अबको बाटो…..
सडक खाद्य नेपालमा केवल खाना खाने प्रक्रिया मात्र नभई, जीविकोपार्जन, सांस्कृतिक पहिचान, र सामाजिक प्रक्रियाको एक महत्वपूर्ण अंश हो। यद्यपि यससँग जोडिएका स्वास्थ्य जोखिम र व्यवस्थापनको चुनौतीलाई नसम्झिएसम्म यो क्षेत्र दीगो र सुरक्षित रूपमा अगाडि बढ्न सक्दैन। नीति निर्माताहरू, स्थानीय तह, स्वास्थ्यकर्मी र उपभोक्ताहरू सबै मिलेर सडक खाद्यलाई सुरक्षित, पौष्टिक र व्यवस्थित बनाउने प्रयास गर्नु आजको आवश्यकता हो।

(जनस्वास्थ्यकर्मी रिमाल  हाल नेपालगञ्ज उप महानगरपालिका स्वास्थ्य महाशाखामा कार्यरत छन्)
 

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौँ । देशभर मनसुन सुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक आपतकालीन नम्बर सुरक्षित राख्न आग्रह गरेको छ । मनसुनसँगै बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक प्रकोपको जोखिम बढ्ने भएकाले प्राधिकरणले पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै विभिन्न सेवा सम्बन्धी निःशुल्क नम्बर सार्वजनिक गरेको हो ।

विपदमा काम लाग्ने यी नम्बरहरू कण्ठ पारेर वा कतै लेखेर राख्न प्राधिकरणले आग्रह गरेको छ । 

मनसुनको समयमा नागरिकको सुरक्षाका लागि स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायहरूलाई पनि सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । सम्भावित जोखिमको क्षेत्रमा सतर्कता अपनाई पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

प्राधिकरणले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न, आवश्यक सामग्री तयारी अवस्थामा राख्न र कुनै पनि आपतकालीन अवस्था आएमा सो सम्बन्धित नम्बरमा तुरुन्त सम्पर्क गर्न सुझाव दिएको छ।

यस्ता छन् आपतकालीन नम्बरहरू: 

पछिल्लो अध्यावधिक: असार ६, २०८२ ९:५





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो । तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो । पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट