
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विद्यार्थीहरूलाई प्रदान गर्दै आएका १० प्रकारका सेवाहरू अब पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । आगामी १५ असारदेखि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल, मूल प्रमाणपत्र, प्रमाणपत्र प्रमाणीकरण जस्ता सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।
यो व्यवस्थासँगै अब सामान्य कामका लागि पनि बल्खु धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन यो कदम चालेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
दीक्षान्त समारोहका लागि अनलाइन फाराम र TUEIMS प्रविधिको सफल प्रयोगपछि परीक्षा प्रणालीलाई पूर्ण विद्युतीयकरण गर्ने अन्तिम चरणअन्तर्गत यो व्यवस्था लागु गरिएको पनिकाले जनाएको छ ।
पनिकाको आधिकारिक अनलाइन पोर्टल प्रयोग गरी यी सेवा लिन सकिनेछ:
१. नयाँ रजिस्ट्रेसन आवेदन फाराम
२. परीक्षा आवेदन फाराम
३. ट्रान्सक्रिप्ट आवेदन फाराम
४. प्रोभिजनल सर्टिफिकेट
५. मूल प्रमाणपत्र
६. पुनर्योगका लागि आवेदन फाराम
७. शैक्षिक कागजातमा नाम, थर, रजिस्ट्रेसन नम्बर सच्याउने फाराम
८. विभिन्न सिफारिस पत्रहरू
९. प्रमाणपत्रहरूको प्रमाणीकरण
१०. ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपि
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १७:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्री केपी ओलीसहित तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको आजको बैठक टीआरसीबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।
बैठकपछि उनले भने, ‘टीआरसीबाहेक अरू कुनै विषयमा छलफल भएको होइन । त्यो कुरामा कोही भ्रममा नपरे हुन्छ । करिब एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन कोषमा राख्ने गरी बजेट आएको छ । पीडितको उपचार, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण, भइरहेका कामबारे आजको बैठकमा ब्रिफिङ भएको छ ।’
टीआरसीलाई सकारात्मक ढङ्गले अगाडि बढाउने कुरामा तीनै दलका शीर्ष नेताहरू सहमत रहेको बताए । आयोग निर्माण भइसकेकाले बाँकी काम आयोगले गर्ने बताए ।
बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री रेखा थापाको चलचित्र ‘उपहार’ युट्युबमा आएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमा स्ट्रिम गरिएको यस चलचित्र रेखा फिल्मस् र कपनगढी फिल्मस् ब्यानरमा निर्माण गरिएको हो ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा रेखा थापासँगै पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्याय लगायतको अभिनय छ ।
चलचित्रमा पारिवारिक भावना, सम्बन्ध र जीवनको संघर्षलाई चित्रण गरिएको बताइएको छ । यसअघि केही ओटीटी एपमा समेत यो चलचित्र उपलब्ध गराइएको थियो ।
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १६:२४
सामाग्री श्रोत :
टेक पाना
दाङ– दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा टापुमा फसेकी एक बालिकाको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।
राप्ती नदीको भेलमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा फसेकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी १३ वर्षीया बालिका रेजिना खड्कालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।
राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक नजिकै राप्ती नदीमा भाई शिशिर खड्कासँगै दाउरा संकलन गर्ने क्रममा नदीमा भेल बढेपछि बीचमा बीच टापुमा फस्न पुगेकी थिइन् ।
नदीको बीच टापुमा फसेको स्थानीयले प्रहरीलाई खबर गरेपछि ज्वाला माई गण भालुवाङ र इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले रेस्क्युबोटको सहायताबाट शुक्रबार तत्कालैं उद्धार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।
बिहान ८ बजेतिर नदीमा पुगेकी बालिका १० बजेतिर एकाएक बाढी आएपछि नदीको बीच टापुमा फसेपछि पौने ११ बजेतिर सुरक्षाकर्मीको टोलीले उनलाई उद्धार गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं, नेपालीले विदेशमा गर्ने श्रम केवल ज्यालाको मात्र कुरा नभइ उनीहरुले बगाएको पसिना र रगतको मूल्याङ्कन हुनुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन् । उनले विदेशमा श्रम गर्ने श्रमिकहरुको सम्मानको विषय सरकारको प्राथमिकता भएको बताए ।
अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ), आईओएम, युएनवुमन र युएनडीपीले संयुक्त रुपमा आयोजना गरेको श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यवसाय तथा मानवअधिकार सम्बन्धी बहुपक्षीय सरोकारवाला नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले घरेलु श्रमका लागि विदेश जान संसदिय समितिले लगाएको रोक प्रति रोष प्रकट गरे । नेपालको संविधान, श्रम कानुन सवैले लैङ्गिक समानताको ग्यारेण्टी गरेको भएपनि संसदिय समितिले त्यसको प्रतिकुल निर्देशन दिएको मन्त्री भण्डारीको भनाई थियो । “हामी यसका बारेमा किन बोल्न सकिरहेका छैनौं ?” मन्त्री भण्डारीले भने, “यसरी ढोका थुनेर झ्यालबाट हामफाल्ने वातावरण बनाइरहँदा धेरै व्यक्ति जोखिममा परेका छन् ।”
मन्त्री भण्डारीले कुनै गन्तव्य मुलुकमा घरेलु श्रमिकले दुःख पाएमा स्वदेश फिर्ता गर्नुपर्ने दायित्व सरकारको नै रहेको भन्दै बन्देजका कारण समस्या भइरहको बताए । हाल कुवेतमा ४८ हजार नेपाली घरेलु श्रमिकहरु रहेको अनौपचारिक तथ्याङ्क रहेको भन्दै मन्त्री भण्डारीले संसदिय समितिलाई आफ्नो पूर्व निर्णयमा पुनर्विचार गर्ने वातावरण निर्माण गर्न नागरिक समाजको पनि उत्तिकै भूमिका हुने धारणा राखे । हाल परीक्षणका रुपमा संयुक्त अरव ईमिरेट्स (युएई)मा नेपाली घरेलु श्रमिक पठाउने गरी तयारी गरिएको भएपनि त्यो काम समेत अगाडी बढ्न नसकेको उनको भनाई थियो ।
मन्त्री भण्डारीले स्वदेशमा नै काम गर्ने घरेलु श्रमिकहरुले पनि उचित ज्याला, परिचय पत्र नपाइरहेको भन्दै सरकारले उनीहरुको पहिचान, सामााजिक सुरक्षा कोषमा आवद्धता लगायतको वातावरण बनाउने तयारी गरिरहेको जानकारी गराए ।
मन्त्री भण्डारीले व्यापार, अप्रवासन र मानवअधिकारबीचको अन्तरसम्बन्धलाई विशेष रूपमा जोड दिदैं जिम्मेवार व्यवसाय अभ्याससँगै श्रमिकको मानवअधिकारको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताए । उनले नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति लिइएको जिकिर गरे ।
हाल द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर मन्त्रालयले आपत्कालीन उद्धारको तयारी गरिरहेको जानकारी पनि उनले दिए । उनले भने, ‘धेरै नेपालीहरू बम बंकरमा रात बिताइरहेका छन, यदि स्थिति थप जटिल भयो भने उद्धारका लागि सरकार तयार छ । ’
उनले हाल विभिन्न मुलुकहरूमा अवैध रूपमा रहेका सयौँ हजार नेपालीहरूलाई वैध बनाउने पहल भइरहेको जानकारी पनि दिए । यसका लागि विशेष गरेर महिला श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री भण्डारीले बताए ।
जलवायु परिवर्तनको प्रभाव श्रम अप्रवासनमा कसरी परिरहेको छ भन्ने विषयमा गहन छलफल आवश्यक रहेको मन्त्री भण्डारीले जोड दिए । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले आफ्ना सबै कार्यक्रमहरूमा जलवायु विषयवस्तुलाई समावेश गर्दै आएको जानकारी दिए ।
मन्त्री भण्डारीले मानव अधिकारको रक्षा र श्रमिकको मर्यादा सुनिश्चित गर्न कुनै सम्झौता नगर्ने जिकिर गर्दै मानवअधिकारप्रति हाम्रो समर्थन पूर्ण रूपमा अविचलित रहेको बताए ।
सो नीतिगत सम्वादमा सरकारी, गैरसकारी संस्थाहरु श्रमिक यूनियनका प्रतिनिधिहरु सम्मिलित छलफल गरिएको थियो । नेपाल सरकारले व्यवसाय र मानवअधिकार सम्वन्धि कार्ययोजना बनाएर काम गरिरहेको छ । यसैगरी राष्टिय मानवअधिकार आयोगले पनि यस विषयमा काम गर्दछ ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । हालै सार्वजनिक भएको अनुसन्धानले इतिहासकै सबैभन्दा ठुलो डेटा लिक भएको खुलासा गरेको छ । साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने संस्था साइबरन्युजका अनुसार करिब १६ अर्बभन्दा धेरै लगइन विवरणहरू इन्टरनेटमा सार्वजनिक भएका छन् । यी विवरण मुख्यत: विभिन्न इन्फोस्टिलर मालवेयरमार्फत संकलन गरिएको आशंका छ ।
साइबरन्युजको अनुसन्धान टोलीले गत जनवरीदेखि गरेको जाँचमा करिब ३० वटा फरक-फरक डेटाबेसमार्फत यस्तो विवरण सार्वजनिक भएको पत्ता लगाएको हो । तीमध्ये केही डेटाबेसमा तीन अर्ब ५० करोडभन्दा धेरै विवरण समेटिएको छ । औसतमा एउटा डेटाबेसमा ५५ करोड विवरण रहेको बताइएको छ ।
अनुसन्धान अनुसार यो एउटा सामान्य डेटा लिक नभई साइबर अपराधीहरूका लागि योजनाबद्ध रूपमा आक्रमण गर्न सक्ने ‘ब्लुप्रिन्ट’ हो । १६ अर्बभन्दा धेरै लगइन विवरण सार्वजनिक भएपछि साइबर अपराधीहरूले पहिचान चोरी (identity theft), खातामा नियन्त्रण लिने (account takeover), फिसिङ आक्रमण तथा व्यापारिक ईमेल दुरुपयोगजस्ता गतिविधिमा ती विवरण प्रयोग गर्नसक्ने खतरा देखिएको छ ।
खुलासा गरिएका विवरणहरूमा एप्पल, फेसबुक, गुगल, गिटहब, टेलिग्राम, विच्याट, अलिपे जस्ता चर्चित कम्पनीका प्रयोगकर्ताको नाम र पासवर्डदेखि सरकारी सेवासम्मका जानकारी छन् । ती विवरणहरू इन्फोस्टिलर मालवेयरले संकलन गर्ने तरिकासँग मिल्ने संरचनामा पाइएको छ, जसमा यूआरएल, लगइन नाम र पासवर्ड क्रमसँगै रहेको छ ।
केही विवरणमा सेसन टोकन, कुकिज र मेटाडेटा समेत समावेश छन्, जसले टु-फ्याक्टर भेरिफिकेसन सिस्टमसमेत बाइपास गर्न सक्ने खतरा देखिएको छ ।
अनुसन्धानमा संलग्न एरास नजारोभासका अनुसार, साइबर अपराधीहरूले अहिले टेलिग्राम ग्रुपजस्ता पुराना माध्यम छाडेर ठुलो संख्यामा डेटा संकलन गरी परम्परागत डेटाबेसमा राख्न थालेका छन् । केही डेटाबेसहरूमा ‘रसियन फेडेरेसन’ वा ‘टेलिग्राम’ भन्ने नाम समेत देखिएको छ । यसले ती कुन क्षेत्र वा सेवासँग सम्बन्धित छन् भन्ने संकेत गर्ने बताइएको छ ।
धेरै डेटाबेसहरू असुरक्षित ‘एलास्टिक सर्च’ वा ‘अबस्जेक्ट स्टोरेज’ इन्स्टेन्समार्फत अस्थायी रूपमा खुला अवस्थामा फेला परेका थिए । अनुसन्धानकर्ताहरूले समयमै फेला पारेर तिनीहरू हटाएका भए पनि ती कसले अपलोड गरेका थिए भन्ने जानकारी अहिलेसम्म पत्ता लागेको छैन । यसले प्रयोगकर्ताहरूको सुरक्षाका लागि थप चुनौती थपेको छ ।
आफ्नो पासवर्ड लिक भएको छ वा छैन भनेर जाँच्ने धेरै सुरक्षित र विश्वसनीय तरिकाहरू छन् । यसमध्ये ‘Have I Been Pwned? वेबसाइट उपयोगी हुनसक्छ । यसलाई सुरक्षा विशेषज्ञ ट्रोय हन्टले सञ्चालन गर्छन् । यसले विभिन्न डेटा चोरीका घटनाबाट सार्वजनिक भएका अर्बौं अकाउन्टहरूको डेटाबेस राखेको हुन्छ।
कसरी जाँच्ने?
-
आफ्नो वेब ब्राउजरमा haveibeenpwned.com खोल्नुहोस्।
-
त्यहाँ रहेको बक्समा आफ्नो ईमेल एड्रेस टाइप गर्नुहोस्।
-
pwned? लेखिएको बटनमा क्लिक गर्नुहोस्।
नतिजा कस्तो देखिन्छ ?
-
Good news — no pwnage found! (हरियो स्क्रिन): यदि यस्तो देखियो भने तपाईंको ईमेल एड्रेस कुनै पनि ठूलो डेटा उल्लंघनमा भेटिएको छैन।
-
Oh no — pwned! (रातो स्क्रिन): यदि यस्तो देखियो भने तपाईंको ईमेल एड्रेस एक वा बढी डेटा चोरीमा भेटिएको छ । स्क्रोल गरेर तल हेर्दा कुन-कुन वेबसाइट वा एपबाट तपाईंको डेटा लिक भएको हो भन्ने जानकारी पनि देखाइन्छ ।
पासवर्ड नै जाँच्न मिल्छ ?
हो, यही वेबसाइटमा पासवर्ड पनि जाँच्न मिल्छ ।
-
वेबसाइटको माथि रहेको ‘Passwords’ मेनुमा जानुहोस् ।
-
त्यहाँ आफ्नो पासवर्ड टाइप गर्नुहोस् ।
-
नोट: यो प्रक्रिया एकदमै सुरक्षित छ। तपाईंले आफ्नो वास्तविक पासवर्ड वेबसाइटमा पठाउनुहुन्न । यसले ‘k-Anonymity’ नामक प्रविधि प्रयोग गर्छ, जसले तपाईंको पासवर्डको केही अंश मात्र पठाएर डेटाबेसमा खोज्छ, जसकारण तपाईंको पासवर्ड गोप्य नै रहन्छ ।
सुरक्षा अपनाउन तत्काल के गर्ने ?
-
बलियो र फरक पासवर्ड प्रयोग गर्ने
-
पासवर्ड म्यानेजर प्रयोग गरी नियमित पासवर्ड अपडेट गर्ने
-
टु-फ्याक्टर भेरिफिकेसन अनिवार्य गर्ने
-
कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त कम्पनीको कस्टमर सर्भिस सेन्टर वा हेल्पलाइनमा सम्पर्क गर्ने
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १५:२८
सामाग्री श्रोत :
टेक पाना
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । ललितपुरको गोदावरीमा रहेको किटिनी माविका विद्यार्थीहरू बिहीबार अरू दिन भन्दा चाँडै विद्यालय पुग्छन् । विद्यालयमा भएको ल्याबमा जान्छन् र रोबोटिक्स तथा कोडिङ सम्बन्धी नयाँ नयाँ कुराहरू सिक्छन् ।
सहायक प्रधानाध्यापक दिनेशकुमार थापाका अनुसार विद्यालयले विगत साढे दुई वर्षदेखि विद्यार्थीहरूलाई नवीनतम प्रविधिका बारेमा पढाउन थालेको हो । उक्त कोर्स कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू मध्येबाट ६० जनालाई प्रदान गर्दै आएको उनले बताए ।
यस कक्षामा विद्यार्थीहरूले सैद्धान्तिक भन्दापनि प्रयोगात्मक विधिबाट रोबोटिक्स र कोडिङका कक्षाहरू लिने गर्छन् । उनले भने, “यो कक्षा कुनै कोर्सको रूपमा सञ्चालन गरिन्छ । जसमा सहभागी हुन २०० भन्दा धेरै विद्यार्थीले आवेदन दिएका थिए । तर, हाम्रो क्षमता सीमित भएकाले ६० जनालाई मात्र सहभागी गराउन सक्यौँ ।”
कक्षामा विद्यार्थीहरूले ससाना ड्रोन, स्काभेटर र पानी तान्ने मसिनहरू तथा विभिन्न सेन्सर प्रविधिका कामहरू कसरी हुन्छन् भन्ने कुरा सिकीरहेका हुन्छन् । बालबालिकाहरूले प्रविधिका बारेमा सिकीरहेको देख्दा आफू पनि दङ्ग पर्ने गरेको उनले सुनाए ।
सामुदायिक विद्यालय भएपनि उक्त रोबोटिक्स सम्बन्धी कक्षा दिन दूरशिक्षा एजुकेसनका कारण सम्भव भएको थापाले सुनाए । उनका अनुसार विद्यालयले दूरशिक्षा एजुकेसनबाट वार्षिक प्याकेज लिएर विद्यार्थीहरूलाई हरेक हप्ता रोबोटिक्स तथा कोडिङ पढाउँदै आएको छ ।
सामुदायिक विद्यालय भएकाले दूरशिक्षाले आफ्नो सेवामा छुट समेत दिएको उनी बताउँछन् । उनले भने, “सरकारी विद्यालय भएकाले हामी विद्यार्थीहरूबाट शुल्क लिँदैनौँ । यो कुरा बुझेर उहाँहरूले पनि आफ्नो सेवा बापत लिने शुल्कमा झन्डै ५०% छुट दिनु भएको छ ।”
विद्यालयले सुरुमा परीक्षणको रूपमा ३ महिनाका लागि मात्र उक्त कोर्स लिएको थियो । तर विद्यार्थीहरूमा निकै सकारात्मक प्रभाव परेको पाएपछि निरन्तरता दिने निर्णयमा पुगेको उनले सुनाए । विद्यालयले कम्पनीसँग सहकार्य सुरु गरेको यो लगातार तेस्रो वर्ष हो ।
तालिम दिनका लागि हरेक हप्ता दूरशिक्षाबाट चार जना शिक्षकहरू आउँछन् । विद्यार्थीलाई सिकाउन आवश्यक पर्ने सबै खाले सामग्री आफैँ बोकेर ल्याएका हुन्छन् ।
दूरशिक्षासहित अन्य संस्थाहरूसँग मिलेर विद्यालयले आफ्नै ल्याब समेत बनाएको छ । आधारभूत तहमा पढ्दै गर्दा पनि विद्यार्थीले सूचना प्रविधिको बारेमा जानकारी लिन पाएकाले यस्तो कार्यक्रम अन्य विद्यालयमा पनि सञ्चालन हुनुपर्ने सहायक प्रधानाध्यापक थापाको बुझाई छ । अझ यसलाई स्थानीय पाठ्यक्रममा नै समावेश गरेर स्थानीय तह अन्तर्गतका सबै विद्यालयमा रोबोटिक्स र कोडिङ पढाउन आवश्यक रहेको उनले बताए ।
दूरशिक्षाको सुरुवात
सन् २०२० मा विश्वव्यापी रूपमा कोरोना महामारी फैलियो । त्यसबाट नेपाल पनि अछुत रहेन । विश्वभरका मानिसहरू नै आफ्नो घरभित्रै थुनिनु परेको त्यो अवस्थामा मानिसहरू नयाँ प्रविधि एक्सप्लोर गर्न थाले । त्यही बेला कोडिङका इन्स्ट्रक्टर कृष्ण पाण्डे बालबालिकालाई विद्यालय स्तरबाट नै नवीनतम प्रविधिको बारेमा सिकाउनुपर्छ भनेर कस्सिए ।
सुरुमा उनले अनलाइनमार्फत कोडिङ पढाउन थाले । तर विद्यार्थीहरू भने खासै थिएनन् । त्यसैले उनले आफ्नो छिमेक र आफन्तमा रहेका ५/६ जना विद्यार्थी खोजेर पढाए । तर उनी उक्त शिक्षालाई अनलाइनमा मात्र सीमित गर्न चाहँदैनथे । त्यसपछि २०७७ भदौमा उनले ‘दूरशिक्षा एजुकेसन’ नामक कम्पनी दर्ता गराए । काठमाडौँको जमलमा कार्यालय खोलेर पढाउन सुरु गरे ।
कोभिडभन्दा पहिला पनि उनमा विश्वविद्यालयभन्दा तल्लो स्तरबाटै विद्यार्थीहरूलाई प्रविधि सिकाउन दूरशिक्षा एजुकेसन खोल्ने बारेमा नसोचेका होइनन् । तर तत्कालीन समयमा नेपाली समाज बालबालिकालाई आईटी पढाउन त्यति इच्छुक नभएको महसुस उनले गरेका थिए । तर कोरोनाले भने मानिसलाई प्रविधिसँग नजिक बनायो । अभिभावकहरूले पनि बालबालिकालाई सानै उमेरबाट प्रविधि सिकाउनु पर्छ भन्ने महसुस गरे ।
अहिले भने साना साना बालबालिकाहरूलाई पनि नयाँ नयाँ प्रविधि सिकाउन अभिभावकले चासो देखाउन थालेका छन् । दूरशिक्षाको प्रमुख कार्यकारी अधिकारी (सीईओ) समेत रहेका पाण्डे भन्छन्, “अहिलेसम्म दूरशिक्षामार्फत १५ हजारभन्दा धेरै विद्यार्थी हामीसँग कनेक्ट भइसकेका छन् ।”
उपलब्ध कोर्स तथा कार्यक्रम
दूरशिक्षा एजुकेसनले किन्डरगार्टेन (शिशु कक्षा) पढ्ने बालबालिकादेखि स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीसम्मलाई आईटी शिक्षा उपलब्ध गराउँदै आएको छ । यसमा ‘योङ साइन्टिस्ट’, ‘फ्युचर्स’, ‘कलेज कनेक्ट’ ‘आफ्टर स्कुल’ लगायतका कोर्सहरू उपलब्ध छन् ।
१. योङ साइन्टिस्टः यो कार्यक्रम विद्यालयसँगको सहकार्यमा कक्षा १० सम्मका विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई पढाउन डिजाइन गरिएको हो । यसमा दूरशिक्षाकै शिक्षकहरू विद्यालयमै गएर पढाउँछन् । जसमा केही महिना वा एक वर्षको कोर्स पढाउने भनेर विद्यालयहरूले आफू अनुकूल निर्णय लिन सक्छन् । सोही अनुसार दूरशिक्षाले पाठ्यक्रम समेत तयार पारेको छ ।
२. फ्युचर्स र कलेज कनेक्टः फ्युचर्स कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा तथा ‘कलेज कनेक्ट’मार्फत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई पढाउने गरिएको छ । यसअन्तर्गत जाभा, डेटा साइन्स, फुल स्ट्याक डेभलपमेन्ट जस्ता विषयहरू पढाइन्छ । दूरशिक्षाका पाठ्यक्रमलाई स्टिमले मान्यता दिएको उनको भनाई छ ।
३. आफ्टर स्कुल कोर्सः दूरशिक्षा एजुकेसनको कोर्स नभएका विद्यालयका विद्यार्थीहरूले व्यक्तिगत रूपमा पनि आईटीका कक्षाहरू लिन सक्छन् । यसका लागि आफ्टर स्कुल कोर्स सञ्चालनमा छ । जहाँ विद्यालयबाट फर्किएपछि विद्यार्थीहरूले अनलाइनमार्फत कोडिङ, रोबोटिक्स र एआईका बारेमा सिक्न सक्छन् । शनिबार भने अफिसमै आएर रोबोटिक्स सिक्न सकिन्छ ।
४. स्टिम सर्टिफाइड एजुकेटरः ‘स्टिम सर्टिफाइड एजुकेटर’ कार्यक्रममार्फत विद्यालयका शिक्षकहरूलाई आईटी शिक्षा दिन सक्ने गरी तयार पार्ने गरिएको पाण्डेले बताए ।
५. सेन्टर फर एक्सिलेन्स प्रोग्रामः दूरशिक्षाले भारतीय आईटी कम्पनी एचसीएल टेकसँग मिलेर नेपालका विभिन्न क्याम्पसहरूलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने काम समेत गरिरहेको छ । यस परियोजना मार्फत पढाइ पूरा भएपछि विद्यार्थीहरूलाई एचसीएल टेकमार्फत इन्टर्नशिपको व्यवस्था समेत मिलाउने काम भइरहेको छ ।
विद्यालयलाई विश्वास दिलाउनु चुनौती
सुरुवाति दिनमा विद्यालयहरूलाई आईटीको कोर्सहरू पनि विद्यार्थीका लागि आवश्यक छ भनेर बुझाउनै समस्या भएको सीईओ पाण्डे बताउँछन् । उनी भन्छन्, “कोडिङ सिकाउन निकै गाह्रो हुन्छ । त्यही भनेर विद्यार्थीलाई किन बेकारमा प्रेसर दिने भन्ने जस्तो प्रतिक्रिया दिनु हुन्थ्यो ।”
यसै क्रममा आफूलाई विश्वास गरेर बुढानीलकण्ठ स्कुल दूरशिक्षा एजुकेसनको पहिलो ग्राहक बनेको सम्झन्छन्, पाण्डे । त्यस यता हालसम्म ११ ओटा कलेज र २० ओटा स्कुल दूरशिक्षामा जोडिएका छन् । जसअन्तर्गत विद्यालयमा एआई, रोबोटिक्स जस्ता कोर्स पढाउन इनोभेसन ल्याब बनाउनेदेखि हरेक हप्ता शिक्षकसहित गएर पढाइन्छ ।
निजी विद्यालयका बालबालिकाले मात्र आईटीका विषय पढ्न सक्ने धारणा गलत रहेको समेत उनको बुझाइ छ । किटिनी विद्यालय जस्ता अन्य सामुदायिक विद्यालयले पनि कोर्सहरू पढाउनुपर्छ भनेर स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने प्रयास गरिरहेको उनले सुनाए ।
सीईओ पाण्डे भन्छन्, “बालबालिका जन्मिँदै सबै कुरा जान्ने हुँदैनन् । तर, सानै उमेरदेखि सिकाइयो भने धेरै राम्रो हुन्छ । १६ वर्षसम्म विद्यालयमा आईटीको बारेमा सुन्दै नसुनी एकै पल्ट कलेजमा ४ वर्ष पढाएर धेरै कुरा सिकाउन सकिँदैन ।” त्यसैले आधारभूत कुराहरू विद्यालय तहदेखि नै बालबालिकालाई सिकाउनुपर्ने उनको भनाई छ ।
“अब सबैले आईटीबारे जान्नै पर्ने समय आयो”
पछिल्लो समय स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) विषयमा सबैभन्दा राम्रो भविष्य रहेको पाण्डे बताउँछन् । उनी थप्छन्, “अहिले संसारमा ८० प्रतिशत रोजगारी नै स्टिम क्षेत्रमा छ ।”
भविष्यमा आईटी क्षेत्रमा नलाग्नेका लागि पनि यस्ता तालिम आवश्यक रहेको उनले सुनाए । उनी भन्छन्, “ यस्ता कोर्सहरू गरिरहँदा समूहमा काम गर्न सक्ने, जिज्ञासु हुने र गहन रूपमा सोच्ने बानी विकास हुन्छ । स्कुलदेखि नै पढिरहँदा एसईईपछि कुन विषयमा अघि बढ्ने भनेर विद्यार्थीहरू आफैँले थाहा पाइसकेका हुन्छन् ।”
दूरशिक्षाबाट तालिम दिएका विद्यार्थीहरूले पनि क्रमशः आईटी क्षेत्रमा राम्रो नाम कमाउन थालेको पाण्डे सुनाउँछन् । उनी भन्छन्, “केही समय अघि कक्षा ८ मा पढ्ने अंशुकृष्ण रिजाल डिस्कभरी एजुकेसन यूकेको कोडिङ प्रतिस्पर्धामा ग्लोबल बिजेता बनेका थिए ।” विद्यालयस्तरबाट नै आफूहरूले पढाइरहेकाले सबै विद्यार्थीको सफलता हेर्न भने अलि समय पर्खिनुपर्ने उनको भनाई छ ।
क्लाउड क्याम्पस बनाउने लक्ष्य
अनलाइनमा केही विद्यार्थीलाई कोडिङ सिकाएर सुरु भएको दूरशिक्षा एजुकेसनले हाल २५ जनालाई रोजगारी प्रदान गरिरहेको छ । दूरशिक्षाले अबको तीन वर्षमा ५० हजार विद्यार्थीलाई तालिममा सहभागी गराउने लक्ष्य राखेको छ ।
यस्तै पाँच वर्षभित्र सातै प्रदेशमा ‘लर्निङ हब’ बनाउने र देशका मुख्य सहरहरूमा ‘योङ साइन्टिस्ट’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि कम्पनीले अघि सारेको छ ।
यस्तै विद्यालयदेखि विश्वविद्यालयसम्म दिइने तालिमका सबै विषयलाई एकै ठाउँमा पढाउन मिल्ने गरी अनलाइन लर्निङ प्लेटफर्म तयार पार्ने काम समेत भइरहेको सीईओ पाण्डेले बताए । उनले भने, “यसलाई हामीले क्लाउड क्याम्पस भनेका छौँ । यसको डिजाइन गरेर निर्माणको काम अघि बढिसकेको छ ।”
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १४:३५
सामाग्री श्रोत :
टेक पाना
राजावादी आन्दोलानलाई लक्षित गरी सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– सरदर १५ दिनअगाडि प्रवेश गरेको मनसुन फैलन भने समय लागेको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २३ दिनमा देशभर मनसुन विस्तारित भएको बताएको हो।
‘यस वर्षको मनसुन प्रणाली शुक्रबार (जेठ ६) गते (सन् २०२५ जुन २० तारिख) का दिन देशभ फैलिएको छ। नेपालमा यस वर्षको मनसुन जेठ १५ गते ( सन् २०२५ मे २९ तारिख ) देशको पूर्वी भू–भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएकोमा मिति २०८२/०२/२९ गते (सन् २०२५ जुन १२ तारिख) मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भाग सम्म विस्तार भएको थियो,’ विभागले बुलेटिनमार्फत् भनेको छ।
नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू–भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ।
‘यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ,’ विभागले बताएको छ।
मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढी–पहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु देखिएका छन्। यस वर्षको मनसुनमा २० लाख भन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ