२०८२ भाद्र ४ बुधबार
LATEST NEWS
२०८२ भाद्र ४ बुधबार

काठमाडौँ । इन्टरनेटका लागि शुल्क तिरिसकेपछि आफूले चाहेको जत्तिको स्पिड होस् भन्ने चाहना त सबैको हुन्छ । त्यसैले तपाईँ हामीमध्ये अधिकांशले कुनै न कुनै रूपमा समय समयमा इन्टरनेटको स्पिड जाँचिरहेका हुन्छौं । तर, नतिजा आफूले अपेक्षा गरे अनुकूलको आएन भने हामी दिकदार हुन्छौं र इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई सम्पर्क गरी गुनासो राख्छौं । इन्टरनेटको स्पिड कम हुनुमा सधैं कमजोरी आईएसपीको हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ हामीले जाँच गर्ने टुलमा पनि कमजोरी हुन्छ । यसले गर्दा हामी अपेक्षा गरे अनुसारको इन्टरनेट स्पिड नदेख्न सक्छौं । सटीक स्पिड थाहा पाउन इन्टरनेटको स्पिड जाँच गर्दा के कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ: 

थुप्रै एप चलिरहेको बेला इन्टरनेट स्पिड कम देखिन सक्छ 

इन्टरनेटको स्पिड जाँच गर्नुअघि अधिकांशले थाहै नपाई गर्ने कमजोरी भनेको ब्याकग्राउन्डमा एप चलाउने हो । डिभाइसमा थुप्रै एप चलिरहेका छन्, त्यही बेला इन्टरनेटको स्पिड नाप्ने सुर चढ्यो भने त्यतिबेला अपेक्षा गरेको नतिजा नआउन सक्छ । यदि डिभाइसको ब्याकग्राउन्डमा एप चलिरहेका छन् भने इन्टरनेटको ब्यान्डविथ स्पिड नाप्ने एप र अन्य एपमा बाढिन्छ । यसले गर्दा स्पिड नाप्ने एपले आफूसम्म आइपुगेको ब्यान्डविथबाट मात्र नतिजा निकाल्छ । 

अन्य एपले खपत गर्ने ब्यान्डविथ तिनीहरूले गर्ने विभिन्न काममा निर्भर हुन्छ । उदाहरणका लागि स्ट्रिमिङ भइरहेको छ, डाउनलोड वा अपलोड भइरहेको छ भने यस्तो बेला तपाईंले प्रयोग गरेको स्पिड टेस्ट गर्ने वेबसाइटले सटीक नतिजा ननिकाल्न सक्छ । 

त्यस्तै तपाईंको इन्टरनेटमा अन्य थुप्रै डिभाइस कनेक्ट भएका छन् भने पनि यस्तो बेला सटीक स्पिड देखिने सम्भावना कम हुन्छ । यसमा पनि इन्टरनेटको ब्यान्डविथ बाँडिने भएकाले स्पिड नाप्ने एप वा वेबसाइटले पर्याप्त इन्टरनेट पाउँदैन । र, नतिजा सटीक निकाल्दैन । त्यसैले इन्टरनेटको स्पिड नाप्नुअघि सबै ब्यान्डविथ तपाईंले स्पिड नाप्न प्रयोग गरेको एप वा वेबसाइटमा आएको सुनिश्चित गर्नुहोस् । त्यसका लागि ब्राउजरका ट्याब वा एप हटाउनुहोस् । इन्टरनेटमा कनेक्ट भएका अन्य डिभाइसलाई अस्थायी रूपमा डिस्कनेक्ट गर्नुहोस् । यसपछि इन्टरनेटको स्पिड नाप्नुभयो भने तपाईंले सटीक नतिजा पाउन सक्नुहुन्छ । 

वाई-फाई भन्दा इथरनेटबाट इन्टरनेट कनेक्ट गर्दा एकुरेट स्पिड थाहा पाउन सकिन्छ

वाई-फाई कनेक्ट गरी इन्टरनेटको स्पिड मापन गर्ने एप वा वेबसाइट खोलेर स्पिड नाप्न त निकै सहज, सरल र छिटो हुन्छ । तर, यदि तपाईं आफ्नो इन्टरनेटको झनै सटीक स्पिड थाहा पाउन चाहनु हुन्छ भने वायरलेस वाई-फाई राम्रो विकल्प होइन । तपाईंले वाई-फाई कनेक्ट गर्दा त्यसलाई वाधा पुर्‍याउने तत्त्व थुप्रै हुन्छन् ।

तपाईंको डिभाइस राउटरभन्दा कति टाढा छ, भित्ता छ कि छैन, अन्य डिभाइसले कति असर गरेका छन्, राउटर कस्तो ठाउँमा राखेको छ भन्ने विषयले इन्टरनेटको स्पिड निर्भर हुन्छ । यदि राउटर एउटा कोठामा छ तर तपाईं अर्को कोठामा हुनुहुन्छ र त्यहींबाट इन्टरनेटको स्पिड नाप्दै हुनुहुन्छ भने सटीक नतिजा पाउन गाह्रो हुन्छ । 

त्यसैले सटीक नतिजा पाउनका लागि तपाईंले इथरनेट केबल प्रयोग गर्नु नै उपयुक्त हुन्छ । इथरनेट प्रयोग गरिएको डिभाइसबाट स्पिड नाप्नुभयो भने सटीक स्पिड थाहा पाउने सम्भावना उच्च हुन्छ । 

धेरैपटक प्रयास गर्नुपर्छ 

तपाईंले आफूलाई सुर चलेको बेला मात्र स्पिड नाप्नुभयो र त्यसैका आधारमा धारणा बनाउनु भयो भने तपाईंलाई समस्या पर्न सक्छ । तपाईंले निश्चित स्पिडका लागि आईएसपीलाई शुल्क तिरेको भए पनि उक्त इन्टरनेट स्पिड तपाईंले सधैं पाउनुहुन्छ भन्ने हुँदैन । तपाईंले जति स्पिडका लागि शुल्क तिर्नुभएको छ त्यति नै नपाउनुका अन्य थप्रै कारण हुन्छन् । खासगरी आईएसपीको राउटिङ (राउटिङ भन्नाले डेटा (जस्तै इन्टरनेटको सूचना, मेसेज, फाइल आदि) लाई एक स्थानबाट अर्को स्थानमा पठाउने प्रक्रिया हो ।

यो नेटवर्किङमा प्रयोग हुने एक महत्त्वपूर्ण प्रक्रिया हो जसको माध्यमबाट डेटा सही गन्तव्य (destination) मा पुग्छ) र नेटवर्क कन्जेक्सन (नेटवर्कमा अत्यधिक डेटा ट्राफिक हुँदा जानकारीहरू ढिलो पुग्ने, हराउने वा ब्लक हुने अवस्था हो) मा तपाईंले दिनभर कति स्पिडको इन्टरनेट पाउनु हुन्छ भन्ने विषय निर्धारण हुन्छ । 

इन्टरनेटको स्पिड परीक्षण गर्ने सर्भरले पनि यस्तो समस्या सामना गर्छन् । यसले गर्दा तपाईंले परीक्षण गर्ने क्रममा देखिएको नतिजा नै सटीक हो भन्ने हुँदैन । त्यसैले एक पटक मात्र परीक्षण गरेर धारणा बनाउनुभन्दा फरक फरक समयमा परीक्षण गरेर त्यसबाट औसत स्पिड निकाली त्यसलाई नै आधार बनाउनु उपयुक्त हुन्छ । 

तपाईंले स्पिड नाप्न कुन सर्भरबाट चलिरहेको वेबसाइट वा एप प्रयोग गरिरहनु भएको छ भन्ने विषयले पनि फरक पार्छ । तपाईंले इन्टरनेटको स्पिड नाप्नका लागि ‘स्पिडटेस्ट डटनेट’ र ‘फास्ट डटकम’ जस्ता प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ ।

स्पिड नाप्दा सर्भर लोकेसन हेर्नुहोस्

तपाईंले स्पिड नाप्न प्रयोग गर्ने टुलले स्वतः त्यो सर्भर छान्छ जुन तपाईं भएको भौगोलिक ठाउँबाट नजिक पर्छ । यद्यपि कहिलेकाहीं स्वतः छानिएको सर्भर भौगोलिक रूपमा तपाईंभन्दा धेरै टाढा हुन सक्छ । यसले गर्दा वास्तविक स्पिड नदेखिएर कम स्पिड देखिन्छ । 

स्पिड टेस्ट गर्ने क्रममा समग्र इन्टरनेट नभई विशेष सर्भरसँगकको कनेक्सनका आधारमा मापन हुने भएकाले सर्भर कति टाढा छ भन्ने विषयले फरक पार्छ । सर्भर जति टाढा हुन्छ तपाईंको डेटा त्यहाँ पुग्न त्यति नै धेरै स्थान (हप्स) हुँदै जानु पर्छ । यस्तो हुँदा इन्टरनेट कनेक्सन ढिलो हुन सक्छ र डाउनलोड वा अपलोड स्पिड पनि कम हुन सक्छ । 

यस्ता कमजोरी हुन नदिनका लागि तपाईंले जुन टुल प्रयोग गरेर स्पिड नाप्दै हुनुहुन्छ त्यसले नजिकको सर्भर छनोट गरेको छ भन्ने सुनिश्चित गर्नुपर्छ । यदि तपाईंले प्रयोग गरेको टुलले म्यानुअल्ली सर्भर छान्ने सुविधा दिएको छ भने तपाईंले नजिकको सर्भर छान्नुहोस् । ओकला स्पिडटेस्टमा यसको सुविधा दिइएको छ ।

स्पिड नाप्दा प्रोक्सी वा भीपीएन प्रयोग नगर्नुहोस्

तपाईं प्रोक्सी वा भीपीएन कनेक्ट गरेर इन्टरनेट मापन गर्दै हुनुहुन्छ भने त्यस्तो बेला नतिजा धेरै हदसम्म बिग्रिन सक्छ । भीपीएन र प्रोक्सीले इन्टरनेटको ट्राफिकलाई सिधै नभई बीचको सर्भर हुँदा पठाउँछन् । यस्ता सर्भर अर्को शहर वा झनै टाढा वा अर्कै देशमा हुन सक्छन् । यसले गर्दा ट्राफिकको दूरी बढ्छ र भीपीएन प्रयोग गर्दा डेटा इन्क्रिप्ट हुने भएकाले अतिरिक्त प्रोसेसिङ पनि थपिन्छ ।  यी सबै कारणले गर्दा तपाईंले स्पिड टेस्टमा देखेको स्पिड नै तपाईंको वास्तविक इन्टरनेट स्पिडभन्दा धेरै ढिलो वा कम देखिन सक्छ । 

तीब्र स्पिडका भीपीएन प्रयोग गर्दा पनि यस्तो समस्या देखिन्छ । त्यसैले नेटवर्कको सटीक स्पिड थाहा पाउनका लागि तपाईंले भीपीएन वा प्रोक्सी सर्भर डिस्कनेक्ट गरेर मात्र परीक्षण गर्नुपर्छ । तपाईंले भीपीएन वा प्रोक्सी प्रयोग गरेर र नगरेर दुवै अवस्थामा इन्टरनेटको स्पिड नाप्नुभयो भने गोपनीयताका लागि कति स्पिड गुमाइरहनु भएको छ भन्ने थाहा पाउन सक्नुहुन्छ । 

व्यस्त समयमा स्पिड मापन गर्दा

तपाईंले कुन समयमा इन्टरनेटको स्पिड मापन गर्दै हुनुहुन्छ भन्ने विषयले पनि इन्टरनेटको स्पिड सटीक स्पिड निर्धारण गर्छ । यदि तपाईंले इन्टरनेट व्यापक प्रयोग गर्ने समय खासगरी बेलुकीपख (भिडिओ हेर्ने, गेमिङ गर्ने, भिडिओ कल गर्ने जमात बेलुका सक्रिय हुन्छ) इन्टरनेटको स्पिड नाप्नुभयो भने तपाईं भ्रमित हुने सम्भावना उच्च हुन्छ । यस्तो बेला आईएसपीले नेटवर्क कन्जेक्सनको समस्या सामना गर्ने भएकाले तपाईंले अपेक्षित गतिको स्पिड नपाउन सक्नुहुन्छ । 

नेटवर्क कन्जेक्सन भन्नाले नेटवर्कमा अत्यधिक डेटा ट्राफिक हुँदा जानकारी ढिलो पुग्ने, हराउने वा ब्लक हुने अवस्था हो । यो सामान्यतः बेलुका सात बजेदेखि ११ बजेसम्म हुन्छ । यसैलाई पिक-आवर अर्थत व्यस्त समय भनिन्छ । यो समयमा आईएसपीले नेटवर्क कन्जेक्सन व्यवस्थापन गर्न स्पिड घटाइदिन सक्छ । यो आवश्यक हुन्छ पनि । त्यसैले यस्तो बेला इन्टरनेटको स्पिड मापन गर्नुभयो र मैले सधैं कम स्पिड पाएको रहेछु भन्ने गुनासो गर्न सक्ने अवस्थामा तपाईं पुग्न सक्नुहुन्छ । त्यसकारण पनि इन्टरनेको वास्तविक वा भनौं सटीक स्पिड थाहा पाउन विभिन्न समयमा मापन गरी त्यसको औसत निकाल्न सक्नुहुन्छ । यही औसत स्पिडबाट नै तपाईंले आफूले अपेक्षा गरेको वा शुल्क तिरे अनुसारको इन्टरनेट पाएको छु कि छैन भन्ने पत्ता लगाउन सक्नुहुन्छ ।

पुरानो डिभाइसमा स्पिड जाँच

तपाईंले इन्टरनेटको स्पिड मापन गर्नका लागि कस्तो डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भन्नेले पनि सटीक स्पिड देखिने वा नदेखिने निर्धारण हुन्छ । यदि तपाईं पुरानो कम्प्युटर, फोन वा ट्याबलेट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता डिभाइस आफै कम स्पिडमा चल्ने हुन्छन् । त्यसैले यी डिभाइसले सटीक स्पिड वा भनौं वास्तविक स्पिड नदेखाउन सक्छन् । 

पुरानो डिभाइसमा कम स्पिडका प्रोसेसर र पुरानो नेटवर्क एडप्टर हुने भएकाले हाइ स्पिड कनेक्सनको फाइदा त्यसले नउठाउन सक्छ । उदाहरणका लागि यदि तपाईंको ल्यापटपले वाई-फाई ४ मात्र सपोर्ट गर्छ वा १०० एमबीपीएससम्मको उच्चतम स्पिड मापन गर्न सक्ने इथरनेट पोर्ट छ भने त्यसले पाउने उच्चतम स्पिड नै इन्टरनेटको प्लानभन्दा निकै कम हुन्छ । त्यस्तोमा तपाईंले गिगाबिट स्पिडकै शुल्क तिर्नुभएको छ भने पनि तपाईंले स्पिड मापन गरेको टुलले हार्डवेयर सीमिततका कारण सटीक स्पिड नदेखाउन सक्छ । त्यसैले तपाईं कन्टेन्ट हेर्न वा अन्य कामका लागि पुरानो डिभाइसलाई प्राथमिकता दिनुहुन्छ भने पनि इन्टरनेटको स्पिड नाप्दा नयाँ डिभाइस प्रयोग गर्नुहोस् ।

इन्टरनेटको स्पिड मापन गर्ने काम निकै सहज छ तर सटीक नतिजा पाउनका लागि तपाईंले माथि उल्लेख गरेका प्रक्रिया अपनाउनै पर्छ । यदि तपाईंले माथि भनिएका मध्ये कुनै पनि कमजोरी वा त्रुटी गर्नुभयो भने तपाईं वास्तविक इन्टरनेट स्पिड थाहा पाउन सक्नुहुन् । आफ्नो इन्टरनेटको स्पिड कम भयो भनेर आईएसपीसँग गुनासो गर्नुअघि तपाईंले सटीक नतिजा पाएको सुनिश्चित गर्नुहोस् । र, त्यसबाट चित्त नबुझे गुनासो गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार ९, २०८२ १५:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ। 

साताको पहिलो कारोबार दिन आइतबार ३३ अंकले गिरावट भए पनि आज ५ अंकले बढेको हो। योसँगै आज सेयर बजार २६०० विन्दुमा पुगेको हो।

यता, सेयर बजारको कारोबार रकममा भारी गिरावट आएको छ। सोमबार ७० हजार ८ सय ३१ पटकको सेयर कारोबारमा १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Ncell 2
Ncell 2

सो दिन कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्यो, १२४ वटाको घट्यो भने बाँकी एउटा कम्पनीको स्थिर रहयो ।

आज कारोबारका आधारमा १२३ कम्पनीको सेयर मूल्य बढ्दा हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ। रादी विद्युत कम्पनी लिमिटेड कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ।

कारोबारका आधारमा जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्यमा नकारात्मक सर्किट लागेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन्।

स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन्।

मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन्। स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

यस आधारमा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई सत्तरी नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी पाउने सुविधामा नदोहोरिने गरी सुविधा दिन पत्राचार गरेको छ।  

मन्त्री पौडेलले स्वास्थ्य बीमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बीमा थैली लागु गराउन समेत तयारी गरेका छन् । तर, यस्ता थैलीहरु बनाउँदा बीमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि समेत मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई निर्देशन जारी गरेको छ।

यसका लागि मन्त्रालयले ‘स्वास्थ्य बीमा बोर्डलाई स्वास्थ्य बीमाका सुविधा थैलीहरू निर्धारण गर्दा रोगको भार नागरिकको स्वास्थ्य आवश्यकता, लागत प्रभावकारीता र वित्तिय दिगोपनाको आधारमा निर्धारण गरी बीमा कोषको दुरुपयोग हुन नदिनेतर्फ ध्यान दिन’ भनेको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक सेवा प्रवाह सहज र प्रविधिमैत्री बनाउन सके नागरिकको राज्यप्रतिको विश्वास बढ्ने बताएका छन् । सोमबार हुलाक सञ्चारको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै सांसद तथा पूर्वमन्त्री समेत रहेका थापाले सेवा लिन सरकारी सेवा लिन लाइन बस्नुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिए । 

“अहिले आमनागरिकलाई सरकारसँग सबैभन्दा बढी झोक लाग्ने कुरा भनेको लाइन बस्नुपर्ने बाध्यता हो, उनले भने, “राज्यसँग जहाँ भेट भयो, त्यहीँ रिस उठ्छ । यस्तो अवस्था अन्त्य गर्न राज्यसँग भेट नै नहुने, या भए पनि अनावश्यक रूपमा फिजिकल्ली भेट हुन नपर्ने वातावरण बनाइनुपर्छ ।” 

उनले प्रविधिको उच्चतम प्रयोग जनप्रतिनिधि तथा राजनीतिक व्यक्तिहरूका लागि पनि प्रभावकारी हुने धारणा राखे ।

पछिल्लो अध्यावधिक: असार ९, २०८२ १४:५८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले बताएका हुन्।

Ncell 2
Ncell 2

उनले भने, ‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ। हामीले निर्देशन दिएका छौं। थप निर्णय अब संसदीय दलको बैठकले गर्छ।’

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनका अनुसार ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेको बैठकको निष्कर्ष छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संघीय अस्पताल तथा स्वास्थ्य संस्थाका लागि प्रस्तावित दरबन्दीमा एनेस्थेसिया अधिकृत (पाँचौंदेखि नवौं तहसम्म) को दरबन्दी समावेश नगरेकोप्रति नेप्लिज एशोसिएसन अफ एनेस्थेसिया टेक्नोलोजिस्टले गम्भीर आपत्ति जनाएको छ।

संस्थाका अध्यक्ष शैलेन्द्र कुमार यादवद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा जनमुखी बनाउन, संविधानले प्रत्याभूत गरेको मौलिक हक सुनिश्चित गर्न तथा जनस्वास्थ्य ऐन, २०६५ का प्रावधान कार्यान्वयन गर्न स्वीकृत दरबन्दी पुनरावलोकन अपरिहार्य भएको उल्लेख गरिएको छ।

स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ३ अन्तर्गत विविध समूहमा सातौँ तहका लागि तोकिएको शैक्षिक योग्यता भएका ऐनेस्थेसिया अधिकृतहरू विगत १० वर्षदेखि नेपाल हेल्थ प्रोफेशनल काउन्सिल (एनएचपीसी) मा दर्ता भई देशका विभिन्न दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा दिँदै आइरहेका छन्।

‘यस जनशक्तिको व्यवस्थित व्यवस्थापन बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन,’ अध्यक्ष यादवले भने, ‘तसर्थ पाँचौँदेखि नवौँ तहसम्मको दरबन्दी पद सिर्जना र पदपूर्ति प्रक्रिया तत्काल अगाडि बढाइनु जरुरी छ।’

संघले सम्बन्धित निकायसँग तत्काल दरबन्दी समावेश गरी आवश्यक प्रक्रिया अघि बढाउन जोडदार माग गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रभावशाली समाधानलाई सम्मानस्वरूप प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार किलिङ कर्भ पुरस्कार २०२५ (Keeling Curve Prize 2025) मा नेपाली कम्पनी घाम पावर विजेता बनेको छ । ऊर्जाका क्षेत्रमा घाम पावर विश्वभरबाट छानिएका १० उत्कृष्ट परियोजनामध्ये एक बन्न सफल भएको हो  ।

यो पुरस्कार केन्याको नेरोबीमा आयोजित टीईडी काउन्टडाउन समिटमा घोषणा गरिएको हो । सो अवसरमा जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न अग्रपङ्तिमा रहेका विश्वभरका नवप्रवर्तनकर्ता र लिडरहरू भेला भएका थिए ।

पुरस्कारस्वरूप घाम पावरले ५० हजार अमेरिकी डलर (करिब ७० लाख रुपैयाँ) प्राप्त गरेको छ । यो रकम नेपालका दुर्गम तथा सेवाबाट वञ्चित क्षेत्रहरूमा स्वच्छ, भरपर्दो र सुलभ सौर्य ऊर्जाका परियोजना विस्तारमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

विश्वभरका २५ सयभन्दा बढी आवेदनमध्येबाट घाम पावर छानिनुको कारण यसको नवीन मोडेल हो । कम्पनीले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग एकीकृत गर्दै स्वच्छ ऊर्जा पहुँचलाई अझ व्यापक बनाउँदै आएको छ । कम्पनीले हालसम्म चार हजारभन्दा बढी सफल परियोजना सम्पन्न गरिसकेको जनाएको छ ।

सौर्य ऊर्जामार्फत घाम पावरले नेपालका ग्रामीण बस्तीहरूमा घर, व्यवसाय, कृषि प्रणाली, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा काम गर्दै आएको छ । यसले नोक्सानदायी डिजेल जस्ता जीवाश्म इन्धनको विकल्पमा स्वच्छ ऊर्जालाई बढावा दिई कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ९, २०८२ १३:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली रहेको सरकारले जनाएको छ। 

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएको जवाफ दिने क्रममा इरानमा १६ नेपाली रहेको परराष्ट्रमन्त्री ड.आरजु राना देउवाले जानकारी दिइन्। 

Ncell 2
Ncell 2

‘इरानमा १६ नेपाली रहनुभएको छ। ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ। ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ परराष्ट्र मन्त्री डा. राणाले भनिन्। 

उनले भोलि भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी दिइन्। भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको बताइन्। 

११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्री डा. राणाले बताइन्। 

५ नागरिक गैरकानुनी रूपमा जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको बताइन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू फरक–फरक कानुनी संरचना, ऐतिहासिक पृष्ठभूमि, संस्थापक दर्शन, भौगोलिक अवस्था, र स्रोत–साधनका आधारमा विकसित भएका संस्थाहरू हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान–धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान–पाटन अस्पताल ललितपुर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान–जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान–दाङ, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान–पोखरा यी सबैले आ–आफ्नो स्थापनाको औचित्य पुष्टि हुने गरी कार्यविधि, शैक्षिक ढाँचा, प्रशासनिक व्यवस्था, र सेवा प्रवाहको मोडेलसहित अघि बढेका छन्। यी तथ्यलाई अवमूल्यन गरी सबैलाई एकै साँचोमा ढाल्ने केन्द्रिकृत दृष्टिकोणले संस्थाहरूको विशिष्टता गुम्ने खतरा छ। त्यसैले, हाल प्रस्तावित ‘स्वास्थ्य प्रतिष्ठान व्यवस्थापन विधेयक’ (छाता विधेयक) लाई थाती राखी सरोकारवाला, विज्ञ र नागरिक समाजको सहमतिमा वैकल्पिक मोडेलहरूमा छलफल गर्नुपर्छ।

नेपालका ६ प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वी नेपालका लागि महत्वाकांक्षी परियोजनाको रूपमा वि.सं. २०५२ मा स्थापित भएको हो। भारत सरकारको प्राविधिक र वित्तीय सहयोगमा स्थापना भएको यो प्रतिष्ठान नेपाल–भारत मैत्री परियोजना अन्तर्गतको नमुना शिक्षण अस्पताल हो। यसको मुख्य उद्देश्य पूर्वी नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्नु र स्थानीय जनशक्ति उत्पादन गर्नु हो। भारतका उत्कृष्ट अस्पताल र शैक्षिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालित यो दक्षिणपूर्वी एसियाकै विशिष्ट संस्थान हो।

वि.सं. २०६३ मा वीर अस्पतालको जगमा पूर्ण सरकारी स्वामित्वमा स्थापित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले चिकित्सा शिक्षामा स्नातकोत्तर, नर्सिङमा स्नातकदेखि स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो प्रतिष्ठानको स्थान, चल–अचल सम्पत्ति, प्रविधि, र कर्मचारी सेवासुविधाको दृष्टिकोणले निकै आकर्षक छ। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं. २०६४ मा सार्वजनिक–निजी–शैक्षिक सहकार्यमार्फत गैरनाफामूलक र समाजकेन्द्रित स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो। ग्रामीण र दुर्गम समुदायमा सेवा पुर्‍याउने सामाजिक न्यायमा आधारित चिकित्सा शिक्षालाई यसले प्राथमिकता दिएको छ। पाठ्यक्रममा सामुदायिक शिक्षण–सिकाइलाई अनिवार्य गरिएको छ भने शिक्षण विधिमा लेक्चरभन्दा विषयकेन्द्रित समूहगत शोध र अध्ययनलाई जोड दिइन्छ। राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत यसले बलियो उपस्थिति कायम गरेको छ र विश्वका शैक्षिक निकायहरूसँग सहकार्य गरी अनुसन्धान, स्वास्थ्य सेवा, र जनशक्ति उत्पादनमा नेतृत्वदायी भूमिका खेलिरहेको छ।

नेपालको दुर्गम र स्वास्थ्य सेवाबाट पछाडि परेको क्षेत्र जुम्लामा वि.सं. २०६५ मा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारको दूरदर्शी कदम हो। स्थानीय स्तरमा विशेषज्ञ सेवा विस्तार र जनशक्ति उत्पादनका लागि राज्यको उच्च लगानीमा स्थापित यो प्रतिष्ठानले कर्णाली प्रदेशमा स्वास्थ्य शिक्षाको पहुँच विस्तार र चिकित्सक उत्पादनको ठूलो आकांक्षा राखेको छ। भौतिक संरचना, प्राविधिक स्रोत, प्रशिक्षक, र व्यवस्थापनमा केही उपलब्धि हासिल भए पनि शिक्षण अस्पतालको सेवा क्षमता र शैक्षिक गुणस्तरमा अपेक्षित सुधार बाँकी छ। यी चुनौतीको समाधान छाता विधेयकले दिन सक्दैन।

प्रदेशगत सन्तुलित विकासको दृष्टिकोणले राप्ती र पोखरामा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू पूर्वाधारको पर्याप्त तयारीबिना सञ्चालित हुँदा पूर्ण शैक्षिक र सेवा सञ्चालनमा आउन सकेका छैनन्। प्राध्यापक, पूर्वाधार, पाठ्यक्रम विकास, र अस्पताल सञ्चालनमा समस्याहरू छन्। कतिपय संस्था प्रादेशिक विवाद, नेतृत्व अभाव, वा कानुनी अस्पष्टताले अलपत्र छन्। उदाहरणका लागि, केही प्रदेश सरकारले आफ्नै विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेका छन्, तर संघीय सरकारसँग समन्वय अभावले प्रक्रिया अस्पष्ट र अस्थिर छ।

यी चारवटा मोडेलले नेपालको स्वास्थ्य शिक्षा प्रणाली विविध पृष्ठभूमि, आवश्यकता, र अवधारणामा आधारित रहेको देखाउँछ। केन्द्रबाट लादिएको एकीकृत छाता ऐनले यी विशिष्टता गुम्ने खतरा छ। राज्य कमजोर भएको अवस्थामा ऐनको कार्यान्वयनमा अराजकता निम्तिन सक्छ। त्यसैले, एकीकृत छाता ऐनको सट्टा हरेक प्रतिष्ठानको इतिहास, भूगोल, स्रोत, लक्ष्य, र कार्यदर्शनलाई समेट्ने वैकल्पिक मोडेल आवश्यक छ।

हिजो र आज: छुट्टाछुट्टै ऐन चाहिने परिस्थितिमा के परिवर्तन भयो? 
हिजो छुट्टाछुट्टै ऐन आवश्यक थियो, किनभने प्रत्येक प्रतिष्ठानको उद्देश्य र चुनौती फरक थिए। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामना गर्ने चुनौती पाटन वा बीपी कोइरालाको भन्दा भिन्न छन्। यस्तो अवस्थामा एउटै मोडेलको ऐन वा प्रशासनिक ढाँचा लागू गर्नु व्यवहारिक छैन। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन खर्चमा आत्मनिर्भर छ र ग्रामीण तथा वञ्चित समुदायका लागि स्वास्थ्यकर्मी उत्पादनमा केन्द्रित छ। बीपी कोइराला प्रतिष्ठानले पूर्वी नेपालमा सुपर–स्पेसियालिस्ट सेवा, शिक्षा र अनुसन्धानमा जोड दिन्छ। कर्णाली प्रतिष्ठानको उद्देश्य दुर्गम क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन र सेवा विस्तार हो। यी भिन्न उद्देश्यलाई एउटै ढाँचामा बाँध्नु उनीहरूको प्रभावकारितामा बाधक बन्न सक्छ।

आन्तरिक आम्दानी र स्वायत्तता पनि छुट्टै ऐनको कारण हो। पाटनको आत्मनिर्भर मोडेलले सरकारी आश्रयबिना नवप्रवर्तनको अवसर दिएको छ, जुन छुट्टै ऐनबाट सम्भव भएको हो। 

नेपालको संविधान, २०७२ अनुसार स्वास्थ्य शिक्षा साझा जिम्मेवारीको विषय हो, जसमा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिका छुट्याइएको छ। यस्तो संघीय संरचनामा केन्द्रबाट नियन्त्रण गर्ने मोडेलभन्दा स्थानीय आवश्यकताअनुसार निर्णय लिने संरचना उपयुक्त हुन्छ। विगतमा फरक–फरक सन्दर्भ र उद्देश्यअनुसार छुट्टाछुट्टै ऐनमार्फत प्रतिष्ठानहरू स्थापना गरिनु उपयुक्त थियो। यी कारणहरूमा तात्त्विक परिवर्तन आएको छैन, बरु समन्वय र लचकताको माग बढेको छ।

विगतमा फरक–फरक कानुनी संरचना र मोडलमा स्थापित प्रतिष्ठानहरुले शुल्क, सेवा मूल्य, पाठ्यक्रम र कर्मचारी सुविधामा फरक अभ्यास गर्दै आएका थिए।जसले असमानता सिर्जना गरेको भन्ने आवाज उठ्ने गरेको छ, राजनीतिक र उच्च प्रशासनिक वृत्तमा। जनता पनि देशको जुनसुकै कुनाबाट समान गुणस्तरको स्वास्थ्य सेवा पाउने आशामा छन्।यसले राज्यलाई शिक्षा र सेवामा न्यूनतम मापदण्ड कायम गर्न दबाब दिएको छ। साथै, विगतमा राज्य संचालित स्वास्थ र शिक्षाको लगानीबाट अपेक्षित प्रतिफल नआएको भन्ने बहस पनि हुने गरेको छ । तर, कुनै संस्थामा समस्या छ भन्दैमा सबैलाई एउटै ढाँचामा बाँध्नु समाधान होइन। 

उदाहरणका लागि, पाटनमा केन्द्रको हस्तक्षेपले सुशासनमा बिचलन ल्याउन सक्छ। वार्षिक सवा दुई अर्बभन्दा बढी कारोबार गर्ने पाटनको दायित्व सरकारको जिम्मामा आउने छ।पाटनले कोभिड महामारी वा अन्य विपदमा निस्वार्थ सेवा गरेको छ, तर भौतिक पूर्वाधारका लागि सहयोग माग्दा निरिह भएको महसुस गर्छ। यहाँका हरेक इँटामा देशी–विदेशी शुभेच्छुक, कर्मचारी र पदाधिकारीको परिश्रम र लगानी छ। यो योगदानलाई अवमूल्यन गर्न पाटन परिवारले स्वीकार गर्दैन।

संघीय शासनमा प्रदेश सरकारलाई स्वास्थ्यमा स्पष्ट अधिकार दिइए पनि प्रस्तावित विधेयकमा उनीहरूको भूमिका अस्पष्ट छ। हरेक प्रतिष्ठानलाई एउटै ढाँचामा बाँध्दा पहिचान गुम्ने र अरूजस्तो बन्न नसक्ने जोखिम छ, विशेष गरी बीपी कोइराला र पाटनजस्ता सामाजिक दृष्टिकोणमा आधारित संस्थाहरूको हकमा। तसर्थ, परिस्थिति केही हदसम्म बदलिए पनि सबै प्रतिष्ठानहरूलाई एउटै कानुनी चौघेरामा राख्ने निर्णयले समाधानभन्दा समस्या निम्त्याउन सक्छ। यसको सट्टा,आवश्यक सुधार र समन्वय संस्थागत स्वायत्तताको संरक्षण गर्दै गरिनु आजको सन्दर्भमा उपयुक्त देखिन्छ।

अब के गर्न सकिन्छ?
वर्तमान “स्वास्थ्य प्रतिष्ठान व्यवस्थापन विधेयक” (छाता विधेयक)को मूल मर्म भनेको केन्द्रीय नियमन र संस्थागत स्वायत्तता बीच सन्तुलन कसरी कायम गर्ने भन्ने नै होला। यदि त्यसो गर्न खोजिएको हो भने पनि संस्थाहरुको विशेषता अनुसारका वैकल्पिक मोडेल सोच्नु सान्दर्भिक हुन्छ।

जस्तो: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ शिक्षामा नवीनतम परिक्षण गर्दैछ, त्यसै गरी बीपी कोइरालाको योगदान पनि विशिष्ट छ। यस्ता निर्दिस्ट लक्ष्य, कार्यनीति लिएर अघि बढेको संस्थालाई राज्यका न्यूनतम साझा मापदण्डहरूको परिधिभित्र रहेर आत्मनिर्भरता र सृजनशीलताको स्वतन्त्रता अभ्यास गर्ने अनुमती दिनु पर्दछ। राज्यको लगानीमा स्थापित भएको र अझै आधारभूत संरचना तथा जनशक्ति अभावमा रहेको संस्थाहरु जस्तै कर्णाली, राप्ती, पोखरालाई राज्यको (संघ, प्रदेश समेत) सम्पूर्ण साथ र सहयोग चाहिन्छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्तो राज्य नियन्त्रित संस्थाको हकमा सशक्त पारदर्शिता र जवाफदेही संयन्त्रको रुपमा विकास गरिनु पर्दछ। यस किसिमको वर्गीकरणले नीति निर्माणमा स्पष्टता ल्याउँछ र प्रतिष्ठानको संरचना अनुसार अनुकूल नीति तय गर्न मद्दत पुर्‍याउँछ।

छाता विधेयक जस्तो गम्भीर कानुनी दस्तावेज एकपक्षीय रूपमा तयार गर्नु उपयुक्त होइन। सरकारले श्वेतपत्र प्रकाशित गरी विधेयकको प्रस्ताव, मस्यौदा र कारण स्पष्ट गर्नुपर्छ। प्रतिष्ठानका पदाधिकारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता  र प्रदेश सरकारसँग गहिरो छलफल आवश्यक छ। यस्ता छलफलले नीतिलाई व्यवहारिक, स्वामित्वयुक्त र दीगो बनाउँछ।

निष्कर्ष
छाता विधेयक सान्दर्भिक छ कि छैन, यो छलफलको विषय हो। तर, हालको मस्यौदाले राज्यको कमजोरी उजागर गरेको छ। संवैधानिक रूपमा यो ‘केन्द्र–नियन्त्रित’ होइन, बरु ‘स्थानीय आवश्यकतामा आधारित समन्वित बहुविधा मोडेल’ हुनुपर्छ। हिजो छुट्टाछुट्टै ऐन आवश्यक थियो, किनभने आवश्यकताहरू फरक थिए; आज पनि ती पूरै बदलिएका छैनन्। तसर्थ, विधेयकको मस्यौदामा हतार नगरी, फरक मोडेलका सफल अभ्यासबाट सिक्दै, स्वायत्तता, नवप्रवर्तन र समन्वयलाई संरक्षण गर्ने बाटो अवलम्बन गर्नुपर्छ। सबै सरोकारवालासँग सहकार्यमा वैकल्पिक मोडेल अपनाएर मात्र नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सुधार, नवप्रवर्तन र जनहितमा सक्षम संस्थाका रूपमा अघि बढ्न सक्छन्।  

लेखक पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

दमास्कस– सिरियाको राजधानी दमास्कसमा आइतबारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ।

साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ। सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन्।

Ncell 2
Ncell 2

प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको मुख्यत: क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो।

धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो। जसले राजधानीमा सञ्चालन हुने स्लीपर सेलहरूको बारेमा नयाँ चिन्ताहरू जगाएको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट