
सेफ हाउस नेपालीलाई सेल्टर
साइप्रस-नेपाल
१६ डिसेम्बर २०१९ / लिमासोल
२ वर्ष भन्दा बढीको प्रतीक्षा पछि नेपाली श्रमिकको लागि आश्रयस्थल को रुपमा ‘सेफ हाउस’ संचालनमा आएको छ। निकोसियामा एक कार्यक्रम गरि महावाणिज्यदुत डा. रामजीवन पंजियारद्वारा रिबन काटेर सेफहाउस समुद्घाटन गरिएको हो।
कार्यक्रममा बोल्दै महावाणिज्यदुत डा. रामजीवन पंजियारले सेफ हाउसको आवश्यकता र सुरुवाती चरण सम्झदै यसको स्थापनाको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिनु भयो। सेफ हाउसको दिगो व्यवस्थापन/संचालनको लागि साइप्रसमा स्थापित सबै संघसंस्थालाई यसको जिम्मेवारी दिएको उद्घोस गर्दै संरक्षकको रुपमा आफु सहयोग गर्न तयार रहको बताउनु भयो। “कुनै बेला कसैलाई अफ्ठ्यारो पर्दा सेफ हाउस मार्फत सहयोग गर्न सक्छौ, अब तपाइहरुलाइ मैले यो सेफ हाउस जिम्मा लगाउन चाहन्छु “ उहाले भन्नु भयो।
कार्यक्रममा बोल्दै एनआरएनए साइप्रस का पुर्व अध्यक्ष तथा संरक्षक सुवास मल्लले यसको स्थापना गर्नु पर्ने अवाश्यकता देखिए पछि यसको आन्तरिक तयारी, कानुनी प्रक्रिया, आर्थिक श्रोत व्यस्थापन, दाताहरुको खोजि , घर व्यवस्थापन, कन्सुलेट तथा राजदुतावास संग बजेट बारे छलफल,नेपाली संघसस्था संगको समन्वय र स्थानीय गैर सरकारी संस्थाको समन्वय लगायतका कार्यमा सिंगो टिमले गरेको मेहनतको नतिजा स्वरुप संचालनमा आएको सम्झिनु भयो। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संरक्षक मल्लले कयौ महिना सम्म आफ्नो खल्ती बाट पनि घर भाडा तिरेको अनुभव सम्झीए । सेफ़हाउस संचालन ढिलाई हुनु मा बजेट प्रमुख कारण रहेको बताउदै सेफ़हाउसमा १३,६७० युरो खर्च भएको जानकारी दिनु भयो।
विभिन्न संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा वक्ताहरुले सेफ हाउसको दिगो व्यवस्थापन, संघसस्थाको जिम्मेवारी लगायतका विषयमा सुझाव दिए। एनआरएनए साइप्रसले सेफ हाउसका सहयोगी दाताहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।
साइप्रसमा पीडा झेल्दैछन् नेपाली विद्यार्थी
सेफ़हाउसमा १० ओटा बेड सहित किचन, बाथरुम, वासिंग मेसिन, फ्रिज, भाडाकुडा लगायत आवश्यक पर्ने सम्पूर्ण घरायसी समान राखिएको छ भने बस्नको लागि नियम र अनुशासन पालना गर्नु पर्ने हुन्छ। अहिले ३ जनाले आश्रय लिई रहेका छन्। दुख पाएका हाउसमेड तथा अन्य श्रमिकले सेफ़हाउसमा आउन चाहे निम्न नम्बर तथा व्यक्तिलाइ सम्पर्क गर्न सकिने छ। निकोसियाको लिद्रा बाट ३/४ मिनेट को दुरीमा सेफ़हाउस अवस्थित छ।
स्थान :- Leoforos Evagorou A. 3-7, Nicosia
सम्पर्क नम्बर :- 96598422, 97668827, 96570045, 96193868
नेपालीलाई सहभागी हुन आह्वान
साइप्रस-नेपाल
१२ डिसेम्बर २०१९ / लिमासोल
सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवाशी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवाशी दिवस का रुपमा मनाउने निर्णय गरेको थियो ।
आप्रवाशी हरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने भन्ने उद्देश्य सहित सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।
साइप्रसमा पनि डिसेम्बर १५ मा ‘किसा’ नामक गैर सरकारी संस्थाले शान्तिपूर्ण विरोध र्याली आयोजना गर्ने भएको छ। अप्रवासीको समान अधिकारको माग गर्दै निकोसिया स्थित पापोस गेट बाट र्याली सुरु सोलोमौ स्क्वाएर पार्क मा समापन हुने साथै भिन्न संस्कृति,नृत्य, खाना लगायतको कार्यक्रम हुने बताइएको छ।
साइप्रसको श्रम बजारमा नि:शुल्क रुपमा सहज पहुँच हुनु पर्ने , सबैका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा समान पहुँच हुनु पर्ने, सामाजिक बिमा योजनामा आप्रवाशी को योगदानमा दिएको असमान सुविधा सुधार गर्दै समनाता सुनिश्चित हुनु पर्ने , महिला हिँसा बन्द गर्नु पर्ने, प्रवासी बालबालिकाको हक अधिकार सुनिश्चित गर्नु पर्ने , सिप्रियोट समाज प्रति आप्रवासीको योगदानको मुल्यांकन र सम्मान हुनु पर्ने माग राख्दै प्रदर्शन हुने किसाले जनाएको छ।
विश्वका विभिन्न देश बाट साइप्रस आइपुगेका आप्रवाशी को विभिन्न समुदायको सहभागिता हुने उत्त र्यालीमा नेपाली समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै घरेलु कामदार, विधार्थी, शरणार्थी र अन्य नेपाली श्रमिक र स्थापित नेपाली संघसंस्थाहरु सहभागी हुन र समान अधिकार माग गर्न संयोजक बिना थापाले आग्रह गर्नु भयो।
सामाजिक संजाल र गफगाफ मा मात्र सिमित नभएर सडक मै आए पक्कै पनि सरोकारवालाको ध्यान पुग्ने विश्वास उहाले गर्नु भयो। “हामि नबोले सम्म केहि हुदैन , बोल्नेको पिठो बिक्छ भने जस्तै हो , हजारौको सहभागिता भएको र्यालीले उठाएको मागलाई सरकारले सून्ने छ ” उहाँले भन्नु भयो।
आप्रवाशी कामदारको हकहित, अधिकार संरक्षणमा सरोकारवाला निकायलाई झक्झकाउने र कामदारको हितमा निर्णय गराउन दबाब दिन मौकाको रुपमा यो दिवस मनाउन लागिएको हो।
गैर सरकारी संस्था ‘किसा’ ले अप्रवासन, शरणार्थी ,जातिवाद, भेदभाव, तस्करी को क्षेत्रमा केन्द्रित भइ विभिन्न किसिमका क्रियाकलाप गर्दै आइरहेको छ। आप्रवासीको प्रभावकारी एकीकरण, भेदभाव विरुद्ध कार्यक्रम , शरणार्थीका लागि समानता र एकता जस्ता प्रभावकरी कार्यक्रमहरु संचालन गरिसकेको छ।
साइप्रस भासिएका नेपालीहरुमा ग्रिस भाषाको ज्ञान नहुनु, न्यायमा पहुँच नहुनु, तोकिएको तलब नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौन शोषण, विभिन्न आरोपमा डिपोर्ट हुनु पर्ने , घरेलु हिंसा जस्ता समस्या नेपाली श्रमिकले भोग्दै आएका छन् । मुख्यतः साइप्रस र नेपाल बीच आप्रवाशी कामदारका सम्बन्धमा सम्झौता नहुनु मुख्य समस्याका रुपमा रहेको छ ।
समिम मियाँ
९ डिसेम्बर / लिमासोल
किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । गत आइतबार डिसेम्बर ८ तारीखमा लिमासोल स्थित नियो फिस्टा हलमा ‘चासोक तङ्नाम २०७६’ आयोजना भएको हो।
कार्यक्रमका प्रमुख अतिथि सुभास मल्लले मौलिक कला र संस्कृति जगेर्ना गर्नु पर्ने हामि सबै को दायित्व भएको बताउदै प्रवासमा रहेर पनि यस किसिमको कार्यक्रमले साइप्रसका नेपालीलाइ एक सुत्रमा बाध्ने काम निकै सह्रानीय भएको बताउनु भयो।

किरात याक्थुङ्ग चुम्लुङ्ग का अध्यक्ष तेजबहादुर सिंगुको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाले संघ साइप्रस कि उपाध्यक्ष जसु पुन मगर , तमु समाज साइप्रस कि कोषाध्यक्ष प्रिया गुरुङ्ग , नेपाल मगर संघका अध्यक्ष खगेन मगर , पत्रकार दिनेश गौतम ,शेर्पा किदुक साइप्रस, नेपाल तामाङ बौद्ध महासंघ साइप्रस, चितवन सेवा समाज साइप्रस, नेपाली जनसम्पर्क समिति साइप्रस प्रवाशी एकता मन्च साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस, ह्याल्मो युनिटी साइप्रस लगायत संघसंस्थाका प्रतिनिधिको उस्पस्थिति थियो। कार्यक्रममा केलाङ र यालाङ लगायतका विभिन्न मौलिक सस्कृती झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थियो। बेलायतबाट विशेष निमंत्रणामा आएका नव गायक सुरेन ताम्लिङले केलाङ र यालाङ नृत्यको नेतृत्वका गरेका थिए।

कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतिले माहोल तातिएको थियो। गायक लिम्बुले ‘बेनीको बजार’, ‘ मुटु माग्यौ तिमीले ‘, ‘ मैले माया गर्न जानिन होला ‘ , ‘नाइँ नभन्नु ल ‘, ‘ सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला ‘, ‘ ढल्क्यो ढल्क्यो ‘ , ‘माया गरिरहुँ ‘ बोलको गित गाएर दर्शक उफार्दै मंत्रमुक्त पारे। अर्का गायक सुरेन ताम्लिङ र स्थानीय गायिका मिजिरा सम्बाहाम्फे संग ‘भेट भयो सोल्टिनी ज्यु के छ नि समाचार’ बोलको गित गाएर मनोरंजन गराए। गायक ताम्लिङ्ग ले सालको पात टपरी लगायत बोलको गित गाएर दर्शक उफारे।







स्थानीय कलाकारको दमदार प्रस्तुतीले माहोल झनै तातिएको थियो। खगेन राना मगर र पुस्पा पुन मगर को युगल नृत्य प्रस्तुत गरे। नृत्य मन पराएर दर्शकले “वान्स मोर” को “हुटिंग ” गरे। गायिका अमिसा लिम्बुले आफ्नो सांगतिक प्रस्तुति दिइन भने सुरज रानाभाट र सुस्मा राइले पनि युगल नृत्य बाट दर्शकको वाहवाही पाए। सम्योजक सरिता लिङ्ग्देनले संचालन गरेको कार्यक्रमलाइ सन्तोष कन्दङवाले पनि साथ दिए।




किरात याक्थुम चुम्लुङ्ग साइप्रसले आमन्त्रित कलाकारहरुलाई सम्मान पत्र सहित माया चिनो प्रदान गरेको थियो। साथै कार्यक्रम सफल बनाउन नैतिक भौतिक र आर्थिक रुपमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्दै धन्यवाद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो।




छ महिना मै आत्महत्या
cyprus nepal/ 9 Dec/ Limassol
पापोसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। २३ वर्षीय धकराज कार्की हिजो आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा मृत पाइएको साइप्रस प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतकले आत्महत्या गरेको बताइएको छ। ६ महिना अघि विद्यार्थी भिसामा आएका कार्की सिटि युनिटि कलेजमा अध्यनरत थिए।
परिवारको कमजोर आर्थिक स्थिति तनावको कारण हुन सक्ने अनुमान गरिएको भए पनि आत्महत्या गर्नुको कारण भने थाहा नभएको बताइएको छ। मृतकको पोस्ट मार्टम को रिपोर्ट आएको छैन।
( थप अपडेट हुदैछ …. )
cyprus-nepal 07 dec/ Limassol
लिमासोलमा आयोजना हुने चासोक तङ्नाम २०७६ को सास्कृतिक कार्यक्रमको लागि युवा दिलका ढुकढुकी दिपक लिम्बु साइप्रस आइपुग्नु भएको छ।

याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा डिसेम्बर ८ मा आयोजना हुने साँस्कृतिक कार्यक्रमको लागि गायक लिम्बु आज आइपुग्नु भएको हो। स्वदेशमै भएको अनुभुती गराउन नेपाल बाट कलाकार बोलाएर मनोरंजन संगै लिम्बुहरुको मौलिक संस्कार,भेषभुषा, संस्कार र संस्कृती बारे प्रचार गर्ने हेतुले कार्यक्रम आयोजना हुन लागेको आयोजक ले जनाएको छ। गायक दिपक लिम्बु प्रथम नेपाली तारा हुन्। उहाले विभिन्न चलचित्र तथा गितहरुमा आफ्नो सुमधुर आवाज भरिसक्नु भएको छ। अर्का गायक तथा नृत्यकार सुरेन ताम्लिङलाई केलाङ र यालाङ नृत्य नेतृत्वका लागि युके बाट विशेष निमन्त्रणा गरिएको छ। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ विशेषगरी चाडपर्व , सभा तथा विवाह इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ ।
आमन्त्रित कलाकार संगै स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने कार्यक्रमलाइ नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको छ। रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस-नेपाल डट कम रहेको छ।

चासोक तङ्नाम उभौली पर्व भब्य गरि मनाउन र कार्यक्रम सफल बनाउन साइप्रसबासी सम्पुर्ण नेपालीहरुमा उपस्थितिको लागि अध्यक्ष तेजबहादुर सिगु ले अनुरोध गर्नुभएको छ । ‘भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ साइप्रसले गत वर्ष पनि चासोक तङ्नाम मनाएको थियो।


साइप्रस नेपाल
५ डिसेम्बर / लिमासोल
नेपाली सिनेमा क्षेत्रमा व्यवसायिक रुपमा सफल चलचित्र ‘छ माया छपक्कै’ ले राजधानी निकोसियामा भव्य सफलता हात पारे पछि अब लिमासोलमा पनि प्रदर्शनीको तयारी गरेको छ। यधपी जनवरी हुने भने पनि प्रदर्शनी मिति भने तय भै सकेको छैन। एस एम इभेन्ट एण्ड इन्टरटेनमेन्टले ओभरसिज राइट्स लिएर साइप्रसका नेपाली चलचित्र प्रेमी माझ ल्याएको हो। हिन्दि र अंग्रेजी चलचित्र हेर्ने बानि परेका हामी नेपाली दर्शकलाई नेपाली चलचित्र मनोरन्जनात्मक, उत्कृस्ट र सुपर हिट बन्छ भन्ने मानसिकता को विकास गर्न यी चलचित्र काफी देखिन्छन।
‘छ माया छपक्कै’ ले निकोसियामा दर्शकको भरपुर माया पाए पछि प्रफुल्ल हुदै एस एम इभेन्ट एण्ड इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक द्वय प्रदिप प्रजापति र सुभास मल्लले अर्को सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि आगामी डिसेम्बर १५ मा प्रदर्शन हुने पक्का भएको जानकारी दिए । पान्थियोन आर्ट सिनेमा हलमा दिउँसो २ बजे बाट प्रदर्शन हुने चलचित्र को टिकट दर ७ युरो राखिएको छ। ‘छ माया छपक्कै लाई जस्तै यस चलचित्रलाई पनि भरपुर माया दिनु हुने छ भन्ने मा विश्वस्त छु ‘ मल्लले भन्नु भयो। दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाउन सफल चलचित्रले भरपुर मनोरंजन दिने मल्लले दावी गर्नु भयो।
भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपाली चलचित्रको पनि ठुलो भूमिका रहने भन्दै नेपाली संगै युरोपियन दर्शकलाई हल सम्म लिएर आउँन सके नेपालमा युरोपेली पर्यटकको संख्यामा प्रत्यक्ष / अप्रत्यक्ष रुपमा राम्रो प्रभाव पर्न सक्ने अनुमान गरिएको इन्टरटेनमेन्टले बताएको छ। नयाँ चलचित्र रिलिज हुने बितिक्कै साइर्प्रसमा पनि प्रदर्शनीमा आउने सुभास मल्लले जानकारी दिनु भयो।
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय छ ।

समिम मियाँ
डिसेम्बर १ / लिमासोल
किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। डिसेम्बर ८ तारीख लिमासोल स्थित नियो फिस्टा हलमा ‘ चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६ ‘ आयोजना हुदै छ।
स्वदेशमै भएको अनुभुती गराउन नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्न लागेको सम्योजक सरिता लिङ्ग्देनले बताउनु भयो । याक्थुङ लिम्बुहरुको मौलिक संस्कार,भेषभुषा, संस्कार र संस्कृती बारे हेर्न,बुझ्न र परम्परा जान्ने अवसरको रुपमा कार्यक्रममा उपस्थित भएर चासोक तङ्नामको भब्य मनोरन्जन लिन अध्यक्ष तेजबहादुर सिगुले अनुरोध गर्नुभयो।
कार्यक्रममा केलाङ र यालाङ लगायतका विभिन्न मौलिक सस्कृती झल्काउने नृत्यहरु पनि देख्न पाइने आयोजकले जानकारी दिएको छ। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ विशेषगरी चाडपर्व , सभा तथा विवाह इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ । केलाङ र यालाङ नृत्य नेतृत्वका लागि युके बाट सुरेन ताम्लिङलाई विशेष निमन्त्रणा गरिएको छ।
कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतीहरु हुने छन् । गायक लिम्बुका गितहरु दर्शकश्रोता माझ लोकप्रिय छन् । उनले थुप्रै चर्चित गितमा आवाज दिएका छन् भने विभिन्न चलचित्रमा समेत गित गाइसकेका छन् । ‘मैले माया गर्न जानिन होला’, ‘मुटु माग्यौ तिमिले’, ‘नाइ न भन्नू ल’, ‘म बाच्नु को के अर्थ’ लगायत बोलका गित श्रोताको मुखमा ‘झुन्डिएका’ गित हुन् ।

लुकेको प्रतिभा प्रस्फुटन गर्दै थप हौसला प्रदान गर्न संस्थाले स्थानीय कलाकारलाई प्राथमिकता दिएको छ । सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर र खगेन राना मगरले विभिन्न नृत्य र अमिसा लिम्बुले गायन कलाले मन्त्रमुक्त पार्ने तयारी गर्दैछन् । नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस-नेपाल डट कम रहेको छ। साइप्रसका विभिन्न विषयको जानकारी दिने उदेश्यले पहिलो पटक नेपाली भाषामा संचालनमा ल्याइएको अनलाइन म्यागजिन साइप्रस नेपाल डट कमले स्थानीय नेपाली समुदायको गतिविधि बारे खबर प्रकाशन गर्दै आएको छ।
श्रम सकिएकाले के गर्ने ?
साइप्रस को सुख दुखको बसाइमा तितो मीठो अनुभव संगालेर २ वर्ष पछि आफ्नो देश नेपाल मा घर परिवार सङ रमाइलो पल बिताउन छुट्टी जाने बेला सधै एउटा टेन्सन भै रहन्छ त्यो हो श्रम स्वीकृति । बेला बेलामा नेपाली अनलाइन न्युज पोर्टल मा पुन: श्रम स्वीकृति बारे आएका उदेक लाग्दा समाचार देखेर पुन: श्रम स्वीकृति(चलनचल्तीको भाषा मा श्रम) बन्छ त भन्ने पिर साइप्रस छोड्नु अघि देखि नै लाग्छ । छुट्टी गएका साथीहरुको अनुभव मा कहिले सजिलै श्रम बनेको तर कोहिलाई अत्यन्तै तनाब झेलेको भनी सुनेर दिक्क लाग्नु स्वभाविक हो । छुट्टी जांँदा नेपाली वाणिज्य दूतावास निकोसियाबाट कागजात नबनाइ जाँदा भने श्रम नविकरण हुँदैन । नेपाल सरकारले बिदामा घर गएर फर्किन नेपाली नियोग को सिफारिस अनिवार्य गरेको छ । जसका लागि अनुसुची ८ फारम भर्नु पर्ने हुन्छ । जसलाई चलनचल्तीमा होलिडे पेपर भनेर बुझिन्छ ।
के के कागजात चाहिन्छ त ?
- ६ महिना म्याद रहेको सक्कली पासपोर्ट
- पिन्क कार्ड वा भिसा कार्ड ( भिसा कार्ड नआएको भए रि इन्ट्री भिसाको छाप लगाएको माइग्रेसन विभाग को रसिद)
- करार सम्झौता (कन्ट्रयाक पेपर) PHOTOCOPY
यी तिन कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिसमा पेश गरेर 25 युरो शुल्क बुझाउनु पर्छ । अनुसुची 8 को कागज सहित माथी उल्लेखित कागजातको फोटोकपीमा कन्सुलरले छाप लगाएर सिफारिस तयार गरि तपाईंलाई दिन्छ । साथै काठमाडौ स्थित श्रम विभाग र सातै प्रदेशका श्रम कार्यालयमा समेत इमेल गरिदिनेछ । यो कागजात लिएर अब श्रम बनाउन जाँदा तपाईलाइ कुनै समस्या हुदैन ।
नेपाल जानु पर्ने तर तपाई को पिङ्क कार्ड नआएको भए के गर्ने ? पुरा जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्।
श्रम बनाउन नेपाल मा कुन कुन कागजात चाहिन्छ ?
- बीमा गरेको सक्कल प्रमाण पत्र ।
- नियोगबाट प्रमाणित गरेको करारनामा र प्रवेशाज्ञाको प्रतिलिपि ।
- वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषमा रकम बुझाएको रसिद ।
- नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
- पासपोर्ट
श्रम स्वीकृति भयो कि भएन खोजी गर्न यहाँ क्लिक गर्नुहोस्
सात प्रदेश मा कहाँ कहाँ बाट पुनः श्रम स्वीकृति पाइन्छ ?
- प्रदेश एक : विराटनगर
- प्रदेश नम्बर २ जनकपुर
- प्रदेश नम्बर ३ हेटौंडा
- गण्डकी प्रदेश को पोखरा
- प्रदेश नम्बर ५ बुटवल
- कर्णाली प्रदेशको सुर्खेत
- सुदुरपश्चिम प्रदेशको धनगढी
कहाँ छ नेपाली कन्सुलेट अफिस ? फोन नम्बर नक्सा सहित
साइप्रस-नेपाल
२९ नोभेम्बर / लिमासोल
साइप्रस आएको छ महिना भन्दा बढी हुँदा पनि तपाइँ को पिङ्क कार्ड (चल्तीको भाषामा भिसा कार्ड ) आएको छैन ? भिजा नवीकरण गरेको पनि लामो समय हुँदा पनि कार्ड आएको छैन तर नेपाल जाने बेला भयो भने तपाइँ के गर्नु हुन्छ ?
एक हजार युरो भन्दा बढि पैसा पठाउन रेमिटेन्स सेवा प्रदायक कम्पनीले पनि सक्कली भिसा माग्ने गर्दछ त्यस्तो अवस्थामा पनि के गर्नु हुन्छ ? साइप्रस प्रहरीले बेला मौका मा छड्के चेकिङ्ग गर्दा आइडि देखाउन असमर्थ भएमा सोधपुछ गर्न चौकी नै लैजान सक्छ।
साधारण तय १ देखि ३ महिना भित्र तयार हुनु पर्ने पिङ्क कार्ड लामो समय बित्दा पनि नआउदा चिन्तित हुनु हुन्छ भने यो सामान्य प्रक्रिया हो त्यसैले आत्तिनु भने हुँदैन । सिभिल रजिस्ट्रि तथा माइग्रेसन विभागले ( चलन चल्तीको भाषामा इमिग्रेसन ) तपाइको कार्ड तयार भयो भनेर आउने पत्र हुलाक मार्फत ढिलो आउन सक्ने हुँदा पनि यस्तो समस्या हुन सक्छ। प्राय: अवस्थामा मेनपावर एजेन्सीहरुले नै पिङ्क कार्ड निकालेर अफिसमा ल्याएको हुन्छ त्यसैले यस्तो अवस्थामा आफ्नो इम्प्लोयर वा मेनपावर एजेन्सीलाई सोधी राख्नु पर्ने हुन्छ।
विधार्थीहरुले भने आफ्नो कलेजमा सोध्नु पर्छ प्राय कलेजहरु ले पिङ्क कार्ड आएको जानकारी सम्बन्धित विधार्थीलाइ एस एम एस मार्फत जानकारी दिने गर्दछ। अब कुरा गरौं पिङ्क कार्ड नआएको को खण्डमा नेपाल जानु परे के गर्ने ?
माइग्रेसन विभाग बाट पिङ्क कार्ड जारी नभएको वा Application प्रक्रियामा भै रहदाको अवस्थामा Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B पेश गरि पुन: प्रवेशका लागि रि-इन्ट्री भिसा को छाप लगाउनु पर्ने हुन्छ।
यदि Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B को फारममा दस्तुर रकम शुन्य छ भने तोकिएको दस्तुर तिरेर रि इन्ट्री भिसा बनाउनु पर्ने हुन्छ। यसरि बनेको रि इन्ट्री भिसाले साइप्रसबाट बाहिरिएको ३ महिना भित्र प्रवेश गरि सक्नु पर्छ अन्यथा साइप्रसको लागि सो भिसा स्वत: रद्द हुन्छ।
यो कागज बनाउन तपाईले आफ्नो इम्प्लोयर(मालिक ) वा मेनपावर एजेन्सीलाइ भन्नु पर्दछ।
यदि तपाइँलाई नेपालमा पुन: श्रम स्वीकृति बनाउनु पर्ने भए नेपाली कन्सुलेट निकोसियामा सो फारम सहित सक्कली पासपोर्ट र कन्ट्रयाक पेपर लिएर “होलिडे पेपर ” बनाएर जानु पर्छ।
होलिडे पेपर बनाउन के के कागजात चाहिन्छ ? सम्पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोस्।
कस्तो हुन्छ 301 Or 301B फारम र रि-इन्ट्री भिसाको छाप ?
दस्तुर तिरेको Temporary Residence permit Application Receipt




भिसा सम्बन्धि थप जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्
साइप्रस-नेपाल / लिमासोल २५ नोभेम्बर
चितवन सेवा समाज साइप्रसले समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार निकोसिया स्थित एक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा संस्थालाई विभिन्न तवर बाट सहयोग गर्ने महानुभावहरुलाइ सम्मान गरेको हो ।
संस्थाले गत अगस्ट १८ मा अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुको शैक्षिक सहयोगार्थ आयोजना गरेको ‘तिज धमाका’ कार्यक्रममा आर्थिक ,नैतिक र भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाइ सम्मान गर्न सो दिन समय अभावका कारण नसकिएकोले बताएको थियो ।
संस्थाले थालनी गरेको सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो , प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान प्रदान गरिएको थियो ।
सो कार्यक्रमबाट संकलित रकम एक लाख तेह्र हजार सात सय बैसट्ठी रुपैया नेपाल पठाइ सकेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रस ले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च समाजले उपलब्ध गराईरहेको छ ।
सहयोगीहरु को नाम
सम्मान कार्यक्रमका केहि तस्बिर हरु








