
दिनेश गौतम
१५ अप्रिल २०२० ! विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका नेपालीहरुलाई बुधवार ४७ जनालाई राहत वितरण गरिएको छ ।
साईप्रसको नेपाली अबैतानिक बाणिज्य दुतावासको निगरानी तथा गैरअवसिया नेपाली सघंको सम्योज्कत्तवा र यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा साईप्रसमा रहेका विद्यार्थी तथा केही कामदारहरुलाई अप्रिल ७ देखि राहत वितरण गरिएको हो ।
यहा रहेका प्रवासी नेपाली एकता मचं साईप्रस , तमागं घेदुगं , चितवन समाज , किरात यक्थुगं चुम्लुगं , किरात राई यायोख्खा , नेपाल मगर सघं , तमु समाज लगाएत विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा राहत वितरण भैरहेको छ ।
दिनेश गौतम
युरोप साईप्रस , १४ अप्रिल २०२०
विश्वमहामारी कोरोनाबाट प्रभावित साईप्रसका नेपालीहरुको सवाललाई नेपाल सरकार समक्ष प्राथमिकताका साथ पुर्याएको नेपाली राजदुतावास ईजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे बताएका छन ।
उहाले अहिले साईप्रसमा रहेका खास गरि नेपाली विद्यार्थीहरु कोरोना भाईरसबाट सबै भन्दा बढि पिडित रहेको बताउदै आफुहरु नेपाल सरकार तथा साईप्रस सरकार समक्ष कुटनितिक केही ठोस पहल गर्नका लागि आग्रह गरिरहेको जानकारी दिए ।
आज मगंलवार नेपालीनेपाली डटकमको आयोजना तथा र साईप्रसनेपाल डटकमको संयोजनमा साईप्रसमा नेपाली समुदायहरुको समस्या , अवस्था कस्तो छ ? भनी लाईभ बहसमा घिमिरेले बोल्दै अहिले साईप्रस केही समाजिक सघंसस्थाहरुको सहकार्यमा गैर आवाशिय नेपाली सघं लगाएतले राहत वितरण कार्य गरिरहेकोमा धन्यबाद दिदै एन.आर.एन.ए साईप्रसले यहा रहेका हरेक समस्याहरुलाई समाधान गर्नका लागि आफुहरुलाई चिठी मार्फत सधै जानकारी गराएको बताए ।
उहाले भन्नु भयो ” पहिलाको दुतावासले कसरी काम गरिरहेको थियो त्यसको बारेमा म अध्ययन गरिरहेको छु तर म आफु आए देखि साईप्रसमा रहेका नेपाली होउन वा ईजरायलका सबैको समस्या प्रति सधै गम्भिरताका साथ नेपाल सरकार समक्ष पुर्याउने काम गरेको छु । रह्यो कुरा अहिलेको समयमा साईप्रसमा रहेका नेपाली विद्यार्थी एवम कामदारहरु जो सिधै कोरोना भाईरसको प्रभावमा परिरहेका छन र खास गरि नेपाल जान चाहनेहरुको संख्या बढिरहेको हुनाले आफुहरु यसबारेमा छिट्टै केही जानकारी दिने घिमिरेको भनाई थियो ।
विद्यार्थीहरुका सवालमा आफुहरु केही महिना पहिले साईप्रस भ्रमणका बेला आफनो देशका मन्त्रिको रोहबर मै साईप्रस सरकारसगं कुराकानी भएको , नेपालबाट नो अब्जेक्सन लेटर आदीका बारेमा पनि काम भैरहेको तर पछि कोरोनाले गर्दा कामहरु अगाडि बढन सकेन घिमिरे भन्नु भयो ।
साथै साईप्रसमा रहेका घरेलुकामदारहरुका बारेमा अब ईजरायल दुतावासले अहिले प्राप्त गरिहेको तलब ३०९ युरो वा ३१४ युरोलाई बढाएर कम्तिमा ४०० युरो पुर्याउनका लागि गृहकार्य भैरहेको बताए ।
त्यस्तै साईप्रसमा रहेका विभिन्न सामाजिक सघंसस्थाहरुको सहकार्यमा आफुहरु दिनरात गरि राहत वितरण कार्यलाई तिब्रता दिएको बताउदै अब आगामी राहत वितरणका लागि आफुहरुसगं प्रयाप्त रकम नरहेको गैर आवासिया नेपाली सघं साईप्रसका महासचिव कृप थापाले जानकारी दिए ।
थापाले राहत वितरण भन्दा पनि नेपाल सरकारले यहा रहेका नेपालीहरुका बारेमा केही ठोस कदम चाल्नुपर्ने आग्रह गरे ।
राहत वितरणको कार्यले कत्ति दिन चल्छ ? आफुहरु आफनो ज्यानको बाजी मारेर घरघरमा गएर राहत वितरण गर्न जादा केही विद्यार्थी जसलाई राहत चाहिदैन् उहाहरुले पनि राहत लिएकोमा दुःखी भएका बताए ।
यता साईप्रसको लिमासोल सहरबाट साईप्रसनेपाल डटकमका सम्प्पादक समिम मियांँले अहिले साईप्रसमा रहेका घरेलुकामदारहरु सम्झौता भन्दा दुई गुणा बढि काम गरिरहेको बताउदै यस बारेमा नेपाली राजदुतावास गम्भिर बन्नु पर्नै बताए ।
मियांँले अहिले कोरोना भाईरसले गर्दा घरमा काम गर्ने नेपालीहरु जोखिममा रहेको जानकारी दिए ।
उहाले भन्नु भयो ” घरेलु कामदारहरुलाई यहाका मालिकहरुले चाहिने सरसफाई ,सेनिटाईजर , पन्जा आदि पर्याप्त मात्रामा उपलब्ध गराउदैनन् , सबै परिवार घरमै बस्ने भएकाले अहिले कामको चाप बढि भैरहेको छ , तलबका बारेमा दुतावासले पहल गर्नका लागि अगाडी बढनुपर्ने बताए । घर मालिकहरुले कोरोना भाइृरस सम्बन्धि जानकारी मुलक सुचना , सुरक्षाका सामान र प्रयोग विधि बारे खासै जानकारी नगराएकोले आफुहरु असुरक्षित महसुस भएको मियांँको भनाई थियो ।
उता नेपाली विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै विद्यार्थी राजेन्द्र मोक्त्तानले युरोप भरीमा सबै भन्दा बढि पिडित साईप्रसका नेपाली विद्यार्थीहरु भएकोले सबै नेपालीहरु , नेपाल सरकार मिलेर जो विद्यार्थी नेपाल जान चाहेका छन उनिहरुलाई साईप्रसबाट स्वदेश फिर्ताका लागि वातावरण बनाउन पहल गर्न आग्रह गरे ।
मोक्त्तानका अनुसार आफुहरु आए देखि केही नेपाली दलालहरुले साईप्रसमा आउने वित्तकै लुटे , सबै पैसा सकिएको छ , कलेजले भिषा लगाएको छैन , के गर्ने ? फेरी केही बिद्यार्थीहरुलाई कलेजहरुले शुल्क तिर्नाका लागि ताकेता गरेका छन , खाना खाने पैसा छैन , पाएको काम पनि छैन अहिले आफुहरु विजोगमा परेको बताउदै नेपाल सरकार , नेपाली राजदुतावासले हाम्रो बारेमा साईप्रसमा रहेका समाजिक सघंसस्थाहरुको सहकार्यमा उद्दर गर्न आग्रह गरे ।
मगंलवार भएको यो बहसको सहजीकरण नेपाली अनलाईन खबर पत्रिका युरोप च्यप्टरका संयोजक बसन्त राना भाटले गर्नुभएको थियो भने साईप्रसबाट पत्रकार दिनेश गौतमले यहांँ रहेका समस्याहरु उठान गर्नुभएको थियो ।
दिनेश गौतम
१२ अप्रिल २०२०
साईप्रस।। विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिहरकाहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वामा आज आईतवार ५५ जनालाई राहत वितरण गरिएको छ ।
साइप्रसमा रहेको अवैतनिक बाणिज्य दुतावासको निगरानी मा गैरआवसीय नेपाली संघ साइप्रसको संयोजकत्वमा साइप्रसमा रहेका तमागं घेदुगं साईप्रस प्रबासी नेपाली एकता मञ्च, तमु समाज, चितवन सेवा समाज, संघिय लिम्वुवान सामाजिक मञ्च, नेपाल तामाङ घेदुङ, ह्योल्मो एकता समाज, नेपाल मगर संघ, सेर्पा किदुक, किराँत राई यायाक्खा, किरात याक्थुङ चुम्लुङ , जन मुक्ति लगायतका सामाजिक संघ संस्थाको सहभागीतामा राहत जुटाईएको गैरअवासीय नेपाली सघं साईप्रसका महासचिव कृप थापाले जानकारी दिए ।
आज आफुहरुले आईया नापाम सहरमा नेपाल मगर सघंका महासचिव दर्शन मगर , एन.आर.एन.ए. सचिव पुरान मगर , त्यस्तै पुर्ब महिला प्रतिनिधि नानु गोम्जा लगाएतको उपस्थितिमा राहत वितरण गरिएका थापाको भनाई थियो ।
थापाका अनुसार आफुले यहा रहेका विभिन्न सहयोगी सघंसस्थाहरुसगं मिलेर आफै फिल्डमा खटेर राहत वितरण गरिरहेको बताउदै अगामी दिनहरुमा साईप्रसमा रहेका सबै मनका धनी सहयोगी दाता लगाएतहरुसगं सहकार्य गरि सधै अगाडी बढ्ने बताए ।
यहाका अनुसार यस्तो विषम परिस्थितिमा यहाका समाजिक सघंसस्थाहरु यसरी मिलेर कोरोना पिडित विद्यार्र्थी एवमं केही कामदारहरुको दुखमा साथ दिनु भनेको धेरै असली मानवता प्रदर्शन गरेकामा धन्यबाद समेत दिएका छन ।
यता निकोसियाको निसु , लाक्षिया क्षेत्रमा पनि आएर आजे केही विद्यार्थीहरुलाई राहत वितरण गरिएको एन.आर.एन.ए. युवा संयोजक कुन्दन कार्कीले बताए । त्यस्तै एन.आर.एन.ए. अध्यक्ष दिल कुमारी तिलिजा पुनले भोली सोमवार नेपालीहरुको नया साल २०७७ साल आउने भएकाले कोही पनि नेपाली समुदायका बाहिर ननिस्कन आग्रह गरेकी छिन ।
आफनो ज्यानको बाजी मारेर यहा रहेका पिडितहरुका लागि एन.आर.एन.ए.साईप्रसका प्रमुख संरक्षक सुबास मल्ल , युवा संयोजक कुन्दन कार्की , महासचिव कृप थापा लगाएत सबै टिम , सस्थाका प्रतिनिधि , राहत लिनेहुने सबैलाई विशेष धन्यबाद दिएकी छिन ।
साथै यहा रहेका सबै समाजिक सघंसस्थाहरु , पिडित विद्यार्थी , कामदार लगाएत अवाज विहिनहरुको अवाजलाई बुलन्द गरिरहेको साईप्रसनेपालडटकम को टिमलाई समेत धन्यबाद दिनुभएको छ ।
पुनका अनुसार साईप्रसमा रहेका सबै समाजिक सघंसस्था , समुहहरुले पिडितहरुलाई राहत वितरण कार्य गरिहेकोमा आफुलाई धेरै खुसि रहेको उल्लेख गर्दै अगामी दिनहरुमा के कसरी समास्यासगं समाना गर्न सकिन्छ भन्ने विषयमा सबै नेपालीहरु सोच्ने बेला आएको बताईन ।
दिनेश गौतम
१२ अप्रिल २०२० साईप्रस युरोप
विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिएकाहरुलाई लार्नाका सहरमा रहेको नेपाली समुदायका डेकेलीया ब्रिटिश सेनाको शिविर समुह , निराजन टुटु र सन्दीप राईहरुको समुहले ३० जना लाई हिजो शनिवार राहत वितरण गरेको छ ।
लार्नाका क्षेत्रमा रहेका खास गरि विद्यार्थी तथा केही बाहिर बसेर काम गरिरहेका र केही रिफिउजीहरुको दैनिकि कष्टकर बनिरहेको बेला आफुहरुले लगभग एक हजार ३०० बराबरको राहत वितरण गरेको सदस्य अम्रित मोक्तान तमागंले जानकारी दिए । उहाका अनुसार चामल १० केजी ,तेल ५ लिटर ,आलु २ केजी, प्याज २ केजी, दुध ३ लिटर ,दाल २ पोका ,सोयाविन १ प्याकेट , नुन एक प्याकेट , केचअप १ प्याकेट ,चाउचाउ ३ प्याकेट , अण्डा ३० ओटा लगाएत बितरण गरिएको जानकारी दिए ।
यस क्षेत्रमा यत्ति सम्म राहत पाएर आफुहरुको केही हद सम्म समास्या समाधान भएको अमेरिकन कलेजका विद्यार्थी प्रविन श्रेष्ठले जानकारी दिए । लार्नाका एरियामा रहेका विद्यार्थीहरुलाई त्यहा रहेका विभिन्न समाजसेवीहरुको पहलमा राहत वितरण गरिएको राहत पाएका विद्यार्थी लिला घले गुरुगंले जानकारी दिए ।
यहा रहेका पिडित विद्यार्थीहरु तथा केही रिफिउजीहरुलाई विभिन्न समाजिक सघंसस्थाका प्रतिनिधि ज्युहरुको आग्रहमा आफनो ब्यक्तिगत रुपमा राहत वितरण गर्नुभएका यस समुह लगाएत अग्रजहरुहरुलाई विशेष धन्यबाद प्रवासी नेपाली एकता मचंका सचिव केशव ठकुरीले दिएका छन ।
दिनेश गौतम
११ अप्रिल २०२०
विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिहरकाहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वामा आज शनिवार पाफोसमा लगभग ८० जनालाई राहत वितरण गरिएको छ ।
साईप्रसमा रहेका विभिन्न १३ ओटा सघंसस्थाहरुको अगुवाईमा आज मात्रै लगभग ८० जनालाई राहत वितरण गरिएको गैरअवसिया नेपाली सघं साईप्रसका युवा संयोजक कुन्दन कार्कीले जानकारी दिए । उहाका अनुसार अहिले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा पहिलो चरणको राहत वितरण कार्यक्रम साईप्रसको निकोसिया सहरबाट सुरु गरिएको शुक्रवार लिमासोल हुदै आज शनिवार पाफोसमा वितरण गरिएको जानकारी दिए ।
हिजो बर्षाको वाबजुद लिमासोल शरहमा राहत वितरण गरि त्यहीबाट पाफोस गएका थियौ र आज पाफोसमा हाम्रा प्रतिनिधि राजन श्रेष्ठ र नेपाल मगर सघं साईप्रसका प्रतिनिधिहरुको सहयोगमा राहत वितरण धेरै राम्रो भएको एन.आर.एन.ए. साईप्रसका प्रमुख सल्लाहकार सुबास मल्लले बताए । उहाका अनुसार यो सहयोग यहा साईप्रसमा रहेका सबै सघंसस्थाहरुको विशेष सहयोगमा भईरहेकोमा आफु धेै खुसि भएको बताए । एन.आर.एन.ए. महासचिव कृप थापाले पाफोसमा राहत वितरण कार्यमा सहयोग गर्नु भएको मगर सघंका अध्यक्ष खगेन रानामगर र राजन श्रेष्ठ साथै ईश्वर थापालाई विशेष धन्यबाद समेत दिएका छन ।
भोली आईतवार टोली राहत वितरणका लागि आईयाना शहर जान लागेकोले त्यस क्षेत्रमा रहेका पिडित नाम दर्ता भएकाहरुले आफना आफना प्रतिनिधिहरसगं सम्पर्क राखेर राहत लिईदिनु आग्रह गरिएको थापाको भनाई छ । पिडित विद्यार्थीहरुलाई राहत वितरण योसगै साईप्रस भरीमा रहेका विभिन्न सहयोगी सघंसस्थाहरुद्धारा तिन सय ३६ जना कोरोना भाईरसबाट प्रभावितहरुलाई वितरण गरिएको छ ।

शनिवार अप्रील ११ २०२०
साइप्रस सरकारले लकडाउन घोषणा गरेको आज कैयो दीन भै सक्यो। बिसवब्यापी रूप मा महामारी कोरोना ले उग्र रूप लिई रहेको बेला साइप्रस सरकार ले लकडाउन को घोषणा गरे लगतै यहाँको सरकार ले कानून उलंघन गर्ने लाइ १५० यूरो बाट बढाएर ३०० युरो मूल्य तोकीदियको छ। लकडाउनको कारणले आज लिमासोल र आसपास मा भने सबारी साधन हरु निकै कम चलेको छ भने आम नागरिक पनी बाहिर कम नै देखिए का छन। र हामी नेपाली ले पनी यहाँको कानून को पालना गरी कोरना बाट आफु पनी बचौ र अरु लाइ पनी बचाऊ। यस परिस्थिति ना हामी नेपाल जानू छ भनेर कसै लाइ पनी दबाब गर्ने सिर्जना को बाताबरण नबनाऊ।
यदि यहा बाट नेपाल फरकिय पनी हामी लाइ नेपाल को कानून अनुसार लकडाउन को पालना गरी कोरेनटाइम मा बस्नै पर्ने हुन्छ र हामी झन मानसिक तनाब ले बिचल्ली बन्न पनी सक्छौ। त्यसैले हामी नेपाली जहॉ छौ त्येहि देश मा सुरक्षित र सेफ्टी तरीका ले बस्नु हुन आम नेपाली नागरिक लाइ बिनम्र अनुरोध गर्दछौ। हरेक नेपाली लाइ छ आफ्नो परिवार लाइ भेटन आसा तर आज यस महामारी बाट बच्नु आफै सुरक्षित तरीका अपनाउन सबै नेपाली लाइ आग्रह गर्दै र पत्रकार साथी लाइ कुनै दबाव न दीनू हुन अपील गर्दछु पिडा सबै लाइ छ सामना गरौ हार खायर कमजोर नबन्नु हुन आम सर्ब साधारण र साइप्रस मा बस्नु हुने आम नेपाली लगायत बिस्व भर रहनु हुने सबै नेपाली लाइ आग्रह गर्दै यस कोरोना बाट आफु पनी बचौ र अरु लाइ पनी बचाऊ न आग्रह गर्दछु।
अहिले यहा का केहि नेपाली संघ संस्था ले दुःख मा परेका स्टूडेंट लाइ पनी राहत बितरण गरी रहनु भयको छ र यस राहत बितरण मा सहयोग गर्ने सबै लाइ धन्यवाद ज्ञापन गर्दछौ।
राम बहादुर कुवर मालारानी ६ अर्घाखाँची, ( हाल साइप्रस लिमासोल )
दिनेश गौतम
युरोप साईप्रस , १० अप्रिल २०२० , विश्वमाहामारी कोरोना भाईरसबाट साईप्रसमा प्रभावित नेपाली विद्यार्थी एवम् केही कामदारहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले सहयोग कार्य जारी राखेका छन । नेपाली समुदायको एकताको सन्देश तथा मानवताको भुमिकालाई अझै मजबुत बनाउने उद्देश्यका साथ अबैतानिक नेपाली बाणिज्य दुतको निगरानी तथा गैर अवासिया नेपाली सघं साईप्रसको सम्योज्कत्व र नेपाल मगर सघं , शेर्पा केदुक , किरात राई यायोख्खा , राष्टिय जनमुक्ति मचं ,किरात याक्थुगं चुम्लुङ , तामाङ बौद्ध महासघं , ह्याल्मो एकता समाज , सघिंय लिम्बुवान समाजिक मचं , चितवन समाज , प्रवासी नेपाली एकता मचं लगाएतका विभिन्न सघंसस्थाहरुको अगुवाईमा आज शुक्रवार सम्म एक सय ५६ जना विद्यार्थीहरु तथा कामदारहरुलाई राहत वितरण गरिएको एन.आर.एन.ए. साईप्रसका महासचिव कृप थापाले जानकारी दिनुभएको छ । उहाका अनुसार आफुहरुले पहिलो चरणमा लगभग तिन सयको हाराहारीमा आफुहरुसगं नाम दर्ता गरिएकाहरुलाई राहत वितरण गरिने योजना रहेको बताए ।

साईप्रसमा अहिले राहतका समाग्रिहरुको पनि अभाव भैरहेकोले केही ढिलो भएको बताउदै सकभर आफुहरु कोरोनाको मारमा रहेका विद्यार्थी एवमं कामदारहरुको घरमै गएर वितरण गरिरहेको बताउदै कोही आफुहरु यहाको सरकारको नियमको पालना गर्दै हरेक कुरामा सेफ्टी अपनाएको जानकारी दिए ।
थापाका अनुसार आज शुक्रवार साईप्रसको लिमासोल सहरमा बार्षाका बावजुद २३ जना विद्यार्थीहरुलाई राहत वितरण गरिएका जानकारी दिए ।
त्यस्तै शनिवार पाफोस सहरमा रहेका पिडितहरुलाई राहत वितरण गरिने र फेरि लिमासोलमा बाकी रहेकाहरुलाई वितरण गरि निकोसिया फर्किने थापाको भनाई छ । पहिलो चरणमा आफुहरुले धेरै जनालाई राहत वितरण गरिहेकोले आफुहरुलाई आर्थिक अभावका कारण दोस्रो चरणको राहत कार्यक्रमका बारेमा अहिले नै केही भन्न नमिल्ने थापाले साईप्रस नेपाल डट कमलाई जानकारी दिएका छन ।
उता केही दिन पहिला नेपाली जनसम्पर्क समिति साईप्रसले पहिलो चरणको राहत ३० जना विद्यार्थीहरुलाई तिरण गरिसकेको समाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएको छ र छिट्टै दोस्रो चरणको राहत कार्यक्रम लिएर आउने जानकारी गराएको छ ।
त्यस्तै साईप्रसमा रहेका सेफ्नो टि.भिले पनि यहा रहेका केही युवा समाजसेबीहरुको पहलमा राहत वितरण गरेको छ । सेफ्नो टि.भि.का सचांलक आत्मध्वाजको नेतृत्वमा आर्थिक संकलन र युवा समाजसेबी बिकास श्रेष्ठको भौतिक सहयोग , जित बहादुर रावत ,रुपक दहाल लगाएतले ७० देखि ८० जना विद्यार्थीहरुलाई सहयोग गरेका श्रेष्ठले जानकारी दिए ।
साईप्रस देशमा अहिले लगभग १२ देखि १३ हजारको संख्यामा नेपालीहरु बसोबास गरिहरको र यसमा लगभग सात देखि आठ हजारको हाराहारीमा नेपालीहरु घरेलु तथा होटेल रेस्टुरेन्टहरुमा काम गरिरहेका छन । यस मध्ये सबै भन्दा बढि पिडित पार्ट टाईम काम गरिहेका विद्यार्थीहरु र नया आएका केही विद्यार्थीहरु प्रत्यक्ष प्रभावित भएका छन ।
उनिहरुमा अहिले खानाको सबै भन्दा बढि समास्या रहेको छ भने घरभाडाको पनि त्यत्तिकै समास्या रहेको र यसका बारेमा साईप्रस सरकारले अन्र्तराष्ट्यि विद्यार्थीहरुको घर भाडाका सम्बन्धमा केही गर्छकी ? भन्ने आझै आशा पलाएको यहा रहेका केही नेपाली विद्यार्थीहरुको विश्वास रहेको छ । यस्तो राहतले आफुहरुको तत्कालका लागि समास्या हटेपनि यहा रहेका नेपाली समुदायका पिडित विद्यार्थी एवम् कामदारहरुका बारेमा नेपाल सरकारले उचित कदम चाल्नु पर्ने विद्यार्थी एवम् गायक समर क्षेत्रीको भनाई छ ।
साइप्रसनेपाल / ०८ अप्रिल/ लिमासोल
साइप्रस सरकारले ‘ लक डाउन ‘ को अवधी थप गरेको छ। कोरोनाको महामारी नियन्त्रण गर्न लक डाउन अप्रिल ३० सम्म लम्ब्याएको हो।
राष्ट्रपति निकोस अनास्टसियाडेसले आज रास्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन गर्ने कदमले परिणाम सकारात्मक देखिएको बताउनु भयो।
झिनो आशाको किरण देखिए पनि अहिले नै ढुक्क हुने अवस्था नरहेको बताउदै सम्भावित खतरा विनासकारी हुन सक्ने चिन्ता व्यक्त गर्नु भयो।
गणतान्त्रिक साइप्रसमा १४ हजार कोरोना टेस्ट भै सकेका छन् जसमध्य 526 मा कोरोना पुस्टि भै सकेको छ।
जारि लकडाउन मा संचालन मा रहेका व्यवसाय मा संलग्न व्यक्तिहरुमा अब २० दिन भित्र मा २० हजार टेस्ट गरिनेछन।
कोरोना संक्रमणको अनुमान गर्न साइप्रसका ८०० नागरिकमा सबै जिल्ला र उमेर समूह अनुसार कोरोना परिक्षणको लागि नमुना संकलन गरिने रास्ट्रपतिको सम्वोधनमा बताइएको थियो।
यता, उद्दार उडान र कार्गो बाहेक साइप्रस बाट हुने व्यवसायिक उडान हरुको प्रतिवन्ध जारी नै रहने बताइएको छ।
मार्च २४ देखि सुरु भएको लकडाउन अप्रिल १३ सम्म हुने भनिएको थियो।
यो पनि पढ्नुहोस : साईप्रसमा दुई दिनमा १३३ जनालाई राहत वितरण
यो पनि : लक डाउन उल्लंघन गर्ने ३० जना पक्राउ
यो पनि : लक डाउन झन् कडा , नमाने 300 युरो जरिवाना(update1)

दिनेश गौतम
८ अप्रिल २०२०
विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिहरकाहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वामा आज बुधवार ६३ जनालाई राहत वितरण गरिएको छ ।

साईप्रसमा रहेका विभिन्न १३ ओटा सघंसस्थाहरुको अगुवाईमा हिजो र आज गरी १३३ जनालाई राहत वितरण गरिएको गैरअवसिया नेपाली सघं साईप्रसका युवा संयोजक कुन्दन कार्कीले जानकारी दिए । उहाका अनुसार अहिले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा पहिलो चरणको राहत वितरण कार्यक्रम साईप्रसको निकोसिया सहरबाट सुरु गरिएको र छ्टिटै अरु सहरहरुमा पनि आफुहरु सुचना प्रकासित गरि राहत वितरण गर्न आईरहेको बताए ।
अहिले तत्कालका लागी भएपनि यस राहतबाट यहा रहेका पिडित विद्यार्थी तथा कामदारहरुमा केही हदसम्म राहत पुग्ने कार्कीले विश्वास ब्यक्त गरे । कार्कीका अनुसार अहिले पनि एन.आर.एन.ए साईप्रसको फेसबुक पेजमा धेरै नै नेपाली विद्यार्थी लगाएतहरुले म्यसेज पठाईरहेकोले उहाहरुको नामावली तयार भैरहेको र उहाहरुलाई दोस्रो चरणमा राहत वितरण गरिने जानकारी दिए । त्यस्तै एन.आर.एन.ए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले यस्तो दुखमा रहेका नेपलाीहरुलाई सहयोग गर्ने महान कार्यमा सहकार्य गरेका , गर्नुहुने र अन्य बाहिरबाट पनि पिडितहरुलाई राहत वितरण गरिरहेका सबैलाई विशेष धन्यबाद दिएकी छिन ।

समिम मिया
युरोप साईप्रस ८ अप्रिल २०२० । कोरोनाबाट प्रभावित बिधार्थी तथा कामदारहरुलाई राहतका लागि तथा साइप्रस मा रहेका नेपाली हरुको आत्मबल बढाउदै जनचेतना मुलक सन्देश प्रवाह गर्ने उदेश्यका साथ गैर आवासिय नेपाली संघ साइप्रस को संयोजकत्व मा साइप्रसमा रहेका नेपाली संघ संस्था एकजुट भई राहत वितरण गर्दै छन् ।
साइप्रसमा रहेको अवैतनिक बाणिज्य दुतावासको निगरानी मा गैरआवसीय नेपाली संघ साइप्रसको संयोजकत्वमा साइप्रसमा रहेका प्रबासी नेपाली एकता मञ्च, तमु समाज, चितवन सेवा समाज, संघिय लिम्वुवान सामाजिक मञ्च, नेपाल तामाङ घेदुङ, ह्योल्मो एकता समाज, नेपाल मगर संघ, सेर्पा किदुक, किराँत राई यायाक्खा, किरात याक्थुङ चुम्लुङ , जन मुक्ति लगायतका सामाजिक संघ संस्थाको सहभागीतामा राहत जुटाईएको हो ।
साईप्रस सरकारको लकडाउनको कारण धेरै विद्यार्थी तथा केही कामदारहरु आफ्नो रोजगार गुमाएर आफ्नै कोठामा बस्न बाध्य भएकाहरुका लागि ल्याईएको राहत प्याकजेमा चामल, दाल, चाउमिन, आलु, प्याज, सोयाविन, टमाटर लगायतका सामाग्रीलाई समेटीएको छ । राहत पहिलो र दोस्रो चरणमा गरि वितरण गरिने जनाईएको छ ।
हाल कोरोना भाइरसको संक्रमणका विरामीहरुको सख्यां बढि रहेकोले यहाको सरकारले अगामी अप्रिल महिनाको १३ तारिख सम्म लकडाउन घोषणा गरेको छ । यदी यस्तै रहयो भने यहाको सरकारले लकडाउनलाई थप बढाउन सक्ने यहाका विभिन्न संचार माध्यमहरुले उल्लेख गर्दै आईरहेका छन ।
यस्तो अवस्थामा यहा रहेका नेपाली समुदायहरुमा खास गरि विद्यार्थी एवमं केही कामदारहरुमा विभिन्न खाद्यान्न लगायतका अन्य समस्यामा पर्न गएकाले साईप्रसमा रहेको होनररी कन्सुलेट अफ नेपाल, निकोसियाको रोहवरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको संयोजकत्वमा र सम्बन्धित संघ संस्थाहरुको सहयोगमा राहत वितरण गर्न लागिएको एन.आर.एन.ए साईप्रसका सचिव पुरन मगरले जानकारी दिए ।
राहतको लागि अति जोखिममा परेका विद्यार्थीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा गएर आफ्नो सबै बिवरण टिपाउन अनुरोध गरिएको छ । बिवरणका लागि विद्यार्थी कार्ड, कलेज कार्ड, पासपोर्ट वा पिन कार्ड लगायतका कागजातहरु संलग्न गर्नुपर्नेछ ।
त्यसको लागि एनआरएनए साइप्रसले प्रत्येक क्षेत्र निकोसिया, लिमासोल, लार्नाका, आइनापा र पाफोसमा रहेका आफ्ना प्रतिनिधी तयार पारेकाले, सम्बन्धित प्रतिनिधिसंग सम्पर्क गर्न अनुरोध गरिएको छ मगरले भन्नु भयो । राहत वितरण कार्यक्रम बुद्धवार निकोसिया सहरमा जारी रहेको छ ।
आज हिजो मात्रै लगभग ७० जना जना लाई राहत वितरण गरिएको छ भने प्रथम चरण मा ३ सय देखि ४ सम्म बिधार्थी तथा पिडित कामदार लाई बितरण गर्ने योजना रहेको गैरअवसीय नेपाली सघं साईप्रसले जनाएको छ ।





