२०८२ माघ २ बिहीबार
LATEST NEWS
२०८२ माघ २ बिहीबार

सरकार स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका विभिन्न देशका नेपालीहरूलाई ल्याउन सुरु गर्ने “अन्तिम तयारीमा रहेको” अधिकारीहरूले बताएका छन्।

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको शुक्रवारको बैठकले एउटा कार्ययोजना स्वीकृत गरेपछि अब नेपालीहरूलाई स्वदेश ल्याउने कार्य सुरु हुने उनीहरूको भनाइ छ।

बैठकले नेपाली नागरिकहरूलाई स्वदेश ल्याउने सम्बन्धी कार्ययोजना स्वीकृत गरेको हो।

सोही कार्ययोजना अनुसार आगामी एक सातादेखि १० दिनभित्र विभिन्न देशमा रहेका करिब २५ हजार नेपाली नागरिकलाई नेपाल ल्याइने बताइएको छ।

अदालतको आदेश र संसद्‍को निर्देशन


यसअघि यही जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले “नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश” जारी गरेको थियो।

उक्त आदेशलाई कार्यान्वयन गर्न शुक्रवार कार्ययोजना स्वीकृत गरिएको अधिकारीहरूले जनाएका छन्।

विदेशमा रहेका नागरिकहरूलाई फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेका बेला गत वैशाख पहिलो साता सर्वोच्च अदालतले “जोखिममा रहेका नेपाली नागरिकहरूलाई” स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो।

त्यस्तै जेठको पहिलो साता संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको थियो।

कार्यान्वयनको चरणमा


विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउने निर्णय अब कार्यान्वयनको चरणमा प्रवेश गरेको अधिकारीहरूको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌का सचिव नारायण बिडारीका अनुसार शुक्रवार कार्ययोजना स्वीकृत भएसँगै अब विदेशमा भएका नेपालीहरूको उद्धार सुरु गरिनेछ।

उनले भने, “नेपाली नागरिकहरूलाई तत्कालै ल्याउन सुरु गर्ने भनेर आदेश जारी भएको हो। अब चाँडै उहाँहरूलाई ल्याउन सुरु गरिहाल्छौँ।”

उनले विदेशबाट ल्याइने नेपालीहरूलाई क्वारन्टीनमा राख्नेबारे प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिए।

विदेशबाट नेपाली नागरिकलाई उद्धार गरिने भएपछि उनीहरूलाई कसरी ल्याइन्छ, कहाँ राखिन्छ र के सुविधा दिइन्छ भन्ने चासो धेरैले व्यक्त गरेका छन्।

अधिकारीहरूले बीबीसीलाई दिएको जानकारीका आधारमा विदेशबाट नेपालीलाई ल्याइने प्रक्रिया र उनीहरूले पाउने सुविधाबारे जान्नुपर्ने पाँच कुराहरू:

१. खर्च आफैँले बेहोर्नुपर्ने


अधिकारीहरूका अनुसार विदेशबाट आउन चाहने नेपालीहरूले लागत खर्च आफैँले बेहोर्नुपर्नेछ।

सरकारले हवाई जहाजको व्यवस्था गरिदिए पनि त्यसको टिकट खर्च स्वदेश फर्कन चाहनेले स्वयम् तिर्नुपर्नेछ।

त्यस्तै नेपालमा आएर होटलमा क्वारन्टीन बस्न चाहनेले होटलको खर्च पनि आफैँले बेहोर्नुपर्ने सचिव बिडारीले बताए।

त्यस्तै होटलमा बस्न नचाहनेले स्थानीय तहले बनाएको क्वारन्टीनसम्म पुग्नका लागि व्यवस्थापन गरिएको आन्तरिक यातायातको खर्च तिर्नुपर्नेछ।


विदेशस्थित नेपाली नियोगमा स्वदेश फर्कनका लागि दिइने आवेदनमा नै नेपालीहरूलाई यी सर्तहरू पालन गर्ने प्रतिबद्धता जनाउन लगाइनेछ।

२. बेखर्चीलाई सुरक्षाकर्मी सरह खाना खर्च


विदेशमा खर्च नभएर अलपत्र परेका तथा आममाफी पाएर आएका कामदारहरूलाई भने सरकारले खाना सुविधा दिने भएको छ।

कुवेतलगायतका खाडी मुलुकहरूले आममाफी पाएका कामदारहरूलाई आफैँले नेपालसम्म ल्याइदिने जानकारी दिइसकेका छन्।

त्यस्ता व्यक्तिहरूसँग खर्च नभएको अवस्थामा उनीहरूलाई स्थानीय तहहरूले बनाएका क्वारन्टीनमा राखिनेछ।

त्यसरी क्वारन्टीनमा बस्दा उनीहरूले दैनिक सुरक्षाकर्मीले पाउने सरहको खाना खर्च पाउने छन्।

हाल सुरक्षाकर्मीले दैनिक १७५ रुपैयाँ यस्तो खर्च पाउने गरेका छन्। यो दुर्गममा ढुवानी खर्चका आधारमा केही बढी पनि रहेको छ।

दुर्गम क्षेत्रका नेपालीका हकमा सोही अनुसार सुविधा दिइने बताइएको छ।

यो रकम सिधै पालिकाहरूलाई उपलब्ध गराइने र त्यसले खाना खर्च नपुग्ने अवस्था आएमा पालिकाहरूले आफ्नो कोषबाट रकम थप्नुपर्ने व्यवस्था गरिएको छ।

३. विमानस्थल र नाकामै सिमकार्ड


हवाई मार्गबाट आउनेलाई विमानस्थलमा र स्थलमार्गबाट आउनेका लागि नाकामै नि:शुल्क सिमकार्ड उपलब्ध गराइने बिडारीले जानकारी दिए।

नेपाली सिमकार्ड नभएकाहरूलाई घरपरिवारसँग सम्पर्क गर्न सहज होस् भन्नका लागि यस्तो व्यवस्था गर्न लागिएको हो।

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको शुक्रवारको बैठकले भारतबाट नेपाल आउनेका लागि विभिन्न २० वटा नाकाबाट नेपाल प्रवेश गराउने निर्णय गरेको छ।

सोही निर्णय अनुसार भारतबाट आउनेहरूले पनि ती २० नाकाबाट प्रवेश गरेपछि सुरुमा ‘होल्डिङ सेन्टर’मा जानुपर्नेछ।

त्यहाँ उनीहरूलाई सिमकार्ड दिइने छ र स्थानीय तहले व्यवस्था गरेको क्वारन्टीनमा पठाइनेछ।

यो पनि पढ्नुहोस् : झापालीहरुले ५ लाखको कोरोना टेष्ट किट दिने

४. उद्धारमा खटिने जहाज


नेपालीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमका जहाजलाई खटाइनेछ।

सरकारले दैनिक २५ सय देखि तीन हजार जति नेपालीलाई स्वदेश फर्काउने लक्ष्य राखेको बताइएको छ।

त्यसका लागि नेपाल वायु सेवा निगमको उडान मात्र पर्याप्त नहुने भएकाले स्वदेशी जहाजहरू पनि प्रयोग गरिने अधिकारीहरूको भनाइ छ।

त्यसले पनि अपर्याप्त भए मात्र विदेशी जहाजहरू प्रयोग गरिनेछ।

नेपाल वायु सेवा निगमका अधिकारीहरूका अनुसार हाल निगमसँग खाडी मुलुकसम्म पुगेर यात्रुहरू ल्याउने अवस्थामा चारवटा जहाजहरू रहेका छन्।

ती सबै जहाज उडान गर्दा एकपटकमा ८ सय ६४ जना यात्र ल्याउन सकिन्छ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार खाडी मुलुकमै पनि निगमले २४ घण्टामा दुई पटक उडान गर्नसक्छ।

त्यसका आधारमा २४ घण्टामा १७ सयभन्दा बढी यात्रु ल्याउन सक्छ।

तर सरकारी लक्ष्य एक दिनमा तीन हजारसम्म ल्याउने भएकाले निजी जहाजमार्फत् पनि उद्धार गर्नुपर्ने अधिकारीहरूले जानकारी दिए।

५. पहिलो प्राथमिकतामा गर्भवती, सुत्केरी र आममाफी पाएकाहरू


सरकारले विदेशबाट आउन चाहनेहरूलाई प्राथमिकता अनुसार ल्याउने जनाइसकेको छ।

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको प्राथमिकताका आधारमा नागरिकहरूको वर्गिकरण गरिसकेको बिडारीले जानकारी दिए।

सरकारले पहिलो प्राथमिकता खाडी मुलुकहरूमा आममाफी पाएका कामदारहरू, गर्भवती र सुत्केरी महिलालाई राखेको छ।

कुवेतमा मात्रै आममाफी पाएका करिब तीन हजार नेपालीहरू रहेका छन्।

उनीहरूलाई कुवेतले आफ्नै खर्चमा नेपाल ल्याइदिने प्रस्ताव गरिसकेको छ।

त्यसपछि दोस्रो प्राथमिकतामा भने अलपत्र परेका विद्यार्थी र कामदारहरूलाई राखिएको बताइएको छ।

विदेशमा रहेका कैयौँ कामदारहरूले रोजगारी गुमाएर अलपत्र परेका छन् भने कैयौँ विद्यार्थीहरू पनि बेखर्ची बनेका छन्।

तर यस्ता व्यक्तिहरूको यकिन सङ्ख्या भने अहिले नै भन्न नसकिने अधिकारीहरूको भनाइ छ।

समाचार श्रोत : बिबिसी नेपाली

यो पनि पढ्नुहोस् : कोरोना भाइरसबाट विश्‍वभर १२८ नेपालीको मृत्यु

साइप्रस-नेपाल/२९ मे
युरोप ,साईप्रस

नेपालमा भैरहेको जातिय विभेदको विरुद्धमा आज युरोपीयन देश साईप्रसमा विरोध स्वरुप द्धिप प्रवजलन गर्नुका साथै मृतकहरु प्रति श्रन्द्धन्जली सभा गरिएको छ । केहि दिन पहिला पश्चिम रुक्मको चौरजहारी नगरपालिका ८ सोतीमा जातिय विभेदलाई लिएर ज्यानै जानेगरि भएको घटना सुनेपछि प्रवासमा रहेका सबै नेपालीहरु दुख ब्यक्त गर्दै दोषीहरु माथि कडा कारवाही गर्न माग गरिएको छ ।

साईप्रसमा रहेका पत्रकार दिनेश गौतम एवमं समाजसेबी मिन बगदासको नेतृत्वमा यहा रहेका धेरै नेपालीहरुले सहनुभुति प्रकट गर्दै यस्तो अपराधिक घटना दोहोरीन नदिनका लागि नेपाल सरकार गम्भिर बन्नु पर्ने सहभागिहरुले माग गरेका छन् ।

सभामा अगुवा मिन बगदासले देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था स्थापित भई जातिय विभेद र छुवाछुत अन्त्य गर्ने घोषणा भईसकेको अवस्थामा यस्ता घटना मानव अधिकार विरुद्धको जघन्य अपराध भएको भन्दै मानव सभ्यतालाई नै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै नेपाली समाज कुन दिशा तर्फ जादै छ भन्ने प्रश्न समेत गरेका थिए । बगदासले २१ औ शताब्दीमा पनि जातकै आधारमा यस्तो कुरिति गर्नु भनेको सारा संसारमा रहेका नेपालीहरुको बेईज्जत भएको भन्दै आक्रोस पोखेका थिए ।

रुकुम र रुपन्देहीमा भएको घटनाले कानुनी राज्यको उपहास भएको र मानवले मानवताको धर्मलाई विर्सेको भन्दै हत्यामा संलग्न सबै जनालाई कडा कारवाही गरिनुपर्ने गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव कृप थापाले माग गर्नु भयो ।

थापाले आफुहरु प्रवासमा भएपनि नेपालमा यस्तो जातकै आधारमा हत्या वा कुटपिट , छुवाछुतको घटनाले आफु लगाएत सारा साईप्रसबासी अत्यन्तै दुखि भएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्न नेपाल सरकार लगायत अधिकारकर्मीहरुलाई आग्रह समेत गर्नु भयो ।

राजधानी निकोसियामा भएको सभामा जातिय विभेद कहिले सम्म ? जातिय छुवाछुत दण्डनीय अपराध हो , बलत्कारीलाई कडा कारवाही होस , पिडितलाई न्याय देऊ जस्ता प्लेकार्ड सहित प्रवासी नेपालीहरुले सहभागिता जनाएका थिए ।

यस्तै आफुहरुको रातै रगत भएकोले जात पातमा किन विभेद गर्ने ? मधेशी पहाडी किन भन्ने ? हामी सबै नेपाली भएकोले एक भएर यस्ता कुरितिका विरुद्धमा लाग्नुपर्ने विद्यार्थी आनन्द मण्डलले बताए । यस्तो संसार कोरोना भाईरसबाट संघर्ष गरिरहेको अवस्थामा नेपालमा जातकै आधारमा माया प्रेम गर्न नदिनु भनेको मानव अधिकारको घोर उलंघन भएको मण्डलले बताए ।

नेपाल पत्रकार महासघं युरोप शाखाका सदस्य दिनेश गौतम तथा मिन बगदासको संयुक्त प्रयासमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका प्रम्ख संरक्षक एवमं सल्लाहार सुबास मल्ल , विद्यार्थीहरु आकाश चौधरी , नरेश शाह , एन.आर.एनंए साईप्रसका युवा संयोजक कुन्दन कार्की लगाएतले सहभागिता जनाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।

उता पत्रकार गौतमकै आग्रहमा साईप्रसको लिमासोल , आयानापा , पाफोस लगाएतका सहरहरुमा रहेका विभिन्न घरेलु कामदार लगाएत नेपालीहरुले लकडाउनका विच घरमै बसेर मैन बत्ति बाली यस्तो घटनाको संकेतिक रुपमा विरोध जनाएका छन ।

यस्तै युरोपियन देश ग्रिस , रोमानिया , बुल्गारियाको सोफिया र ईटाली तथा ईजरायलमा रहेको रुपन्देही समाजका प्रतिनिधिहरुले समेत घटनाको विरोध गर्दै द्धिप प्रज्वलन गरेका छन । साईप्रसमा गरिएको श्रद्धाञ्जली सभा एवमं विरोध कार्यक्रमलाई सहयोग साथ, एवमं विभेदका विरुद्धमा बोल्ने अभियन्ताहरुलाई विशेष धन्यबाद समेत गौतमले दिनु भएको छ ।

विनोद परियार
रुपन्देही

रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं ८ सोतिमा गत शनिवार दुई जनाको ज्यान जानेगरी,चार जना वेपत्ता हुनेगरी र करिब १३ जना हताहत हुनेगरी भएको घटनाले चमार कल्याण समाज नेपाल ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका बरिष्ठ उपाध्यक्ष अमिरी मोची चमारले २१ औ शताब्दीमा यसरी दलित समुदायहरु माथि दमन हुनु भनेको नेपालमा मानवता हराएको ठहर गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नु भएको छ ।
चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको आक्रमणमा परी मृत्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै वेपत्ता छन् । प्रहरीले घटनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो ।
हिजो साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको हो । अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार वेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आक्रमणमा परी घाइते भएका छन् ।
मृतकहरूको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए ।


केटी लिन भनेर साथीहरु सहित नवराज शनिवार गाँउमा गएपछि करिव डेढ सय गाँउलेहरुले घेरेर उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट जोगिन भेरीमा हाम फालेकामध्ये तीनजनाको मृत्यु भएको र तीन बेपत्ता भएका हुन् ।

उता गत बुधवार नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका जिल्ला नेता सन्जय गुप्ताले दलित समुदायलाई आत्मसम्मानमा आच आउने गरि समाजिक अभिब्यक्ति दिएर सारा दलित समुदायलाई अपमानित गरेका छन ।

भने नेपाल सरकारका पुर्ब सचिव भिम उपाध्ययले नेपालकै सबै भन्दा पछाडि परेको समुदाय डोमलाई होच्याउने गरि अभिब्यक्ति दिएका छन । उता सिरहा जिल्लामा दलित समुदायकी एक महिलालाई सत्ताधारी ने.क.पा. युवासघंका नेताको भन्जाले जबरजस्ती करणी गर्न खोज्दा प्रतिकार गरेपछि सबै कपडा खोलेर कुटपिट गरेका छन ।

भने रुपन्देही जिल्लामा समाजकै रोहबरमा गैर दलित युवासगं प्रेम विवाह गरेको केही घण्टामै दलित युवतिको हत्या भएको छ । यसरी एक हप्ता भित्र दलित समुदाय माथि भएको अन्यायका विरुद्धमा दलित अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरुले विरोध गरिरहेका छन ।

मानवअधिकारकर्मी लगायत संघसंस्था र पीडित पक्षले घटनालाई जातीय विभेदका कारण भएको भनेका भन्दै दोषिलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

दिनेश गौतम
युरोयिन देश साईप्रसमा रहेका मुस्लिम समुदायका युवाहरुले आज रामजानको अन्तिम दिन ईद भब्यताका साथ मनाएका छन । साईप्रस देशमा नेपाली मुस्लिम समुदायहरुको संख्या अत्यन्त न्युन रहे पनि यहा रहेका अन्य समुदायहरुलाई समाबेश गरि ईद मनाएका हुन ।

आईतवार साईप्रस नेपाल.कमले गरेको रमजान विशेष कार्यक्रममा यहा रहेका नेपाली मुस्लिम युवाहरुले रमजान मनाएका हुन । नेपालको रौतहट घर भएका अरसद खानले लकडाउनको समयमा रमजानको बर्त बस्न धेरै गाह्रो भए पनि सबै मानव लगाएत अल्लाहको अर्सिबादले राम्रोसगं सफल पारेकोमा खुसि ब्यक्त गर्दै आफूलाई सहयोग गर्ने गैर मुस्लिम समुदायका नेपालीहरु सार्थीहरुलाई बिशेष धन्यबाद दिएका छन ।

उहाले गत बर्षको तुलनामा यस बर्ष राम्रो सगं रमजान मनाउन नपाएपनि यहा रहेका अन्य नेपाली समुदाय लगाएत अग्रजहरुले हौसला दिएर भएपनि रोजाको बर्त सफल भएको बताए । उता धनुषा घर भई हाल साईप्रसमा विद्यार्थी भिषामा आएका साहिल अख्तारले यस बर्षको ईद त्यत्ति राम्रो नभएको बताए ।

अख्तरले गत बर्ष नया लुगा कपडा किनेको यस बर्ष लकडाउनले गर्दा पैसा पनि नभएको , कोठा भाडाको समेत पैसा नभएकोले यो रमजान अलि तनावपुर्णमै वितेको दुख सुनाए । उता रौतहटकै साउद्दिनले यस पालीकोृ रमजानको समयमा आफनो आमाबुवाहरुको याद धेरै आईरहेको बताए ।

साउद्दिनले यस्तो पर्बमा आफुहरुसगं काम पनि भएको पैसा पनि नभएकोले धेरै कष्टकरले रमजान पर्ब मनाएको बताए । यसका साथै यहा रहेका नेपाली समुदायका साथी भाईहरुले आफुहरुको मनोबाल बढाउन सहयोग गरेकोले रमजान पर्बका दिन धेरै खुसियाली पर्बक मनाएको साउद्दिनको भनाई थियो ।

यस्तै दुई बर्ष पहिला साईप्रस आएका रौतहतका फिरोज अहमदले रमजान आफुहरुको पवित्र महिनाको रुपमा भएको र यस लकडाउनले खानाको विषयमा दुख भए खुसि भएर मनाएको बताए ।

साइप्रस नेपाल 21 मे २०२० / लिमासोल

आज देखि लकडाउन बाहिर्यागमन योजना को दोस्रो चरण सुरु भएको छ। दोस्रो चरण मे 21 देखि जुन 8 सम्म  हुनेछ । आज बाट अनुमति पास लिने गरिने sms सेवा को अन्त्य भएको छ।

आज बाट हेयर ड्रेसर, शैलुन तथा ब्युटी पार्लर र क्याटरिङ सर्भिस सन्चालन हुनेछन् भने जुन महिनाको १ तारिख बाट सबै लाइब्रेरी , म्युजियम, पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरु खुल्ला हुने बताइएको छ ।

राति लाग्दै आएको कर्फ्यु पनि हटाइएको भने पार्क , मारिना लगायत का स्थान मा बढी मा १० जना मात्र जम्मा हुने गरि खुल्ला गरिएको छ।

आज बाट नै प्राथमिक र निम्न माध्यमिक विद्यालय पनि संचालन हुनेछन।

यो पनि पढ्नुहोस : छुट्टी गएर नेपाल मा फस्नु भएको छ भने साइप्रस भिसा सकिए पनि आउन पाइने


समिम मियाँ
२०मे२०२०/लिमासोल

साइप्रस सरकारले  भिसा सकिएका नेपाल लगायत तेस्रो मुलुकका नागरिकलाई  पुनः प्रवेश दिने घोषणा गरेको छ ।
कोरोना को संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय  उडान प्रतिबन्ध लगाएपछि छुट्टी गएका थुप्रै नेपाली साइप्रस फर्कन असमर्थ भएका थिए ।

अध्यागमन नियम अनुसार ९० दिन भन्दा बढी साइप्रस बाहिर रहेमा स्वत: भिसा रद्द हुने भए पनि १ जनवरी २०२० बाट साइप्रस बाट छुट्टी गएका तर १५ मार्च २०२० सम्म  प्रवेश गर्न नपाएकाहरु को भिसा रद्द नभइ स्वत: नविकरण हुने बताइएको छ ।
अब नेपाल गएर फर्किन नपाएका नेपालीहरु जुन १४ बाट बिमानस्थल खुले पछि बिना कुनै प्रक्रिया सहजै साइप्रस फर्कन सक्नेछन् ।
यद्यपि भिसा सकिएका तर भिसा मा  FINAL – NOT RENEWABLE (अन्तिम-नविकरण नहुने) उल्लेख भएका भिसा भएका व्याक्तीले भने साइप्रस पुन: प्रवेशका लागि आवेदन दिन सक्ने छन् । जसका लागि नियमित रुपमा गरिने  मेडिकल रिपोर्ट वा प्रहरी रिपोर्ट ( चारीत्रिक प्रमाणपत्र) समावेश गर्नु नपर्ने भनिएको छ ।

त्यस्तै भिजिट भिसामा साइप्रस आइ लकडाउनमा फसेका व्याक्तीको भिसा सकिएको भए पनि बिना कुनै प्रक्रिया अब आफ्नो देश फर्कन पाउनेछन् । उनिहरुलाई कसैलाई पनि यात्रा बन्देज वा अन्य कारवाही नगरिने बताउदै लक्डाउन खुले पछि सके सम्म छिटो साइप्रस छोड्न निर्देशन दिएइको छ ।

  सरकारले साइप्रस  प्रवेशका लागि  कोरोना संक्रमण रोक्न आवश्यक कदम बारे छलफल जारी राखेको छ ।
आगामी मे २८ तारिख मन्त्रीपरिषद मा विमानस्थल सन्चालन गर्न आवश्यक कदम बारे बैठक बस्दै छ । त्यस  पछि मात्र साइप्रस प्रवेश गर्ने यात्रु सङ स्वास्थ्य परिक्षण वा कोरोना परिक्षण प्रमाणपत्र वा अन्य आवश्यक कदम बारे घोषणा हुनेछ ।

दोस्रो चरण अन्तरगतको लकडाउन फुकुवा भोलि देखि सुरु हुदैछ । जुन 8 तारीख सम्म दोस्रो चरणको र जुन ९ देखि १३  सम्म तेस्रो चरण मा लकडाउन खोल्ने योजना छ ।
जुन १३ बाट सरकारले लार्नका र पापोस एयर्पोट साथै सबै समुन्द्र पोर्ट र अन्तर्राष्ट्रिय सिमा खुल्ला गर्ने बताएको छ ।जुन १४ बाट लकडाउन पुर्ण अन्त्य हुनेछ ।

दूतावासको पहल :

साइप्रस मामिला हेर्दै आएको इजरायल स्थित नेपाली दूतावासले एक सुचना जारी गर्दै साइप्रस सरकार सङ गरिएको पहल बारे जानकारी दिएको छ । साइप्रस स्थित नेपाली कन्सुलर र विभिन्न संघसंगठनले मिलेर चलाएको नेपालीका लागि राहत अभियान को प्रशंसा गरेको छ ।
संघसंस्थाले मात्र राहत निरन्तरता दिन नसकिने भएको जिकिर गर्दै साइप्रस सरकार सङ राहत उपलब्ध  अनुरोध गरिदा अत्यन्तै समस्या परेका नेपालीको सहयोग गर्न सकारात्मक भएको दूतावासले जनाएको छ ।
  साइप्रस सरकारले  समस्याग्रस्त नेपालीको बिवरण पनि माग गरेको छ ।
इमिग्रेसन को प्रक्रिया सुरु नभएका विधार्थीको हकमा भने कोरोना संकट पछि संबंधित  कलेजले  इमिग्रेसन प्रक्रिया पूरा गर्ने दूतावासले जारी सुचनामा भनिएको छ ।
साथै कलेज शुल्क मिनाहा वा छुट गराउन  संबंधित कजेल प्रशासनमा लिखित निवेदन दिदाँ कलेज सकारात्मक हुन सक्ने हुँदा सम्यमित भएर आफ्ना भनाइ राख्न दूतावासले अनुरोध गरेको छ ।
इजरायल र साइप्रसबाट घर फर्कन चाहनेको लागि नेपाल सरकारको  गृहकार्य अन्तिम चरणमा रहेको र दूतावास पनि तयारी अवस्थामा रहेको जानकारी गराएकोछ । घर फ़र्कन चाहनेले अनलाइन फर्म भर्न अनुरोध गरेको छ ।

कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै गैरकानुनी भएका, ओभर स्टे र स्वास्थ्य विमा नभएका एवं इमिग्रेसन नभएकाहरुले समेत कोरोनाको संक्रमण भएमा अन्य व्यक्तिहरुले सरह उपचार  साथै क्वारेन्टाइनको सुविधा पाउने दूतावास द्वारा जारी सुचनामा भनिएको छ ।

उनीहरुलाई सरकारले पक्राउ गर्ने , देश फिर्ता गर्ने र यात्रा प्रतिवन्ध मा राख्ने जस्ता प्रक्रिया तत्कालका लागि नगर्ने जानकारी प्राप्त भएकोले त्यस्ता नेपालीले नडराउन र नलुक्न समेत  अनुरोध गरेको छ । कोरोना संक्रमण भएको शन्का लागे १४२० मा सम्पर्क गर्न बताइएको छ ।

यो पनि पढ्नुहोस् : चार चरण मा खुल्ने छ लक  डाउन , एयरपोर्ट कहिले खुल्छ त?

युरोप साईप्रस , स्वदेश एवमं विदेश भ्रमणमा गएका र उतै भिषा सकिएकाहरुले फेरि आबेदन फारम भरेर साईप्रस प्रवेश गर्ने भएका छन ।

साईप्रसको सिभिल रजिस्ट्री एवमं माईग्रेशन डिपार्टमेन्टले सोमवार एक सुचना जारी गर्दै सो कुरा जानकारी दिएको छ ।

खास गरि नेपाल छुट्टीमा गएका श्रमिक एवमं विद्यार्थीहरुको भिषा न्यनतम ३ महिनाको भिषा छ भने एयरपोर्ट खुल्ने वित्तिकै आउन पाउने र जसको भिषा सकिएको छ उहाहरुले डिपार्टमेन्टको वेभसाईटमा गई अबेदन दिन अनुरोध गरेको छ ।

यसरी आबेदन दिनेहरुले नेपाल वा अन्यदेश गएकाहरुले १५ मार्च २०२० भित्र साईप्रस प्रवेश गर्न नसकेकाहरु र भिषा छ भने एयरपोर्ट खेल्ने पछि आउन सक्ने आफनो बेभसाईटमा उल्लेख गरेको छ ।

कोरोना भाईरस हुनुभन्दा पहिला धेरै नेपाली श्रमिक एवमं विद्यार्थीहरु नेपाल गएका छन अब यो सुचनासगै उहाहरुलाई साईप्रस पुनः प्रवेश गर्न सहज हुने बुझिएको छ । थप जानकारीका लागि तल दिईएको तल दिईएको साईप्रस सरकारको बेभसाईटमा हेर्नु होला www.moi.gov.cy

साइप्रस नेपाल डट कम / लिमासोल /१८ मे २०२०

साइप्रसमा मङलबार ४३ डिग्री सेल्सियस तापक्रम पुग्ने पुर्वानुमान यहाँको मौसम विभाग ले  गरेको छ ।

मौसम विभागले ओरेन्ज रङ कि सतर्कता संकेत जारी गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ  ।
साथै विभागले सोमबार राती  न्युनतम  तापक्रम २६ डिग्री सेल्सियस रहने बताएको छ । आज राती १० बजे देखि भोलि बेलुकी ५ बजे सम्मको लागि सतर्कता जारी गरिएको हो ।

बिहिवार सम्म अत्याधिक गर्मी हुने र शुक्रबार भने मौसम राम्रो हुने पुर्वानुमान छ ।

आज दिन भरिको विभिन्न सहरको तापक्रम यश प्रकार छ ।
निकोसिया : ४२
लिमासोल : ३८
लार्नाका एयरपोर्ट :- ४०र पापोस एयरपोर्ट ३६ डिग्री सेल्सियस

साइप्रस नेपाल डट कम / लिमासोल /१७ मे २०२०

साइप्रसमा आइतबार ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

यस वर्ष को गर्मी को सुरुवात मा नै पापोस मा उच्च तापक्रम ४३ डिग्री पुगेको हो ।

मौसम विभागले पहेलो सतर्कता संकेत घोषणा गरे पनि आइतबार दिउँसो तापक्रम बडे पछि ओरेन्ज सतर्कता संकेत जारी गर्दै उच्च सतर्कता अपनाउन बताइएको थियो ।


मौसम विभागले आइतबार राती पनि तातो हावा चलीरहने र न्युनतम तापक्रम २६ डिग्री सेल्सियस रहने बताएको छ ।

विभागले आइतबार राती देखि सोमबार बेलुकी ५ बजे सम्म को लागि अर्को पहेंलो सतर्कता सन्केत जारी गर्दै समुन्द्र तटिय इलाकामा ३९ र अन्य इलाकामा ४२ डिग्री सम्म तापक्रम पुग्ने पुर्वानुमान गरेको छ ।
कोरोना कहर बाट गुजि्ररहेको साइप्रस शनिबारदेखि बड्दो तापक्रम ले चिन्तित बनेको छ ।

मौसम विभागले बुधबार सम्म अत्याधिक गर्मी हुने बताइ रहेको छ ।

आइतबार लिमासोलमा ४१, निकोसियमा ४०, लार्नाका एयर पोर्टमा ३९ र पापोस मा ४३ डिग्री तापक्रम मापन गरिएको थियो

http://localhost/wordpress/dalit-goes-inside-the-fine-1500-rupees/

साइप्रस नेपाल / १६ मे २०२०

साइप्रसमा आइतबार पनि तापक्रम उच्च रहने चेतावनी मौसम विभागले दिएको छ।

मौसम विभागले जारि गरेको बुलेटिन मा आइतबार ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने बताएको हो।

आज शनिवार राति भने समुन्द्र तटीय क्षेत्रमा २५ देखि २७ डिग्री सेल्सियस पुग्ने साथै भोलि समुन्द्र तटीय क्षेत्रमा ३७ र पहाडी इलाकामा ३२ डिग्री सेल्सियस र अन्य स्थानमा ४१ डिग्री सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

बिरामी, वृद्ध र कमजोरि भएका ब्याक्तिहरु ले स्वास्थ्यमा विशेष ख्याल गर्न पनि विभागले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् : गर्मीमा यसरि गर्नुहोस छालाको हेरचाह

नबिर्सनुस है : कोरोना बाट पनि जोगिनु छ

आइतबार छुट्टी निस्कने व्याक्तिहरु ले पानी बारम्बार पिउन अनुरोध गर्दछौ साथै सेनेटाइजर को प्रयोग नबिर्सी गरौ। पन्जा प्रयोग गरे पछि समय समयमा फेरी रहनुहोस। मास्क लगाएर हिड्नु होला। सके सम्म भिड भाड मा नजानुहोस्।

कोरोना समाचार : कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने, एक मिटर परैबाट हेर्नुपर्ने

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट