
समिम मियाँ
२४ सेप्टेम्बर २०२०/ लिमासोल
साइप्रसमा पछिल्लो केहि हप्ता देखि कोरोना संक्रमण फेरी बढ्न थालेको छ। खास गरि लार्नाका जिल्लामा बितेका केहि दिन मा संक्रमित को संख्या बढ्दै गए पछि सरकारले कोरोना संक्रमणको फैलावट रोक्न विभिन्न नयाँ कदम चालेको छ। बिहिबार सम्म संक्रमित को संख्या १६६३ पुगी सकेको छ। पछिल्लो ४८ घन्टामा लार्नाका अवस्थित दुई फुटबल क्लबका व्याक्तिहरुमा कोरोना पोजेटिभ देखिए पछि “कन्ट्राक ट्रेसिङ्ग ” गर्दा संक्रमित को संख्या बढ्दै गएको छ। लार्नाका का मेयर आन्द्रेयस भिरासले सरकारी रेडियोलाइ अन्तरवार्ता दिदै सबै नागरिकले सतर्कताका सबै उपायहरु कडाइका साथ पालन गर्नु पर्ने बताउनु भएको छ। बिहिबार बिहान देखि लागु हुने गरि आगामी दुइ हप्ताको लागि सरकारले लार्नाका का लागि नयाँ उपायहरु बारे जनाकारी दिएको छ। बिहिबार देखि लार्नाका जिल्ला भरि घरमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन पाइने छैन। तर अन्य जिल्लाहरु मा भने ५० जना सम्म को नियम कायम नै छ। त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ। खेलकुद सम्बन्धि सबै क्रियाकलापहरुमा दर्शक बिना नै संचालन गर्न सकिने छ। साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।
ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर र २ स्क्वायर मिटर कायम गरिएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।
लार्नाका जिल्लामा मा आज देखि सुरु हुने गरि तिन हजार जनाको निशुल्क कोरोना टेस्ट हुने बताइएको छ।
कहाँ र कति बेला हुन्छ लार्नाकामा कोरोना टेस्ट ? यहाँ क्लिक गरि हेर्नुहोस्।
आयानापा
साईप्रस , साईप्रस सर्बाजनिक यातायातले आज आईतवार साईप्रसको प्रमुख सहरहरुमा निशुल्क बस संचालन गरेको छ । युरोपियन मोबिलाडी अन्र्तगत आज साईप्रसले यहा रहेका सबै जनताहरुलाइए निशुल्क यातायत गराएर सबैको मन जित्न सफल भएको यात्रीहरुले प्रतिक्रिया दिएका छन । साईप्रसको यो निशुल्क यातायातको यहा रहेका अप्रवासी लगाएतहरुले आईतवार विहानै देखि फाईदा लिएका थिए ।

साईप्रस यातायातको निशुल्क सेवाको फाईदा लिदै निकोसिया सहरकी बिना क्षेत्रीले विहानै लर्नाका सहर पुगेकी थिईन । क्षेत्रीका अनुसार साईप्रस सरकारले पहिलो पटक निशुल्क बस सन्चालन गरेको थाहा पाउदा अत्यन्तै खुसि भएको र सरकारलाई विशेष धन्यबाद दिएकी छिन ।
क्षेत्रि साईप्रस आएको एक बर्ष नबित्दै यस्तो सुविधा पाएकोमा खुसि भएको प्रतिक्रिया दिईन् । यस्तै निकोसियाबाट लर्नाका सहर विहानै केही काम विशेषले जान लागेकी नाईजेरियाकी २३ बर्षिय नाजियाले सुरुमा आफुले बस चालकलाई सधै जस्तै पैसा दिन खोजेको तर चालकले टिकट शुन्यको दिए अनि पैसा लिन अस्वीकार गरेपछि अचम्म परेको बताईन ।

नाजियाका अनुसार चालकले पैसा नलिएपछि फेरि चित नबुझे पछि चालकलाई सोधे अनि चालकले हस्दै जवाफ दियो आज साईप्रसका केही सहरहरुमा निशुल्क बस संचालन गरिएको जानकारी दिए । साईप्रसको यातायात बस कम्पनीहरुले यसरी निशुल्क सबै नागरिकहरुलाई यात्रा गराएर सबै नागरिकहरुको मन जित्न सफल भएको र युरोपियन युनियनको नियम पालना गरिरहेको कतिपय यात्रुहरुले निष्कर्ष निकालेका थिए ।
समिम मियाँ / १८ सेप्टेम्बर २०२० साइप्रस प्रहरीले जालि कागजपत्र पेश गरि सिमाना पर गर्न खोजेको आरोपमा पांच नेपाली महिलालाई पक्राउ गरेको छ। गत सोमबार दिउँसो आइयोस डोमेटिओस बाट टर्की शाषित उत्तरी साइप्रस जान खोज्दा पक्राउ गरिएको हो। प्रोतोकोल अनुसार सिमा पार गर्न कम्तिमा ४८ घण्टा अघि कोरोना टेस्ट गरेको प्रमाणपत्र देखाउनु पर्ने नियम छ। तर उनीहरुले पेश गरेको कोभिड १९ को रिपोर्ट प्रति शंका लागेपछि प्रहरीले थप छानबिन गरेको थियो। छानबिन पश्चात सो रिपोर्ट नक्कली भएको प्रमाण भए पछि पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन्। पाचै जना नेपाली महिला घरेलु कामदार हुन्। उनीहरु कामको खोजीमा उत्तरी साइप्रस जान लागेको बताइएको छ। कोरोना परिक्षण नै नगरी नक्कली कागजात पेश गरि उनीहरु उत्तरी साइप्रस सम्म मात्र जान लागेका हुन् या विभिन्न एजेन्ट मार्फत मानव तस्करीको जालमा परेर अन्य देश छिर्ने दाउ बारे स्पस्ट भएको छैन। मानव तस्करले साइप्रसलाइ ट्रान्जिट हबको रुपमा रुट बनाउदै उत्तरी साइप्रस हुदै टर्की, ग्रीस हुदै फ्रान्स, इटाली, पोर्चुगल लगायतका युरोपेली रास्ट्रहरुमा गैर कानुनी तवरले छिराउने गरेका छन्। धेरै मेहेनत र कम तलबले पिल्सिएका घरेलु कामदारलाई ठुला देश र राम्रो कमाइ र पिआरको लोभ देखाई आफ्नो प्रभावमा पारेर अन्य देश जान उक्साउने दलालले पैसा खाएर भागेको खबर बेला बेलामा आइरहने गरेको छ।
आइतबार लार्नाका देखि निकोसिया बस निशुल्क सेवा
यूरोपियन मोबिलिटी वीक को अवसरमा साइप्रस पब्लिक ट्रांसपोर्ट (सीपीटी)ले नि:शुल्क बस सेवा संचालन गर्न लागेको छ। यो निशुल्क सेवा लार्नाका देखि निकोसिया रुटमा सेप्टेम्बर २० आइतबारको दिन मात्र लागु हुनेछ। कम्पनीका अनुसार सिपिटि बस सेवाको यो योजनाले लार्नाका र निकोसियाको रुटको उपयोग गर्दै सडक मार्गको आनन्द लिन सक्ने बताएको छ। आम मानिसको दैनिक जीवनमा बस को प्रयोग गर्न प्रत्साहन गर्ने र देश मा प्रदुषण कम गर्न वातावरण सृजना गर्ने उद्देश्यका साथ ‘यूरोपियन मोबिलिटी वीक’ कार्यक्रम अन्तर्गत यो योजना प्रस्तुत गरिएको हो।
साइप्रसमा कोरोना संक्रमितको संख्या १५५८ पुग्यो
साइप्रसमा कोरोना संक्रमितको संख्या १५५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयले बिहिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा गरिएको १९५१ टेस्ट मध्य १० जनामा कोरोना पोजेटिभ देखिएको हो। उता , टर्की शाषित उत्तरी साइप्रसमा पनि बिहिबार गरिएको २२९१ टेस्ट मध्य १२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ भने हाल सम्म ६५१ जना संक्रमित भै सकेका छन्।

साइप्रस को अरु समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
दिनेश गौतम
युरोप , साईप्रस
युरोपियन देश साईप्रसबाट बिहिवार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साईप्रसमा विभिन्न पेसामा आएर कोरोना भाईरसका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदुतावास ईजरायल , गैर आवासीय नेपाली सघं साईप्रस र होनरी नेपाली कन्सुलेट साईप्रसले यहाको आईओ एम.सगंको विशेष सहकार्यमा निशुल्क स्वदेश फर्काईएको नेपाली राजदुतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार साईप्रस देशबाट धेरै विद्यार्थीहरुको खाना खाने , बस्ने आदी समास्या , केही कामदारहरुको समास्या , कोरोनाले गर्दा झनै प्रभावित भएकाहरुलाई आईओएम साईप्रसको विशेष पहलमा स्वदेश फर्काइएको र अन्य नाम दर्ता भएकाहरुलाई समेत छिट्टै सोही प्रक्रियाबाट स्वदेश फर्काईने जानकारी दिए । यस्तै कोरोना भाईरसकै कारणले नेपाल पठाउन केही ढिलाइ भएको भन्दै साईप्रसबाट स्व. विवेक अमगाईँ र स्व. रेनुका कोइरालाको पार्थिव शरीर यही सेप्टेम्बर १८ मा नेपाल जाने तय भएको प्रवक्ता घिमिरेले बताए ।

घिमिरेले भन्नु भयो वहाँहरुका परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं ईजरायलबाट नेपाल फर्कने क्रममा कोरोनाको पिसिआर परीक्षण रिपोर्ट नभएका कारण सेप्टेम्बर ९ देखि इस्तानबुलको एयरपोर्टमा अलपत्र पर्नुभएकी एक महिलालाई दुतावासले टर्कीका अधिकारीहरुसँग समन्वय गरि नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको समेत बताए ।

यसका साथै साईप्रस वा ईजरायल देशबाट जो कोही नेपाल पर्कान चाहेमा नेपाली राजदुतावास वा सम्बन्धित् देशमा रहेका समाजिक सघंसस्थाका प्रतिनिधिहरुसगं सम्पर्क गरि राजदुतावासमा जानकारी गराउन घिमिरेले अनुरोध गरे ।
यता साईप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली सघंका प्रमुख संरक्षक सुबास मल्ल , एन.आर.एन.ए साईप्रसका प्रतिनिधिहरु र नेपाली अवैतनिक वाणिज्यदूत डा. राम जीवन पन्जियारले विशेष पहल गरेका थिए ।
गैरआवासीय नेपाली सघ. साईप्रसले नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आईओएमले सहयोग गरेकोमा धन्यबाद समेत दिएको र अगामी दिनमा आफूहरु सहकार्य गर्दै जाने जनाएको छ ।
१४ सेप्टेम्बर २०२०
साइप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी एन आर एन ए साइप्रसले जनाएको छ। हिजो आइतबार लार्नाका जिल्ला अन्तर्गत पर्ने पेरबोलियामा ज्यान लिएको बताइएको छ। प्रहरीले मुचुल्का उठाई यस विसयमा अनुसन्धान सुरु गरेको छ। मृतक काभ्रे घर भै लार्नाका मा चौध महिना देखि घरेलु कामदारको रुपमा कार्यरत थिइन्। मृतक ४४ वर्शिय मिना तामाङ हुन् । उनको जन्मस्थल भने बारा रहेको पासपोर्टमा उल्लेख छ । आफैले आफ्नै ज्यान लिनु पर्ने कारण पारिवारिक समस्या हुन सक्ने अनुमान गरिएको छ। यद्यपि स्पस्ट कारण खुली सकेको छैन। आइतबार दिनको ५ बजे प्रहरीले झुन्डिएको अवस्थामा मृत फेला पारेको थियो । प्रहरी रिपोर्ट अनुसार कोरोना टेस्ट प्रश्चात पोस्ट मार्टम गरिने बताइएको छ ।


(यो घटनाको बारे थप अपडेट हुदै छ, हेर्दै गर्नु होला )
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको छ।एक युवतीसंग म्यासेन्जरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाइएकोले साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिए। सामाजिक सञ्जालमा बाहिरीएको सो च्याटमा उल्लेखमा भएका शब्द र च्याटमा मुछिएका व्यक्तिहरुका बारेमा छानबिन गर्न नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलले दिएको प्रतिबेदन र च्याट प्रकरणमा जोडिएका व्यक्तिहरुसंगको छुट्टाछुट्टै छलफल पछि नेकपा ताप्लेजुङको कार्यालय टिमले कारवाहीसहितको निर्णयलाई अनुमोदन गरेको इञ्चार्ज काफ्लेले जानकारी दिए। उनका अनुसार सचिवालय सदस्य तथा प्रदेशसभा सांसद साँवाले आफूबाट अब उप्रान्त यस्ता कमि कमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन्। संगै उनलाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटीबाट भने निलम्वन गरिएको काफ्लेले बताए। साँवा र अर्की एक युवती बीच भएको च्याट सामाजिक सञ्जालमार्फत कसरी बाहिरियो भन्ने विषयको अनुसन्धान चलिरहेको समेत काफ्लेले जानकारी दिए।
यस्तै नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले आत्माआलोचना गरेपछि दुबै माथि पार्टीले कुनै कारवाहीको प्रकृया अघि बढाएन। च्याटमा प्रदेश सांसद साम्सोहाङलाई समेत प्रदेश सांसद साँवा र अर्की एक युवती बीचको बिवादमा मुछिएको थियो।च्याटमा उल्लेख भएका अस्लिल शब्द सामाजिक सञ्जालमार्फत बाहिरिएपछि नेकपा ताप्लेजुङले जिल्ला इञ्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश कमिटि सदस्य मिङ्माडण्डु शेर्पा र प्रदेश सल्लाहकार परिषद् सदस्य रामप्रसाद सुबेदी सदस्य रहेको छानबिन कार्यदल बनाएको थियो। प्रदेश सांसद साँवा र अर्की युवती बीच भएको च्याट प्रकरण सामाजिक सञ्जालमार्फत कसरी बाहिरीयो भन्ने बारेमा प्रहरीमार्फत अनुसन्धानको प्रकृया पनि चलिरहेको छ।
४ सेप्टेम्बर २०२०/लिमासोल
शुक्रबार साइप्रसमा एक दशक यताकै उच्च तापक्रम दर्ज भएको छ । निकोसियाको अथालसा स्थित बन विभागमा ४६.२ डिग्री सेल्सियस तापक्रम मापन भएको हो । यस अघिको उच्च तापक्रम सन् २०१० अगस्ट १ तारिखमा ४५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । एथिनौमा पनि ४६ डिग्री तापक्रम दर्ज भएको थियो जुन अहिले सम्म कै उच्च हो।
शुक्रबारको उच्च तापक्रम दर्ज भए पछि श्रमिकको स्वास्थ्यलाई ध्यानमा राख्दै श्रम मन्त्रालयले बाहिर खुल्ला आकाशमुनि गरिने सबै किसिमको काममा रोक लगाएको थियो । अत्यधिक गर्मि र सापेक्षित आद्रताले तातेको टापुलाई मौसम विभागको अर्को सुचनाले थप ततायो। वायुमा धुलोको मात्रा बढेको जानकारी दिदै श्वासप्रश्वास सम्बन्धि बिरामी र वृद्ध वृद्धाले थप ख्याल राख्नुपर्ने बताइको थियो ।

गर्मी बढे संगै विद्युत खपत अहिले सम्मकै रेकर्ड भएको विद्युत प्राधिकरण साइप्रसले जनाएको छ । आज दिउँसो २ बजे को खपत ११६० मेगावाट थियो जसले २०१० मा दर्ज भएको ११४८ मेगावाट को रेकर्ड तोडिएको हो विद्युत प्रसारण प्रणाली साइप्रसका प्रवक्ताले बताएका छन् ।
सासै रोकिने किसिमको गर्मी निकोसियामा ४६.२ डिग्री सेल्सियस, फ्रेनरोसमा ४१, प्रोडरोमोसमा ३८, लार्नाका एयरपोर्टमा ३८, पापोस एयरपोर्टमा ३६ डिग्री सेल्सियस मापन गरिएको थियो । सापेक्षित आद्रता भने निकोसियामा १३%, पापोसमा ७२% र पोलिसमा ६६% रहेको थियो । शनिबार पनि तापक्रम ४०-४२ डिग्री र ट्रोदोस मा ३५ डिग्री रहने अनुमान गरि मौसम विभागले “ओरेन्ज अलर्ट” जारी गरेको छ । यो हप्ता मात्रै ३ पटक “रेड अलर्ट” जारी भै सकेको छ । आइतबार, सोमबार र मङलबार भने मौसम सफा रहने र गर्मी केही कम हुने मौसम विभागले बताएको छ।
साईप्रस , आयानापा
प्रवासमा रहेका शेर्पाहरुलाई एकिकृत गर्ने र सस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले स्थापना भएको शेर्पा किदुक साईप्रसको पाचौ बार्षिक उत्सवसगैं नया कार्यसमिति गठन गरेको छ ।
साईप्रसको लिमासोल सहरमा शेर्पा किदुक साईप्रसकी अध्यकक्ष निमा याङ्जुम शेर्पाको सभापतित्वमा भएको भेलाले ङिमदिकि शेर्पालाई सर्बसम्मत रुपले अध्यक्षमा चयन गरेको हो । यस्तै बरिष्ठ उपाध्यक्षमा मिना शेर्पा ,महासचिवमा ,निमा ल्हमु शेर्पा , सचिवमा सेडुप पेम्बा रिन्जि शेर्पा , कोषाध्यक्षमा कान्छि लामा ,सह कोष अध्यक्षयमा फुलामि शेर्पा , लिमासोल सहरको उपाध्यक्षमा छिरिङ याङजुा शेर्पा ,पापोस सहरको उपाध्यक्षमा पासाङ लामा , लार्नाका सहरको उपाध्यक्ष पसि शेर्पालाई सर्बसम्मतले चयन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनु भएको छ भने सदस्यहरुमा ङ्कि शेर्पा , निमा लह्मु शेर्पा , पेमा याङ्जि शेर्पा, र डोल्मा शेर्पा सर्वसहमत रूपमा चयन हुनुभएको छ ।
उता समाजको पहिलो बैठकले निर्बमान अध्यक्ष निमायाङ्जुम शेर्पालाई प्रमुख सल्लाहकारमा चयन गरिएको महासचिव ङिमदिकि शेर्पाले जानकारी दिनु भएको छ । समाजकी नया अध्यक्ष निमा शेर्पाले आफु साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्था, मिडियाकर्मीहरु लगाएतसगं समाजिक कार्यमा सदैव मिलेर कामगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
३ सेप्टेम्बर २०२०
शुक्रबारको मौसम अत्यन्तै गर्मी हुने मौसम विभागले बताएको छ । मौसम विज्ञान सेवा का निर्देशक क्लेनथिस निकोलाइड्सले जानकारी दिदै साइप्रसको तापक्रम 45 देखि 46 डिग्री सेल्सियस सम्म सम्म पुग्न सक्ने अनुमानरहेको बताउनु भयो ।

मौसम सफा रहे पनि तापक्रम भने बिस्तारै बढ्दै जाने छ। साइप्रस टापुको अत्याधिक तापक्रम आज सम्मकै रेकर्ड सन् २०१० अगस्ट १ तारिख भएको थियो। बिभागका अनुसार भोलि यो रेकर्ड टुट्न सक्छ। पछिल्लो केही दिनमा तापक्रममा वृद्धि भैरहेको छ जसलाइ मौसम विभागले पहेलो र रातो सतर्कता संकेत जारी गरि सकेको छ।
(इन साइप्रस बाट )
३ सेप्टेम्बर २०२०/साइप्रस
पापोसमा एक महिला माथी छुरा प्रहार भएको छ । आज दिउँसो भएको घटनामा ३६ वार्षिय महिला एसियन भएको बताइएको छ तर कुन देश को नागरिक हो भनि खुलाइएको छैन । उक्त महिलालाई उपचारको लागि हस्पिटल लगिएको छ ।

महिलाको अपरेसन भएको छ तर अवस्था गम्भीर रहेको साइप्रस मेल ले जनाएको छ । चक्कु प्रहार गर्ने पनि एसियन नै भएको बताइएको छ । अपराधीले महिलाको कार्यस्थल मै गएर छुरा हानेका थिए ।अपराधीलाई स्थानिय बासिले पक्राउ गरि प्रहरीलाई बुझाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





