२०८२ असार २३ सोमबार
२०८२ असार २३ सोमबार

२६ अक्टोबर २०२०

पछिल्लो २४ घन्टामा साइप्रसमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २२८५ नमुनाको परिक्षण गरिएको थियो जसमध्य १२३७ नमुना एयरपोर्ट बाट संकलन गरिएको हो। एयरपोर्ट बाट संकलित नमुनाको परिक्षणमा १२ जनामा कोरोना पोजिटिभ पाइएको हो। बाँकी १०४८ नमुना बाट ७९ जनामा संक्रमण पुष्टि भएको हो। समुदाय स्थर फैलिएको कोरोना को आंकडा अनुसार हाल १३ जना मध्य १ जनामा कोरोना संक्रमण भएको देखिन्छ। आजको आंकडा सहित हाल सम्म कोरोना संक्रमित को संख्या ३,६३६ पुगेको छ। हाल फामाहुस्ता हस्पिटलमा २५ जना उपचार गराई रहेका छन् जसमध्य ४ जना आइ सी यु मा छन्।

नेपाली लाई जरिवाना

लार्नाकामा २ नेपाली लाई प्रहरीले कोरोना सम्बन्धी नियमावली उल्लङ्घन गरेको भनि जरिवाना काटेको छ। आइतबार साथी भेट्न पुगेका गोपाल बुढा र प्रकाश स्याङ्गतानलाई जनही तिन सय युरो जरिवाना गराएको हो। गफगाफ मा भुल्दा मास्क चिउडोको राखीरहेको अवस्थामा सिभिल ड्रेसमा आएका प्रहरीले भेटेपछि जरिवाना तिराएको गोपाल बुढाले बताए। बाहिर निस्कदा अनिवार्य मास्क लगाउनै पर्ने नियम छ। कोरोनाबाट सुरक्षित हुन बाहिर निस्कदा मास्क अनिवार्य लगाएर हिड्न र जरिवाना बाट बच्न उनले अनुरोध गरेका छन्। प्रहरीले दैनिक रुपमा मास्क लगाएको नलगाएको बारे अनुगमन गर्ने गरेको छ।

युरोप साईप्रस
नेपाली पत्रकारहरुको सुरक्षाका युरोपियन देश साईप्रसका दुई वटा जातिय सस्थाहरुले आर्थिक सहयोग गरेका छन । नेपाल पत्रकार महासघं युरोप शाखा मार्फत साईप्रसमा विगत केही बर्ष देखि समाजिक कार्यमा सक्रिय भुमिका खेलिरहेका तमु समाज साईप्रस र किराँत याक्थुङ चुम्लुङ साइप्रसले आर्थिक सहयोग गरेको पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतमले जानकारी दिनुभएको छ ।

पत्रकार गौतमका अनुसार किराँत याक्थुङ चुम्लुङले एक सय पाच युरो र तमु समाज साईप्रसले एक सय एक युरो आर्थिक सहयोग गरेको बताए । नेपाली पत्रकारहरुको आफनो समुदायहरुको अवाज उठाउनका लागि महात्वपुर्ण भुमिका रहेको भन्दै पत्रकारहरुको जिवन रक्षा होस वा उनिहरुको हक अधिकारका बारेमा तमु समाज साईप्रस सदैव साथमा रहिरहने तमु समाजकी अध्यक्ष धना गुरुगंले प्रतिबद्धता जनाएकी छिन ।

अध्यक्ष गुरुगंका अनुसार साईप्रसमा रहेका नेपालीहरुलाई समास्या लागि राज्यसगं पुगाउनका लागि पत्रकार महासघं युरोप शाखाले अत्यन्तै महात्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरेकी छिन ।

उता किरातीहरुको ईतिहास , धर्म ,सस्कृतिलाई साईप्रसका पत्रकारहरुले महात्वपुर्णका साथ प्रचार प्रसार , सहि कलमका माध्यमले जगेर्ना गरिरहेको भन्दै आफनो सस्था सदैव पत्रकार महासघं युरोप शाखासगं मिलेर काम गर्ने किराँत याक्थुङ चुम्लुङकी सचिव रेश्मा लिम्बुले बताएकी छिन ।

यसरी दुखमा परेका पत्रकारहरुका लागि साईप्रसमा रहेका जातिय वा समाजिक सघंसस्थाहरुको सहयोग अपरिर्हय रहेको भन्दै सहयोग गर्ने सस्थाहरु प्रति नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य एवमं साईप्रस प्रतिनिधि दिनेश गौतमले हार्दिक धन्यबाद दिनुभएको छ । साथै नेपाली पत्रकारहरुको अक्षय कोषमा सहयोग गर्न चाहने साईप्रसका सबै समाजिक एवमं जातिय , समाजसेबीहरुलाई अनुरोध समेत पत्रकार गौतमले गरेका छन ।

स्वास्थ्य मन्त्रालयले बिहीबार १८८ जनामा कोरोना भएको पुष्टि गरेको छ। बितेको २४ घन्टामा ४३०४ नमुना संकलन गरि परिक्षण गरिएको थियो। आज को ताजा आँकडा सहित हाल सम्म कोरोना संक्रमीत को संख्या ३१५४ पुगेको छ।

२२ अक्टोबर २०२० /लिमासोल

साइप्रस सरकारले कोरोनामा आएको तिव्र वृद्धि प्रति गम्भीर हुदै नयाँ नियम तथा प्रतिबन्ध घोषणा गरेको छ। शुक्रबार देखि लागु हुने गरि सरकारले प्रतिबन्ध घोसणा गरेको हो। केहि दिन यता कोरोना संक्रमितको संख्या एक सय भन्दा माथि रहे पछि साइप्रसमा महामारीको अवस्था प्रति चितिंत हुदै आज मन्त्रीपरिषद मा प्रतिबन्ध गरिनु पर्ने भन्ने प्रस्ताव लगिएको थियो। गत हप्ता पनि कोरोना को संख्यामा हाल सम्म कै उच्च २०० भन्दा बढी मा कोरोना देखिए पछि गत शनिवार देखि विभिन्न नियम लागु गरिएको थियो।

आगामी नोभेम्बर ९ तारिख सम्म लागु हुने गरि घोषणा गरिएको नियममा भोलि शुक्रबार देखि देश भरि नै घरमा हुने जमघटमा १० जना सम्म मात्र जम्मा हुन पाइने छ साथै खुल्ला स्थानमा पनि मास्क अनिवार्य लगाउनु पर्नेछ। रेस्टुरेन्ट,क्याफे भित्र ७५ र बाहिर १५० जना सम्म ग्राहक राख्न पाइने छ भने एक टेबुलमा ६ जना भन्दा बढी बस्न मनाही गरिएको छ।

त्यस्तै, दर्शक बिना खेलकुद संचालन गर्न सकिने छ भने चर्च मा पनि ६०+९ जना जम्मा हुन् सकिने घोसण गरिएको छ।

यता लिमासोल र पापोस को लागि विशेष नियम घोषणा गरिएको छ। रेस्टुरेन्ट, क्याफे, बार हरु राति १०:३० बजे सम्म मात्र खुल्ला हुनेछन भने आम नागरिक राति ११ बजे पछि बाहिर निश्कन वा हिंडडुल गर्न निषेध गरिएको छ। कुनै विशेष कारण जस्तै : अस्पताल वा फार्मेसी जान, वा अत्यावश्यक काम को शिलशिलामा बाहिर निस्किने व्याक्ति भने अनुमति दिइएको छ। १८ वर्ष मुनिका बालबालिकाका लागि आयोजना हुने खेलकुद तथा सामाजिक कार्यक्रम सबै निषेध गरिएको छ।

हाल सम्म कोरोना संक्रमित को सख्या २९६६ पुगीसकेको छ। वुधवार १२७ जनामा कोरोना पुष्टि भएको थियो

अनुरोध : दशैँ मनाउन बाहिर निस्कने योजना बनाउनु भएका नेपाली दाजुभाइ दिदिबहिनिहरुमा सके सम्म बाहिर ननिस्कन घर मै दशैँ मनाउन अनुरोध गर्दछौ। निस्कनै परे पनि मास्क, सेनेटाइजर प्रयोग गरि सामाजिक दुरी कायम राखेर सावधानी अपनाउन विनम्र अनुरोध गर्दछौ।

READ ALSO : जनसम्पर्क समिति साइप्रसले कविता प्रतियोगिता गर्दै

२१ अक्टोबर २०२० /लिमासोल

नेपाली जनसम्पर्क समिति साइप्रसले कविता प्रतियोगिता आयोजना गर्न लागेको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावलीको अवसर परेर समितिले कविता प्रतियोगिता गर्न लागेको हो।

साइप्रसमा रहेका नेपालीले मात्र सहभागी हुन पाइने यो प्रतियोगितामा “प्रवासमा राष्ट्रियता ” शिर्षकमा आगामी नोभेम्बर ९ तारिख मध्यरात सम्ममा प्रतियोगीले कविता पठाइसक्नु पर्नेछ। प्रतियोगितामा प्रथम पुरस्कार एक सय युरो,द्वितिय पुरस्कार ५० युरो तृतीय पुरस्कार २५ युरो राखिएको छ भने साथमा प्रमाण पत्र पनि प्रदान गरिने समितिले जनाएको छ। साथै उत्कृस्ट पाँच कवितालाई विभिन्न अनलाइन मिडियामा प्रकाशन गरिने बताइएको छ।

प्रतियोगीले गद्य वा पद्य दुबैमा कविता लेख्न सक्नेछन् । पद्यमा लेख्दा कम्तिमा ४ अनुच्छेद र बढिमा ६ अनुच्छेद सम्म हुनु पर्ने छ भने गद्यमा १५० शब्द नबढाई लेख्नु पर्ने छ। प्रतियोगीतामा ३ जना निर्णायक मण्डलले उत्कृस्ट ५ कविता चयन गर्ने छन्।  प्रतियोगिताको नतिजा आगामी १५ नोभेम्बरमा अनलाइन “जुम मिटिंग” मार्फत सार्वजिक गरिनेछ।

प्रतियोगितामा सहभागी हुन जनसम्पर्क समिति साईप्रसको फेसबुक पेज वा इमेल [ cyprusnepal017@gmail.com ] मा आफ्नो कविता पठाउन सकिने छ। सहभागीले आफ्नो पुरा नाम, साइप्रसको ठेगाना, सम्पर्क फोन नम्बर र इमेल ठेगाना अनिवार्य उल्लेख गर्नु पर्ने छ।

https://www.facebook.com/photo/?fbid=741281499798293&set=a.110105382915911&tn=%3C
image credit : Npcc Cyprus

२१ अक्टोबर २०२०

साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा १२७ मा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ। बुधबार साँझ पत्रकारहरुलाइ जानकारी दिंदै मन्त्रालयले ३३०९ नमुना परिक्षण गर्दा एक सय सत्ताईसमा कोरोना भाइरस पोजेटिभ भएको बताएको हो। गत मार्च महिना देखि आज सम्मको आंकडा अनुसार कोरोना संक्रमित को संख्या २९६६ पुगेको छ।

कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?
व्यक्तिगत रुपमा परिक्षण गर्ने १३५७ मध्य ७४ जना, पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्गमा ३१५ टेस्ट मध्य ३१ जनामा कोरोना देखिएको थियो। एयरपोर्टबाट संकलित ६९० नमुना मध्य ४ जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २४४ नमुनामा १२ जना, विभिन्न हस्पिटल ल्याब मा संकलित २६७ नमुनाबाट ६ जना मा कोभिड १९ पोजेटिभ देखिएको थियो।

हाल फामागुस्ता हस्पिटलमा १९ जानले कोभिडको उपचार गराई रहेका छन् जसमध्य तिन जना एचडियु मा छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा २ जना आइसीयु उपचार गराई रहका छन् भने अन्य २ कोभिड वाडमा छन्।

read also : मृत भेटिएको शिशुको पोस्टमार्टम, को हो दोषी ?

२० अक्टोबर २०२०/लिमासोल

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण फेरी बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ दिएको जानकारी अनुसार १५२ मा कोरोना पुष्टि भएको हो। इपिडिमियोलिजिकल युनिट संग सम्वद्ध ल्याबले ४४१० नमुनाको परिक्षण गरेको मन्त्रालयले बताएको हो। आजको डाटा सहित कोरोना संक्रमित को संख्या २८३९ पुगेको छ। कोरोना बाट आज सम्म २५ जनाले ज्यान गुमाई सकेका छन्।

कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?

पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको ३०५ टेस्ट मध्य २३ जनामा , व्यक्तिगत रुपमा चेक गराउन गएका २३६० मध्य ९९ जना, एयरपोर्टबाट संकलित ९२९ नमुना मध्य २ जना, माइक्रोबायोलोजिकल ल्याब मा २१२ नमुनाबाट १० जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २२२ नमुनामा १ जना, लार्नाका र फामागुस्ता जिल्लाका गाउँहरुमा खटाइएको टोलि बाट संकलित ३४१ नमुना बाट १८ जना मा कोभिड १९ पोजेटिभ देखिएको थियो।

हाल फामागुस्ता हस्पिटलमा कोभिड १९ पोजेटिभ भएका २० जानले उपचार गराई रहेका छन् जसमध्य एक आइसीयु मा छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा २ जना आइसीयु उपचार गराई रहका छन् भने अन्य २ अस्पताल भर्ना भएका छन्।

READ ALSO यी कम्पनी र व्यवसाय मा भेटियो कोरोना संक्रमण (नाम सहित )

२० अक्तोबर २०२०

मौसम परिवर्तन हुदै छ , आकाशमा बादल देखिन थालेका छन्। आज निकोसियाको लिम्पिया एरियामा करिब आधा घण्टा वर्षा भयो। असिना सहित को वर्षा का फोटो स्थानीयबासि ले सोसल मिडियामा सेयर गरेका छन्। हेरौ केहि फोटो र भिडियो

फोटो फेसबुक
फोटो फेसबुक

१९ अक्टोबर २०२०/लिमासोल

पछिल्लो २४ घन्टामा कोरोनाको संक्रमण ४३ भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २५५८ नमुना परिक्षण गर्दा ४३ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। ताजा तथ्यांक सहित आज सम्म को संक्रमित को संख्या २६८७ पुगेको छ।

१९ अक्टोबर २०२० /लिमासोल

साइप्रस प्रहरीले मास्क प्रयोग नगर्ने ४० जना व्याक्ति तथा व्यवसायलाई कारवाही गरेको छ। पछिल्लो २४ घन्टामा कोभिड १९ को महामारी सम्बन्धी नियम उल्लङ्घन गर्ने १२ व्यवासाय र २८ व्याक्तिलाई प्रहरीले जरिवाना लगाएको हो। देशभरी गरिएको ९६३ अनुगमनमा अधिकांस ले मास्क प्रयोग नगर्नाले जरिवाना गरिएको प्रहरीले जनाएको छ।

निकोसियामा २ जना , लिमासोलामा २ जना, पापोसमा २ जना , फामागुस्तामा २ , मोर्फु एरियामा १ जना र लार्नाकामा १८ जना कारवाहीमा परेका हुन् त्यस्तै व्यवसाय संचालन गर्ने मध्य निकोसियामा २ , लिमासोलामा ४ , पापोसमा ३ जना , फामागुस्तामा २ र लार्नाकामा १ व्यवासायी लाइ जरिवाना गरिएको हो।

(तपाइँ ले पनि जरिवाना तिर्नु भएको छ कि ? छ भने आफ्नो अनुभव लेखेर हामीलाई पठाउनुहोस )

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट