युट्युब, फेसबुकलगायतका सामाजिक संजालबाट हुने आम्दानी सिधै बैंक खातामा

Facebook
Twitter
LinkedIn

काठमाडौं। नेपालीहरुले युट्युव, फेसबुकलगायतका सामाजिक संजालबाट गर्ने आम्दानी सिधै बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक संजालबाट प्राप्त गरेको आम्दानी बैंक खातामा मान्य हुने व्यवस्था गरेको हो।‘सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी विक्रीवापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रा स्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारवापत प्राप्त हुने रकमलगायतका रकमहरु मान्य हुनेछन्। स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भएपश्चात् भुक्तानी सेवाप्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ।’ राष्ट्र बैंकको सूचनामा उल्लेख उल्लेख छ।हाल नेपाली प्रयोगकर्ताले सामाजिक संजालबाट प्राप्त गर्ने आम्दानी मनिट्रान्सफरमार्फत् प्राप्त गर्दै आएका थिए। यस्तो आम्दानीलाई पारदर्शी र व्यवस्थित गर्न केन्द्रीय बैंकले बैंक खातामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

यसरी आम्दानी हुने रकम सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तै यस्तो कारोवारहरुको मासिक विवरण तोकिएको ढाँचामा महिना समाप्त भएको मितिले १५ दिनभित्र राष्ट्र बैंकमा पठाउनुपर्ने उल्लेख छ।विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सो को भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारीे निर्देशनको पालना गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस् 

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.