काठमाडौं। बिहीबार देशैभरीका अदालत बन्द रहनेछन् । देशैभरीका सबै अदालतहरुलाई शोक विदा दिइएको बुधबार सर्वोच्च अदालतले एक सूचना जारी गर्दै जनाएको छ । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनपछि सबै अदालतमा शोक विदा दिइएको हो ।
१९८८ फागुन ३ गते सर्लाही जिल्लामा जन्मिएका पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार निधन भएको थियो । २०५२ असोज १० गते प्रधानन्यायाधीशमा नियुक्त भएका सिंहले २०५३ फागुन ३ गते अवकाश पाएका थिए ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/03/231672/