बसन्तले गाए डा अच्युत शर्माको ‘बदलिदेउ तिमी’ (भिडियो)

Facebook
Twitter
LinkedIn

काठमाडौं । गीतकार प्रा. डा. अच्युत शर्माको रचना र बसन्त खड्काको स्वर संगीत रहेको ‘बदलिदेउ तिमी’ बोलको कर्णप्रिय गीत यु ट्युबमार्फत सार्वजनिक भएको छ। उक्त गीत कन्चन म्युजिक इन्टरटेनमेन्टले अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् ।

गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले गरेका हुन भने सम्पादनको काम काठमाडौंको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनी सम्पादन दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन चाही नविन निरौलाले गरेका छन्।

डा शर्माका यस अघि पनि राजेशपायल राइ, अन्जु पन्त र हिमालसागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन । ‘बदलिदेउ तिमी’गीतमा डा शर्माले मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थामा सकारात्मक सोचका साथ आफुलाई भित्रै देखि बदल्न सके सिङ्गै संसार बदल्न सकिने संदेश दिन खोजेका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.