काठमाण्डौ – आफ्ना माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारीले आमरण अनशन सुरु गरेका छन् ।
साढे दुई महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दासमेत आफ्ना माग पूरा नभएको भन्दै कर्मचारी युनियनका सहअध्यक्ष अञ्जन कार्की र उपाध्यक्ष मोहनप्रसाद उपाध्याय संस्थाको गेट बालुवाटारमा आमरण अनशनमा बसेका छन् । संस्थामा कार्यरत धेरै कर्मचारीहरूको समर्थनमा विभिन्न सेवा सुविधाको माग राखेर लिखित तथा मौखिक दबाब दिँदासमेत व्यवस्थापन पक्षले अटेर गरेको आन्दोलित कर्मचारीहरूले बताएका छन् ।
गएको मङ्सिर ७ गतेदेखि केन्द्रीय कार्यालय काठमाण्डौसहित देशभरका नौ वटा क्षेत्रीय कार्यालयमा तीन सयभन्दा धेरै युनियनका कर्मचारी आन्दोलनमा रहेका छन् ।
कर्मचारीको जायज माग सम्बोधन गराउन, संस्थाभित्र देखिएका बेथिति हटाउन, नेपाल सरकार, नेपाल राष्ट्र बैंकको नीति, नियम र निर्देशन पालना गर्न र ग्राहक सदस्यहरूलाई सहज र सहुलियतरूपमा सेवा प्रदान गर्न माग गर्दै आएका छन् ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्