ओलीले देशभरबाट होइन झापाको एक क्षेत्रबाट जितेका हुनः पुन

ओलीले देशभरबाट होइन झापाको एक क्षेत्रबाट जितेका हुनः पुन
Facebook
Twitter
LinkedIn

नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।  

ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए।  

देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक/एक  र १ सय १० जना समानुपातिकबाट गरी २ सय ७५ सांसद मात्र जनताले छान्ने मन्त्री पुनको स्पष्टोक्ति छ। ‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङजामा सम्बोधन गर्दै पुनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन। उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन्।’  

ओली सरकारमा तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका पुनले ओलीले पार्टीले पाँच वर्ष  सरकार चलाउन दिएको जनमतमाथि घात गरेको टिप्पणी गरे। पार्टीले चुनावी घोषणापत्रमार्फत अघि सारेका समृद्धिको अभियानबाट ओली भागेको पुनले आरोप लगाए। ओली समूहले कार्यकर्ता पाल्न जनताले तिरेको राजश्वको दुरुपयोग गरिरहेको भन्दै पुनले आपत्ति जनाए।  निर्वाचन घोषणा गरेर आफैंले आफैंलाई कामचलाउमा सीमित गरिसकेको सरकारले देशका ७७ वटै जिल्लामा विशिष्टि श्रेणीका एक/एक र उप–सविच स्तरका दुई/दुई जनाका दरले भूमि आयोगमा गुटका कार्यकर्ता भर्ती परेर राज्यश्रोतको दोहन गरेको मन्त्री पुनले चर्चा गरे। पुनले संसद पुर्नस्थापनापछि प्रधानमन्त्री ओलीले निर्वाचन घोषणापछि गरेका सबै नियुक्ति र असंवैधानिक निर्णय खारेज गरिने स्पष्ट गरे।

 

 

प्रकाशित: २५ माघ २०७७ १८:४६ आइतबार


श्रोत: नागरिक

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.