समिम मियाँ
०७ डिसेम्बर २०२०/लिमासोल
गत नोभेम्बरमा एक नेपाली विधार्थीले आत्महत्या गरेको खबर आएको एक महिना पछि साइप्रसमा अर्को आत्महत्याको खबर आएको छ । खरे ८ , दोलखा घर भै हाल लार्नाकामा घरेलुु कामदारको रुपमा कार्यरत २३ वर्षीय युवतीले आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको छ।
आत्महत्या गरेको भनी प्रहरी पुष्टि गरेको र पोस्टमार्टम को लागि शव पठाइएको बारे एनआरएनए साइप्रसले जानकारी दिएको छ ।
आत्महत्याको कारण ।
प्राप्त जानकारी अनुसार मृतक युवति वैवाहिक सम्बन्ध मा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्ट मा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । हिजो आइतबार एक दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाए पछि सोही रात मा आत्महत्या गरेको बताइएको छ । मृतक युवतिले टिकटक भिडियो मा श्रीमानको दुर्घटनाको भिडियो आफ्ना आमा बुबा सासू ससुरा सङ माफी याचना गर्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको लेखे ।
गत सेप्टेम्बर मा पनि लार्नाका मै एक महिला ले पनि आत्महत्या गरेकी थिइन ।