२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

किन नछुटाउने भिटामिन ‘ए’ खुवाउन ?

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने सुरु भएको छ। आफ्ना बालबालिकाहरुलाई तोकिएअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी  तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सम्पर्क  गरौं।सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको  हो। हरेक वर्ष बैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आइरहेको यो महाअभियान नयाँ वर्षको सुरुवातसँगै यही वैशाख ६ र ७ गते देशैभरी एकैसाथ खुवाउन परिपत्र गरेको हुनाले सबैले आ-आफ्ना स्थानबाट अभियान सफल बनाउन लागि पर्न आवश्यक छ। आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिका हरुलाई भिटामिन ‘ए’को क्याप्सुल र जुकाको औषधि खुवाउन नभुलौं। यो अयाभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ। लुलो लङ्गडो हुन रोक्छ । अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ। रतन्धो जस्तो घातक रोग हुनबाट समेत  यसले रोक्छ।त्यासैले आफ्ना बालबालिकाहरुलाई नि:शुल्क रुपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बनौं। भिटामिन ‘ए’को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सूचीकृत स्वास्थ्य संंस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा वर्षको २ पटक कार्तिक र वैशाख महिनामा ६ महिना देखी ५९ महिना सम्मका सम्पूर्ण बालबालिकालाई भिटामिन ‘ए’को क्याप्सुल खुवाइन्छ।जसमा ६ देखि ११ महिना का लागी १,००००० आई.यु.(आधा क्याप्सुल)  र १२ महिना देखी ५९ महिना सम्मका लागी २,००००० आई.यु.(१ क्याप्सुल) खुवाउनु पर्दछ। साथै दादुरा, कडा कुपोषण, दीर्घ झाडापखाला र भिटामिन ‘ए’को कमीबाट हुने आँखा सम्बन्धी रोगहरुको लागि पनि स्वास्थ्य संस्थाहरुबाट भिटामिन एको क्याप्सुलद्वारा उपचार गरिन्छ।त्यसैगरी शिशुलाई स्तनपान मार्फत् भिटामिन ‘ए’को आपुर्ति गर्ने उद्देश्यले सुत्केरी महिलालाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाबाट एक क्याप्सुल २,००००० आई.यु. भिटामिन ‘ए’ खुवाइन्छ। साथ साथै परजीबि नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मदेखि एक वर्ष उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदैन भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मार्फत् अर्धवार्षिक रुपमा कार्तीक र वैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलि ग्राम एक मात्रा खुवाउने गरिन्छ।जसमा १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि २०० मिलि ग्राम र २४ महिनादेखि ५९ महिनासम्मका बालबालिका का लागी ४०० मिलिग्राम खुवाइन्छ। विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत  विद्यालय जाने बालबालिकाहरुलाई अर्धवार्षिक रुपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलि ग्राम एकमात्रा खुवाउने चलन छ। सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ। त्यासैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको पाइन्छ।  के हो त भिटामिन ‘ए’?शारीरिक क्रियाकलापलाई  राम्रोसँग  गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने सु्क्ष्म पोषक तत्वलाई भिटामिन भनिन्छ। भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ। आँखालाई स्वस्थ राख्दछ। बालबालिकाको बृद्धि विकासमा महत्वपूर्ण सहायता गर्दछ। यो आमाको बिगौती दूध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ। त्यासैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबर्द्धक पोषकतत्वको रुपमा मानिएको छ। नेपाल सरकारबाट निशुल्क रुपमा बितरण गरिएका यी महव्वपूर्ण स्वास्थ्य सम्बन्धी अभियानका कार्यक्रमहरुलाई  सबैले सहयोग गर्नुपर्छ। आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिवार्य रुपमा औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ। साथसाथै  यही मिति २०८१ बैशाख ६ र ७  गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पार्न पर्नेछ।प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पुर्ण सरोकारवालाहरु, शिक्षक शिक्षिकाहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासन लगायत सबैको सहयोग र सहकार्य रहेमा मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ। त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ-आफ्ना बालबालिका लाई घातक रोगबाट बचाऔं। भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क पाइन्छन्, यी दुबै सुरक्षित छन् र जीवन रक्षा गर्दछन्।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट