२०८२ बैशाख ४ बिहीबार
LATEST NEWS
२०८२ बैशाख ४ बिहीबार

एप्पल ट्रान्सलेट र गुगल ट्रान्सलेटमा कुन राम्रो ?

काठमाडौँ । देश-विदेश यात्रामा निस्किरहनेहरूलाई मात्र नभएर जिज्ञासु, सिकारु तथा विद्यार्थीहरूका लागि नभई नहुने एपहरूमा पर्छ ट्रान्सलेसन एप । विदेशी गल्लीमा बाटो पहिल्याउन होस् वा कुनै अर्को भाषाको अर्थ आफ्नो भाषामा अनुवाद गर्न, कम्तीमा एउटा ट्रान्सलेसन एप त जरुरी नै हुन्छ ।

तपाईँको आईफोनका लागि कुन ट्रान्सलेसन एप राम्रो होलाः बिल्ट-इन एप्पल ट्रान्सलेट कि गुगल ट्रान्सलेट ? आज हामी तपाईँलाई यी दुई एपबिचको भिन्नताबारे बताउँदै छौँ ।

दुवैमा छ सफा इन्टरफेस

एप्पल ट्रान्सलेट, आईफोन र एप्पल डिभाइसहरूका लागि निर्मित एप भएकोले एप्पल इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन्छ । यसमा ट्रान्सलेसन, क्यामेरा, कन्भर्सेसन र फेभरेट गरी चार मुख्य ट्याब रहेका छन् ।

जसै तपाईँ ट्रान्सलेसन ट्याबसँग परिचित बन्नुहुन्छ, त्यसपछि निश्चित शब्द तथा शब्दावलीलाई सहज पहुँच पाउन सकिने गरी फेभरेट ट्याबमा सेभ गर्न सक्नु हुन्छ । ट्रान्सलेसन ट्याबले तपाईँलाई सहजै भाषाहरूबिचमा यताउता गर्ने सुविधा दिन्छ । साथै यसमा तपाईँले भाषाहरू डाउनलोड गर्न पनि सक्नु हुन्छ ।

अर्कोतर्फ गुगल ट्रान्सलेटको कुरा गर्ने हो भने यसको इन्टरफेस मिनिमल छ । जसमा एप्पलमा जस्तो ट्याबहरू छैनन् । यसमा तपाईँले सोझै टेक्स्ट, अडियो, क्यामेरा, कन्भर्सेसन र ह्यान्डराइटिङ मोड जस्ता सुविधाहरूमा सजिलै पहुँच पाउन सक्नु हुन्छ । साथै स्टार आइकनमा थिचेर चाहेको शब्दलाई ट्रान्सक्रिप्टको रूपमा सेभ गर्न पनि सक्नु हुन्छ ।

भाषा सपोर्टको मामिलामा यी दुई एपबिच निकै ठुलो अन्तर छ । गुगल ट्रान्सलेटले २४९ भाषालाई सपोर्ट गर्छ । जबकि एप्पल ट्रान्सलेटमा १९ ओटा मात्र भाषा पाउन सकिन्छ । यो भिन्नता गुगलले केही समयअघि पाएलएम २ (PaLM 2) नामक लार्ज ल्याङ्वेज मोडेल प्रयोग गर्दै सन् २०२४ मा ११० ओटा नयाँ भाषा थप गरेपछिको परिणाम हो ।

यस हिसाबले भाषाको सीमितता एप्पल ट्रान्सलेटको लागि सबैभन्दा ठुलो कमजोरी हो । विशेष गरी कम प्रयोग हुने भाषाहरू अनुवाद गर्न आवश्यक पर्ने प्रयोगकर्ताहरूका लागि एप्पल ट्रान्सलेट त्यति उपयोगी नहुन सक्छ ।

कुन डिभाइसमा प्रयोग गर्न मिल्छ यी एप ?

एप्पल ट्रान्सलेट एप तपाईँले एप्पल डिभाइसहरूमा मात्र प्रयोग गर्न पाउनु हुन्छ । आईफोन बाहेकका डिभाइसहरूमा ट्रान्सलेसन एप प्रयोग गर्न चाहने हरूका लागि यो आफैमा समस्या हो । आईफोन जस्ता कम्प्याटिबल डिभाइसमा यो एप बिल्ट-इन एपको रूपमा रहेको हुन्छ, जसले गर्दा तपाईँले एप स्टोरमा गएर इन्स्टल गरिरहनु पर्दैन ।

यदि तपाईँको एप्पल डिभाइसमा आईओएस १४.० वा त्यसपछिको भर्सन, आईप्याडओएस १४.० वा त्यसपछिको भर्सन अनि वाचओएस ११.० वा त्यसपछिको भर्सन छ भने यो एप पाउन सक्नु हुन्छ ।

अर्कोतर्फ गुगल ट्रान्सलेटको कुरा गर्दा यो एप तपाईँ एप स्टोरबाट आफ्नो आईफोन, आईप्याडसँगै अन्य सबैजसो मोबाइल डिभाइसमा डाउनलोड गर्न सक्नु हुन्छ । यसलाई तपाईँले आईओएस र एन्ड्रोइड दुवैका लागि मोबाइल एपको रूपमा इन्स्टल गर्न सक्नु हुन्छ । साथै कुनै पनि डिभाइसमा तपाईँ यसलाई वेब ब्राउजरबाट समेत प्रयोग गर्न सक्नु हुन्छ ।

यो पाटोमा पनि गुगल ट्रान्सलेट स्पष्ट रूपमा एप्पलभन्दा अघि छ । एप्पल ट्रान्सलेटमार्फत आईफोन, आईप्याड अथवा एप्पल वाचमा अनुवाद गर्न चाहनु हुन्छ भने यसले राम्रोसँग काम गर्न सक्छ । तर वेब ब्राउजरका लागि भने यो राम्रो विकल्प होइन ।

गुगलले कुराकानीलाई राम्रोसँग ट्रान्सलेट गर्न सक्छ, तर छ एउटा कमजोरी

एप्पल ट्रान्सलेटको कन्भर्सेसन ट्याबले भाषाहरूबिच दुईतर्फी अनुवादका लागि स्मुथ कुराकानी गर्ने सुविधा दिन्छ । तपाईँले यसबाटै भाषाहरू डाउनलोड गर्न पनि सक्नु हुन्छ ।

टाइप गरेसँगै अनुवादित कुराकानीमा खेल्न सक्नु हुन्छ र सहज कुराकानीका लागि अटो-ट्रान्सलेसन प्रयोग गर्न पनि सक्नु हुन्छ । माइक्रोफोन प्रयोग गरेर कुनै शब्दावली वा वाक्य टाइप गर्नुको साटो बोलेर पनि अनुवाद गर्ने सुविधा यसमा रहेको छ ।

एप्पल ट्रान्सलेटमा फेस-टु-फेस मोड पनि छ, जसले तपाईँको स्क्रिनलाई तल बिचबाट स्क्रिनलाई छुट्याइ दिन्छ । जसले गर्दा तपाईँको फोनको अर्कोतर्फ रहेको व्यक्तिले सजिलै आफ्नो प्रतिक्रिया टाइप गर्न सक्छ । यसले प्रत्येक पटकको प्रतिक्रियाका लागि आफ्नो फोन नै अर्को व्यक्तिको हातमा थमाउनु पर्ने बाध्यता हुँदैन ।

डिफल्ट रूपमा उपलब्ध हुने साइड बाई साइड भ्यु पनि उपयोगी छ, खासगरी तीन वा त्यसभन्दा बढी व्यक्ति माझ समूहमा कुराकानी गर्दा । यस्तोमा भने तपाईँले आफ्नो फोन हरेक प्रतिक्रियाका लागि एकअर्कालाई दिनुपर्ने हुन सक्छ ।

अनि गुगलको अर्को राम्रो फिचर हो, डिटेक्ट ल्याङ्ग्वेज । यो फिचर खासगरी त्यस्तो बेला काम लाग्छ, तपाईँ कतै यात्रामा हुनुहुन्छ अथवा त्यस्तो व्यक्तिसँग बोल्दै हुनुहुन्छ, जसले कुन भाषा बोलिरहेको छ, थाहा पाउन सकी रहनु छैन । यसबाट त्यस्तो व्यक्तिलाई तपाईँको फोनको माइक्रोफोनमा बोल्न लगाएर उसको भाषा थाहा पाउन र आफूले चाहेको भाषामा त्यसलाई अनुवाद गर्न सक्नु हुन्छ ।

गुगल ट्रान्सलेसनमा कन्भर्सेसन मोड एकदम साधारण छ, एक पल्ट ट्याप गरे पुग्छ । यसमा तपाईँले सहजै माइक्रोफोन अन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्न सक्नु हुन्छ । गुगल ट्रान्सलेटले कुराकानीकै अन्दाजमा रियल-टाइम टेक्स्ट अनुवाद उपलब्ध गराउँछ । जसै तपाईँ कुराकानी सुरु गर्नु हुन्छ, अनुवादित टेक्स्ट वा कुराकानीका शब्दलाई एडिट पनि गर्न सक्नु हुन्छ ।

त्यसो त एप्पल ट्रान्सलेटले पनि कुराकानीका लागि टेक्स्ट र अडिओ दुवै विकल्प दिन्छ, तर गुगल ट्रान्सलेटले यसलाई अझ सरल बनाएको छ ।

गुगल ट्रान्सलेटको एउटै कमजोर पक्ष के छ भने आईफोन तथा आईप्याड प्रयोगकर्ताका लागि फेस-टु-फेस मोड उपलब्ध नगराउनु । जुन एन्ड्रोइड प्रयोगकर्ताका लागि भने उपलब्ध छ । यो एउटै कुराले एप्पल ट्रान्सलेट प्रयोगकर्तालाई गुगल ट्रान्सलेटमा पूर्ण रूपमा स्विच गर्न रोकिरहेको हुन सक्छ ।

दुवैमा छ अफलाइन अनुवादका लागि भाषा डाउनलोडको सुविधा

एप्पल ट्रान्सलेट र गुगल ट्रान्सलेट दुवै एपमा तपाईँले निश्चित भाषा डाउनलोड गरेर सहजै अफलाइन अनुवाद गर्न सक्नु हुन्छ । दुवै एपमा जसै तपाईँ भाषाहरू डाउनलोड गर्नु हुन्छ, तपाईँले इन्टरनेट नभएको बेला समेत सहजै अनुवादको काम गर्न सक्नु हुन्छ ।

तपाईँको आईफोनमा रहेको एप्पल ट्रान्सलेटका लागि सिस्टम सेटिङमा गएर यो एपका लागि भाषा हेर्न र डाउनलोड गर्न सक्नु हुन्छ । गुगल ट्रान्सलेटमा भने एप स्क्रिनमा देखिएको भाषामा ट्याप गरेर देखिने सूचीबाट वा चाहेको भाषा सर्च गरेर सँगै दिखिने डाउनलोड बटन थिचे पुग्छ ।

एप्पलमा छ राम्रो क्यामेरा फिचर, तर कम छैन गुगल पनि

आईओएस १६ वा त्यसभन्दा माथिको हकमा एप्पल ट्रान्सलेटले तपाईँलाई मेनु, सङ्केत आदिमा भएको टेक्स्टलाई तत्कालै ट्रान्सलेट गर्न क्यामेरा फिचर उपलब्ध गराउँछ । यसको सहयोगमा तपाईँले आफ्नो ग्यालरीमा भएका फोटोहरूबाट समेत अनुवाद गर्न र अनुवाद गरिएको फोटो सेभ गर्न वा अरूलाई शेयर गर्न समेत सक्नु हुन्छ । यो क्यामेरा फिचर तपाईँको ग्यालरीमा रहेका कुनै पनि टेक्स्ट सहितका फोटो ट्रान्सलेट गर्नका लागि निकै उपयोगी हुन सक्छ ।

यस्तो क्यामेरा फिचर गुगल ट्रान्सलेटमा पनि छ । गुगल लेन्सको सहयोगमा तपाईँले तत्कालै स्क्रिन वा तपाईँको क्यामेरा अघि रहेको टेक्टको पर्खाल अथवा ग्यालरीमा पहिलेदेखि नै रहेको फोटो अनुवाद गर्न सक्नु हुन्छ ।

एप्पल ट्रान्सलेटसँग तुलना गर्ने हो भने गुगल ट्रान्सलेटको क्यामेरा फिचर थोरै मात्र भए पनि राम्रो मान्न सकिन्छ । गुगल लेन्सले तपाईँलाई छिटोछरितो रूपमा टेक्स्ट पहिचान गर्ने सुविधा दिन्छ र अनुवाद पनि एप्पलभन्दा छिटो गर्छ ।

गुगल ट्रान्सलेटको क्यामेरा फिचरलाई उत्कृष्ट देखाउने अर्को कुरा के छ भने अनुवादित प्रत्येक शब्दमा तपाईँले ट्याप गरेर तिनको अर्थ हेर्न सक्नु हुन्छ । साथै सुरुको अनुवादित टेक्स्टमा तुरुन्तै फर्किन पनि सक्नु हुन्छ ।

गुगलले क्यामेराको सहयोगमा तत्कालै अनुवादलाई खिच्ने अनुमति पनि दिन्छ । जब कि एप्पलमा तपाईँले अनुवादलाई फेभरेट ट्याबमा सेभ गर्नुपर्ने अथवा ग्यालरीमा सेभ गर्न स्क्रिनशट लिनुपर्ने हुन्छ ।

यसका साथै गुगल ट्रान्सलेसनलाई तपाईँले आफ्नो मोबाइलको ब्राउजरमा वेबसाइटहरू सहजै अनुवादका लागि पनि प्रयोग गर्न सक्नु हुन्छ । गुगल ट्रान्सलेट एप वा ब्राउजरमा कुनै डकुमेन्ट वा लामा लेखलाई पनि कपी पेस्ट गर्न पनि सकिन्छ ।

हस्तलिखित नोट समेत अनुवाद गर्नसक्छ गुगल ट्रान्सलेट

गुगल ट्रान्सलेटले उपलब्ध गराउने अर्को राम्रो फिचर भनेको हस्तलिखित नोटहरू अनुवाद गर्ने क्षमता हो । जुन एप्पल ट्रान्सलेसनमा अहिलेसम्म पाउन सकिएको छैन । यद्यपि एप्पल ट्रान्सलेटले टाइप गरिएका टेक्स्ट, अडिओ र फोटोलाई भने सपोर्ट गर्छ ।

तपाईँको आईफोन वा आईप्याडका साथै एन्ड्रोइड सबैमा गुगलले अनुवादका लागि अक्षर, अङ्क, वाक्यहरू कोर्ने सुविधा दिन्छ । यो क्यामेराभन्दा भिन्न फिचर हो । खासगरी क्यामेराले खिच्न नसक्ने शब्दहरू अनुवाद गर्दा यो फिचर बढी उपयोगी हुन सक्छ (उदाहरणको लागि लो-रेजोलुसन भएका तस्वीर) ।

यो फिचर त्यस्तो बेलामा पनि उपयोगी हुन्छ, जब तपाईँको किबोर्डले अनुवाद गर्न चाहेको क्यारेक्टर अथवा भाषालाई सपोर्ट गरिरहेको हुँदैन । यदि तपाईँ गुगल ट्रान्सलेट आफ्नो आईप्याड वा एप्पल पेन्सिलको साथमा प्रयोग गर्दै हुनुहुन्छ भने यो फिचर अझ उपयोगी हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १३:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट