सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियामा हुने

Facebook
Twitter
LinkedIn

काठमाडौं, सन् २०३४ को फिफा विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियामा हुने भएको छ । सन् २०३० को विश्वकप भनें स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

बुधबार फिफा मुख्यालयमा भएको मतदानमा साउदी अरेबिया एक्लैले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८–देशीय विश्वकप हुनेछ ।

बिबिसीका अनुसार साउदी अरेबियाका पाँच वटा शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा विश्वकपका खेलहरू खेलाइने छन् । त्यसमध्ये चारवटा रंगशाला तयारी अवस्थामा छन् भनें बाँकी निर्माण हुने जनाइएको छ । ९२ हजार दर्शकको क्षमता हुने रियादमा निर्माणाधिन किंग सलमान स्टेडियममा उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ ।

साउदी अरेबियाले विश्वकप फुटबल प्रतियोगिताको अधिकार पाएपनि अधिकारवादी संस्थाहरुले भनें यसमा यसअगाडी नै आलोचना गरिरहेका छन् । विशेषगरी आप्रवासी श्रमिकको अधिकार हननलाई आँखा चिम्लिइएको उनीहरुको भनाइ छ । एम्नेष्टि इन्टरनेशनलले यस अगाडी साउदी अरेबियामा क्यारिफोरमा आप्रवासी श्रमिकमाथि गरिएको शोषण सम्वन्धी रिपोर्ट सार्वजनिक गरिसकेको छ । यसैगरी ह्यूमन राइट्स वाचले पनि साउदी अरेबियामा आप्रवासी श्रमिक माथि आर्थिक, शारिरीक शोषण भएको भन्दै विरोध जनाउँदै आएको छ ।

साउदी अरेबियामा १ करोड ३४ लाख आप्रवासी श्रमिकहरु कार्यरत छन् । यो साउदी अरेबियाको कुल जनसंख्याको ४२ प्रतिशत हुन आउँछ । हाल साउदी अरेबियामा ४ लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2024/12/15821/ )

हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.