एनआरएनएको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उद्योगपति डा. सुधीरद्धारा सहयोग

Facebook
Twitter
LinkedIn

लेगोस, नाइजेरिया (जीएनएन)  गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उद्योगपति डा. सुधीर रुपारेलियाले रु दुई लाख पचास हजार बराबर सहयोग गरेका छन्।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार युगान्डाका उद्योगपति डाक्टर रुपारेलिया पूर्वी अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति हुन् भने युगान्डाका लागि नेपालको मानार्थ वाणिज्यदूत पनि । “नेपाल र नेपालीलाई असाध्यै माया गर्ने रुपारेलियाले अफ्रिकाका नेपालीलाई अप्ठ्यारो पर्दा सधैं सहयोगको हात बढाउने गरेका छन्,” थापाले भने।

कर छुट सहित करिब ६१ लाख खरिद मूल्य पर्ने उक्त मोबाइल ब्लड बैंक बस परियोजनाका लागि हाल एनआरएनएले संसारभरबाट सहयोग जुटाइ रहेको छ । एनआरएनहरु, सहयोगी दाताहरु तथा डायस्पोरामा रहेका सुदूर पश्चिमवासीहरु यस अभियानमा क्रियाशील छन् । हालसम्म बीस लाख भन्दा बढीको सहयोग प्रतिबद्धता जुटी सकेको र सहयोग संकलन अभियान जारी रहेको थापाले जनाए । एनआरएनएले रक्त संकलनमा सहयोग पुर्याउने लक्ष्यसाथ यस अघि चितवन रेडक्रसलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण गरिसकेको छ भने दोश्रो बस सुदूर पश्चिम प्रदेशका लागि कैलाली रेडक्रस, धनगढीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.