नेकपा प्रचण्ड–नेपाल समूहले भोलि गर्न लागेको विरोध सभाका लागि मार्चपास गरेको छ । विरोध सभाको पूर्व तयारीका लागि प्रचण्ड–नेपाल समूहले काठमाडौंमा मार्चपास गरेको हो ।
युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पस अगाडि सभामा परिणत भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समूहले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत सभा हुने दाबी गरेको छ ।
प्रकाशित: २७ माघ २०७७ १६:५९ मंगलबार
श्रोत: नागरिक