न्यून गुणस्तरको छड उत्पादन गरेपछि जगदम्बा उद्योगमाथि कारवाही

Facebook
Twitter
LinkedIn

काठमाडौं । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ ।

बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अंचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले जानकारी दिए । विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए ।

उता उपभोक्ता मञ्च वीरगञ्जका रमेश शाहले उपभोक्तालाई ठगी गरेकाले छानविन गरी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताए । गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको जानकारी दिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.