तनहुँका नौ पालिकामा हट्यो निषेधाज्ञा

तनहुँका नौ पालिकामा हट्यो निषेधाज्ञा
Facebook
Twitter
LinkedIn

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकाले भानु नगरपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका अन्य नौ पालिकामा भने निषेधाज्ञा र बन्दाबन्दी हटेको छ । बन्दाबन्दी हटे पनि सजगता भने अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

जिल्लाको व्यास नगरपालिका, भिमाद, शुक्लागण्डकी नगरपालिका र देवघाट, आँबुखैरेनी, म्याग्दे, ऋषिङ, घिरिङ र बन्दिपुर गाउँपालिकामा यसअघि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दी हटाइएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको छ । व्यास नगरपालिकामा भने निषेधाज्ञा हटाइए पनि व्यापार व्यवसाय सञ्चालन गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बन्दिपुर गाउँपालिकामा बिहानदेखि दिउँसो २ बजेसम्म अनुमति प्रदान गरिएको प्रजिअ आचार्यले बताए ।

राष्ट्रिय राजमार्गमा संञ्चालन हुने सवारी साधान, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी औषधि, खाद्य, फलफूल, तरकारी र दुग्धजन्य, एम्बुलेन्स, शवबाहन, खाद्य ढुवानी, कुखुराका चल्ला, माछा मासु, तरकारी, इन्धन बोकेका सवारी साधान, कुटनीतिक नियोग, झण्डावाला सवारी, सरकारी नम्बर प्लेट, सञ्चारकर्मीको सवारी साधान र प्रशासन कार्यालयबाट जारी सवारी पासलाई भने निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । त्यसैगरी बैक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड–१९ नियन्त्रण एवं स्वास्थ्य सुरक्षाबाहेक अन्य कार्यहरु, उद्योग कलकारखाना र अन्य व्यवसायहरु भने सञ्चालन गर्न निषेध गरिएको छ ।


श्रोत

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.