२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

बुधबार १५ जना सन्क्रमित, सतर्क रहनुस्: स्वास्थ्य मन्त्री

साइप्रस /५ अगस्ट २०२०
पछिल्लो २४ घन्टामा १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३१३२ टेस्ट मध्य १५ मा संक्रमण देखिए संगै महामारी सुरु भए देखि आज सम्म सन्क्रमित को संख्या १,१९५ पुगेको छ । वोल्डोमिटर का अनुसार हाल साइप्रसमा कोरोना संक्रमण  सक्रिय भएका बिरामीको संख्या भने ३२० मात्र छ ।
आज स्वास्थ्य मन्त्री कोन्स्टाटिनुस अयान्नु ले पत्रकार सम्मेलन गर्दै  ल्याब टेस्टका नतिजाले कोरोना भाइरस फैलिरहेको बताउनु भयो ।

“यो परिस्थिति हाम्रो लागि विशेष चिन्ताको विषय हो किनकि यदि यसको प्रकोप नियन्त्रणमा हेलचेक्राइ गरिने हो भने भाइरसको फैलावट खतरनाक अनुपातमा पुग्न सक्छ,” उनले भने।
उनले यो अवस्थामा सहयोग गर्न र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरे किनकि यो भाइरस खास गरि युवा वर्गमा कुनै पनि लक्षण नदेखाइ फैलिरहेको विभिन्न डाटाले देखाएको छ । कुनै व्याक्तिमा लक्षण नदेखिए सम्म सामाजिक क्रियाकलाप मा सक्रिय रहिरहने हुँदा अन्जानैमा संक्रमण फैलाउन मद्दत पुग्न सक्ने र संक्रमण भएमा ट्रेसिङ गर्न गाह्रो हुने हुँदा यो विसय गम्भीर भएको मन्त्री अयान्नुले बताए ।

अहिले सम्म महामारिको अवस्था संतोषजनक भएको बताउदै सामाजिक दुरि , आवश्यकता अनुसारको मास्क प्रयोग र बारम्बार हात धुन अनुरोध गर्दै खास गरि मानिस धेरै जम्मा हुने स्थान मा सतर्कता अपनाउन आग्रह गरे ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट