२०८२ भाद्र २४ मंगलवार
२०८२ भाद्र २४ मंगलवार

साईप्रसको नेपालीहरुको अवस्थाका बारेमा मन्त्रि ज्ञवालीसगं एन.आर.एन.ए. अध्यक्ष पुनद्धारा छलफल

साईप्रस , निकोसिया
विश्वब्यापी कोरोना भाईरसबाट बढि प्रभावित नेपालीहरुको बसोबास रहेका देशका गैरआवासीय नेपाली सघंका पदाधिकारीहरुसगं आज सोमवार परराष्ट मन्त्रि प्रदिप ज्ञवालीले अनलाईन भिडियो छलफल गर्नु भएको छ ।

मन्त्रि ज्ञवालीले मन्त्रालयबाट विदेशमा रहेका साईप्रस सहित १६ देशका प्रतिनिधिहरुसगं कोरोना भाईरसको कारणले उत्पन्न भएको समस्याका बारेमा जानकारी लिनु भएको हो ।

छलफलमा गैरआवासीय नेपाली सघं साईप्रसकी अध्यक्ष दिल कुमारी तिलीजा पुनले साईप्रसमा रहेका विद्यार्थीहरुको समास्या( खाना , बस्न , कलेज शुल्क) , नेपाली श्रमिकहरुको सवालहरु बारेमा मन्त्रि ज्ञवाली समक्ष राखेकी थिईन ।

अध्यक्ष पुनले साईप्रसमा रहेका विद्यार्थीहरु अहिले ठुलो समास्याबाट गुज्रीरहेकोले यस तर्फ नेपाल सरकार लगाएत सरोकारवालाहरु गम्भिर बन्न आग्रह गर्नुभएको थियो ।

जवाफमा मन्त्रि ज्ञवालीले आफु समास्या समाधान गर्न सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको अध्यक्ष पुनले जानकारी दिईन ।

सो छलफलमा साईप्रस सहित बेल्जियम , नेदरल्याण्ड , केन्या , कतार , क्यानाडा , अमेरिका लगाएतका एन.आर.एनंए. अध्यक्षहरुको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट