२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

साईप्रसमा दुई दिनमा १३३ जनालाई राहत वितरण

तयारी अवस्थामा रहेका राहत समाग्रीहरु :- स्रोत एन.आर.एन.ए. साईप्रस

दिनेश गौतम
८ अप्रिल २०२०

विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिहरकाहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वामा आज बुधवार ६३ जनालाई राहत वितरण गरिएको छ ।

राहत वितरण गर्न जादै एन.आर.एन.ए. महासचिव कृप थापा ,युवा सयाेंजक कुन्दन कार्की र प्रमुख संरक्षक सुबास मल्ल

साईप्रसमा रहेका विभिन्न १३ ओटा सघंसस्थाहरुको अगुवाईमा हिजो र आज गरी १३३ जनालाई राहत वितरण गरिएको गैरअवसिया नेपाली सघं साईप्रसका युवा संयोजक कुन्दन कार्कीले जानकारी दिए । उहाका अनुसार अहिले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा पहिलो चरणको राहत वितरण कार्यक्रम साईप्रसको निकोसिया सहरबाट सुरु गरिएको र छ्टिटै अरु सहरहरुमा पनि आफुहरु सुचना प्रकासित गरि राहत वितरण गर्न आईरहेको बताए ।

अहिले तत्कालका लागी भएपनि यस राहतबाट यहा रहेका पिडित विद्यार्थी तथा कामदारहरुमा केही हदसम्म राहत पुग्ने कार्कीले विश्वास ब्यक्त गरे । कार्कीका अनुसार अहिले पनि एन.आर.एन.ए साईप्रसको फेसबुक पेजमा धेरै नै नेपाली विद्यार्थी लगाएतहरुले म्यसेज पठाईरहेकोले उहाहरुको नामावली तयार भैरहेको र उहाहरुलाई दोस्रो चरणमा राहत वितरण गरिने जानकारी दिए । त्यस्तै एन.आर.एन.ए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले यस्तो दुखमा रहेका नेपलाीहरुलाई सहयोग गर्ने महान कार्यमा सहकार्य गरेका , गर्नुहुने र अन्य बाहिरबाट पनि पिडितहरुलाई राहत वितरण गरिरहेका सबैलाई विशेष धन्यबाद दिएकी छिन ।

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट