कतार, कात्तिक १५ गते ।
स्वदेशको मिथिलाञ्चल जस्तै छठ पर्व यस बर्ष पनि दोहा-कतारमा धुमधामसंग मनाइँदै छ । वैदेशिक रोजगारी सिलसिलामा कतारमा रहेका मिथिलाञ्चलका मधेसी समुदायले छठ पर्व मनाउँदैछन् । संसारको जुनसुकै ठाउँमा गएपनि अफ्नो धर्म, सँस्कृतिलाई संरक्षणा र संवर्द्धन गर्नु पर्ने उदेश्यकासाथ ७ वर्षदेखि छठ मनाइरहेको विगत १२ वर्षदेखि कतारमा रहेका सञ्चारकर्मी बद्रीनाथ झाले बताए ।
एकअर्का संग भेटघाट गर्ने उदेश्यले पनि कतार को -सि लाईन बिचमा छठ आयोज गरेको उनले जानकारी दिए । कतारमा रहेका अाप्रवाशीलाई छठ पर्वमा सहभागी हुन अाग्रह गरेको छ । कतारमा पनि छठ गर्ने मधेसीहरुको संख्या वर्षेनी बढिरहेको जनाएको छ । यसले उनीहरु उल्लासका साथ छठ पर्व मनाउदै आएका छन् ।
कतारमा आयोजक मध्ये एक प्रतिनिधि ईन्जिनियर बिरेन्द्र साह स-परिवार कतारमा बस्ने भईकाले उनी पनि छठ पर्व गर्छन् । हरेक वर्ष झै यो वर्ष शनिवारका दिन साँझ ४ बजे देखि घाट र नवम्बर ३ आइतवार बिहान ४ बिहान को घाट ) कार्यक्रम रहेकोे छ प्रसाद ग्रहण गर्ने को निमित्त आम अाप्रवासीमा अपिल गरेका छन।