म्यागङ गाउँपालिकाले कुहिएको औषधि वितरण गरेको भन्दै विरोध

म्यागङ गाउँपालिकाले कुहिएको औषधि वितरण गरेको भन्दै विरोध
Facebook
Twitter
LinkedIn

विदुर । नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन् । गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन् ।

सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही दिन अगाडि ज्वरो आएकाले सिटामोल चक्की स्वास्थ्य केन्द्रबाट लगी खाँदा एक्कासि रिँगटा लाग्ने र बान्ता आएकाले स्वास्थ्य केन्द्रका अनमी बैदेवी हमाललाई भेटेर औषधि देखाउँदा उनले औषधि भण्डार गर्ने ठाउँ राम्रो नभएका कारण गुणस्तरहीन भइसकेको हुनाले खान नहुने बताएको स्थानीयवासी काजीमान डंगोलले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष आशा तामाङले देउराली प्राथमिक स्वास्थ्य केन्द्रबाट वितरण भएको औषधि गुणस्तरहीन र मिति सकिएकाले बुधबार जलाइएको र यसबारे अनुसन्धान गरिने जानकारी दिए । गाउँपालिका, देउराली स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक फैराज तामाङले स्थानीयवासीलाई वितरण गरिएको औषधिको मिति सकिन अझै एक महिना बाँकी रहेको जिकिर गरे ।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले औषधिमा लापरबाही गर्ने जोसुकैलाई पनि छानबिन गरी कारबाही गरिने बताए।


श्रोत

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.