२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

साइप्रसको लिमासोलस्थित Nikos Pattichis street मा इलेक्ट्रिक स्कुटर र कार ठोक्किँदा गम्भीर घाइते भएकी २६ वर्षीया नेपाली युवती  लाक्पा डोमा शेर्पा को मृत्यु भएको छ।

प्राप्त  जानकारी अनुसार उनको उपचारका क्रममा शुक्रबार बेलुकी मृत्यु भएको हो। मेडिटेरेनियन हस्पिटल का डाक्टरले मृत्युको जानकारी दिएको Helping Hand Cyprus का छिरिङ शेर्पा ले बताए ।

यद्यपि नेपाली कन्सुलेट कार्यालयबाट पुष्टी हुन भने बाँकी छ। NRNA Cyprus लाई पनि यस बारेमा जानकारी रहेको बताइएको छ।

 सडक दुर्घटना गत मंगलबार बिहान करिब ८:३० बजे भएको थियो। घरेलु कामदारका रूपमा कार्यरत ती युवती काममा जाँदै गर्दा इलेक्ट्रिक स्कुटरमा सवार थिइन्। सोही क्रममा कारले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

मिडिया रिपोर्ट का अनुसार दुर्घटनापछि उनलाई तत्काल लिमासोल जनरल अस्पताल लगिएको थियो। पछि थप उपचारका लागि मेडिटेरिनियन अस्पतालमा सारिएको थियो, जहाँ सघन उपचार कक्ष (ICU) मा राखेर उपचार भइरहेको थियो। चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात र खुट्टामा समेत फ्र्याक्चर भएको थियो। उपचारकै क्रममा उनी कोमामा रहेकी थिइन्।

सोलुखुम्बु घर भै करिब दुई वर्षअघि साइप्रस आएकी  उनी आउट–लिभिङ भिसामा घरेलु कामदार (हाउस मेड) का रूपमा कार्यरत थिइन्।

दुर्घटनामा संलग्न ५२ वर्षीया महिला चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट