२०८२ माघ ८ बुधबार
२०८२ माघ ८ बुधबार

नेपाल तामांग घेदुङ्ग  साइप्रस प्रवास शाखाको आयोजनामा तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछार २०२६ को अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

आयोजकका अनुसार  फेब्रुअरी ८ तारिख आइतबार बिहान १०:०० बजे देखि साँझ ४:०० बजे सम्म लिमासोलस्थित नियो फिस्टा हल मा सञ्चालन हुनेछ। कार्यक्रम मञ्जुश्री संवत् २८६२, थो/ता ल्हो (घोडा वर्ग) को अवसरमा आयोजना गर्न लागिएको हो।

मञ्जुश्री संवत् तामाङ समुदायले प्रयोग गर्ने आफ्नै वर्ष गन्ने तरिका हो। यसै संवत् अनुसार तामाङ समुदायले सोनाम ल्होछार मनाउँछन्।

मञ्जुश्री संवत् २८६२ लाई थो/ता ल्हो भनिन्छ, जसको अर्थ घोडा वर्ष हो। तामाङ परम्परामा प्रत्येक वर्षलाई एउटा जनावरको नाम दिइएको हुन्छ। घोडा छिटो दौडने, मेहनती र साहसी जनावर हो। त्यसैले घोडा वर्षलाई मेहनत गर्ने, अगाडि बढ्ने र नयाँ काम सुरु गर्ने राम्रो वर्ष मानिन्छ।

यस वर्ष जन्मिएका बच्चाहरूलाई फुर्तिला, आत्मविश्वासी र काम गर्न मन पराउने स्वभावका हुन्छन् भनेर विश्वास गरिन्छ।

त्यसैले तामाङ समुदायले नयाँ वर्ष सुरु हुँदा सोनाम ल्होछार मनाएर खुशी साटासाट गर्छन्, नाचगान गर्छन् र सबैलाई राम्रो होस् भनेर कामना गर्छन्।

कार्यक्रमको विशेष आकर्षणका रूपमा प्रख्यात तामाङ तथा नेपाली सांगीतिक क्षेत्रका कलाकार विश्व दोंग  को सांगीतिक प्रस्तुति रहनेछ।

विश्व डोङ नेपाली र तामाङ सङ्गीतका गायक, सङ्गीतकार, गीतकार तथा अर्रेन्जरका रूपमा परिचित छन्। सेलो, लोक पप तथा तामाङ मौलिक सङ्गीतमा सक्रिय  गायक दोङ्गले विभिन्न   लोकप्रिय गीतमार्फत पहिचान बनाउँन सफल छन् । साथै, उहाँ तामाङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

आयोजकका अनुसार कार्यक्रममा तामाङ मौलिक गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ।

साइप्रसमा बसोबास गर्ने तामाङ समुदाय तथा सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछार २०२६ लाई भव्य रूपमा सफल बनाउन आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम स्थल सम्म आउन जान को लागि साइप्रसका विभिन्न शहरबाट बस को आयोजना गरिएको छ।  कार्यक्रम मा तामांग समुदाय को मौलिकता र संस्कृति  संगै रमाउदै नेपाली  खाना को पनि व्यवस्था गरिएको छ।  कार्यक्रम मा सहभागी हुन टिकट को मुल्य २० युरो तोकिएको छ।  यातायात को लागि पोस्टर मा दिएको व्याक्ति र नम्बर मा सम्पर्क गर्न सकिने आयोजक ले जानकारी दिएको छ।  

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट