२०८२ माघ ३ शुक्रबार
२०८२ माघ ३ शुक्रबार

‘साइप्रस नेपाली भ्वाइस’ अनलाइन गायन प्रतियोगिताको पहिलो संस्करणमा निशा विश्वकर्मा विजेता बन्न सफल भएकी छन्।

प्रवासमा रहेर नेपाली मौलिक कला, गला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगिता करिब दुई महिनासम्म सञ्चालन भएको थियो। अनलाइन माध्यमबाट सम्पन्न प्रतियोगितामा विभिन्न चरणमा प्रतिस्पर्धा गराउँदै उत्कृष्ट प्रतिभाको छनोट गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको अन्तिम नतिजा अनुसार दोल्मा योल्मो दोस्रो र मिङ्गमार दोर्जे लामा तेस्रो स्थानमा रहन सफल भए। त्यस्तै, दुर्गा कार्की चौथो र समीर भट्टराई पाँचौँ स्थानमा रहन सफल भएका छन्।

आयोजक समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम स्कोरकार्ड अनुसार, निर्णायकहरूको प्राविधिक मूल्याङ्कन र सामाजिक सञ्जालमार्फत प्राप्त जनमत (Like, Comment, Share) लाई आधार मानेर गरिएको गणनामा निशाले ७६.३३ अंक प्राप्त गर्दै ‘साइप्रस नेपाली भ्वाइस’ की पहिलो विजेता बन्न सफल भएकी हुन्।

यस प्रतियोगितामा दोल्मा योल्मोले ७१.१८ अंक, मिङ्गमार दोर्जे लामाले ४७.०३ अंक, दुर्गा कार्कीले ४५.६१ अंक र समीर भट्टराईले २९.६४ अंक प्राप्त गरेका थिए।

प्रतियोगिताको क्रममा टिकटक प्लेटफर्ममा देखिएका केही प्राविधिक ‘कपीराइट’ समस्याका कारण प्रतियोगीहरूको प्रस्तुति तथा मतदान प्रक्रिया फेसबुकमार्फत सञ्चालन गरिएको थियो। यसै क्रममा सामाजिक सञ्जालमा ‘फेक लाइक’, ‘फेक भ्यु’ तथा बोट प्रयोग भएको आशङ्कापछि आयोजकले प्राविधिक रूपमा छानबिन गरेको बताइएको छ ।

छानबिनका क्रममा कुनै पनि प्रतिस्पर्धीले नियमविपरीत गतिविधि गरेको पुष्टि भएमा अयोग्य ठहर गर्ने स्पष्ट व्यवस्था रहेकाले नतिजा सार्वजनिक गर्न ढिलाई भएको आयोजकले सुचना मार्फत जानकारी गराएको थियो । निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न कुनै पनि दवाब मा नरही अन्तिम निर्णय गरिएको आयोजकको दाबी छ।

गायक तथा सङ्गीतकर्मी धीरज राई, तुलसी सिवाकोटी र सहिमा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको अन्तिम चरणमा प्राविधिक मूल्याङ्कन र डिजिटल भोटिङ समेटेर नतिजा सार्वजनिक गरिएको हो ।

आयोजक संस्था ‘नागरिक बोली’ ले प्रवासमा रहेका नेपाली प्रतिभालाई पहिचान र अवसर दिने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई विशेष समारोहबीच पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ।

 

 

 

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट