
साइप्रसमा एक नेपाली युवतीले आत्महत्या गरेको खबर बाहिरिएको छ। गत अक्टोबर २ तारिक बिहिबारका दिन नेपाली समुदायमा दसैँ को टिका परेको दिन युवतीले प्राण त्याग गरेको खुलेको छ।
पर्वत घर भै २ वर्ष अघि साइप्रस आइपुगेकी मृतक युवती लिमासोल मा कार्यरत रहेको बताइएको छ। प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार बिहिबार बेलुकी करिब ४ : १५ बजे घाँटीमा डोरी बाधेर झुण्डिएको अवस्थामा फेला परेको थियो। सोहि दिन मुचुल्का उठाई पोस्ट मार्टम का लागि प्रहरीले पठाएको जनाएको छ।
उक्त घटना भएको भनि नेपाली कन्सुलर कार्यालयले पनि पुस्टि गरेको छ। यदपि पोस्टमार्टम रिपोर्ट र अन्य विवरण भने सार्वजनिक भएको छैन । आत्महत्या कारण पनि अहिले सम्म खुल्न सकेको छैन।