२०८२ जेष्ठ १८ शनिबार
२०८२ जेष्ठ १८ शनिबार
समिम  मियाँ 
१२ मार्च २०२१/ नेपाल

साइप्रसको मन्त्रिपरिषदको बैठकले लकडाउन खुलाउने बारे विभिन्न निर्णयहरु गरेको छ। आज बसेको बैठकले मार्च १६ मंगलबार देखि होटेल रेस्टुरेन्ट संचालन गर्न पाउने निर्णय गरेको हो।  त्यस्तै, रात ९ बजे देखि बिहान ५ बजे सम्म रहेको कर्फ्युको समय घटाएर नयाँ समय निर्धारण गरेको छ।  मार्च १६ देखि ३१ सम्म  भने राति ११ बजे देखि बिहान ५ बजे सम्म  कर्फ्यु लागु हुने सरकारले जनाएको छ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता स्वास्थ्य मंत्री कोंस्तान्तिनुस आयान्नुले निर्णयहरु बारे स्पस्ट पार्नु भयो।

रेस्टुरेन्टहरुले आफ्ना ग्राहकलाई आउटडोर मा मात्रै बसाएर सेवा प्रदान गर्न मिल्ने तर रेस्टुरेन्ट भित्र भने गर्न नसकिने बताइएको छ।  त्यस्तै, विधालयहरु ले अझै २ हप्ता अनलाइन पढाइ हुने जानकारी दिएको छ।

लिमासोलका विभिन्न  प्राथमिक विधालयमा कोरोना संक्रमण भेटिए पछि विधालय बन्द गरिएको छ।  सरकारले विधालय जाने विधार्थी र स्कुल कर्मचारीलाइ हरेक हप्ता कोरोना नेगेटिभ भएको रिपोर्ट ल्याउनै पर्ने निर्णय गरेको थियो।

सोहि अनुसार सरकारले नि:शुल्क कोरोना परिक्षण गर्ने व्यवस्था गरे पछि विभिन्न स्कुलमा कोरोना संक्रमण पुस्टि भएको थियो।

मंत्री आयान्नुले कर्फ्यु को समय कम गरिएको बताउदै एस एम एस सिस्टम भने यथावत राखेको बताउनु भयो।  एसएमएस सिस्टम मा अझै पनि २ ओटा एस एम एस प्रतिदिन कायमै राखेको छ।  त्यस्तै, सोमबार देखि पार्क मा ६ जना सम्म मास्क लगाएर बस्न सकिने निर्णय भएको मंत्री आयान्नुले  जानकारी दिनु भयो।

आगामी सोमबार “ग्रीन मन्डे ” को  दिन मात्र ड्याम तथा पिकनिक एरियामा जम्मा हुन सकिने बताइएको छ।

 

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट