
साईप्रस , युरोप
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रचार प्रसार , रुपन्देहीबासीलाई एकिकृत , पर्यटन प्रवद्र्धन , गैर नाफामुलक सेवा गर्ने उद्देश्यले साईप्रसमा रुपन्देही समाज साईप्रस नामक संगठन स्थापना भएको छ । मंगलवार भर्चुवल माध्यमबाट साईप्रसमा रुपन्देही जिल्लाबासीहरुको छलफलले जानु अधिकारी कार्कीको संयोज्कत्वमा १६ सदस्यीय रुपन्देही समाज साईप्रस गठन गरेको छ ।
जसको सह संयोजकमा सिता नेपाल भट्टराई , सह संयोजक बिबा गहतराज र सह संयोजक सरस्वति न्यौपानेलाई सर्बसम्मतले चयन गरेको छ , साथै महासचिव खुम बहादुर रेश्मी , सचिव अनिता ज्ञावली , कोषाध्यष गिता लामिछाने , सहकोषाध्यक्ष अजित गुप्ता , मुल कार्यसमिति सदस्यहरुमा मिनु गैह्रे , विमला परियार , पुजा गौतम ,शोभा गौतम , दुर्गा रेग्मी , जमुना थापा , शिला ज्ञावली , पार्बती पौडेल ,लगाएतलाई निर्विरोध रुपमा चयन गरिएको छ । समाजको पहिलो अनलाईन छलफलले संगठनको प्रमुख सल्लाहकारमा पत्रकार दिनेश गौतमलाई चयन गरेको छ । साथै समाजको पहिलो बैठकले विभिन्न ४ बुदे निर्णय गरेको छ ।
जसमा समाजको टिममा पछि थप नया सदस्यहरुलाई पनि थप्ने , हरेक मुख्य सहरहरुमा कार्यको अधारमा संयोजक बनाउने , हरेक सदस्यहरुले हरेक दिन एक एक जना नया रुपन्देही बासीहरुलाई ग्रुपमा ल्याउने , साईप्रसमा रहेका होनरी कन्सुलेट , एनआरएनए र समाजिक सघंसस्थाहरुसगं सहकार्य गरिने , साथै बैठकमा उपस्थिति जनाउनु हुने सबै जनालाई समाजले धन्यबाद ज्ञापन गरेको छ ।
१० मार्च २०२१/ लिमासोल
स्वास्थ्य मन्त्रालयले आज ४१५ मा कोरोना संक्रमण भएको पुस्टि गरेको छ। बुधबार दिएइको जानकारी अनुसार कोरोनाका कारण २ बिरामिकोपानी मृत्यु भएको हो। गत वर्ष मार्च देखि हाल सम्म २३३ जनाले ज्यान जुमाइसकेका छन्। केहि दिन यता कोरोना संक्रमण मा तीव्रता आएको छ। हिजो मंगलबार पनि ४२० मा कोरोना देखिएको थियो।
संक्रमण तीव्र भए संगै हस्पिटल भर्ना हुने क्रम पनि बढेको छ। आजको ताजा तथ्यांक अनुसार हस्पिटलमा १६५ जना भर्नारत छन् जसमध्य ३० जनाको अवस्था गम्भीर रहेको छ।
संक्रमण मा आएको तीव्रता का कारण मंत्री परिसदको बैठक पनि शुक्रबार सम्म लाइ स्थगित गरिएको छ। सरकारको योजना अनुसार मार्च १६ देखि माध्यमिक विधालय, रेस्टुरेन्ट, होटेल, बार र क्याफे खुल्ने थियो त्यस्तै रातको कर्फ्यु पनि घटाइने भनिएको थियो।
साईप्रस , युरोप
प्रवासमा रहेका सारा महिलाहरु एकिकृत भएर संयुक्त रुपमा अवाज उठाउनुपर्ने साईप्रसका महिलाहरुले जोड दिएका छन । गैरआवासीय नेपाली सघं साईप्रसको आयोजनामा १११ औ विश्व नारी दिवसको अवसरमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा नेपालमा अझै पनि महिलाहरु असुरक्षित रहेको भन्दै चिन्ता समेत ब्यक्त गरेका छिन ।
एनआरएनए साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीको अध्यक्षता एवमं कार्यसमिति सदस्य राधा पोख्रेलको संचालनमा भएको कार्यक्रममा प्रवासी नेपाली एकता मचं साईप्रसकी अध्यक्ष रमिला राईले आफनो देशमा महिलाहरु उच्च ओहदा सम्म पुगेपनि महिला हिसांमा कमि नआउनु भनेको आफनो छोरीहरु अझै असुरक्षित रहनु दुर्भग्य भएको बताउनु भयो । आफुहरु प्रवासमा रहेर आफनो बालबालिकाको भविष्यका लागि कठोर मिहनेत गरेर भएपनि सारा महिलाहरु एकिकृत भएर अवाज बुलन्द गर्नुपर्ने जनसम्पर्क समिति साईप्रसकी उपसभापति पुष्पा मिश्रले बताउन भयो ।
उहाले साईप्रसमा रहेका सारा नेपालीलाई जोडने प्रयास गरेकोमा एनआरएनए साईप्रसलाई धन्यबाद दिनुभएको थियो । प्रवासमा बसेर भएपनि गौतमबुद्धको जन्मस्थललाई चिनाउनका लागि आफहरुको प्रयासलाई सहयोग गर्न र सारा महिलाहरुलाई एउटै ठिक्का भएर लाग्नुपर्ने रुपन्देही समाज साईप्रसकी अध्यक्ष जानु अधिकारी कार्कीले आग्रह गर्नुभएको थियो ।
साईप्रसमा रहेका सारा नेपालीहरुको समस्या समाधानका लागि यहा रहेका सबैको एउटै अवाज हुनुपर्ने जनमुक्ति पार्टी साईप्रसकी अध्यक्ष तारा राईले आग्रह गर्नु भयो ।
कार्यक्रममा तमु समाज साईप्रसकी सचिव नानु तमु , तमागं घेदुगं साईप्रसकी अध्यक्ष लक्ष्मि ब्लोन , शेर्पा किदुक साईप्रसकी अध्यक्ष निमदिकी शेर्पा , जागौ नेपाल साईप्रसकी अध्यक्ष शुसिला चुडाल उप्रेती , ह्यल्मो युनिटि साईप्रसकी अध्यक्ष मिना ह्रयल्मो , गुल्मी सेवा समाज साईप्रसकी शान्ति शाही , सरिता सेन ठकुरी , नेपाल मगर सघंकी माया पुर्जा मगर , पत्रकार महासघं युरोप शाखाको कार्यसमिति सदस्य एवमं साईप्रस नेपाल डटकमका सम्पादक दिनेश गौतम , साईप्रसका सबै सामाजिक सघंसस्थाहरुको प्रतिनिधि लगाएतले महिला दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
साथै भर्चुवल कार्यक्रममा साईप्रसका विभिन्न सामाजिक , राजनितिक , एवमं जातिय सघंसस्थाबाट सक्रिय रुपमा महिला दिदीबहिनीहरुले सहभागिता जनाएकोमा गैरआवासीय नेपाली सघं साईप्रसले विशेष धन्यबाद दिएको एनआरएनए साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीले बताउनु भयो ।