२०८३ आश्विन ६ मंगलवार
LATEST NEWS
२०८३ आश्विन ६ मंगलवार

साईप्रस , युरोप गैरआवासीय नेपाली सघं साईप्रसले नेपाली शिद्यार्थीहरुको समास्यलाई समेटेर आईतवार शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । सघंका महासचिव कृप थापाले साईप्रसका विभिन्न समाजिक , जातिय , राजनितिक सघंसस्था , संगठनहरुको नेतृत्व गर्दै शिक्षा, बिज्ञान तथा प्रबिधी मंन्त्री श्री कृष्ण गोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

महासचिव थापाले साईप्रसमा रहेका सघंसस्था , विद्यार्थीहरुको सल्लाहमा विभिन्न  १३ बुदे साझा मागहरु राख्दै ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभयो । ज्ञापन पत्रमा नेपाली विद्यार्थीहरुलाई नेपालका कन्सल्टेन्सीहरुले विभिन्न झुठो अश्वासन दिएर साईप्रस पठाउने गरेको , साईप्रसमा पुगेका विद्यार्थीहरुमा काम नपाएर ठुलो समस्या झेलि राख्नु परेको , कोठा भाडाको समस्या , कलेज शुल्कको समस्या लगाएतका कुराहरु समाबेश गरिएका छन ।

महासचिव कृपले मन्त्रि श्रेष्ठलाई साईप्रसका विद्यार्थीहरुको समास्यालाई आफुले साईप्रसमा भोगेको , देखेको हरेक समस्याहरुलाई जानकारी गराएको बताए । जवाफमा मन्त्रि श्रेष्ठले मंत्री श्रेष्ठले उक्त ज्ञापन पत्रमा समाबेश गरिएका बिषय बस्तुहरुलाई सरकारको मातहतमा रहेको यस मंत्रालयले यथासक्य संबोधन गर्ने बचन दिनु भएको महासचिव थापाले जानकारी दिनुभयो । साथै महासचिव कृपा थापाले साईप्रसम रहेका श्रमिकहरुका समस्याहरुको बारेमा नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय , प्रधानमन्त्रि कार्यलय लगाएत ठाउहरुमा ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो ।

साईप्रसमा रहेका नेपाल मगर संघ साइप्रस, चितवन सेवा समाज साइप्रस, प्रवासी नेपाली एकता मञ्च साइप्रस, तमु समाज साइप्रस, संघीय लिम्वुवान सामाजिक मञ्च साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस, ह्योल्मो एकता समाज साइप्रस, किराँत राई यायोक्खा साइप्रस, किरात याक्थुङ चुम्लुङ साइप्रस, राष्ट्रिय जनमुक्ति मञ्च साइप्रस, तामाङ बौद्ध महासंघ साइप्रस र शेर्पा किदुक साइप्रस लगाएतका विभिन्न सघंसस्था एवमं संगठनहरुको तर्फबाट प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली सघंका महासचिव कृपा थापाले ज्ञापन पत्र दिनुभएको छ ।

श्रमिक सम्बन्धि समाचार भोलीको अकंमा …

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट